बुद्ध धर्मसँग मगरहरूको भाषागत सम्बन्ध

 

भिक्षु मगर

बुद्ध धर्म संसारकै सबै भन्दा पुरानो धर्म हो। अहिले विश्वमा मुख्य रुपमा चार प्रमुख धर्म रहेकोछ । जनसंख्याको हिसाबमा विश्वको दोश्रो ठुलो धर्म बुद्ध धर्म हो। जनसंख्याको दृष्‍टिले इसाइ धर्म ठुलो भएता पनि इसाइ धर्मभन्दा बुद्ध धर्म ६ सय बर्ष पुरानो धर्म हो भने मुस्लिम धर्मभन्दा १२ सय बर्ष पुरानो धर्म हो। इसाइ धर्मका प्रवर्तक जेसिस चौध बर्षको उमेरमा बुद्ध धर्म अध्ययनको लागि भारतमा आएका थिए। इसाको दुईसय बर्ष पहिले अशोक महाराजले बुद्ध धर्म प्रचारको लागी सयौ “मग्ग” जातिहरू लाई धर्मदुतको रुपमा प्रसिया, ग्रीक, इजिप्ट, उत्तरी अफ्रिकासम्म पठाएर बुद्ध धर्मको ब्यापक प्रचार गर्नु भएको थियो।१ जसको कारणले पश्चिमा मुलुकमा बुद्ध धर्मको राम्रो प्रभाव थियो। यहि कारणले जेसिस बुद्ध धर्म अध्ययनको लागि चौध बर्षको उमेरमा बर्तमान भारतको कश्मिरमा आएका थिए। पन्ध्र बर्षसम्म उनी भिक्षु भएर बसेका थिए उनन्तीस बर्ष को उमेर्मा जेरुसेलम फर्केका थिए।२ तर नेपालका नयाँ इसाइहरू यो कुरालाई मान्न तयार छैनन्। उनी हरू यसो भन्छन् यो कुरालाई बङगाएर जेसिस कास्मिरमा काठ मिस्त्रीको काम गर्न आएका थिए भनेर स्वयं आफूलाई र अरुलाई पनि ढाँटीरहेका छन्। जेसिसले पन्ध्र बर्षसम्म बुद्ध धर्म अध्यन पछि आफूले सिकेको ज्ञान आफ्नै जन्मस्थान गएर धर्म प्रचार गर्छु भनेर फर्किए पछि उहाँ का अनुयायी हरू ले उहाँ लाई ईश्वर को दुत  (Prophet) बनाए । ३ भने तात्कालिन समयमा हिन्दू धर्म भन्ने थिएन। अहिले हिन्दूहरूले जसरी हजारौं बर्ष पुरानो हिन्दू धर्म हो भनेर प्रचार गरेता पनि यस को प्रमाण पाइदैन। हिन्दू धर्म को सुरुवात भएको पाचौ शातव्दीबाट मात्र भएको प्रमाण पाईन्छ। यसले के स्पष्ट हुन्छ भने हिन्दू धर्म भन्दा बुद्ध धर्म १००० बर्ष पुरानो धर्म हो। बुद्धकालिन समयमा एउटा धार्मिक बिधी थियो जस लाई बैदिक धर्म भनिन्थ्यो। पाचौ शताब्दी भन्दा पहिले हिन्दू धर्म चिनऊने कुनै बस्तुकला पाइदैन।४ यदि हिन्दू हरू ले भने अनुरुप देवनागरी लाई नै प्राचिन मान्ने हो भने अशोक स्तम्भ मा लेखिएको “”भर्मिये रिक्की”” (ब्रह्मी लिपि) मा रहेको लिपी भन्दा पुरनो हुनु पर्ने हो तर हिन्दू धर्मको सबै भन्दा पुरानो ग्रन्थ “रुद्र दमन” सस्कृत भाषामा भएता पनि लिपी भने ब्रह्मी लिपी(भर्मिये रिक्की) मै लेखिएको छ।५

यस ले पनि के स्पष्ट हुन्छ भने साहित्य, लिपी यावत कुरामा हिन्दू धर्म भन्दा बुद्ध धर्म धेरै पुरानो भएको स्पष्ट हुन्छ। तिनै “मग्ग” जाति (आज का मगर) ले लिपी,साहित्य संसार मा सबौ भन्दा पहिले बिकास गरेका थिए। तिनै “मग्ग” मगधी हरू बुद्ध धर्म अनुयायी थिए जसले आफू लाई लिपी,सहित्य सिर्जना मा अब्बल बनाए आज तिनै मग्ग का सन्तान मगर् हरू मा ती सबै नरहेता पनि बिभिन्न कुरा हरू भाषागत रुपमा,सास्कृतिक रुपमा,परम्परागत रुपमा अहिले का मगर हरू ले जोगएर राखेका छन्। तत्कालिन जम्बुदीप मा मुख्य रुपमा मगधि र सस्कृत चलन चल्ती को भाषा थियो। मगधि भाषा मग्ग जाति ले बोल्ने भाषा बसाई सराई र समय संगै परिवर्तन हुँदै गयो। त्यहि कारण ले हुनु पर्छ अहिले पनि मगधि (पाली) भाषा मा मगर भाषा धेरै मिल्न गएको छ। जसरी हिन्दू र मुसलमान को आक्रमण ले बुद्ध धर्म भारत बाट लोप भयो। यो सँग सगै तत्कालिन मगधि(पाली) भाषा लाई पनि जनमानस बाट लोप गराइयो। आठौ र नवौ शतव्दी मा हिन्दू हरू ले बुद्ध धर्म मा आक्रमण गरे पछि हिन्दू हरू ले बुद्ध विहार हरू नष्ट गरे भने कतिपय बुद्ध विहार लाई हिन्दू को मन्दिर को रुप मा परिवर्तन गरे त्यहि समय मा केडारिक बुद्ध विहर लाई हिन्दू हरू ले हिन्दू को मन्दिर को रुपमा परिवर्तन गरेर अहिले त्यो हिन्दू हरू को प्रसिद्द केदार नाथ बनेकोछ। हिन्दू हरू ले त्यति बेला तत्कालिन भाषा लाई पनि नस्ट गरे। हिन्दू हरू कती सम्म हिङ्सक हुन्छन् आफ्नो शासन जोगाउन को लागि उनी हरू जे गर्न पनि पछि हटदैनन।६ उदाहरण को लागि नेपाल कै म्याग्दी, पर्वत, बाग्लुङ, गुल्मी, अर्घाखाँची का मगर लाई लिन सक्छौ। यी ठाउँ का मगर ले मगर् भाषा दण्ड तिर्नु पर्ने कनुनु तत्कलिन हिन्दू शासक ले लगाएको ले ती ठाउँ बाट मगर् भाषा लोप हुन गयो।

अहिले नेपाल मा बिभिन्न शक्तिपिठ लाई भगवती भनेर वलिदिएर पूजा गरिएको पाईन्छ। पूजा!!! पूजा शब्द शायद नेपाली समाज लाई तात्कालिन हिन्दू शासक बर्ग ले जबर्जस्ती रुप मा बली दिनु पर्ने कनुन बनाए,यस को बदलामा भगवती देवी खुशि भएर  बरदान स्वरुप सूख,शान्ती प्रदान गर्ने छिन्। कुनै अदृष्य शक्ति खुशि बनाउने नाम मा नरवली,सुमेघ जस्ता महायज्ञ लगाउन पनि पछि परेनन्। आनि नेपाली समाज अन्धा भक्त बनेर पूजा को नाम मा निर्दोष प्राणी को बली चढाइ रहेका छन्। हामी मानव बिबेकशिल भनेर गर्व गर्न निकै रुचाउछौ एक पल्ट यो बिबेकशिल चेतना ले सोचौ त हामी लाई आफ्नो शरीर कति माया गर्छौ आनि सौभग्यमय ठान्छौ हाम्रो मानव जीवन लाई त्यस्तै उतिकै रुपमा हर प्राणी ले आफ्नो शरीर र जीवन लाई माया गर्छ आनि सौभाग्यमय ठान्छ। हामी मानव आफ्नो सन्तान को जति माया गर्छौ अरु प्राणी ले पनि आफ्नो सन्तान को उतिकै माया गर्छ। त्यसैले अन्धा भक्त भएर होइन सहि र गलत् छुटाएर पूजा गरौ। पूजा को अर्थ त असिमीत छ तर मनिस् ले यस लाई कुनै अदृष्य शक्ति को नाम मा निर्दोष प्राणी को बली दिएर सीमित बनए। पूजा को अर्थ त सेवा गर्नु,गुणगान गाउनु,सत्य कुरा को भक्तिभाव गर्नु हो,निर्दोष प्राणी को बली चढाएर पूजा कहाँ हुन्छर त्यो त हिँसा हुन्छ। भगवती शब्द पाली भाषा को “भगवा-भगवता-भगवतो-भगवती” बाट बनेको हो। यस को अर्थ हुन्छ “तस्मिं भगवती बर्हमिय-चारियं चराम” अर्थात उहाँ भगवान् मेत्त-मुदिता-उपेक्खा-करुणा ले सम्पन्न हुनुहुन्छ।७ तर यो शब्द लाई हिन्दू हरू ले परिवर्तन गरेर गलत् रुपमा प्रयोग गरे। यसरी मगर् समाज मा रहेको बौद्ध परम्परा लाई हिन्दू शासक ले जबर्जस्ती रुपमा परिवर्तन् गराएका थिए। तर पनि मगर् समाज मा हिन्दू धर्म एउटा कर्म कण्ड चलाउने मध्यम मात्र बन्यो। यस ले मगर समाज मा रहेको सास्कृतिक परम्परा लाई खासै असर पार्न सकेन। हिन्दू शासक ले मगर् समाज मा आफ्नो मातृ भाषा बोल्न मा बन्देज लगाए पनि रोक्न भने सकेन। अहिले मगर जाति मा तीन किसिम को भाषा रहेको पाईन्छ। प्राचिन “मग्ग”, लिच्छाबी जाति ले बोल्ने भाषा नै मगधी भाषा थियो। तात्कालिन समयको मगधी भाषा नै अहिलेको पाली भाषा हो।११ अझै पनि मगर ले बोल्ने भाषा र पाली भाषा मा शब्द हरू मिल्दछ।

भाषा समय अनुसार हर १० कोष पर पुगे पछि परिवर्तन हुन्छ। मगर भाषा मा पनि अरु भाषा मिसिन पुग्यो यस मा नेपाली खस भाषा धेरै घुलमिल हुन पुग्यो जसले गर्दा मगर भाषा मा परिवर्तन हुन गयो। मगर को पहिचान ओझेल मा परेता पनि हाम्रो पहिचान,विरासत आज भन्दा २५ सय बर्ष पहिले देखी को थियो भन्ने कुरा लिखित प्रमाण हरू हामि सँग जिवितै छन्। संसार को पुरानो धर्म ग्रन्थ बुद्ध धर्म ग्रन्थ तत्कालिन मग्ग जति ले बिकास गरेको लिपी “बर्हमिय रिक्की” पछि ब्रहमी लिपी बन्न पुग्यो । पाली भाषा सँग मेल हुने मगर शब्द हरू।

१, नालंदा- विश्व को सबै भन्दा पुरानो विश्व विद्यालय “नालंदा” विश्व विद्यालय को नामंकरण मगर भाषा मै गरिएको थियो की भन्ने स्पष्ट हुन्छ। किन भने “नालंद” शब्द को अर्थ पाली भाषा र मगर भाषा म एउटै हुन्छ। पाली भाषा को दुइटा शब्द “नालन” र “लद्धा” मिलेर नलन+लद्धा भएर “नालंद” बनेको हो। अर्थात कमल को फूल भेटियो,रखियो हुन्छ। “नालन” अर्थात कमल को फूल, “लद्धा” अर्थात भेटियो,राखियो हुन्छ।८ बुद्ध धर्म मा कमल को फूल लाई शिक्षा को प्रतिक मनिन्छ। भने मगर् भाषा मा पनि दुइटा शब्द मिलेर बनेको छ। “नालन” अर्थात कमल को फूल र “डा,दा” अर्थात राख्यो,राखियो हुन्छ।

उक्त विश्व बिद्यालय शुरुमा बुद्ध धर्म मा अग्रश्रबक सारीपुत्र र मौदगल्यान भिक्षु को जन्मस्थन मा इसा को तेश्रो शताब्दी मा भिक्षु कुमार जिव ले नालंद विहार को नाम मा स्थापना गर्नु भएको थियो। शिक्षा को स्थापना गरियो भन्ने अर्थ मा नालंद विहार नामंकरण गरि उक्त विहार को स्थापना भएको थियो। जुन विहार इसा को पाचौ शताब्दी मा आइ पुग्दा महाविहार को रुप मा बिकसित भइ सकेको थियो। इसा को पाचौ शताब्दी मा सम्राट कुमार गुप्ता को समय मा यस नालंद महाविहार लाई नालंद महाबिध्यालय को रुप मा स्थापना गरियो। जुन संसार को पहिलो महाबिध्यालय को रुप मा मनिन्छ।९

यस विश्व बिध्यालय मा मुख्य रुप मा बुद्ध धर्म दर्शन को अध्ययन अध्यापन को साथै अन्य १४ वटा शास्त्र मा अध्यापन गराइन्थ्यो। यहाँ खगोल शास्त्र,जोतिष शास्त्र,जिव बिज्ञान जस्ता बिषय मा अध्यापन हुन्थ्यो। यहाँ अध्ययन को लागि टेस्ट परिक्षा उतिर्ण गर्नु पर्थ्यो। यहाँ अध्ययन को लागि चीन,जापान,कोरिया,श्रीलङ्का,तिब्बत,इन्डोनेशिया,श्यामा,ग्रीक बाट अध्ययन को लागि आउने गर्थ्यो। प्रसिद्ध चिनिया यात्री हु यान साग,फा हि यान पनि अध्ययन को लागि यहाँ आइपुगेका थिए। त्यति बेला यहाँ को आचार्य भिक्षु शिलभद्र थिए। (हु यान साग यात्रा विवरण )यहा अध्ययन को लागि सबै सम्प्रदाय को लागि खुल्ला थियो कुनै किसिम को रोक थिएन। यहाँ बसेर अध्ययन गर्न को लागि भिक्षु जीवन मा बसेर भिक्षु बिनय को कडा पालन गर्नु पर्दथ्यो। यहि नालंद महाबिध्यालय मा हिन्दू धर्म प्रवर्तक शंकराचर्य का गुरु ले पनि अध्ययन गरेका थिए त्यो हिन्दू हरू को एउटा षड्यन्त्र थियो। तात्कालिन समाज म हिन्दू धर्म मा आस्था राख्ने हरू घट्दै गए पछि बदला को प्रतिसोच ले हिन्दू ब्रह्मन ले षड्यन्त्र पुर्वक तरिका ले त्यहा अध्ययन गर्ने बाहाना मा पठाए का थिए। जस को कारण ले नालंद विश्व बिद्यालय पहिलो पल्ट हिन्दू हरू को आक्रमण को शिकार बन्यो।१० नालंद विश्व बिद्यालय को महत्व यति धेरै बढ्दै गयो तिब्बत का राजा ले आफ्नो दुत पठाउदा त्यहा को राजा लाई नभइ नालंद विश्व बिद्यालय मा पठाए का थिए। बुद्ध धर्म सस्कृती,शिक्षा को बिकास को लागि भिक्षु हरू लाई निमन्त्रणा गरेका थिए। नालंद विश्व बिद्यालय मा अध्ययन गर्ने विद्यार्थी को लागि श्रीलङ्का,इन्डोनेशिया का राजा ले आश्रम को निर्माण गरेका थिए।१२

इसा को सातौ शतब्दी मा यहि विश्व बिद्यालय मा तिब्बती लिपी को बिकास भए को थियो। हे। पछि इसा को ११९७ मा मुसलमान बाद्शाहा विखतियार खिल्जी को आक्रमण पूर्ण रुप मा धवस्त भएको थियो । यहाँ रहेको सबै शास्त्र जलाएर नष्ट पारियो। त्यहा बाट आफ्नो ज्यान जोगाएर कतिपय भिक्षु हरू नेपाल,तिब्बत तिर प्रबेश गरे।१३

2, बुद्ध धर्म मा सबै भन्दा उतम तिर्थस्थाल लुम्बिनी,जहाँ भगवान बुद्ध जन्मनु भयो उक्त स्थान मग्ग (मगर्) भाषा बाटै रहन गएको हुनुपर्छ। मग्ग हरू को भाषा मा लुम्बिनी लाई “लुंबेनी” भन्ने गरिन्थ्यो। दुइटा शब्द “लुङ” अर्थात समथर,सुन्दर र “बेनी” अर्थात संगम स्थल यी दुई शब्द मिलेर “लुंबेनी” बन्न पुगेको हो। भने पाली भाषा मा “लुंम्विनी”,”रुम्विनी” भन्ने गरिन्थ्यो । पाली भाषा को “लुंम्वाना” शब्द बाट बनेको हो,अर्थात समथर,सुन्दर,जंगल,संगम स्थल भन्ने हुन्छ।(बुद्धदत्त महाथेरा,पाली शब्दकोष)  उक्त समय मा त्यस ठाउँ मा सबै भेला हुने सगम स्थल, सुन्दर बगैचा थियो,जस ले गर्दा “लुंम्विनी” नाम रहन पुगेको हो। प्रसिद्द चिनिया यात्री हु-यान साग ले आफ्नो यात्रा विवरण मा “लाम्वानी-लाफानी-लांवानी” उल्लेख गरेको पाइन्छ। सस्कृत भाषा मा “लावन्य” शब्द बाट बनेको हो पनि भन्ने गरिन्छ। हे। उच्चारण मा समान्ता:- पाली भाषा “लुंम्विनी-रुम्विनी”, मग्ग (मगर)भाषा “लुंबेनी-लुङ्बेनी”। यी शब्द हरू को अर्थ र उच्चारण एउटै हुनु ले पनि मगर भाषा बाटै नाम रहन गए को हुनु पर्छ।

पाली (मगधी)               मगर(ढुट)               नेपाली

इमं                     इलाङ                  यहाँ

देम                       डेम                   भनेर

पुजेम                    पुजट्न         पूजा गर्नु,सेवा गर्नु,गुणगान

देवानं                   देउङ                   देवता

वक्क                    वक्का          ओकल्नु,मुख बाट निकाल्नु

भगवान बुद्ध को पुर्खा “वक्क” सूर्यबंशी थिए। बुद्ध भगवान को पुर्खा “वक्क” ले बोल्दा मुख बाट अनौठो किसिम ले तेज,प्रकाश निस्कने भएको ले “वक्क” सुर्यबंशी भनिए को थियो। भने “मग्ग” (मगर)जाति को पुर्खा पनि “वक्क” सुर्यबंशी नै थिए। “वक्क” सुर्यबंशी कै दुई भाई सन्तान हुन शाक्य र मग्ग(मगर) हरू।१४

“सुत्त                    सुत्ता               धागो

यानित                 यानिहत         लिनु,दिनु,प्राप्त गर्नु

याम                   याम           वेला,समय,पहर

मासं                 मैनां                महिना

मत्तं                   मत्तै                मात्रै

आस्स              आस्स – आस्के         उ,उसलाई

कुत्तो                 कुटौ                 कहाँ बाट

मनं                 मनाङ               लगभग

वद्देय              वद्डेके                    थप्नु,बढाउनु

वहन्ती               वहुर्नी                   धुनु,पखाल्नु

“ब्रह्मिय”,”ब्रह्मी”-“ब्रहमियो”- अर्थात चार गुण मेत्ता-मुदिता-करुना-उपेक्खा भए को मनिस हुन्छ।१५ भने मग्ग(मगर) भाषा मा भर्मी-भर्मीको-भर्मिय भन्ने हुन्छ।

चे                चे                   यदि

जन             जन               समूह

जीवय           जीवाक्कं           बाच्नु,बचाउनु

ठान               थान               स्थान

त्वं             न्व                तिम्रो,तेरो

भार               भार                बोझ,भारी

माघातो           मासाटो                 नमार

सुत्तं            “सेनाङ”-“सेम्या”            सुनेको

अलं             ओलाङ              पुग्यो,भयो

यसरी पाली शब्द कोष र मग्ग(मगर्) शब्द कोष लाई तुलना गर्ने हो भने यस्ता शब्द हरू अनगिन्ती पाउन सक्छौ। यस ले के स्पष्ट गर्दछ भने बुद्ध कालिन समय मा मग्ग(मगर) जाती ले बोल्ने मगधि भाषा (पाली भाषा) चलन चल्ती को भाषा थियो।

सन्दर्भ सामग्री:

१. Asok and his Inscriptions page n.109

२.The unknown life of Jesus

३.The unknown life of Jesus (Nikholai Netobit)

४.Religion of India,prf.Bhandaakar

५.Buddhist India. Rhys Davids

६. तेश्री आजादी,बाबा सहेव अमडेक्कर

७. रतनतयप्रणाम सुत्त

८. बुद्धदत्त माहाथेरा,पाली शब्दकोष पेज नम्बर १३५-२२१

९.Buddhist text of India

१०. बाबा साहेव आम्बेडकर,तेश्री आजादि

११. Asok and his Inscriptions

१२. History of Buddhism 2500

१३. Rhay (Davids Buddhism in India

१४.  डा केशबमान शाक्य,को हुन मगर हरू

१५. बुद्धदत्ता महाथेरा,पाली शब्दकोष

१६. मगर(ढुट) खस-अंग्रेजी शब्दकोष

 

लेखक Thousand Big Buddha अभियान कर्ता हुनुहुन्छ ।