बैशाख पूर्णिमा — बुद्ध जयन्ती

भिक्षु ज्ञानेन्द्र “सद्धम्म कोविद”
नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धस्स ।
उहाँ भगवान अर्हत् सम्यक सम्बुद्धलाई (वन्दना) नमस्कार छ ।
बैशाख शुक्ल पूर्णिमा तिथिको दिनमा यहाँहरु जुन स्थानमा बुद्ध जयन्ती समारोह भव्य रुपमा मनाउन थाल्नु भएको छ । यहाँहरुमा भगवान बुद्धले दिनु भएको शान्ति मार्ग ज्ञानले मंगलमयी भएर जाओस् , सुख प्राप्ती होस्, सबैतिर शान्ति छाओस् भनी बुद्ध जयन्तीको अवसरमा मंगलमयी शुभकामना सहित भित्री हृदय देखि नै मंगलमैत्रीको कामना गर्दछु ।
बुद्धलोके समुप्पनं हिताय सब्ब पाणिनं,
धम्मलोके समुप्पनं सुखाय सब्ब पाणिनं ,
संघलोके समुप्पनं पुण्यखेतं सब्ब पाणिनं ।

 
यस लोकमा भगवान बुद्ध किन उत्पन्न भएर गयो भन्दाखेरी यस लोकमा रहेका सम्पूर्ण प्राणीहरुको हित कल्याण हुनको लागि उत्पन्न भएको हो । त्यस्तैगरि धर्म किन उत्पन्न भयो भने सम्पूर्ण सत्वप्राणीहरुको सुख प्राप्तिको लागि धर्म उत्पन्न भएर गएको हो । संघ किन उत्पन्न भयो भन्दा सम्पूर्ण सत्वहरुले पुण्य सञ्चय गर्न,पुण्य आर्जन गर्नको लागि संघ उत्पन्न भएर गयो । यसरी नै यो संसारमा बुद्ध,धर्म र संघको उत्पन्न भएर गएको हो ।

 
विशेषतः बुद्ध जयन्ती भनीकन बैशाख शुक्ल पूर्णिमाको दिनमा हामीहरु सबै विभिन्न स्थानहरु विहार, गोन्पा, सार्वजनिक स्थल आदिमा भेला हुने गर्दछौं । यस दिनमा बुद्ध जयन्ती भनेर के कुरालाई लिएर किन मनाएको हो सबैले बुझ्नु जरुरी छ । भगवान बुद्ध साधारण ब्यक्ति होईन । साधारण मानिसले जन्मदिनमा जन्म जयन्ती (happy birthday) मनाउने गर्दछन् । हामीहरु बुद्ध जयन्ती भनेर बुद्ध सम्बत  उल्लेख गरेर बुद्ध सम्बत अनुसार बुद्ध जयन्ती मनाउँदैछौं । यो मिति जन्मलाई लिएर मनाएको होइन । हामीले बुझ्नुपर्ने कुरा बुद्ध सम्बत उल्लेख गर्दा बुद्ध जन्म जयन्ती नभई यो बुद्ध जयन्ती मात्र हो भनी जान्नु पर्दछ । यो बुद्ध सम्बत भनेको भगवान बुद्ध परिनिर्वाण भए पश्चातको मिति हो । जन्म जयन्ती निकाल्न अहिलेको बुद्ध सम्बतमा ८० बर्ष जोड्नु पर्दछ ।
उदाहरण ः (अहिले वि.सं.२०७५ साल लाग्दाको बुद्ध सम्बत २५६२ हो । यो २५६२ औं बुद्धसम्बतमा भगवान बुद्धको जीवनकाल ८० वर्ष जोड्दा २६४२ औं जन्म बर्ष निस्कन्छ । जन्म जयन्ती उल्लेख गर्ने हो भने २६४२ औं बुद्ध जन्म जयन्ती भनी उल्लेख गर्नुपर्दछ । )
भगवान बुद्धको प्रसङ्गमा बैशाख पूणर््िामामा धेरै किसिमको घटना संयोग पर्न गएको छ । मूख्य रुपमा जन्म , सम्बोधि लाभ र महापरिनिर्वाण विशेष घटनाव्रmमको आधारमा त्रिसंयोगको दिन हो । यसै पूर्णिमा तिथिमा पर्ने तिनवटा संयोगहरु यस प्रकार रहेकाछन् ।
१. जन्म भएको दिन ईशा पूर्व ६२३, बैशाख शुक्ल पूर्णिमा
२. सम्बोधि ज्ञान प्राप्त गरेको दिन ईशा पूर्व ५८८ बैशाख पूर्णिमा
३. महापरिनिर्वाण भएको दिन ईशा पूर्व ५४३ बैशाख शुक्ल पूर्णिमा
यी तीन संयोग बैशाख पूर्णिमाको दिन परेकोले पनि यसलाई हामी त्रिसंयोग दिवसको रुपमा बुद्ध जयन्तीलाई धुमधाम मनाउने गर्दछौं । त्रिसंयोगको अलाव कालुदायी स्थविरको प्रार्थना स्वीकार गरी बीस हजार क्षीणास्रवी भिक्षुहरुका साथ कपिलबस्तु आउनु भयो र कपिलबस्तु महानगरमा आईपुग्दा बैशाख पूर्णिमा तिथि नै परेको थियो । त्यसबेलामा शाक्यहरुले बनाई दिएको निग्रोधराम विहारमा शाक्यहरुको अभिमान झार्नको निम्ति अभिज्ञा पादक ध्यानमा बसेर प्रतिहार्य ऋद्धि देखाउनु भएर शाक्यहरुलाई उपदेश दिनु भएको थियो । विभिन्न देशहरुमा श्रद्धाले विभोर भएर बुद्ध जयन्ती मनाउने चलन छ । कुनै देशमा भगवान बुद्धप्रति अगाध श्रद्धा राखी जन्म अवस्थाको सिद्धार्थ बोधि सत्वको प्रतिमालाई पवित्र जलले स्नान गरिदिने चलन पनि रहेको छ । हाल आएर नेपालमा पनि यस किसिमको चलन यदाकदा चलाउन कोसिस गरेको पाईन्छ । कुनै देशमा बोधि बृक्षमुनि ज्ञान लाभ गरेको हुनाले पिपलबोधि बृक्षमुनि पानी हाल्ने चलन रहेको छ । नेपालमा हेर्ने हो भने नेपाली बौद्धहरुले आफ्नो श्रद्धाले विहारमा गई बुद्ध पूजा गर्ने, सील पालन गर्ने, धर्म उपदेश सुन्ने, ध्यान बस्ने, गच्छे अनुसारले भिक्षु भन्तेहरुलाई, अनागारिका गुरुआमाहरुलाई दान पुण्य गर्ने, एवं यसै अवसर पारेर विभिन्न सामाजिक कार्यहरु गर्ने चलन रहेको पाईन्छ । रक्तदान आयोजना गर्ने, साँस्कृतिक कार्यव्रmमहरुको आयोजना गर्ने, हस्पिटलहरुमा विमारीहरुकालागि फलपूmल वितरण गर्ने जस्ता आदि कार्यव्रmमहरुको आयोजना गरेर मनाउने प्रचलन रहेको छ । कहिले काहीं नेपाल सरकारले पनि अन्तर्राष्ट्रिय समुदायलाई आवाहन÷आह्वान गरिकन बृहत रुपमा लुम्बिनीमा विभिन्न कार्यव्रmमको आयोजना गरेर विश्वमा नै शान्ति सन्देश पु¥याउने काम गरिरहेको छ । यसै बर्षबाट नेपाल सरकारले अन्तर्राष्ट्रिय रुपमा लुम्बिनीमा २८ राष्ट्र सहभागी भएर बुद्ध जयन्ती सफलताका साथ मनाएर उदाहरणीय कामको थालनी गरेको छ । विश्वमा नै बुद्ध हाम्रै देश नेपालको लुम्बिनी वनमा सिद्धार्थ गौतम (बुद्ध) को जन्म भएको सन्देश प्रवाह गरेको छ । यस कार्यले कतिको निरन्तरता पाउँछ हेर्नै बाँकि छ ।

 
जे होस जयन्ती भन्ने शब्दलाई भगवान बुद्धको त्रिसंयोगको हिसाबले नै हामीहरुले बुझ्नु पर्ने हुन्छ । त्रिपिटक अन्र्तगत पर्ने सुत्रपिटकमा रहेका विभिन्न सूत्रहरुमा आएको “जयन्तो बोधिय मूले शाक्यानं नन्दिवड्ढनो…..” जस्ता बाक्यहरुले पनि जयन्ती भन्ने शब्द धेरै प्रकारले हामीले बुझ्नुपर्ने हुन्छ । यहाँ सूत्रमा आएको जयन्तो शब्दले बोधिबृक्षमुनि बसेर मारहरुलाई जित्न सफल भएको प्रसंगमा आएको हुनाले पनि मार विजय गरेकोलाई जयन्तीको रुपमा लिन सकिन्छ । मूल शब्द जयबाट जयन्तो भयो र त्यसैबाट नै जयन्ती भन्ने शब्द उत्पन्न भएको हुनाले मारहरुबाट विजय प्राप्त भएको अवसरलाई लिएर उत्सबको रुपमा नै जयन्ती मनाउने प्रचलन रहेको हो । साधारण मानिसहरुको जस्तो जन्मेको दिनलाई लिएर जन्म दिवसलाई मनाए भैm बुद्धको जन्म दिनलाई मात्र लिएर जन्म जयन्ती विलकुलै मनाएको होईन । जब भगवान बुद्धले महापरिनिर्वाण प्राप्ती हुनु भयो तव सम्पूर्ण मारहरुबाट विजय प्राप्त भएर गएको थियो । भगवान बुद्धको प्रसंगमा हेर्दा सम्पूर्ण मारहरुबाट विजय प्राप्त भएको हुनाले उहाँ परिनिर्वाण प्राप्त भएको तिथि देखि जयन्तीको रुपमा बुद्ध जयन्ती भनि विशेष रुपमा जयन्ती मनाउने थालनी भएको हो । सोही दिनबाट संसारमा बुद्ध संवत शुरुवात भएर गयो भने त्यसै दिन देखि बुद्ध जयन्ती उत्सब पनि मनाउन थालियो । त्यसै कारणले पनि पनि भगवान बुद्धको विशिष्ट गुणहरुको कारणले पनि बुद्ध जयन्ती शब्दको गहकिलो अर्थ रहेको छ । सर्वसाधारण ब्यक्तिको जस्तो जन्म जयन्ती होइन । त्यसैले वि.सं. २०७५ सालमा बुद्ध जन्म जयन्ती साधारण दिमागले विचार गर्दा २६४२ हो भने गहन हिसावले विचार गरी हेर्दा भगवान परिनिर्वाण भए पश्चातको बुद्ध संम्बत तिथि २५६२ नै बुद्ध जयन्ती हो । यसरी अहिले हामीहरुले २५६२ औं बुद्ध जयन्ती मनाई रहेका छौं ।

 
यो २५६२ औं बुद्ध जयन्ती भनी रहँदा सबैले बुझ्नु जरुरी छ की यो बुद्ध जन्मेको जन्म जयन्ती होईन । यो त्रिसंयोगपूर्ण बुद्ध जयन्ती मात्र हो । सिद्धार्थ बोधिसत्वको रुपमा जन्म भएको, बुद्धत्व ज्ञान लाभ गरेको, महापरिनिवार्ण हुनुभएको त्रिसंयोगमा पनि विशेष पाँच प्रकारका मारहरुबाट विजय प्राप्त गरेको अमुल्य दिन हो बैशाख पूर्णिमा । बुद्धको अमुल्य रत्नको रुपमा हामीले शान्ति सन्देश ग्रहण गर्नुृपर्ने र संवेग ज्ञान जगाउनु पर्ने यो बुद्ध जयन्ती रमाईलो नाच गान गरेर, मादक पदार्थ सेवन गरेर, मिठो मिठो परिकार खाएर, उफ्रेर साधारण हामीहरुको जस्तो ९ज्बउउथ द्यष्चतज म्बथ त्य थ्यग ० भनेर मनाउनु विल्कुलै सुहाउने कुरा होईन । पञ्चमार विजयको कुरालाई मनन गरेर हामीले पनि बुद्धले जस्तै मारहरुबाट विजय हुनको लागि उदाहरणीय कार्य गर्नुृृ र बुद्ध गुणलाई हामीमा उतार्न कोशिस गर्नु साँचो रुपमा बुद्ध जयन्ती मनाएको, उहाँप्रति श्रद्धाभाव राखेको सार्थक भएर जान्छ । यसरी भनी रहँदा जन्मेको दिन र जन्म स्थानलाई ओजेल पारेको चाँही विल्कुलै सोच्नु हुँदैन । हामीमा गर्व छ, गर्व गर्नु पर्छ आज भन्दा २६४० बर्ष अगाडी सिद्धार्थ गौतम बोधिसत्वको जन्म पवित्र पुण्य भूमि हाम्रै देश नेपालको लुम्बिनीमा नै भएको हो । कसैको दुई मत छैन, हुनु पनि हुँदैन । हामीमा साधारण बुझाई मात्र हुनु हुदैन । बुद्धको ज्ञान अनुसार लौकिक र लोकुत्तर दुई किसिमले बुझ्नु जरुरी छ । यहाँ सामान्य लौकिक हिसाबले २६४२ औं जन्म जयन्ती हो भने ज्ञानको हिसाबले लोकुत्तर रुपमा २५६२ औं जयन्ती हो ।
बुद्धले पाँच प्रकारका मारहरुबाट विजय प्राप्त गर्नु भएको छ ती यस प्रकार रहेको छ ।
१) खन्ध मार
२) अभिसंखार मार
३) क्लेश मार
४) देउ (देव) मार
५) मृत्यु मार
१) खन्ध मार – लुम्बिनी वनमा बत्तिस लक्षणले युक्त भएको पञ्च स्खन्धपूर्ण भई जन्म लिई पञ्चस्खन्धको (रुप,वेदना,संञा,संखार र विञाण ) अस्तित्वलाई प्राप्त गरेर खन्धमार माथी विजय प्राप्त गर्न सफल हुनु भयो ।
२) अभिसंखार मार – लुम्बिनी बनमा जन्म लिनु हुँदा खेरी नै पुर्नजन्म गराउने कुसल र अकुसल कर्म संस्कारहरुमाथी दमन गर्न सक्ने र आफ्नो स्वतन्त्र निर्णय गर्न सक्ने क्षमता भएर जन्म लिनु भई पुर्नजन्म गराउने संस्कारलाई विजय गर्नु भएको ।
३) क्लेश मार – बैशाख शुक्ल पुर्णिमाको दिनमा बुद्ध गयाको बोधि बृक्षमुनि राग, द्वेष र मोह जस्ता मनका नराम्रा विकृतिहरु, क्लेषहरुलाई निर्मूल पार्नु भई क्लेषमार माथी विजय प्राप्त गर्नु भयो ।
४) देव मार – खराब प्रबृति भएको,मार्ने प्रयास गर्ने, भगवानलाई मर्नको लागि अनुरोध गरिरहने, दुख दिईरहने देव मार माथी बैशाख पुर्णिमाको दिनमा ८० बर्षको उमेरमा महापरिनिर्वाण भएर विजय प्राप्त गर्नु भयो ।
५) मच्चु (मृत्यु) मार – बैशाख शुक्ल पूर्णिमाको दिनमा ८० बर्षको उमेरमा माहापरिनिर्वाण भएर देह त्यग गर्नु भएर पुन पुन मृत्यु हुनु नपर्ने निर्वाण पद प्राप्त भएकोले मृत्यु हुन नपर्ने भएर मृत्यु मारलाई जित्नु भयो ।
यी पाँच प्रकारका मारहरुलाई जितेर, विजय प्राप्त गरेर, यो संसार दःुख चव्रmबाट छुटकार भईसक्नु भएको पारतरी सक्नु भएकोले हामीहरु सबैले जानेर बुझेर, हामी पनि यस दःुख संसारबाट छुटकार हुन, सुख शान्ति निर्वाणपद प्राप्तिको उद्देश्य राखेर बुद्ध जयन्तीलाई धेरै धेरै पुण्य संचय गर्ने हिसाबले कार्यव्रmमहरु आयोजना गरिरहेका छौं । भगवान बुद्धका शान्ति शन्देशलाई मनन गरि रहेका छौं,पालन गरी रहेका छौं । हामीले नजानेका नबुजेकाहरुलाई पनि शान्ति सन्देश बुझाई रहेका छौं । यसरी हामीहरुले बुद्ध जयन्तीलाई साधारण (लौकिक) रुपमा बुद्ध जन्म जयन्ती र विशिष्ट ज्ञानात्मक (लोकुत्तर ) बुद्ध जयन्तीको रुपमा आफ्नो क्षमता अनुसारले मनाई रहेका छौं ।
यथापी पुप्फरासिम्हा, कायिरा माला गुणेबहु ।
एवं जातेन मच्चेन, कत्तब्बं कुसलं बहुं ।।
भगवान बुद्धले धम्मपद गथामा यसरी भन्नु हुन्छ — पूmलको माला गाँस्नमा सिपालु मालीले पूmलको थुप्रोबाट राम्रा राम्रा पूmलहरु छान्दै राम्रो सुन्दर माला गाँसे झैं यो संसारमा जन्मेको हामी मानिसहरुले धेरै राम्रो काम गरेर धेरै पुण्य सञ्चय गर्नुपर्दछ । त्यसैले हामीहरु सबै जनाले भगवान बुद्धको अमृतमयी वाणीहरुलाई ग्रहण गरेर यो संसारमा धेरै पुण्यकर्म गरेर शान्तिपूर्वक जीवन यापन गर्नसक्ने उपासक उपासिकाहरु हुन सकोस् सबैमा सुख शान्तिले बास गरोस । हाम्रो गाँउ टोल मात्रै शान्त नभई विश्वमा नै शान्ति पैmलियोस् । यस बुद्ध जयन्तीको अवसरमा सवैमा सुखशान्ति प्राप्त होस् भनी मेरो छोटो सन्देश यहीं अन्त्य गर्दछु ।
भवतु सब्ब मंगलं ! सबैको जय मंगल होस् ।
भिक्षु ज्ञानेन्द्र “सद्धम्म कोविद”
(बिदुर मान भोम्जन “तामाङ”)
अध्यक्ष —अन्तर्राष्ट्रिय बुद्ध परियत्ति उदय विहार,(बुटवल)
डिंगरनगर, तिलोत्तमा न.पा.—४, रुपन्देही, लुम्बिनी

भन्तेकाे दुइवर्ष पहिलेकाे मन्तव्यकाे अधारमा तयार पारिएकाे