सद्धर्मपुण्डरिक सुत्र : एक संक्षिप्त जानकारी

  • महायान वैपुल्यसूत्रमा यो अत्यन्तै एक आदृत सूत्र हो। ‘पुण्डरीक’ को अर्थ ‘कमल’ हुन्छ । ‘कमल’ पवित्रता र पूर्णताको प्रतीक हुन्छ । जस्तो कि हीलोमा उत्पन्न भएर पनि कमल त्यसबाट लिप्त हुंदैन, त्यसै लोकमा उत्पन्न हुने बुद्ध पनि लोकको दोषहरुबाट लिप्त हुंदैन । यहि अर्थमा सद्धर्मपुण्डरीक यो ग्रन्थको सार्थक नाम हो।  
  • चीनजापानकोरियातिब्बत आदि महायानी देशहरुमा यस्को ठूलो आदर छ र यो सूत्र साह्रै नै पवित्र मानिन्छ । यसको प्रयोग आदरका साथ गरिन्छ । यस सुत्रमा अपार शक्ति भएको विश्वास गरिन्छ ।
  • द्वितीय उपायकौशल्यं परिवर्तमा भगवानले शारिपुत्रको लागि व्याकरण गर्नुभयो कि उनि अनागत कालमा पद्मनाभ नामको तथागत हुंनेछन र सद्धर्म को प्रकाश गर्नेछन । शारिपुत्र को बारेमा व्याकरण सुनेर जब त्यहाँ उपस्थित १२ हज़ार श्रावकहरुलाई विचिकित्सा उत्पन्न भयो तब त्यसलाई हटाउंदैए भगवानले तृतीय औपम्यपरिवर्तमा एक उदाहरण दिनुहुदै भन्नुभयो कि कुनै महाधनी पुरुषको केहि बच्चा, र खेलौनाको शौक़ीन छन। उस्को घरमा आगो लाग्छ, त्यहाँ बच्चाहरु छन र निस्कने ढोका एउटै छ, तब बुवा चाहिंले बच्चाहरुलाई बोलाउंदै भन्छन्- आउ बच्चाहरु, खिलौना लेउ,म सित धेरै खिलौना छन् , जस्तै- गोरथ, अश्वरथ, मृगरथ आदि। तब ति बच्चाहरु खिलौनको लोभमा बाहिर आउंछन्। तब शारिपुत्र, त्यो पुरुष ति सबै बच्चाहरुलाई सर्वोत्कृष्ट गोरथ दिन्छन। जो अश्वरथ र मृगरथ आदि हीन छन्,उसलाई दिंदैन । यस्तो किन ?यसकारणा कि त्यो महाधनी हुन र उस्को कोष (ख़ज़ाना) भरीएकोछ । भगवान भन्नुहुन्छ कि त्यसै प्रकार यि सबै मेरो बच्चाहरु हुन, मलाई चाहिन्छ कि यि सबैलाई समान मानेर तिनलाई ‘महायान’नै दिउं । के शारिपुत्र, त्यस बुवाले तीनै यानहरुलाई भनेर एकै ‘महायान’ दिए, यस्मा के उनको मृषावाद छ ? शारिपुत्रले भने छैन भगवान तथागत महाकारुणिक हुन, ति सबै सत्वोंको पिता हुंन । ति दु:ख रूपी जल्दै गरेको घरबाट बाहिर लायाउनको लागि तीनैं यानहरुको देशना गर्नुहुन्छ, तर अन्तमा सबैलाई बुद्धयान कै  देशना दिनुहुन्छ।
  • व्याकरणपरिवर्त नामक षष्ठ (छैठौं) परिच्छेदमा श्रावकयानको अनेक स्थविरहरुको बारेमा, जो महायनमा प्रविष्ट भैसकेका थिए, व्याकरण गरिएकोछ। बुद्ध भन्नुहुन्छ कि महास्थविर महाकाश्यप भविष्यमा ‘रश्मिप्रभास’ तथागत हुनेछ। स्थविर सुभूति, ‘शशिकेतु’, महाकात्यायन ‘जाम्बूनदप्रभास’ तथा महामौदलयायन ‘तमालपत्र चन्द्रनगन्ध’ नामको तथागत हुंनेछन्। *पञ्चभिक्षुशतव्याकरण परिवर्तमा पूर्ण मैत्रायणी पुत्र आदि अनेकौ भिक्षुहरु को बुद्धत्व-प्राप्ति को व्याकरण गरिएको पाईन्छ ।
  • नवौं परिवर्तमा आयुष्मान आनन्द र राहुल आदि दुई सहस्र श्रावकहरुको बारेमा बुद्धत्व-प्राप्तिको व्याकरण छ। यहाँ व्याकरणको अर्थ भविष्यवाणी भनेर बुझुनु पर्नेहुन्छ ।
  • त्यस समय वहाँ महाप्रजापति गौतमी र भिक्षुणी राहुल माता यशोधरा आदि परिषदमा दु:खी भएर त्यसैले बसेकि थिईन कि भगवानले हाम्रो बारेमा बुद्धत्वको व्याकरणकिन गर्नुभएन? भगवान् ले उनिहरुको चित्तको विचार जान्नुभएर कृपापूर्वक तिनिहरुको पनि व्याकरण गर्नुभयो।
  • सद्धर्मपुण्डरीकको यस संक्षिप्त पर्यालोचनबाट महायान बौद्ध-धर्मको हीनयान सित सम्बन्ध स्पष्ट हुन्छ । पालि-ग्रन्थहरुमा दुई प्रकारको धर्म देशना देखिन्छ । एक दानकथा, शीलकथा आदि उपाय धर्म देशना छन अर्को ‘सामुक्कंसिका धम्मदेशना छन्’, जस्मा चार आर्यसत्यहरु को देशना दिईएकोछ । यस सद्धर्मपुण्डरीक सुत्रमा चार आयसत्योंको देशना तथा सर्वज्ञताज्ञान पर्यवसायी दुई देशनाहरु छन् । यो सर्वज्ञताज्ञान प्राप्त गराउने देशना भगवान ले शारिपुत्र आदि लाई जो पहिले दिनुभएको थिएन, योहाँको उपायकौशल्य हो। योनैद्वितीय देशना नै परमार्थ देशना हो । यसमा शारिपुत्र आदि महास्थविरहरु र महाप्रजापति गौतमी आदि स्थविराहरुलाई बुद्धत्व प्राप्तिको आश्वासन दिईएकोछ । हीनयानमा उपदिष्ट धर्म पनि बुद्धको नै हो । त्यसलाई एकान्तत: मिथ्या भनिएकोछैन,तैपन केवल उपायसत्य हो, परमार्थसत्य त बुद्धयान नै हो।
  • सद्धर्मपुण्डरीक सुत्रमा बुद्धयान एवं तथागतको महिमाको वर्णन छ, तथापि यस ग्रन्थको केहि अध्यायहरुमा अवलोकितेश्वर आदि बोधिसत्त्वहरुको महिमाको पनि पुष्कल वर्णन छन्। अवलोकितेश्वर बोधिसत्त्व करुणाको मूर्ति हुंन् । अवलोकितेश्वरले यद्यपि बोधिको प्राप्ति गरेकाछन, तथापि जब सम्म संसारपनिमा एक पनि सत्त्व दु:खी र बद्ध रहे, तब सम्म निर्वाण प्राप्त नगर्ने उनको संकल्प छ । अवलोकपतेश्वर निर्वाणमा प्रवेश गर्दैनन् । उहाँ सदा बोधिसत्वको साधनामा निरत रहनुहुन्छ । यसबाट उहाँको महिमा कम हुंदैन। बोधिसत्त्व अवलोकितेश्वरको नाम मात्रको उच्चारणमा अनेक दु:खहरु र आपत विपतहरु बाट संरक्षण को शक्ति विद्यमान छ । हामी बोधिसत्त्वोंको श्रद्धाको साथ उपासनाको प्रारम्भ यस ग्रन्थमा पाउन सक्छौं । सद्धर्मपुण्डरिक सुत्रको अभ्यास महान छ ।

साभार बुद्धिज्मइननेपाल विब्लि डटकम