चतुब्रम्हको महत्त्व

 – बुद्धचार्य शाक्य  –

संसारमा बुद्धधर्म अनादि युगदेखि थियोे । मानिसहरूलाई सच्चा मानिस भएर बाच्न र कुशल मार्गमा लैजान अनादि कालदेखि समय समयका बुद्धहरुद्वारा विभिन्न धर्मोपदेश दिने गर्नुभएको थियो । बुद्धधर्मको सत्य र तथ्यहरु नियालेर हेरियो भने प्रथम सारमण्डकल्प युगमा तण्हंकर, मेघंकर, शरणंकर र दिपंकर मानव बुद्धहरुको उदय भएको पाइन्छ । सारकल्प युगमा कौण्डञ्ञ बुद्धको उदय भयो । दोस्रो सारमण्डल कल्पयुगमा मंगल, सुमन रेवत र सोभित बुद्धहरुको उदय भएको थियो ।

 

वरकल्प युगमा अनोमदर्सी, पद्द र नारद बुद्धहरुको उदय भएको थियो । दोस्रो सारकल्प युगमा पद्दोत्तर बुद्ध, पहिलो मण्डकल्प युगमा सुमेध र सुजात बुद्धहरु, दोस्रो वरकल्प युगमा प्रीयदर्सि, अत्थदर्सी र धर्मदर्सी बुद्धहरु उदय भएको थियो । तेस्रो सारकल्प युगमा सिद्धार्थ बुद्ध, दोस्रो मण्डकल्प युगमा पुस्प र तिस्य बुद्धहरु, चौथो सारकल्प युगमा विपस्वी बुद्ध र तेस्रो मण्डकल्पमा सिखी र बिस्वभु बुद्धहरुको उदय भएको थियो । भद्रकल्प युगमा क्रकुच्छन्द, कपिल र गौतम बुद्धहरुको उदय भएको र एक मैत्रीय बुद्धको उदय हुन बाकी रहेको कुरा बुद्धवंशमा उल्लेख छ । सारमण्डकल्पमा चारजना, सारकल्पमा एकजना, वरकल्पमा तिनजना, मण्डकल्पमा दुईजना र भद्रकल्पमा पाँच जना बुद्धहरुको उदय हुने मानिएको छ ।

 

सबै प्राणीप्रती मैत्री, करुणा, मुदिता र उपेक्षा राख्ने, आस्टांङ्गिक मार्गको उपदेश दिने र दस कुशल धर्मको शिक्षा दिने काम सबै मानव बुद्धहरुद्वारा भइरहेको र पछी पनि हुनेछ । चतुब्रम्हा र मैत्री, करुणा, मुदिता र उपेक्षा सम्पन्न भएका मानिसहरूमा दान, सिल, क्षान्ती, बिर्य, ध्यान, प्रज्ञा, बल, उपाय, प्रणिधी र ज्ञानका भावनाहरु विकसित भइरहेनेछ । जसको मृत्युपछी निर्बाण प्राप्त हुनेछ । जसले तृष्णाका बन्धनहरु तोडिएको मानिन्छ ।

 

आफुलाई बौद्ध भन्नेहरुले मैत्री, करुणा, मुदिता र उपेक्षाका आदर्शहरु निरन्तर पालना गरि नै रहनुपर्छ । बुद्धधर्मका सिल, सदाचार र कर्म बिना कसैले आफुलाई बौद्ध भन्ने हो भने त्यो केवल ढोंग मात्र हो । श्रेष्ठिपुत्र खेमले भनेको छ – दुश्सिल र दुराचारी भई रास्ट्रको पिण्ड खाएर बसिरहनुभन्दा रातो गरि पोलिराखेको फलामको डल्लो खानु उत्तम छ ।

 

“असत्यवादी नरकमा जान्छ, गरेर पनि गरेनौ भन्ने पनि नरकमा जान्छ, यी दुई प्रकारको हिनकर्म गर्ने दुबै नरकमा जान्छ” भन्ने कुरा धम्मपदमा उल्लेख छ । आपसी मैत्री भावनाले मात्र मानवीय समाजको कल्याण हुन्छ, करुणाको व्यबहारले सुखी हुन्छ, आदर एवं प्रशंसाको भावनाले हित हुन्छ र उपकार र कुशल कर्ममा सहयोगी भएमात्र सन्तोष हुन्छ भन्ने धारणा चतुब्रम्हा मैत्री, करुणा, मुदिता र उपेक्षाको माध्यमबाट प्रकट भइरहने हुन । कुसल धर्ममा लागेका काय, वाक र चित्त देखेर जो खुशी हुन्छ, सन्तोसी हुन्छ र प्रशंसा गर्दछ उसको आत्मामा द्धेष भावना नरहेका हुन्छ । उसको लागी सान्ती, सुरक्षा र स्मृतिको द्वार चारैतिर खुली रहेको हुन्छ । यसैले सबै बौद्धहरु यहीँ भन्दछन :- धर्म गर्ने धर्ममै लिन हुन्छ, पाप गर्ने पाप मै लिन हुन्छ । धर्म हलुको हुनाले गन्तव्य ठाउँमा पुग्न कुनै कठिन हुदैन, पाप गह्रौ हुनाले सिधै समुन्द्रको पिधमा पुगिन्छ । पाप गर्ने पापिको गति पनि यस्तै हुन्छ ।

 

चतुब्रम्हको ज्ञान र अभ्यास बिनाका मानिसहरू जति बलवान्, धनवान् र सम्पन्नवान भएपनि उसको जीवन तुच्छ छ । उसँग रहेको वल, धन र जन पापको चिनो मात्र भइरहन्छ । लोभीलाई लोभ र पापीलाई पाप महभन्दा गुलियो भइरहन्छ । जब त्यो बिष भएर आउँछ तब उसले आफ्नो बिनास भएको थाहा पाएर बिलाप गर्न थाल्दछ । तर सचेत एवं स्मृतिवान ब्याक्तीहरु आफुमा भएका सबै प्रकारको आश्रवहरु क्षय गर्न समर्थ हुन्छ, अन्ततः उसलाई महासुख प्राप्त हुन्छ । तृष्णालाई आमा र अहंकारलाई बाबू ठानेर जीवन निर्बाह गर्ने जोकोही होश अबस्य नास हुन्छ । धन, जन, सुख र ऐस्वर्यको लागी जसले झुठको खेती गर्दछ उसले ईज्जत् र पुण्य गुमाएको हुन्छ । इज्जत र पुण्य बिनाको मानिसले यसै देहमा ताप र संतापको कारण नरक भोग्नुपरेको हुन्छ, गोठालोहरुले गाइबस्तुलाई जसरी लठ्ठीले पिटदै धपाउछन । त्यस्तै आफ्नै कुकर्मले स्वयंलाई कुमार्गतिर धपाउदै लैजानेछ, जब अथाह खाल्डोमा पुगिन्छ । तब उसले गरेको पापको फलहरु भोग्नुपर्ने थाहा पाउनेछ ।

 

बौद्धहरुले चतुब्रम्हा पालना गर्नुको कारण सबै प्रकारका पापहरुबाट अलग भएर पुण्य सञ्चय गर्न हो । जो पापकर्म गर्न लज्जालु र डरछेरुवा हुन्छ उसले थाहै नपाइकन पनि पुण्य सञ्चय गरिरहेको हुन्छ । कसको कति पुण्य छ भन्ने कुरा उसले सुख भोगेपछी मात्र थाहा पाउदछ ।