मेरा प्रिय बन्धुहरुलाई 

याेगराज दहाल, म्यानमार

सम्पन्न माता पिताका सम्मन्न सन्तति
के खोज्दैछन् बुद्ध धर्ममा आईआई यसरी
प्रख्यात थियो उनीहरुको धर्म बिश्वभरी
तर किन त्यहाँ भएन उनीहरुलाई संतुष्टी ।

 

सुनिन्छ नेपालका धेरै धेरै बन्धु नेपाली
बन्दैछन् रे भौतिक अनेक प्रलोभनमा इशाई
बुझेर हो कि बुझपचाएर हाम्रा बन्धुको मति
किन यस्ता हुँदैछन् प्रज्ञावानका सन्तति ।

 

बुद्धको जन्मभूमिमा हाम्रो जन्म भयो
बुद्धको कल्याणकारी शिक्षा किन दूर भयो
अलिकति मात्र सोचेर हेरौं प्रिय बन्धुहरु हो
सौभाग्य हाम्रो थियो तर किन बाटो बिराइयो ।

गल्ति हुन्छ सबैको आखिर मान्छे नै त हो
समयमा गल्ति थाह पाई सुधार्नु सौजन्य हो
बखत बाँकि छ अझै मुख्य होश पाउनु हो
एक होश मात्र समस्त सुखको द्वार हो ।

” अप्रमाद अमतं पदम् * होश नै अमृत पद हो ”