मुख भित्रको छुरीको धार

ए … मुख …….मुख ……. नियन्त्रण गर्न असाध्यै कठिनाई हुँदो रैछ।

अतुलनीय उत्तम भगवान बुद्धले सुधारको लागि ओवाद शिक्षा दिनुभएको छ।
मनुष्यहरुलाई सबै भन्दा धेरै अकुसल कर्म गर्ने बनाइदिनुमा मनदेखि अर्को थुतुनो भन्ने मुख नै हो ..रे।
साँच्चै त हो नि ! मन नपर्ने (घृणा गर्ने) भइदिने पनि मन हो र मन पर्ने (रुचि लाग्ने) पनि मनै हो।
यही मुखको कारण धेरै उनीहरुले मलाई मनपर्ने खुसी लाग्दो कुरा भन्न सके जस्तै ..
धेरै उनीहरुले मलाई अकुसल बड्ने गरी पनि गर्न सक्छन्।

 

यही मुखको कारण असाध्यै अकुसलहरु भैदिने भएको हुनाले तल अपायमा झार्ने र पतन हुनु पर्ने दृष्टान्तहरू …
संसारको भव सागर भरि नै खन्द सरीरले अत्यधिकता (असाध्यै) ऋण तिर्दै भोगी नै रहेका दृष्टान्तहरू धेरै छन्।
त्यसैले वचि (बचन) भन्ने बाक्यलाई सम्हाल्दिन चाहन्छु।

 

आफुले भनेको एउटा शब्द बोल्दा थोरैमा ५ सेकेन्ड नलागेतापनि भोग्नु (तिर्नु) पर्ने भव हरु ५०० भन्दा बढी हुन सक्ने रहेछ। त्यसैले मुख भित्रको छुरीको धार भनेर भनिएको रहेछ।  छुरा भन्ने शब्दको चीज वस्तुले मर्न पनि मरिन्छ
या मरिन्न थहापनि हुन्न। तर छुरीजस्तो धार भएको एउटा मुखको कारणले खन्द सरीरभन्दा अत्यधिकता
भन्दा बढी ऋण तिर्दै भोग्नु पर्ने बिषयहरुलाई भन्न चाहन्छु।

 
सबैभन्दा पहिलो भनेर बताउन चाहेको चाहिँ वेसालि (वैशाली)को रमणीय सौन्दर्य मनमोहक जनतंत्र राज्य भएको ठाउँ हो। त्यहाँ सबै भन्दा एकलौटी वा (एकाधिकार) महासुन्दरी अम्बपाली (आम्रपाली) को बिषय नै हो। एक भवको जन्ममा अम्बपालि (आम्रपाली) एउटी भिख्खुनि (भिक्षुनि) भयेकि थिइन्। विहार मठको दिनहुँ नित्य शुद्ध, साफ सफा सुग्घर गर्ने गर्थिन्।

 

एक दिन उनले शुद्ध, साफ सफा गरिरहको ठाउँमै एक आर्य भिख्खुनी ले थुक्नु भयो । त्यो ठाउँमा रहेको थुकलाई देखेर साफ सफा गर्दै फाट्ट मुखबाट भन्दिन् …. “कुन बेश्याले थुक्यो” ।
यो शब्द भनेको मात्र ९ वटा अक्षर भित्र थियो। तर यस शब्दको परिणाम, फेरि ऋण तिर्दै भोग्नु परेको जन्म भवहरु अनगन्ती तुलना गर्ने नसक्ने भयो।
भगवान को मठ विहार चोकमा साफ सफाई गरेको कुसल पुण्यको कारणले , यसरी भैसकेका धेरै भवको जन्ममा नै रुप रङ्गमा अरु भन्दा अति नै श्रेष्ठ र रुपवती , सुन्दरी भयेतापनि … आर्य भिख्खुनि माथि दुर्व्यवहार, अनादर गरेको मात्र ९ वटा अक्षर भित्रका शब्दको कारणले भैसकेको धेरै भव जन्मसम्म नै बेश्या भएर खन्द सरीरबाट दुख भोग्दै बद्लामा उस्को परिणाम कयौँ जन्मसम्म ऋण तिर्नु पर्ने भएको थियाे। अन्त्यमा परिनिर्वाण हुने जन्मको भवसम्म नै भोगिरहनु परेको थियो। यो के कारण हो भनेर अर्थ खोजेर हेर्दा त मुख लाई बार्न (सम्हाल्न) नसक्ने एउटै वचनले गर्दा भयेको हो।

 
फेरि अर्को व्यक्तिको विषय चाहिँ कस्सप (कश्यप) भगवान बुद्धको पालामा एक जना कृषक भएको थियो।
उसको एउटा घनिष्ठ, भगवान र धर्ममा पुरा श्रद्धावान र बिस्वास भएको साथी थियो। एकदिन उसको साथीले कश्यप भगवान कहाँ गएर धर्म देसना सुन्नलाई भनेर उ संगसंगै उसको कृषक साथीलाई पनि बोलाउन थाल्यो।
वास्तविकमा उस्ले चाहे अनुसार जाने मन थिएन भने, जान सक्दिन वा फुर्सद छैन भनेर मनाएको भए त्यो बिषयको ठुलो अकुसल परिणाम भोग्नु पर्ने हुने नै थिएन र कुनै गल्ती पनि हुने थिएन। तर उसको साथीले भनेको कुरालाई बुझाउन खोज्दा विकृतिमा भन्न पुग्यो- ” ए साथी तेरो भगवान्ले देसना गर्ने धर्म सुनेर मलाई के कुराको नाफा र फाइदा हुन्छ? के तेरा भगवान आएर मेरो खेतमा हलो जोतिदिन्छन् र ! भन्ने यति नै मात्र भनेको हो। उसको वाक्यबाट आएको कुराले कतिसम्म को भारी र गरुङ्गो अकुसल पाप भएर गयो भन्ने उसलाई केहि संकेतको भनक पनि परेन ।

 
वहाँ सम्मासम्बुद्ध भगवान अर्हतलाई निष्ठाहिन गलत भारी र गरुङ्गो अकुसल पाप गरेको कर्मको कारणले मृत्यु भएपछि कृषक प्रेत भवमा दुई भगवान बुद्ध उत्पत्ति भएर परिनिर्वाण भएर जानेसम्म पनि कृषक प्रेत भवबाट छुट्कारा हुन पाएको थिएन।
भनेको मात्र क्षण ३ सेकेण्डको वाक्यको शब्दले कति हो कति तुलना गर्नै नसकिने कल्पसम्म अकुसल कर्मको ऋण तिर्दै दुख भोग्नु परेको थियो। होस र सतिमा संवेग लिएर आफुखुसी सधैं सचित गर्नु पर्ने कुरा छ।

 
अन्त्यताको हिसाबमा भन्न भन्न चाहेको चाहिँ के हो भन्दा- पच्चेक (प्रत्येक) बुद्ध उत्पन्न हुने समय बेलाको कुरा हो।
पच्चेक (प्रत्येक) बुद्ध भिक्षा भोजनको लागि आउँने एक गाउँ बस्तीमा धन सम्पत्तिको धनी महाजनको एउटा छोरा थियो। एकदिन धनी महाजनको छोराले राम्रा राम्रा वश्त्रहरु पहिरिएर गाउँ बस्त तिर निस्केर आउँदै थियो। गाउँ बस्तीका मानिसहरुले उस्ले लगाएका राम्रा राम्रा दामी वस्त्रहरुलाई ध्यान नदिइकन केवल लाज छोप्न पुग्दो धेरै पुरानो भएर मलिनो (रङ्ग उड्न थालिसकेको) वस्त्र , चिवर धारण गर्नुभएर आउनुहुने पच्चेक (प्रत्येक) बुद्धको सितल स्थिरतालाई देखेर गदगद श्रद्धामा उद्यत भै रहेका छन्।
त्यहि समयमा उस्ले भनेको एउटा कुरा के भने …..थत् ….. साह्रै अफ्ठ्यारा मानिसहरु रहेछन्। के होला! म जस्तो राम्रो दामी लुगा लगाएको व्यक्तिलाई चाहिँ नहेरेर …(कुठनुना) एउटा मगन्ते भिखारी जस्तो थोत्रो पुरानो च्यातिएको लुगा लगाउने व्यक्तिलाई चाहिँ मख्ख परेर नियालिरहेछन्। भन्ने एउटै सब्द मात्र हो। आर्यलाई अपमानजनक शब्दमा अनादर गरेको त्यो एउटा बचनले गर्दा मरेपछि अविचि नरक सम्म झरेर, धेरै समयमा अविचि नरकबाट छुट्कारा पाएपछि पनि बारम्बार भव जन्मै पछि (कुठनुना) माग्ने भिखारी भव मात्र भएर अकुसल कर्मको फल भोग गर्दै, ऋण तिर्दै आउनु परेको जन्महरु धेरै भए। पछि  बुद्ध भगवानको शासनको समयमा बल्ल धर्म आचरण गर्ने मौका मिलेर भव सागर बाट छुट्कारा तथा मुक्ति प्राप्त भयो। वचन कर्म अत्यन्त  खतरनाक र डरलाग्दो छ है ………. ।

 
माथि व्यक्त गरिएका बिषयहरुमा अम्बपालिको बिषयलाई पढ्दा मन कटक्क खाएर खिन्न लाग्यो।
कुसल गर्दा गर्दै पनि अकुसलहरु बिचमा प्रवेश गरेर आएको आफुले लापरवाही छोडेको मुखलाई सम्हालेर आफ्नो बशमा नराखेको कारणले हो। कृषकको भवको वृत्तान्त कथालाई हेर्ने हो भने पनि नचाहिँदो, भन्न नहुने कुरा बोलेको हुनाले हो।

 
अन्त्यता महाजनको छोरा चाहिँ घमण्डले आफुलाई महान सम्झेर पस्केका बुद्धलाई निच सम्झेर अनादर गरेको अकुसल कर्मले गर्दा हो।
यो बिषयहरुको मुख्य हुने मुल कारण चाहिँ- बिना कारण अरुलाई गलत सम्झेर विपरित आरोप लगाउने अकुसल कर्म हो।
आफुले भन्नेहरु आर्य (४ आर्य सत्य को ज्ञात भयेका = स्रोतापन्न, सक्रितागामि, अनुगामी, अरहन्त) हुन् होइन् कसैले बुझ्न सकिन्न। आर्यहरुमा कुनै आर्य हो भनेर चिन्ह टिका देखिंदैन। मुख्य कुरा चाहिँ अरुले पालन, र मानेर आएको जुनसुकै परम्परा र धर्म भएता पनि आफुबाट गलत अकुसल वचि (वचन) कर्म नहुनको लागि जरुरी हुन्छ।

 
तेसैले एउटा कुरा भन्नु छ भने नभन्दै पहिलै राम्ररी बिचार गरी सोंचेर हेर्नु, भन्दै गर्दा पनि राम्ररी बिचार गरेर भन्नु र भनिसके पछि पनि राम्ररी बिचार गरि सोचेर हेर्नु कि यी तीन कारकहरुले पर्याप्त छ कि छैन भन्ने जाँच्न सकेर गरेको कुरा मात्र उपयोगी उचित हुन्छ।
भगवान बुद्धले सुधारको लागि देसना गर्नु भएको छः थरिका वचन मध्ये दुई थरिका वचनलाई गर्न सके पनि अति राम्रो छ। त्यो केहो भने ………….

१• भएको हो, सत्य हो, लाभ छ ( भलो गर्छ = फाइदा छ) अरुलाई सुन्न आनन्द रुचि लाग्दो छ।
२• भएको हो, सत्य हो, लाभ छ ( भलो गर्छ = फाइदा छ) अरुलाई सुन्न आनन्द रुचि लाग्दो छैन। यद्यपि समय हेरेर परिस्थिति अनुकुल अनुसार भन्नु पर्ने यी दुई वचनहरु हुन्।

 

अतुलनीय भगवान बुद्धले अधिकता राखेर सचित गर्नु भएको …..
भएको हुँदो हो भन्दैमा पनि नभन्नु।
भएको सत्य हो भन्दैमा पनि नभन्नु।
आफ्नो अरुको लाभ, भलो र फाईदा गर्ने … भन्नु भन्ने कुरा नै हो नि। आफुले भनेको एउटा कुनै बातमा लोभ शब्द, द्वेष सब्द, मोह शब्दहरु नहुने गरी बोल्न सक्नु हुन्छ ।

 
धर्म मित्रहरु सबै हजुर ….. मुखभित्रको छुरीको धारले आफ्नो र अरुको हानिकारक हुने वचनले आफै आफ्नो हत्या हुने गरि नभैकन! आफुलाई बिघ्नवाधा गर्न आउने लोभ , द्वेष , मोह हुने नराम्रा अकुसल वचनहरुलाई हत्या गर्न सक्ने गरी परिवर्तन गर्न सक्ने आधार बनोस् ।
भवतु सब्ब मंगल

अनुवाद- बिष्णु धनञ्जय