बुद्ध धर्मका विशेषताहरु

भिक्षु अश्वघोष

बुद्ध धर्म गम्भीर विषय हो । सायद अरु धर्म भन्दा बुद्ध धर्म बुझ्न गाह्रो होला । बुद्ध धर्मको यथार्थता बोध गर्न स्वच्छ र उदार हृदय हुनु पर्छ । बुद्ध धर्म वैज्ञानिक र व्यहारिक हो भन्नु मा अत्युक्ति हुँदैन, तर बुद्ध धर्म अध्ययन गर्नको लागि संकुचित र संकीर्ण हृदय हुनु हुँदैन । पुरानो संस्कारलाइ विल्कुलै पन्छाउन पर्छ । अनिमात्र बुद्ध को विचार धारा बुझ्न सजिलो हुन्छ ।

जुन घर्म ले सम्प्रदायको रुपमा धारण गर्दछ, त्यो धर्म मावन समाजको हितको लागि नभई दु:खदायक हुन जान्छ । जहाँ सम्म मलाई लाग्छ विश्व मानवको एउटा धर्म र संस्कृति हुनु पर्छ, चाहे हिस वा नहोस मेरो व्यतिगत अभिलाषा यहि हो ।

बुद्धको जन्म भुमि नेपाल हो । अत: सबै नेपालीले चाहे बौद्ध होस् वा चाहे अबौद्ध होस्, बुद्ध धर्मको विषयमा ज्ञान प्राप्त गर्नु आवश्यक छ भन्नु अत्यक्ति नहोला ।

अब यहाँ बुद्ध धर्मको विशेषताको बारेमा मेरो दृष्टिकोण प्रस्तुत गर्दछु । निम्न लिखित तथ्य बुद्धवादका विशेषता हुन् :-

१) देव-ब्रह्मादी केहि अमानवीय शक्तिको सहायता विना आफ्नै उत्साह र लगन द्धारा स्वतन्त्र विकास हुनु पर्छ ।
२) अनात्मवाद अर्थात यो शरीरमा अथवा बाहिर सदाकालिक स्थायी केहि वस्तु छैन ।
३) अनिश्वरवाद ।
४) अरहस्यवाद ।
५) जाति र वर्गभेद हीनता ।
६) संसारका मुख्य प्रश्न खाद्य ।
७) समान जीविका ।
८) सारा संसार एउटै परिवार जस्तो हुनुपर्छ भन्ने भावना ।
९) युद्धको नाश गरेर शान्तिको स्थापना ।
१०) बहुजन हिताय बहुजन सुखायको उदेश्यले काम गर्न, गराउनु । स्वतन्त्रता र प्रजातन्त्र मानव मात्रको अमुल्य वस्तु सम्झनु ।

उपयुक्त १० कारण बुद्ध धर्मको विशेष अंग हो । यिनीहरु उलेखनीय मात्र होइनन् व्यवहारिक पनि छन् । म यहाँ सातौं अंग अर्थात् समान जिविकामा मात्र अलि स्पष्ट गर्न चाहन्छु । बुद्ध धर्ममा समान जिनिकाको अर्थ आय व्यय गरेर जिबिका चलाउनु हो । (माक्र्सवाद र बुद्धवाद पुस्तकको आधारमा) ।

मलाई त् बुद्धवाद किन मन पर्छ भने यसमा मानव समाजलाई साप्रदायिकताबाट सम्पूर्ण रुपमा मुक्त गराउन सक्ने तत्व र उत्साह तथा प्रयत्न समावेश भएकोछ । बुद्ध ले जाति-भेद, वर्ग भेदलाई निन्दा गर्नु भएको छ । ईश्वर लाई र आत्मलाई मान्यता छैन । अन्ध श्रद्धा र भक्ति तथा पुस्तक पुजालाई स्थान छैन । मुर्ति पुजालाई बौद्ध समाजमा यी कुरा प्रमुख अंग भएको जस्तो देखा पर्न थालेका छन् ।
गौतम बुद्ध कसैको कथनमा विश्वास राखी परतंत्र भई रहने कार्य विचारको घोर विरोधी हुनुहुन्थ्यो । स्वतन्त्र चिन्तनले मनन गरि राम्ररी सम्झी बुझी काम गर्ने पक्षमा बुद्ध हुनुहुन्थ्यो ।

धेरै जसो धर्म गुरु पुरोहितहरु ले आफ्नो चेला र अनुयायीहरु लाई भन्दछन – तिमीहरु ले मेरो रति दृढ श्रद्धा राख्नु पर्छ । मेरो कुरामा तिमिहरुले तर्क वितर्क नगरी यो सनातन सत्य मानि आँखा च्म्लेर शिरोपर गरि आचरण गर्नु पछ । मेरो कुरामा विश्वास छैन भने शंका गर्यो भने, आफ्नो बुद्धिले काम लिन खोज्यो भने तिमीहरु घोर नरकमा जाने छौ । अत: मेरो कुरालाई छाडी अरुको कुरा नमान । आफ्नो बुद्धिमा ताल्चा मारी मात्र अनुयायी बन । अनि मात्र संसार सागर बाट आर हुन्छ ।

यसको विपरित गौतम बुद्धको उपदेश देखिन्छ । एक दिनको कुरो हो – तथागतले आफ्नो निजि सचिव भिक्षु आनन्द लाई भन्नु भयो – “आनन्द, हात फैलाउनु तिम्लाई म केहि दिन चाहन्छु ।”

आनन्दले हात फैलाए पछी बुद्धले हात भति फुल राखी दिनु भयो । तथागत बात हात भरि फुल पाए पछी आनन्द साह्रै खुशी भए ।

गौतम बुद्धले सोध्नु भयो – आनन्द संसारमा यहि मात्र राम्रो फुल छ कि अरु पनि छ ?
भन्ते – अरु पनि राम्रा राम्रा फूलहरु छन् भनि आनन्दले उतर दिए ।
गौतम बुद्धले भन्नु भयो – यदि तिमीलाई कसैले राम्रो फुल दियो भने के तिमीले अस्विकार गर्ने ?
आनन्दले भन्नु भयो – अस्विकार नगर्ने भन्ते ।

तथागतले भन्नु भयो यस्तो मेरो उपदेशलाई मात्र दृढरुपमा गरिरहने होइन, जहाँ जसले पनि राम्रो र हित हुने जनहित कुरा भनेको खण्डमा स्वतन्त्र विचारले मनन गरि ग्रहण गर्नु पर्छ । हिचकिचाहट को केहि कारण छैन । तर कुनै धर्म होस् न बुझिकन आँख चिम्लेर ग्रहण गर्नु उचित होइन ।

यो बुद्धको उपदेशले संकुचित साम्प्रदायिकतालाई महान वज्र प्रहार गरेको छ । गौतम बुद्धले ठिक भन्नु भएको छ – धर्म ग्रन्थमा लेखेको छ भनेमा कसैले भनेको आधारमा, कुनै पनि कुरालाई विश्वास गर्नु हुँदैन । आफ्नो वाजे र साथीहरुले मानि आएको भनि विश्वास गर्नु हुन्न । बरु आफ्नो बुद्धि ले काम ली विचार गर्न सिक्न र गर्न सक्नु पर्छ । यदि त्यो काम हित र आब्हदायक सिद्ध हुन्छ तथा बहुजन हिताय बहुजन सुखाय हो भने स्वीकार गरे अन्यथा नगर्नु ।

गौतम बुद्धले त् यहि कामलाई धर्म भन्नु हुन्थ्यो जुन कि बहुजन हित र बहुजन सुख समृद्धि हुन्छ । अरु धार्मिक सम्प्रदायहरुले जनताको ध्यान इहलोक बाट मोडी, यो संसारलाई तुच्छ गरि परलोकमा लैजाने कोशिस र प्रयत्न गर्छ । परन्तु बुद्ध परलोक को कुरा नगरी इहलौकिक सुखलाई जोड दिनु हुन्छ । त्यसैले वहाको उपदेश र धर्मलाई (सन्दिट्ठिको) यहि जन्ममा देखिले, (अकालिको) पछी फल दिने होइन, अहिलेकोअहिले नै फल दिने धर्म हो । यहि नै बुद्ध धर्मको विशेषता हो ।

अर्को कुरो हो – मानव मानवको बीच कुनै प्रकारको भेद भाव छैन । जन्मले कुनै निच र उंच जात हुँदैन । कर्मले नै निच र उंच हुन्छ । बुद्धले भन्नु भएको छ :-
न जच्चा वासलो होती, न जच्चा होती ब्राह्मणो,
कम्मना वसलो होती, कम्मना होती ब्राह्मणो ।

बौद्ध समाज, जस्तो कि गंगा, यमुना, बागमती आदि नदि कहाँ देखि शुरु भई समुद्रमा गैर एउटा बन्छ, एकै रस हुन्छ, त्यस्तै विभिन्न प्रकारका वर्ग र जातिका मानिहरु बुद्धधर्म ग्रहण गरिसके पछी आफ्नो जाति र थर लाई पंछाई एउटा जाति हुन जान्छ । यो बुद्ध धर्मको महान क्रान्तिकारी कदम हो । बुद्ध धर्म समानतावाद हो । प्रसिद्ध महायानी आचार्य धर्म किर्तिको कथन बाट यो कुरा स्पष्ट हुन्छ । बुद्ध शिक्षा र बौद्ध शिक्षामा एंड विश्वालाई स्थान छैन आचार्य धर्मकिर्ति भन्नु हुन्छ –

वेदप्रमाणं कश्यचित कर्तुवाद
स्नाने धर्मेच्छा जातिवाद दव लेप:
सन्तापांग: पापहानय वेति
ध्वस्त प्रज्ञाना पंचलिङ्गनिजाडये

अर्थात् वेद गल्ति हुन् सक्दैन भन्ने विश्वास संसारको श्रीष्टि कर्ता छ भन्ने धारणा, पुण्य स्थानमा स्नान गर्न धर्म मान्नु, कुलवादले घमण्ड हुनु, पाप नाश गर्न निम्ति शरीरलाई अनावश्यक दु:ख दिनु, यी पाँच विश्वास विकृत मस्तिष्कको लक्षण हो ।

अभाग्यवाश नेपाली बौद्ध समाजमा पनि यिचार पाँच ध्वस्त प्रज्ञाका लक्षणहरुले राम्रा स्थान पाई सकेको देखिन्छ । बुद्ध धर्म आचारणमा भर पर्छ । तर तृतीय शताब्दीमा बौद्धहरु ए स्वार्थ वश सदाचारमा आस्था नराखी तन्त्रयान, बज्रयान मार्ग अपनाई बुद्ध धर्म अस्तित्वमा नयाँ चुनौती थप्ने कार्य गरिदिए भने अस्तित्व मै प्रश्न चिन्ह खडा गरि दिए ।
बुद्ध धर्मको अर्को महत्वपूर्ण कुरो- देव ब्रह्मादि कुनै पनि अमानवीय शक्तिको साहयता विना आफ्नै उत्साहले स्वतन्त विकास हुनु पर्छ । अर्थात चिन्ता बाट तथा जीवन मुक्तिको लागि देवी देवताको भरोसामा निर्भर रहनु हुँदैन । आफ्नो मालिक आफै हो – “अत्ताही अत्तनो नाथो’ अर्थात आफ्नो खुट्टामा उभिन सक्नु पर्छ ।

के गुरु कर्ममा लेखेको छैन भनि कर्मलाई दोष दिई चुपचाप हात बाँधी बस्नु हुँदैन । उत्साह र प्रयत्न गर्नु पर्छ अनि कर्ममा नभएको पनि उत्पन्न हुन्छ, काम सिद्ध हुन्छ कर्मलाई दोष दियो भने कहिले पनि उन्नति गर्न सक्दैन ।

अर्को उल्लेखनीय कुरो गौतम बुद्धले भन्नु भएको छ “कुल्लुपमं भिक्खवे धम्मं देसेमि” भिक्षुहरु ! तिमीहरु लाई म यस्तो धर्मको उपदेश दिन्छु – खोला नदि तर्न डुंगाको सहयोग चाहिन्छ । खोला तरि सके पछि डुंगाले उपकार गर्यो भनि कसैले पनि त्यो डुंगालाई काँधमा बोकी हिंड्दैन । त्यस्तै मेरो धर्म पनि जहाँ पनि, जहिले पनि बोकेर हिंड्न लाई होइन । डुंगा जस्तै धर्म पनि जीवन मार्गको काममा ल्याउनलाई मात्र हो ।

साभार  भिक्षु अश्वघोषका चुनिएका रचनाहरु