लुम्बिनी विकास : द्वन्द्व–अशान्तिकाे निकास

 

लोक बहादुर शाक्य
संसारमा प्राणीहरुलाई दुःख मन पर्दैन, दःख नचाहनेलाई दुःख दियो भने त्यसकाे विपाक आफैलाई दुःख हुने रहेछ । उनीहरुलाई सुख दिने श्रद्धा भयो भने आफूले पनि सुखभोग गर्न पाउने भयो । प्रज्ञा बुझेर १८ धातुको भावना गरी अकुशलबाट बच्ने प्रयास गर्नुपर्ने रहेछ । ती धातुको भावना गर्ने तरिका बोध गर्न अनिवार्य छ । चक्षधातु, रुपधातुका संयागबाट चक्षविज्ञानधातु उत्पन्न हुने स्वभाव धर्म हो । श्रोतधातु, शब्दधातुका संयोगबाट श्रोतविज्ञानधातु उत्पन्न हुने स्वभाव हो । घ्राणधात, गन्धधातुको संयोगबाट घ्राणविज्ञान उत्पन्न हुन स्वभाव हो । जिह्वाधातु, रसधातुको संयोगबाट जिह्वाविज्ञान उत्पन्न हुने स्वभाव हो । कायधातु, स्पर्शधातुको संयोगबाट कायविज्ञान उत्पन्न हुने स्वभाव छ । मनोधातु, धर्म विचार धातुको संयोगबाट मनोविज्ञान धातु उत्पन्न हुने स्वभाव छ । छ इन्द्रिय, छ विषय, छ विज्ञान गरी १८ धातु छन् यिनीहरु कर्म कर्ता होइन । विपाक भाेगता पनि होइन । जन्म हुने पनि होइन । यी १८ धातु त केवल हेतु मात्र हा । यही हेतुद्वारा उत्पन्न हुने क्लेश हो । आँखाबाट रुप देखेर राग वा द्वष वा मोह उत्पन्न भएकोलाई क्लेश भनिन्छ । यी क्लेश कर्मका कर्ता हो । त्यसबाट जुन विषयमा चित्त लिप्त हुन्छ त्यसलाई उपादन भनिन्छ । जुन उपादान भव हन्छ त्यहाँ प्रतिसन्धि (जन्म) हुन्छ । यो क्लेशका मूल नै म भन्ने आत्म भाव हो । आत्म भावद्वारा स्वार्थ लिने वित्तिकै तृष्णा, इच्छा आदि क्लेश उत्पन्न हुने रहेछ ।
शरीरमा हुने १८ प्रकारका धातुलाई कर्म चित्तले ऋतु आहारका आधारबाट धातुका आफ्नो आफ्नो स्वभावले धर्म चलिरहने शक्ति भइरहको छ । यस धातुको स्वभावधर्म स्वचालित मेसिनजस्तै अग्रसर भइरहने मात्र हो । ती धातुका समूहमा प्रत्येक धातुको चेतना छैन । सबै मिलेर चालु हुने भएकाले मात्र चेतना उत्पन्न भएर आएको हो । त्यसैले यहाँ कहि पनि आत्मा भन्ने छैन । यही नै धातुको आधारद्वारा अज्ञानवश क्लेश उत्पन्न भएर पुनर्जन्मको कारण पनि भएको छ । जन्म हुने भएसम्म धातुहरु जम्मा भइरहन्छन् । जन्म हुन नपरेपछि धातु सग्रह हुने हेतु निरोध हुने भयो । राग, द्वेष, मोह आदि क्लेशका कारण दुःख हुन्छ । जहिले यी क्लेशहरु निर्मल हुन्छ, तब दुःख पनि निर्मल हुन्छ । यस अवस्थालाइ नै निर्वाण भनको हो । यस निर्वाण यही शरीरमा प्राप्त हन्छ । निर्वाण प्राप्त व्यक्तिसँग तृष्णा आदि नहुन भएकोले मृत्यपछि नामरुप अलग भएर विमुक्ति वा मोक्ष प्राप्त हुन हन्छ । अरु कुन लोकमा फेरी पुनर्भव हुने छैन । मानव देवता आदि योनीमा जन्म भएसम्म पनि निर्वाण प्राप्त हँुदैन । आत्मा मानेसम्म पनि निर्वाण प्राप्त नहुने भएकोल निर्वाण प्राप्त गर्न शिक्षा र विधि कर्मवादी बुद्ध शिक्षामा बाहेक आत्मवादी, ईश्वरवादीहरु मुक्त हुने छन् । निर्वाणकामीहरुले पहिले क्लेश नै निरोध गर्ने प्रयास गर्नु प¥यो । क्लेश निरोध गर्नेले आत्मभाव तथा स्वार्थ नाश गर्नु पर्यो । अनि मात्र तृष्णा, इच्छा आदि क्लेशलाई दमन गर्न सक्ने भयो । दमन मात्र गरेर पुगेन, अशेष हुने गरी निरोध नै गर्नु पर्ने भयो । निरोध गर्नका लागि प्रज्ञा ज्ञान नभै नहुने भयो ।

 

राग–द्वेष–मोह आदि हेतुका कारणबाट क्लेश उत्पन्न हुने रहेछ । अनि क्लेश कर्मका कर्ता भएको पनि स्पष्ट भयो । यही कर्मका फल भोग गर्नका निम्ति पुर्नजन्म हुने भयो । क्लेश निर्मल गर्नसके मात्र फेरी जन्मन नपर्ने निर्वाण पद प्राप्त हुने भयो । यहाँ ज्ञान र प्रज्ञा स्पष्ट गर्न अत्यावश्यक छ । अरुद्वारा सुनेर अध्ययन गरेर, सत्संगत गरेर ज्ञान हासिल गर्न सक्ने भयो, तर प्रज्ञाको तरिका अलग छ । ज्ञान हासिल गरको विषय र जीवनका क्रियाकलापलाई भित्र दिलदेखि चिन्तन मनन गरेर आफ्नै अनुभवद्वारा राम्ररी बुझ्ने गरी हो अथवा होइन भन्न स्पष्ट पारी अनभवद्वारा हासिल गर्ने प्रज्ञा भयो । प्रज्ञा विना निर्वाण प्राप्त गन सकिन्न । यो अति नै गहिरो महत्वपूर्ण सिद्धान्त हो ।

 

प्रज्ञा स्कन्ध राम्ररी बुझ्नका निम्ति सम्यक् दृष्टि तथा सम्यक् संकल्प मुख्य आधार भयो । मिथ्या धारणा नगरी बिलकुल दरुस्त धारणा ग्रहण गर्ने नै सम्यक् दृष्टि हो । मिथ्या धारणा भनको सबै रुप, सरसामान, प्राणी समेत इश्वरल सिर्जना गरको सोच हो । त्यस्तै सुख, दुःख सबै पूर्वजन्मको फल हो, कुनैपनि हुन े अचानक हो, कुनै कारण होइन भन्ने शाश्वत दृष्टि रहेछ त्यहाँ चिन्तन मनन गर्न पर्ने कुरा माथिका तीन किसिमका दृष्टि पन्छाएर पहिलको जन्ममै र अहिलको जीवनमा आफ्नै काय–वाक–चित्तद्वारा गरेका र गर्ने कर्म नै सुख दुःखको कारण हो । बाह्य तत्वको यसमा कुनै भूमिका नभएको सिद्धान्त नै सम्यक् दृष्टि भयो । विलकुल दरुस्त विचार चिन्तन मनन तथा कल्पना नै सम्यक् संकल्प भयो । फेरी हत्या, हिंसाबाट विरक्त हुन संकल्प (करुणा धर्म) क्रोध, घृणा र बदला लिने भावनाबाट विरक्त हुन संकल्प –मैत्रीधर्म), संग्रह, स्वार्थ र कन्जुसिबाट विरक्त हुन संकल्प –त्यागधर्म) नै सम्यक् सकल्प हो । अझ पनि श्रद्धा, स्मृति, अकुशल कर्ममा लाज र भय, बहुश्रति, वीर्य, प्रज्ञालाई सद्धर्म भनिन्छ । बोध गरेर व्यवहारमा उत्रन सके भने पुर्नजन्म नहुने निर्वाण–पद प्राप्त गर्ने बाटोमा अग्रसर हुनसक्ने भयो ।
बुद्धले देशना गर्नुभएको धर्मको लक्ष्य भनेका कुशल मंगल सेवाका काम कुरा गर्ने, मत्री करुणा समान भावना विकसित गर्ने, नैतिकवान चरित्रवान भएर विवेक वद्धि प्रयाग गरी राग–द्वेष–मोह–अहंकार–ममकार निवारण गर्न रहेको छ । माथि उल्लेख भएका सिद्धान्तबमोजिम जन्ममरणको चक्रबाट मुक्त हुन निर्वाण–पथ पनि बुद्धोपदेश भएको छ । कतिपय विद्वानहरुले बुद्धका उपदेशलाई जीवन पद्धति भनेर अनुशसरण गरी प्रचार गरेकाु विश्वव्यापी भएको छ, मुख्य कुरा त राज्य संचालन गर्ने राजनीतिज्ञहरुले सद्धर्मअनुरुप शासन चलाए मात्र समुन्नत तथा शान्तिपुर्ण समाज, विकसित मुलुक स्थापना गर्न सक्ने भयो । त्यसैले राजनीतिज्ञहरुले सुन्दर, शान्त र समृद्ध देश निर्माणका लागि धर्मचित्त विकास गर्ने अनिवार्य भएको छ । साथै धर्मका श्रद्धेय पदाधिकारीहरुले पनि राजनीति विषयमा अभिरुचि राखी सद्धर्मअनरुप राज्यशासन सचारु रुपले संचालन गराउनका निमित्त सझाव निर्देशन दिन बिर्सन भएन । साथै आवश्यकतानुसार कार्यक्रम अघि बढाउन पनि सक्दो योगदान गर्नु पर्ने भयो ।

ने. सं. ११३२ कछलागा १ (२०६८ कातिक २५ गतेको) राष्ट्रिय दैनिक “नेपाल समाचार पत्र” को सम्पादकीयमा प्रकाशित “समृद्धिका लागि बुद्धलाइै चिनौं” शीषर्कको लेख अत्यन्त सान्दर्भिक भएकोले यहाँ उल्लेख गरिएको छ । एकीकृत माओवादीका महासचिवले एक कार्यक्रममा पार्टीका निर्देशक सिद्धान्त माक्र्सवाद हो वा बुद्धवाद के हो भनेर एजेण्डा प्रस्तत गनभएको थियो । बुद्धवादलाई यस आधुनिक विश्वमा धर्मभन्दा माथि एक विचार वा जीवन निर्वाह गर्ने पद्धतिका रुपमा विकसित गर्नु पर्दछ जसबाट विश्व भरी नै शान्तिको परिकल्पना गर्दछ । विज्ञानबाट आज विकास र विनास साथ साथमा ल्याइराखको छ । यस्ता अवस्थामा विनासलाई पन्छाएर विकासलाई अग्रसर गराउन एक दर्शनकोरुपमा बुद्धवाद हुनसक्छ । त्यसैले बुद्धवादको माग अनुशरण गर्ने काम कसलाई पनि अहित हुने छैन । विश्वका बुद्धधर्मावलम्बीहरुलाई त यस अवधारणा निश्चय पनि उत्साहजनक हुने भयो । यसबाट नपाललाई विश्वका पर्यटकहरुको आकर्षित केन्द्र हुने पनि निश्चित। बुद्धजन्मस्थल लुम्बिनी बुद्धधर्मावलम्बीलाई मात्र आकर्षणका केन्द्र होइन, विश्वको जुनसुकै धर्मावलम्बीहरुका लागि पनि गन्तव्यस्थल हुन भयो । नपाललाई पनि समृद्ध मुलुकका परिकल्पना गर्ने समय भयो ।

 

पूर्व प्रधानमत्री, एवम् वृहत्तर लम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका अध्यक्ष पुष्पकमल दहालका नेतृत्वमा राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा गएर राष्ट्र संघीय महासचिव वान की मुनसँग छलफल गरेर लम्बिनीको वृहत्तर विकासको लागि ओयाजना भएको लम्बिनी विकास अन्तराष्ट्रिय निर्देशक समितिकोसंयोजकमा बस्न प्रस्ताव प्रस्तुत गरकोमा महासचिव वान की मुनले सहमति गर्नुभएको निश्चय पनि अत्यन्त महत्वपुर्ण भयो । अब लुम्बिनी विकासको ठोस कार्य अघि सर्ने आशा गर्न सकिन्छ । पहिलेका राष्ट्र संघीय महासचिव ऊ थान्तको प्रयासबाट लम्बिनी वृहत योजना स्थापना भएको स्मरणीय
छ । खुसीको कुरा हो सयुंक्त राष्ट्र संघ मुख्यालय परिसरमा बुद्ध चैत्य स्थापना गरी बुद्धजयन्ती मानिआएको सह्रानीय छ । लुम्बिनी विकास अन्तर्राष्ट्रिय समितिमा नेपालको प्रख्यात प्रगतिशील बौद्ध विद्वान समावेश गरेर, नपाली मात्र होइन, संयुक्त राष्ट्रसंघको तत्वावधानमा विश्वका प्रख्यात शान्तिप्रिय महानुभावहरु पनि समावेश गरेर लुम्बिनीका लागि आयोजना भएको वल्र्ड पिस सिटी (विश्व शान्ति सहर) निर्माण गर्ने अवधारणालाई अत्यन्त सावधानीपुर्वक सम्पन्न गर्न दृढदृष्टि अपनाएर अग्रसर हुन सकोस् भनी मत्रीपुर्ण प्रार्थना गर्दछु ।
(सन्दर्भ पुस्तकः बौद्ध ऋषि महाप्रज्ञाकृत परमार्थ ज्ञान–दर्शन, अनु. भिक्ष विशुद्धानन्द प्राणपुत्र)

साभार अानन्दभूमि ३९-८