नारी स्वतन्त्रता र प्रजापति गौतमी

डा. अनोजा गुरुमा

नारी र पुरुषको सहयोगले संसार चलेको सबैलाई विदितै छ । तर संसारमै नारीलाई पुरुष बराबर दृष्टिले हेर्न तथा समान व्यवहार गर्नुपर्छ भन्न नारा भएपनि व्यवहारमा देख्न दुर्विनले हेर्नुपर्छ । धर्मले पुरुष नै प्रधान भनी पहिलो स्थानमा राखेको देखिन्छ । वास्तवमा यो कुनै धार्मिक ग्रन्थहरूमा लेखेको पाइँदैन । पुरुषले आफ्नो फाइदाका लागि बनाएको नियम हो । मानव सभ्यताको इतिहास अध्ययन गर्दा प्राचीनकाल नारीहरूको क्षमतालाई कम आँकलन गरी समान दर्जाको बदला दास्रो स्थानमा राखी अवमूल्यन गरिएको पाइन्छ । श्रम विभाजन प्रारम्भिककालदेखि महिलाको हातमा घरको कामकाज सम्हाल्नु, बच्चाहरू जन्माउनु र परिवार सबैको पालनपोषण गर्ने, महिलाको धेरै बुद्धि आवश्यक नचाहिने हुनाले सामाजिक तथा आर्थिक क्रियाकलापमा उनीहरूको सहभागितालाई न्यून गरिएको छ ।

महिला र पुरुषको दिमाग एउटै हो । महिलाले पुरुषले भन्दा बढी दिमाग चलाउनुपर्छ, तर पुरुषहरूले र समाज भनिने अदृश्य स्रोतले दबाब दिई राखेका कारण महिला पुरुषको दाँजोमा पछाडि परेको देखिँदै आएको छ । यदि महिलाले घरपरिवार नसम्हाली दिएको भए पुरुषले कसरी बाहृय काम गर्न सक्थे र ? यही कारणले गर्दा नारी पुरुष बराबरी भनिँदै आइएको हो भन्न सकिन्छ ।

सन् १९०८ मा अमेरिकाको न्यूयोर्क शहरको कपडा कारखानाका महिला मजदुरले आप्mनो कामअनुसारको उचित ज्याला पाउन तथा मताधिकारको माग गर्दै आन्दोलन गरेका थिए । त्यतिबेला १५ हजार महिलाले न्यूयोर्क शहरमा जुलुस निकालेका थिए भनिन्छ । यस्तै १८९३ मा न्यूजिल्याण्डको सरकारले महिलाका लागि मताधिकार प्रदान गरेको थियो भन्ने भनाइ छ भने सन् १९५० मा युरोप, अमेरिका, चीन, जापान, बर्मा, थाइल्याण्ड तथा अन्य मुलुमा महिलालाई राजनीतिक मताधिकार प्रदान गरिएको मानिन्छ ।

महिलाहरूले यस किसिमबाट अधिकार पाएपछि सन् १९६३ मा महिलाहरूको राष्ट्रिय संगठन स्थापना भएको मानिन्छ । त्यसपछि महिलावादीको समूहले राजनीतिक रूप लियो । परिणाम सन् १९७५ मा संयुक्त राष्ट्रसंघले नारी वर्ष मनाउन थाल्यो । सोही वर्ष मेक्सिको शहरमा पहिलो अन्तर्राष्ट्रिय महिला सम्मेलन मनाइयो । सन् १९७५ देखि १९८५ लाई महिला दशकको रूपमा मनाई निर्दिष्ट उद्देश्यका साथ महिलासँग सम्बन्धित कार्यक्रमको तर्जुमा गरियो । सन् १९७९ मा संयुक्त राष्ट्रसंघले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य गर्न महासन्धि नै पारित ग¥यो ।

भगवान बुद्धको समयमा पुरुषप्रधान व्यवस्थाको वर्चस्व थियो भनिन्छ । महिलाहरूको अवस्था नाजुक थियो । त्यसबेला भगवान बुद्धको शिक्षा नै कुशल ज्ञान थियोे । ठाउँ र समय सापेक्ष वातावरण अनुकूलतालाई ध्यानमा राखी कार्य गर्न सकेमा नतिजा फलदायी हुन्छ । उहाँले एकैपटक निर्णय गर्नु हँुदैन । अवस्थानुकूल मिलाएर उपदेश दिनुहुन्छ । यसैक्रममा श्रावस्तीमा नारीसम्बन्धी प्रशनजित राजालाई दिनुभएको उपदेश यहाँ उद्धृत गरिन्छ । एकदिन राजा प्रशनजित भगवान बुद्धकहाँ धर्म उपदेश सुनिरहनु भएका बेला एक दूत आई राजालाई मल्लिका रानीले पुत्रीको जन्म दिएको समाचार दिए । राजाको अनुहार निन्याउरो भयो र शिर झुकाउनु भयो । योदेखि भगवान बुद्धले सोध्नु भयो । राजाले पुत्री जन्मेको भने । त्यसपछि बुद्धले श्लोकद्वारा भन्नु भयो, ‘नहि सब्बेशुगनेशु पुंरिषो होति पण्डितो इत्थिपि पण्डितो होति लहु अत्थविचिन्तिका ती ।’

अर्थात् ः सबै ठाउँमा पुरुषमात्र पण्डित हुँदैनन् । स्त्री पनि पण्डित हुन्छन् । क्षण भरमै बुभ्mन सक्ने हुन्छन् । ‘इत्थीपि हि एकच्चिया, सेया पोषजनाधिप । मेदावी शीलवता सस्सुदेवा पतिब्वता ।’ अर्थात् ः कुनै स्त्री बुद्धिमति, शीलवती, सासु ससुरालाई देव सम्मान मान्ने तथा पतिव्रता भई पुरुषभन्दा श्रेष्ठ हुन सक्छन् । त्यस्तो स्त्रीबाट जन्मने सन्तान सुरवीर र दिशा प्रमुख हुन सक्छन् । यसरी बुद्धद्वारा दिइएको दीक्षा नारीत्वमा कुनै असमानता थिएन । भगवान बुद्धले प्रशनजित राजालाई सम्झाएपछि राजा खुशी भएर दरबार फर्के । उनले छोरीलाई हुर्काए र सम्पूर्ण धनुर्विद्या, शास्त्र विद्या, आर्युवेद विद्या, आध्यात्मिक विद्या आदि सिकाए । राजाकी छोरीले सकुशल राज्यको काम सञ्चालन गरिन् ।

भगवान बुद्धले आफूलाई जन्म दिने आमा महामाया देवी, आफूलाई लालन पालन गर्ने आमा महाप्रजापति गौतमी, बुद्ध हुन सहयोग गर्ने यशोधरा देवी र वोधी ज्ञान प्राप्त गर्नुअघि भोजन दान दिने सुजाताप्रति अत्यन्त प्रशंसा गर्दै कृतज्ञता जाहेर गर्नु भएको थियो । यसरी समाजमा नारी शक्तिको विमती दृष्टि र शंका निवारण गर्न परिनिर्वाण हुनुअघि भगवान बुद्धले महाप्रजापति गौतमी र यशोधरा देवीलाई समाजका अगाडि आफ्नो ऋद्धि प्रदर्शन गर्न लगाई नारीको शक्ति र महत्व सावित गर्नु भएको थियो । भगवान बुद्धको शासन कालमा महिला, पुरुष, धनी, गरिब, कालो गोरो भनेर कहिल्यै पनि भेदभाव गरिएको थिइएन । बुद्धको धर्ममा भेदभाव नहुनाले संसारभरी यसको सकरात्मक प्रभाव परेको निर्विवाद छ । एक दिन एक विद्वानले भगवान बुद्धसँग प्रश्न गरेछन् संसारमा ठूलो को हो ? बुद्धले नारी सबैभन्दा उत्तम हो भनी जवाफ दिनुभएछ ।

नारीमा रहेका उत्तम गुणहरूलाई जानेरनै भगवान बुद्धले बुद्ध शासनरूपी रथका चार पांग्राको रूपमा भिक्षु भिक्षुणी, उपासक, उपासिकाहरू खडा भए । रथ अथवा गाडी गुड्न चारैवटा पांग्रा उतिकै समान बलियो हुनुपर्छ । उहाँको शासनकालमा महिला पुरुषबीच कुनै भेदभाव थिएन । त्यसैले महिलाले विश्वमा धेरै महामानव जन्माउन सफल भए । बुद्धधर्म र संघको महŒव बुझिसकेका महाप्रजापति गौतमीले राज्य सुखको महŒवलाई गुण ठानिसकेकी थिइन् । राजप्रसादको सुख नित्य नरहेको र म र मेरो भन्ने दृष्टि र सांसारिक बन्धनदेखि वाक्क भएकी प्रजापति गौतमी गृहत्याग गरी प्रवजित भई जीवन बिताउन चाहिन् । त्यसबेला भगवान बुद्ध भिक्षु महासंघहरूसहित कपिलवस्तुस्थित न्यग्रोधराम विहारमा बस्नु भएको थियो ।

….भिक्षुणी जीवन निकै कष्टकर हुन्छ तर बुद्ध धर्म संघप्रति अटल श्रद्धा भएकी त्याग र तपस्याको महत्व बुझेकी ८० वर्षको महारानी महाप्रजापति गौतमीलगायत पाँच सयजना महारनी कपिलवस्तुदेखि वैशालीसम्मको ५१ योजन लामो बाटो पैदल जानुभयो । महाप्रजापति गौतमीको खुट्टा सुनिएको थियो । उनीहरूले यस्तो दुःखको कुनै प्रवाह नै गरिनन् । त्यागी हुन, भिक्षुनी बन्न अटल श्रद्धा र संस्कार हुनुपर्छ । जति वर्ष प्रवजित भएपनि छोडेर जान्छन् भन्ने शंका थियो । तर महाप्रजापति गौतमीको यो अवस्था भिक्षु आनन्दले देख्ने वित्तिकै आश्चर्य मानी कारण सोध्नु भयो ।

भन्ते भगवान बुद्धले नारी जातिलाई प्रवजित गर्ने अनुमति नदिएकाले बाध्य भई यस्तो उपाय अपनाउनु प¥यो । यस्तो कुरा सुनी भिक्षु आनन्द बुद्धकहाँ गई प्रश्न सोध्नु भयो । भगवान सास्ता के नारी जातिले धर्म विनय पालना गरी निर्वाणको बाटो पुग्न सक्दैन ? उत्तर अवश्य पुग्न सकिन्छ यसैमा महाप्रजापति गौतमीलगायत ५ सयजना नारीलाई भिक्षुनी गराई दिनुभयो ।

रूप जीर्ण भई नाश भएर गएपनि अरूको हित उपकारका लागि त्याग र बलिदान गरेर सम्पन्न गरेको कार्यको सुपरिणाम अमर कीर्तिको रूपमा बाँकी छ । त्यसैले महाप्रजापति गौतमीको योगदान एवं साहसिक कदमलाई हामीले सम्मान पूर्वक कदर गर्नुपर्छ । उहाँको आदर्शलाई कदर गरी हामी महिलाहरूले निर्धकसाथ अगाडि बढ्नुपर्छ । चित्तलाई बसमा राख्न अति कठिन हुन्छ प्रयास ग¥यो भने सफल अवश्यै हुन्छ । त्यसै कारण महाप्रजापति गौतमीहरू राज्य सुखलाई तिलाञ्जलि दिएर भिक्षुणी बनेर निर्वान सुख प्राप्त गर्नुभयो । महिला जातिका लागि महाप्रजापति गौतमीले गर्नुभएको दुःखलाई र नारी स्वतन्त्रतामा गर्नु भएको योगदानलाई हामी सबैले कदरका साथ याद गर्नुपर्छ ।

साभार हिमालय टाइम्स