थाईलैण्डका बौद्ध मन्दिरहरुको भ्रमण

विमला शाक्य
थाईलैण्डको राजधानी बैंकक शहरमा घुम्ने ठाउँ धेरै छन् । बैंकक शहरमा मात्र ४ सय भन्दा बढी बौद्ध मन्दिरहरु रहेको जानकारी पाएकी थिएँ जब हामी बैंकक शहर पहिलो पल्ट पुग्यौं । ३ दिनको बसाईमा यी सबै मन्दिरहरु घुम्न सक्ने अवस्था थिएन ती मध्ये पनि त्यहाँको ग्राण्ड पालेस, केही बौद्ध मन्दिरहरु वाट बेन्जा, वाट साकेट, वाट ट्राइमेट, ईमरल्ड बुद्ध जसको ख्याति विश्व भर पैmलिएको छ । बैंककमा पि टु बुटिक होटलमा बसाई थियो जहाँबाट बायोकी टावर, एम बि के सपिङ सेन्टर, रामानन्द होटल नजिक थियो । गाईड गर्नको लागि ५८ वर्षिया को को आएकी थिईन् । उनी धेरै बोल्नुपर्ने र अंग्रेजी भाषामा पोख्त थिईन् साथै आफ्ना पाहुनाहरुको धेरै ख्याल राख्ने गर्थिन् ।

 
बैंककको पहिलो घुमघाम शुरु भयो ग्राण्ड प्यालेसबाट । नाम अनुसारको रहेछ ठूलो पुरानो दरबार, चारैतिर पर्खालले घेरिएको अनि १९ सय मीटर लम्बाई भएको,२१ हजार ८ सय स्वायर मीटरमा ओगटिएको यो प्यालेस नाम जस्तै ग्राण्ड रहेछ । यो राजदरबार राजा रामले स्थापना गरेका थिए जो थाईलैण्डमा बुद्ध धर्म प्रचार प्रसार गर्ने कार्यमा कोसेढुंगा साबित हुन्छ । थाई राजाको ग्राण्ड प्यालेस जहाँ राजकुमारको विवाह हल, रिसेप्सन हल तथा अन्य हलहरुको अवलोकन गर्यौं । ३६र३७ डिग्रीको गर्मीमा काठमाडौंमा अनुभव नगरेको गर्मी यहाँ अनुभव गर्दै ग्राण्ड प्यालेस घुम्न सकायौं भित्र त जान नमिल्ने बाहिरबाट मात्र मुख्य मुख्य भवनको अवलोकन गर्यौं । बाहिरी स्वरुपले यस दरबारभित्रको आलिशानको अनुभव गर्न सकिन्थ्यो । सन् १७८२ तिर स्थापना भएको ग्राण्ड प्यालेस भित्र राजदरबार मात्र होइन विभिन्न सरकारी अफिसहरु तथा प्रसिद्ध इमरल्ड बुद्धको मन्दिर पनि रहेको ठाउँ हो ।

बौद्ध देश भनेर परिचित श्याम अर्थात थाईलैण्डमा बुद्ध धर्म प्राचीन कालदेखि पैmलिएको ई.साको पहिलो शताब्दीमा । पोंग तुक र फ्रा पाथोमका प्राचीन पुरातत्वबाट यो कुरा सिद्ध हुन्छ । फ्रा पाथोम बैंककबाट ५० कि.मी पश्चिममा , पोगं तुक ३२ कि.मी टाढा रहेको छ । एक धार्मिक स्थल, खंडहर, बुद्ध प्रतिमाहरु, उत्कीर्ण मृण्मूर्ति तथा बौद्धधर्मको सुनिश्चित प्रतिक, धर्मचक्र, जुन पहिलो या दोस्रो शदीमा भेट्टाएका थिए ।

 
त्यसपछि केही समय पछि भग्नावशेष तथा केही मूर्तिकलाका नमूना भेटाएका थिए जसमा गुप्तकाल गहिरो छाप परेको देखिन्छ । यिनलाई द्वारावती वर्गका भनिन्छ । युआन च्वांगका समयमा ७औं शताब्दीको पूर्वाद्धमा द्वारावती एक समृद्ध राज्य थियो ।

 
८औं र ९औं शताब्दीमा श्याम तथा लाओस काबुज(कम्बोडिया) को राजनैतिक अंग थियो तथा त्यहाँको धार्मिक स्थितिको प्रभाव यहाँ पनि पर्यो । ब्राम्हण धर्म तथा बौद्ध धर्म दुवै यी देशहरुमा संगसंगै फैलियो १३औं शताब्दीको मध्यमा थाईबासीहर श्याम तथा लाओसका स्वामी बने र कंबोडियाको राजनैतिक प्रभुत्वता समाप्त भयो ।

 
थाई राजाहरुको प्रभावमा थेरवाद शाखाका बौद्ध धर्म तथा पालि भाषा श्याम तथा लाओसमा पनि फैलियो । थाई राजा श्री सूर्यवंश राम महाधार्मिक राजा धिराज मात्र थिएन । बौद्ध धर्मका ठूलो आश्रयदाता मात्र नभई स्वयं प्रबज्या ग्रहण गरी आफ्नो राज्यमा सबै ठाउँमा बौद्ध सिद्धान्तको प्रचार प्रसार गरे । सन् १३६१ ई.सं मा केही विद्वान भिक्षुहरुलाई पंडितहरुलाई श्रीलंका पठाई तथा महासामी संघराज नामका महान भिक्षुलाई आग्रहपूर्वक श्याम ल्याए । उनकै प्रेरणा र सक्रियताले बौद्ध धर्म तथा पालि साहित्य दृढ आधार मिल्यो त्यतिमात्र होइन साना साना हिन्दू राज्यमा पनि फैलाए जस्तो आलवीराष्ट्र, ख्मेरराष्ट्र, सुवर्णग्राम, उन्मार्गसिल, योनकराष्ट्र तथा हरिपुंजय । अब यिनीहरुलाई लाओस भनिन्छ ।

 
यसबेला श्याम र छिमेकी राष्ट्रहरुमा बौद्धधर्म फैलियो जसले गर्दा ब्राम्हण धर्म हस भयो केवल ब्रतोत्सवमा केही बाँकिरहे ।
थाईलैण्डमा बौद्ध धर्म सम्बन्धि मुख्य मुख्य परिषद् अर्थात् संगायन भएको मानिन्छ ।
थाई भिक्षु सोमदेच फ्रा वनराट (भदन्त वनरतन) ले राम प्रथमको समयमा बौद्ध सन २३३२(१७३९ ई.सं) मा संगीतिवंसको इतिहास लेख्नु भएको थियो जुन बैंककको नेशनल लाइब्रेरीमा २ प्रति सुरक्षित राजा राम ६औंले आदेश गरी बु.सं २४६६ (१९२३ ई.सं) मा प्रकाशित गरेका थिए ।

 
यस ग्रन्थमा पहिलो भारतमा भयो ४औं देखि ७ औं सम्म श्रीलंका, ८औं देखि ९औंसम्म थाईलैण्डमा भएको उल्लेख छ ।
सिंहली श्रोतमा प्रथम पाँत परिषदको उल्लेख भएको छ । थाई श्रोत अनुसार वर्णित ६देखि ९औं परिषद सही अर्थमा परिषद नभएको थाईलैण्डमा ८औं र ९औं परिषद बैठक भएको थियो । चिंगमाईमा राजा श्री धर्म चक्रवर्ती तिलक राजाधिराज यो परिषद बौद्ध धर्मको सुस्थिर गर्न बोलाएका थिए । २००० देखि २०२६ ई.सं बीचमा महाबोधी आराममा यो परिषद भयो ।
थाईलैण्डका सबै विद्वान भिक्षुहरु यसमा सहभागी भएका थिए । ९औं परिषद बैंककमा बु.सं २३३१ मा भयो । पुरानो राजधानी अयोध्या (अयुधिया) आगोले जलेर कैयाैं  ग्रन्थ तथा त्रिपिटकका हस्तलिखित प्रतिहरु नष्ट भयो बौद्ध संघमा अव्यवस्था भयो । अनैतिकता फैलियो । राजाश्रयमा २१८ वृद्ध तथा ३२ विद्वान जम्मा भयो र एक वर्ष सम्म त्रिपिटकको परायण गरिरहे । थुप्रै नयाँ बौद्ध मन्दिर तथा विहार बनाए । (बौद्ध धर्मके २५०० वर्ष) पि वि वापट प्रकाशन विभाग सूचना और प्रसारण मंत्रालय भारत पृ ३२ ३३)

 
ग्राण्ड प्यालेस घुम्न सकेर इमरल्ड बुद्धको मन्दिर हेर्न आतुर भयो किनकि बुद्धिष्ट स्टडिज अन्तर्गत थाईलैण्डमा विश्व धर्म पढ्ने समयमा यस मूर्तिको बारे पनि पढेको थिएं । यसको इतिहासको बारेमा रोचक कथा रहेको छ । इमरल्ड बुद्धको मन्दिर भव्य थियो सुन तथा विभिन्न धातुले जडित मन्दिर । यस मन्दिरलाई थाई भाषामा वाट ध्बत एजचब प्बभध जुन राजा राम पहिलोले सन् १७८२ मा स्थापना गरेका थिए । आसन सहित ६६ से.मी उचाई अनि ४८ से.मी चौडाइ रहेको ध्यानी मुद्राको पन्नाको बुद्ध जुन बुद्ध इमरल्ड बुद्धको नामले प्रख्यात छ ।

इमरल्ड बुद्धको मन्दिरको प्रवेशद्वार
किवदन्ती अनुसार इमरल्ड बुद्ध ४३ बु.सं मा भारतको पाटलीपुत्रमा नागसेनले बनाएको र ३०० वर्ष पछि श्रीलंकामा लगेको थियो । ४५७ मा बर्माका राजा अनुरथले श्रीलंकामा आप्mनो देशको बुद्ध धर्मको विकासको लागि बुद्ध मूर्तिहरु माग्न पठाए फर्कने बेला समुद्री आँधी आएर काम्बोडिया पुग्यो । थाईहरुले १४३२ मा अंकोरवाट लियो इमरल्ड, बुद्ध प्बmउजबभलन एजभत लाओस लगियो पछि च्याङ माई ल्याइयो । यो मूर्ति च्याङ साइन स्टाइलमा बनेको थियो । न्चभभल व्बमभ क्तयलभ यानि पन्नाको बुद्ध सन् १४३४ मा उत्तरी थाईलैण्डको च्याङमाईमा थियो यो मूर्ति चुनले पोतेको छ भित्र हरियो रंग देखेपछि चुनले पोतेको सफा गर्दा पन्नाको मूर्ति भन्ने थाहा भयो । थाई भाषामा Emerald को अर्थ Green Colour भनेको हो । त्यो बेला च्याङमाईका राजाको अधीनमा थियो । उक्त मूर्तिलाई हात्तीले लिन पठाएको थियो तर हात्ती Cam pang शहरमा गयो । २र ३ पल्टसम्म त्यही ठाउँमा गएकोले उतै बस्ने भनेको होला भनेर त्यहीं राखियो । १४६३ सम्म ऋबmउबलन शहरमा राखियो पछि शक्तिशाली राजा Tioka ले यो मूर्ति च्याङमाईमा ल्याएर ठूलो चैत्य बनाएर राखे । १५५५ ए.डितिर चेङमाईको राजाको छोरी एकजना मात्र थियो उसलाई लाओसका राजकुमारसंग विवाह गरिदियो उनको तर्पmबाट चेइचेत्थ जन्म्यो । चेङमाईका राजाको देहान्त पछि चेइचेत्थलाई च्याङमाईमा ल्याएर राजा बनाईदियो । त्यसको एक वर्षपछि लाओसका राजाको पनि मृत्यु भयो उसले पन्नाको मूर्ति लाओस लगेर ल्याउँदै ल्याएन पछि १५६४ मा बर्माले लाओसमा आक्रमण गर्यो यसबेला मूर्तिलाई भेनटेन (Veintiane) मा सार्यो । सन् १७७८ मा Throne buri का राजा (थाईलैण्ड) रामाफोस आर्मीको जेनरल थियो । उसले भेनटेन कब्जा गरी Emarald Buddha थाईलैण्डमा ल्यायो । थाईलैण्डको राजधानी पनि कब्जा गर्यो ।

 
इमरल्ड बुद्धको मन्दिरलाई भव्य देखिन्छ । मूर्तिको दाँजोमा यस मन्दिरलाई भव्यरुपले बनाइएको छ । पूरै मन्दिर भित्र बाहिर सुनै सुनले ढाकेको छ । मन्दिरको वरिपरि प्रदक्षिणा गर्ने बाटो राखिएको छ । मन्दिरको बाहिर चारैतिर सुन तथा रंगीन काँचका टुक्राहरु मिलाएर बनाइएको छ भने नागहरु समातेर रहेको ११२ वटा गरुडको मूर्तिहरुले सिंगारिएको छ । इमरल्ड बुद्धको पछाडिपट्टि स्वर्ग, पृथ्वी र नर्कलाई उजागर गरिएको भित्तेचित्र कोरिएको छ । यो मन्दिर अयोध्या पालाको शैली र पुरानो थाई शैलीको मन्दिर हो । यो हल भित्र भिक्षुहरुलाई उपसम्पदा गर्ने गरिन्छ ।

 
मन्दिरको चारैतिर रहेको गरुडहरु
चक्रीवंश स्वर्गिय भुमिबोल अदुल्यादेज यही वंशको हो । Throne buri बाट बैंकक ल्याएर अहिले भएको स्थानमा १७७८ देखि राखेको छ । इमरल्ड बुद्धको मन्दिर भएको परिसरमा अरु पनि मन्दिरहरु रहेका छन् सुनको स्तूप जसलाई थाई भाषामा एजचब क्ष्चबतबलब ऋजभमष् भन्ने गरिन्छ । यो राजा राम ४औंले स्थापना गरेका हुन् । घण्टा शैलीको यो स्तूप भित्र पनि बुद्ध मूर्ति रहेको छ । सन् १८५५ मा बनेको श्रीलंकन शैलीको यो स्तूप को पनि विशेष महत्व रहेको छ । यसैगरि इमरल्ड बुद्धको मन्दिरलाई नराम्रो तत्वबाट संरक्षण गर्ने दुई म्झयल हरुले पहरा दिइरहेका छन् । फ्रा मोन्डप यो बुद्धिष्ट लाइब्रेरीको रुपमा ग्राण्ड प्यालेस भित्र रहेको छ । जुन सने १७८९ मा राजा राम प्रथमले बनाएका हुन् । यस मन्दिरको चारैतिर चारवटा जाभानिज शैलीका बुद्ध मूर्तिहरु रहेका छन् जुन १४औं र १५ औं शताब्दीका हुन् । यो मूर्तिको विशेषता भनेको ज्वालामुखी फुटेर आएको ढुंगाबाट बनेको जुन राजा राम ५ औंलाई जाभाको सरकारबाट उपहार स्वरुप जाभा भ्रमणको बेला प्राप्त भएको थियो । अहिले जाभा इन्डोनेसियामा पर्छ । त्यसैगरि Phra Wiharn Yod जुन राजा राम ३ औंले बनाएका थिए । यसमा विभिन्न बुद्ध प्रतिमाहरु स्थापना गरेका छन् ती मध्ये Phra Naga प्रतिमा Hor Phra Naga बाट स्थानान्तरण गरेका हुन् । Hor Phra Naga राजा राम प्रथमले फ्रा नागको प्रतिमा राख्न बनाएका हुन् जुन मूर्तिलाई अयोध्याबाट ल्याइएको थियो । पछि राजा राम ३ औंले यस मन्दिरलाई अलि विस्तार गरे । ख्मेर आर्किटेक्चरको ज्वलन्त नमूनाको रुपमा model of Angor Wat रहेको छ जुन राजा राम ४औंले बनाएका थिए जुन १ हजार मी. लम्बाई र ८ सय मी चौडाईको मन्दिरले कम्बोडियाको अंकोरवाटमा रहेको सकली मन्दिरको झझल्को दिन्छ । यसैगरि Hor Phra Monthian Dharma जुन लाईब्रेरीमा विभिन्न बौद्ध अभिलेखहरु सुरक्षित छन् । जुन अयोध्याको लाईबे्ररीसंग मिल्दोजुल्दो छ । अयोध्यामा जलेर नष्ट भएको लाईबे्ररीको ताजा सम्झना गराइदिन्छ । यस्ता ऐतिहासिक महत्वका सम्पदाहरुको अवलोकन गर्दै ग्राण्ड प्यालेसलाई बिदा गर्यौ ।

वाट ट्राइमेट गोल्डेन बुद्ध टेम्पल गोल्डेन बुद्ध
त्यसपछि हामी Wat Traimet Golden Temple गयौं जहाँ सुखोथाई शैलीको ५.५ टनको सुनको ढिक्काले बनाएको अनि २८.५ मिलियन पाउण्ड मूल्य पर्ने संसारकै ठूलो बुद्ध मूर्ति स्थापना गरेको थियो । करीब ७ सय बर्ष पुरानो यो मूर्ति पौराणिक शैलीको हो जुन बेला सुखोथाई थाईलैण्डको राजधानीको रुपमा थियो । त्यसैबेला निर्माण भएकोले यस मूर्तिको नाम नै Sukhothaif\ Traimet Golden Buddha को नामले प्रसिद्ध छ ।
त्यसपछि हामी मार्बल टेम्पल गयौं जुन मन्दिर मार्बलले बनेको थियो मन्दिर भित्र सुनकै बुद्ध प्रतिस्थापन गरेको थियो भने यस मन्दिर परिसरमा ५२ वटा विभिन्न समयका अनि विभिन्न देशको प्रतिनिधित्व गर्ने बुद्ध मूर्तिहरु राखिएका थिए । जसमा श्रीलंकन, भारतीय, चाइनिज, जापानिज शैलीका बुद्ध मूर्तिहरु विभिन्न मुद्रामा देख्न सकिन्छ ।

मार्बल टेम्पल भित्रको बुद्ध मार्बल टेम्पलभित्रको ५२ वटा बुद्ध मूर्ति
प्रत्येक मन्दिरहरुमा जानका लागि त्यहाँ शिष्ट भएर जानु पर्ने अर्थात् यहाँ घुँडा देखाएर अनि बाहुला नभएको लुगा लगाएर जान नहुने यदि यस्तो खालको लुगा छ भने मन्दिरमा सल र जामाको व्यवस्था गरिएको हुन्थ्यो । मन्दिर भित्र जान जुत्ता, चप्पल लाउन नहुने यहाँ राम्रो व्यवस्था देखें ।
ग्राण्ड प्यालेस घुम्दा घुम्दै दिउँसोको ३ बजिसकेको थियो । अझै वाट साकेट जाने योजना थियो तर त्यहाँ जान ३०४ वटा खुड्किलो चढ्नु पर्छ भन्ने वितिकै कोही जान तयार भएन र सोभैm होटल फर्कियौं ।