संसारमा बुद्धधर्म फैलनुका आधारहरुः

प्रस्तुतकर्ता– शाक्य सुरेन 

विश्वमा बुद्धधर्म – एक विहंगम दृष्टि (२)

संसारमा बुद्धधर्म फैलनुका मोटामोटी निम्न कारणहरु देखिन्छ ः १) संगायना २) राजा अशोकले भिक्षुहरुलाई धर्मप्रचारार्थ खटाउनु ३) सम्राट अशोकको बुद्धजन्मस्थल लुम्बिनी भ्रमण ४) रेशम मार्ग ५) फाहियान र हुयेनसाङ्गको यात्रा र अन्य यात्रीहरु ६) धर्मगुरु दलाई लामा तिब्बतबाट निर्वासन ७) बिश्व बौद्ध सम्मेलनहरु ८) बिपस्सना ध्यानको प्रचार÷प्रसार ९) बिभिन्न बौद्ध संघ/संगठनहरुको प्रयास १०) काठमाण्डौं उपत्यकाको संस्कृत बौद्ध वाङमय बिश्वमा फैलिनु ।

१) संगायनाः
प्रमुख बौद्ध बुद्धिजीबिहरु भेला भई बुद्ध शिक्षाको संग्रह र शुद्धिकरण गर्नुलाई संगायना भनिन्छ । संगायनाले बुद्धधर्म शुद्धिकरण गर्न मात्र होइन, बिश्वमा फैलाउन पनि योगदान गरेको छ । बुद्ध परिनिर्वाणको ३ महिना पछि राजा अजातशत्रुको संरक्षणमा राजगृहको सप्तपर्णी गुफामा पहिलो संगायना भएको थियो । बुद्ध परिनिर्वाणको १०० बर्षपछि (ई.पू. ३८३ मा) मगधको राजा कालाशोकको संरक्षणमा दोश्रो संगायना भएको थियो । दोश्रो संगायनामा मूल बुद्धधर्म (स्थविरवाद) बाट महासांघिक सम्प्रदायको उत्पत्ति भयो । महासांघिकहरुले कौशाम्बीमा बेग्लै संगायना गरेको थियो । बुद्ध परिनिर्वाणको १०० बर्ष पछि सम्राट अशोकको पालामा उहा“कै संरक्षणमा पातलीपुत्र (हाल पट्ना)मा तेश्रो संगायना भएको थियो । तेश्रो संगायनाको निर्णय अनुसार भिक्षुहरुलाई बिभिन्न देशमा धर्मप्रचार गर्न पठाउने काम भयो । श्रीलंकाको राजा पट्टगामिनी अभय (वकगम्बर)को पालामा ई.पू. ७९ तिर श्रीलंकाको आलोक बिहारमा चौंथो संगायना सम्पन्न भएको थियो । यसबेला बुद्धधर्मको मूलग्रन्थ त्रिपिटक ताडपत्रमा कुँदियो । सम्राट कनिष्कले सन् १०० मा काश्मिरमा सर्वास्तिवादीहरुले एक संगायना गरे । उक्त संगायना बसुमित्रको सभापतित्वमा, आचार्य अश्वघोषको उपसभापतित्व भएको थियो । यो बेला त्रिपिटक संस्कृतमा लेखियो । पाँचौं संगायना बर्माका राजा मिण्डोन ( पमन् दोन् मिन्) को आश्रयमा सन् १८७१मा मांडलेस्थित राजदरबारमा सम्पन्न भयो । यो बेला त्रिपिटक ७२९ वटा संगमरमरहरुमा कुँद्ने काम भयो । छैठौं संगायना बर्माको राजधानी रंगूनमा सन् १९५४ मा भदन्त रेवतको सभापतित्वमा सम्पन्न भयो । यसको संरक्षकको भूमिका राष्ट्रपति बा उ र प्रधानमन्त्री ऊ नुले निभाएका थिए । (१)

तेश्रो, चौंथो, पाँचौं र छैठौं संगायनाको कारणले बुद्धधर्म भारतबर्षबाट बिश्वका अरु मुलुकहरुमा फैलाउन योगदान पुगे ।

२) सम्राट अशोकले भिक्षुहरुलाई धर्मप्रचारार्थ खटाउनुः
ईपू तेश्रो शताब्दीमा सम्राट अशोकको संरक्षणमा तेश्रो संगायना हुँदा भिक्षुहरुलाई धर्म प्रचारार्थ बिभिन्न देशहरुमा पठाउने निर्णय भएको थियो । सो निर्णय अनुसार सम्राट अशोकले भिक्षुहरुलाई बिभिन्न राष्ट्रहरुमा खटाउने काम गरे । जुन यस प्रकार छ ः –

धर्म प्रचारक स्थविरहरु राष्ट्र

१) भिक्षु माध्यमिक स्थविर – काश्मिर र गन्धार (पाकिस्तान)
२) महादेव स्थविर – खान देश (महिश मण्डल) नर्मदा नदीको दक्षिण प्रदेश
३) रक्षित स्थविर – वनवासी (आजकाल मैसूर) यवनका केही प्रदेशहरु
४) धर्म रक्षित स्थविर – अपरान्तक (महाराष्ट्रको सूरत जिल्ला)
५) महाधर्मरक्षित स्थविर – महाराष्ट्रको बाँकी भाग (भारतको प्रान्त)
६) महारक्षित स्थविर – यवन (ग्रीक मुलुकहरु)
७) मध्यम स्थविर  – हिमवन्त प्रदेश (नेपाल/चीन)
९) सोहन स्थविर र उत्तर स्थविर – सुवर्ण भूमि (बर्मा, थाईल्याण्ड, फुनानको क्षेत्र)
१०) महेन्द्र स्थविर प्रमुख इठ्ठिय, – उत्तीय, सबल, भद्रसार स्थविर ताम्रपर्ण दीप (श्रीलंका)

 

बिश्वमा बुद्धधर्म फैलाउन यो घटनाको ठूलो योगदान छ । महेन्द्र स्थविर राजा अशोकका आफ्नै छोरा हुन् र पछि राजा अशोकले आफ्ना छोरी संघमित्रालाई पनि श्रीलंकामा पठाएका थिए ।

३) सम्राट अशोकको बुद्धजन्मस्थल लुम्बिनी भम्रणः
ईसापूर्व तेश्रो शताब्दीमा कलिंग युद्धको बिभीषिका पछि सम्राट अशोक कालाशोकबाट धर्माशोकमा परिणत भएको थियो । यो कुरा उहाँले लुम्बिनीबाट गर्नु भएको आफ्नो राज्याभिषेकको २० बर्ष पछिको धम्म–यात्राबाट पुष्टि हुन्छ । आफ्ना प्रमुख अमात्य–गण सहितको त्यस यात्राको मार्ग–दर्शन उहाँका गुरु भिक्षु उप–गुप्तले गर्नु भएको थियो । बौद्धग्रन्थ अनुसार यस यात्रामा सम्राट अशोकले ८४००० स्तूपहरु निर्माण गर्न लगाएका थिए र शिलालेख र स्तम्भ राख्न लगाएका थिए । लुम्बिनीको अशोक स्तम्भको कारणले नै बुद्धजन्मस्थल लुम्बिनी हो भन्नेकुरा अँध्यारोको गर्भमा रहन पाएन । यसबेला वहाँ शाक्य तथा कोलियको प्राचीन गणराज्यहरुमा पनि धम्मयात्रा गर्नु भएको थियो । वहाँका छोरी चारुमतीलाई नेपालका राजकुमारसंग बिहे गरी दिएको कुरा चाबहिलको इतिहासबाट पुष्टि हुन्छ । काठमाण्डौ उपत्यकाका अशोककालीन चैत्यहरु त्यही बेलाको हुनुपर्दछ ।

४) रेशम मार्ग (Silk Road)ः
बुद्धधर्मका थुप्रै शताब्दीहरुको इतिहासमा मध्य एशियाले बुद्धधर्मको बृद्धि र बिकासमा ठूलो भूमिका खेलेको छ । मध्य एशिया भन्नाले भारतको जम्बुमहादीपको उत्तरका भूपरिवेष्ठित प्रान्तहरुः तिब्बत पठ्ठारको उत्तरीभाग, साईबेरिया मैदानको दक्षिणीभागः र पूर्वी एशियाको दक्षिणी भाग (आजको चीन, कोरिया र जापान) भन्ने बुझिन्छ । शताब्दियौंसम्म मध्य एशिया ब्यापारी र सेनाहरुको उत्पादन, संस्कृति र ज्ञानहरु ओसार्ने, पार गर्ने बाटो भयो । त्यही बाटो रेशममार्ग हो । त्यतिखेरका राजामहाराजाहरुको लागि चीन रेशमी कपडा उत्पादनको आकर्षणको कारणले शायद यस मार्गको नाउँ रेशममार्ग रहन गयो । मूलतः बौद्धहरु र अन्य धर्महरु, जस्तैः मान्चेईज्म र मुस्लिमहरु यो राम्रोसंग जोडिएको ब्यापारी मार्गबाट यात्रा गर्दथे । बौद्धहरुको प्रमुख काल १०० B.C.E. देखि १००० C.E. सम्म हो । यो बेला धेरै यात्रीहरुद्वारा, ब्यापारीहरुद्वारा भारतीय बिचार अवधारणाहरु बुझ्ने, बौद्ध मूर्तिहरु, कलाहरुबारे बुझ्ने र बाहिर लाने गरिन्थ्यो ।

रेशम मार्गका दुई प्रमुख ब्यापार मार्गहरु छन् ः–
१) बिशाल ताक्लामाकल मरुभूमिको उत्तर र दक्षिणी भाग – तारिम बेसिन, चीनबाट पश्चिम गई, उत्तरी भन्ज्याङ्ग हामी, तुर्फा, करासर, कूचा, आक्सू, तुम्सुक, र खास्करबाट निस्की समारकन्डमा अन्त हुने ।
२) दक्षिणी मार्ग निरान, चेरचन, केरिया, खोटान र यारकान्ड, हिरातमा अन्त हुनु अगाडी र अन्तमा काबुल (बर्तमान अफगानिस्तान) सम्म ।

दक्षिणी मार्गमा धेरैजसो देगलहरु महायान बुद्धधर्म अन्तर्गतका छन् भने उत्तर मार्गका (कासगर, कुचा र तुरफान) थेरवाद उपदेशसंग सम्बन्धित छ । उत्तर र दक्षिणी मार्ग चीनको युनमेनगुआन र डुनहुआनको पश्चिममा गएर मिल्दछ । यस रेशमी मार्गबाट २०,००० ग्रन्थहरु र कलाका सामग्रीहरु पाईएको र संग्रह गरिएको, जस्तै संस्कृत, ब्राम्हि, खरोष्टी, तिब्बती, तुर्की, टोखारियन, मानिचिन, सिरियन, सोग्डिएन, उईगू र चीनी । सन् ६४२ मा सेसोनियन शासक अरबी फौजबाट पराजित भएपछि मध्य एशियामा बौद्ध सभ्यता भत्कन शुरु भयो । (३)

५) फाहियान र हुयनसाङ्ग को यात्रा र अन्य यात्रीहरुः
फाहियान ः भारतीय बौद्ध क्षेत्रहरुमा यात्रा गर्ने पहिलो चीनी यात्री – फाहियान (३७७–४२२ इस्वी) र फाहियान भारत, श्रीलंका, सुमात्राका बौद्ध लिपिहरुको अध्ययन र संकलन गर्न यात्रा गर्ने चीनी बौद्ध भिक्षु हुन् । उहाले आफ्नो अनुभव ू”Travels to Buddhistic Kingdoms” पुस्तकमा ब्यक्त गर्नु भएको छ । यी पुस्तक प्राचीन भारतीय संस्कृतिको सबभन्दा ब्यापक अभिलेख भएको प्राचीन अभिलेखमध्ये एक हो । फाहियानको समय हानवंश विनाशतिर लम्किरहेको (२२१ इपू ) आँधीबेहरीको समय थियो । ३९९ इस्वीमा चीन छोडी हिमालय भएर भारतसम्म पुग्दा थुप्रै महत्वपूर्ण ग्रन्थहरु, जस्तै निर्वाणसूत्रको संकलन र बिद्वानहरुसंग अध्ययन गरे । भारत, श्रीलंका र सुमात्राका थुप्रै प्रमुख क्षेत्रहरु भ्रमण गरे । अन्तमा समुन्द्रको बाटो भई ४१४ इस्वी मा चीन फर्के ।(४)

हुयेन साङ्ग ( ६०२–६४४ वा ६६४ इस्वी) ः हुयेन साङ्ग संस्कृतबाट चीनी भाषामा शास्त्रहरु अनुवाद गर्ने महत्वपूर्ण ब्यक्तित्व – चीनी यात्री तथा अनुवादक हुन् । ताङ्ग अवघि (६१८–९०६) को धार्मिक राजनीतिमा हुयन साङ्ग प्रमुख खेलाडी मानिन्छ । १६ बर्षसम्म भारतको यात्रा गरेर बादशाहबाट आशिर्वाद प्राप्त गर्ने प्रयास असफल भए पनि यात्राबाट फर्केपछि वहा“ नायक सावित भए । वहाँ दक्षिण भारत र श्रीलंकाको यात्रा पुरा गरी धर्मग्रन्थ र शास्त्रहरुको भारी बोकी फर्के । वहाँलाई अनुवादमा सहयोग पु¥याउन बादशाह ताईजोङ्गले २३ जना भिक्षुहरु भर्ना गरिदिए भने, बादशाह गाओजोङ्गले सूत्रहरु सुरक्षाको लागि वाईल्ड गुज पेगोडा मन्दिर निर्माण गरिदिन सहमति भए । त्रिपिटकको लागि वहाँले पु¥याउनु भएको योगदान चित्रण गरी “पश्चिमी यात्राको लागि” (१५९२) ल्कासिक चीनी उपन्यास छापे, जसमा वहाँलाई प्रमुख पात्र बनाईएको थियो ।

यसरी नै भारतका पद्मसंभव नेपाल भई भुटान र तिब्बत, शान्त रक्षित, अतीशा दीपंकर, बसुबन्धु नेपाल भई तिब्बत पुगेको देखिन्छ । बुद्धभद्र नेपालको कपिलबस्तुबाट चीन र मध्य एशिया पुगेको देखिन्छ । यसरी भृकृटी तिब्बत, कलाकार अरनिको चीन, कलाकार गुणधर्म ईन्डोनेशीया पुगेको देखिन्छ भने नेपालको राणाकालमा भारतका बौद्ध बिद्वान राहुल सांकृत्यायन र नेपालका बौद्ध भिक्षु धर्मालोक महास्थविरले पनि तिब्बत यात्रा गरेको देखिन्छ । (५)

५) धर्मगुरु दलाईलामा तिब्बतबाट निर्वासनः
कम्युनिष्ट नेता माओत्सेतुङ्गको पालामा चीन सरकारले तिब्बत कब्जा गरेपछि तिब्बतका धर्मगुरु दलाईलामा निर्वासित भई भारत सरकारको शरण लिन पुगे । तिब्बतीहरुको लागि यो दुःखदायी कुरा होला, तर बिश्वको लागि यो बरदान साबित भए । तेन्जिङ ग्यास्टो चौथौं दलाईलामा प्रतिभाशाली बौद्ध बिद्वान् भएको कारणले यूरोप, अमेरिका आदि पश्चिम मुलुकहरुमा बुद्धको शान्ति सन्देश फैलाउन ठूलो योगदान पुगे ।

७) बिश्व बौद्ध सम्मेलनहरुः
बिश्व बौद्ध भ्रातृत्व संघ (त्जभ ध्यचमि ँभिियधजष्उ या द्यगममजष्कतक) श्रीलंकाको जि.पि. मललाशेकरको सक्रियतामा सन् १९५० मा श्रीलंकामा स्थापित अन्तर्राष्ट्रिय बौद्ध संस्था हो । हाल यसको प्रधान कार्यालय थाईल्याण्डमा छ । यस संस्थाले २ बर्षमा एकपटक बिश्व बौद्ध सम्म्ेलनको आयोजना गर्दै आईरहेको छ । बिश्व बौद्ध भातृत्व संघको संयोजनमा धर्मोदय सभाको आयोजनामा नेपालमा चतुर्थ बिश्व बौद्ध सम्मेलन सन् १९५६ मा र पन्ध्रँैं बिश्व बौद्ध सम्मेलन सन् १९८६ मा सम्पन्न भएको थियो । १६ औं बिश्व बौद्ध सम्मेलन अमेरिकामा सम्पन्न भएको थियो । यसरी नै थाईल्याण्ड, श्रीलंका, जापान, बर्मा र भारतमा पनि बिश्व बौद्ध सम्मेलन भएका छन् । यसले बिश्व बौद्ध भ्रातृत्वको गाँठो बलियो पार्न योगदान पु¥याउँदै आएको छ । यस बाहेक आ–आफ्नो देशको सक्रियतामा पनि बेला मौकामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनहरु ह्ुँदै आईरहेका छन् । म्यानमारको “सितागु इन्टर नेशनल बुद्धिष्ट एकेदमि” र नेपालको “थेरवाद बुद्धिष्ट एकेदमि” को संयुक्त आयोजनामा सन् २०१४ नोभेम्बर १५–१८ मा लुम्बिनीमा सम्पन्न भएको “अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन” यसको उदाहरणको रुपमा लिन सकिन्छ । यस “मगर बुद्धिष्ट अन्तर्राष्ट्रिय सम्मेलन”ले यसमा एउटा अर्को ईंटा थप्ने काम भएको छ । (६)

८) बिपस्सना ध्यानको प्रचार÷प्रसारः
म्यानमारका गुरुजी सयादो उबाखिनको परंपरामा ध्यानगुरु आचार्य सत्यनारायण गोयन्काजीको बिभिन्न बिपस्सना ध्यानका शिविरहरु बिश्वभरि संचालन भैरहेको छन् । यसले पनि बुद्धधर्मको गुणात्मक प्रचार र यूरोप, अमेरिका र अफ्रिकामा बुद्धधर्म पु¥याउन ठूलो सहयोग पुगेको छ । हाल बिश्वको ५० वटा मुलुकमा गरी १७२ वटा बिपस्सना ध्यान केन्द्रहरु संचालन भैरहेको छन् । हाल अमेरिकामा २०, भारतमा ७५, नेपालमा ८, म्यानमारमा २१, थाइल्याण्डमा ९, अष्ट्रलिया र न्यूजिल्याण्डमा गरी ८ र यूरोपमा १३ वटा ध्यान शिविरहरु संचालनमा छन्। (७)

 

९) बिभिन्न बौद्ध संघ/संस्थाहरुको प्रयासः
बर्तमान युगमा बिश्वमा बुद्धधर्म फैलाउन बिभिन्न अनगिन्ति संघसंस्थाहरुको ठूलो योगदान छ । उदाहरणको रुपमा मात्र यहा“ केही संघ÷संस्थाहरुको नाम प्रस्तुत गर्दछु, जस्तै – १) अनागरिक धम्मपालको “महाबोधि सोसाईटी” २) श्रीलंकामा ए.टि. आर्यरत्नेको “सर्वोदय अभियान” ३) जि.पि. मललाशेखरको ध्ँद्य ४) हेनरी स्टिल अल्कोटको Theosophical Society ५) शाक्यधिता (बिश्वका अनागारिका तथा बौद्ध महिलाहरुको संगठन) त्यसरी नै जापानको १) शिंशिंकाई २) रेयूकाई ३) सोकागाकाईजस्ता संस्थाहरुको ठूलो योगदान छ ।

यसरी नै आधुनिक बिश्वमा बुद्धधर्म फैलाउनको लागि अलेक्जेण्डर कनिंघम, सर इडविन आर्नल्ड (Light of Asia का लेखक)ः टि. डब्ल्यू रिस डाय्विडस् ः मेरी एलिजावेथ फोस्तर, आचार्य सिल्वान लेभी, डा. पालढाल्के, बि.एच. हडसन, बुद्धदास, भियतनामका थिक्नाक्टहान, बेलायतका आचानचा, आचान सुमेधो, टुल्को रिम्पो, छोकिनिमा रिम्पोचे, उथान्त, बि.आर. अम्बेडकर, राहुल सांस्कृत्यायन आदि ब्यक्तित्वहरुको कम योगदान छैन । (८)

१०) काठमाण्डौ उपत्यकाको संस्कृत बौद्ध वाङमय बिश्वमा फैलनु ः
नेपाल राज्यमा हिन्दूहरुको बोलवालाको कारण श्री ३ प्रधानमन्त्री जुद्ध सम्शेरको पालामा बौद्धधर्म ग्रन्थहरु सबै सतकमा फालि दिएका थिए । त्यतिखेर बिदेशी बिद्वान् हडसन  नेपालमा थिए । उहा“ले ती ग्रन्थहरु उपयोग गर्न राणाहरुसंग अनुमती मागी भारतबाट बिद्वानहरु झिकाई त्यसको अभिलेख बनाए र आफुले सुरक्षा गर्न सकेको जति आफ्नो अभिलेखालयमा राखेर बाँकी बिश्वका अन्य अभिलेखालयमा सुरक्षाको लागि बाँडिदिए, जसको कारण बुद्धधर्ममा बिश्वको चासो बढ्यो ।

लेखक हाल यशाेधरा बाैद्ध विद्यालयको संचालक समितिकाे अध्यक्ष हुनुहुन्छ

०००