बुद्ध धर्मको पुनरुत्थानमा अनागारिक धर्मपालको योगदान

राजमाया पुतवार
भारतमा बुद्धधर्मको अस्तीत्व नै हराएको जस्तो भएको बेलामा श्रीलंका मूलका अनागारिक धर्मपालको अवतरन साँच्चै चमत्कारिक भएको थियो । त्यसैले त्यहाँ उनलाई बुद्धधर्मको उद्धारक समेत भनिन्छ ।

 

बुद्धले बुद्धत्व प्राप्त गरेको भारतमा बुद्धधर्मका अनुयायी नै सखाप जस्तो भएहो अवस्थामा उनी भारत आए र त्यहाँ उनले भारतीयहरुलाई बुद्धको महत्व र बुद्धधर्मको महानताको बारेमा ज्ञान दिए । उनले भारत लगायतका विभिन्न देशमा बुद्धधर्मको महत्वको बारेमा प्रचारप्रसार गरे ।

 
उनले बुद्धधर्मलाई पुनरुत्थान गर्न सन् १८९१मा भारत, श्रीलंका र अन्य देशहरुमा महाबोधि सोसाइटी आफ इन्डियाको स्थापना गरे र भारतकै महाबोधि मंदिरलाई शंकराचार्य मठको कब्जाबाट मुक्त गराउनमापनि संघर्ष गरे ।

 

 

अनागारिक भन्ने शब्दले घरबार नभएका वा कुनै पनि देशले नअँगालेका मानिस भनेर जनउँछ । उनको जन्म सन् १८६४ सेप्टेम्बर १७मा भएको थियो । आमाबुबाले उनलाई डान डेविड हेवाविर्तना भन्ने नाम दिएका थिए । उनको शिक्षा पनि कुनै ईसाई विद्यालयमा प्रारम्भ गरिदिएका थिए । अध्ययनका क्रममा उनले भारतमा रहेका बौद्ध तीर्थस्थलहरुका बारेमा जानकारी लिने मौका प्राप्त गरे । यसैबिच उनले ’लाइट आफ एशिया’ भन्ने पुस्तक लेखेर बुद्धलाई विश्वमा चिनाउने सर एडविन अर्नाल्ड को १८८५मा लेखिएको महाबोधि मन्दिरको दर्दशा भन्ने लेख पढे, जसमा उक्त ऐतिासिक र धार्मिक बौद्ध मन्दिरको संरक्षण गर्ने आह्वान गरिएको थियो । जनवरी १८९१मा अनागारिक धम्मपाल भारत भ्रमणमा आउँदा उनले बोधगयाको दर्शन गर्न पाए । त्यस पछि उनी भारतमा बुद्धधर्मको अवस्था र बौद्ध तीर्थस्थलहरुको हविगतको बारेमा जानकार भए । त्यसपछि भारतमा बुद्धधर्मलाई पुनरुत्थान गनै भनेर बोधिगयामै अन्तरराष्ट्रीय बौद्ध सम्मेलनको अयोजना गरे । त्यसपछि महाबोधि मन्दिरलाई हिन्दु धर्मको पञ्जाबाट मुक्त गराउन बिहारको प्रान्तीय कांग्रेसमा कुरा राखे र पछि अधीनस्थ न्यायालयदेखि प्रीवी काउंसिलसम्म पनि कानूनी लडाई भी लडे । त्यसपछि बल्ल यसको समाधानका लागि बिहार हिन्दू सभाको बैठक बोलाइयो । यो विवाद सल्टाउनलाई पछि डा. राजेन्द्र प्रसादको नेतृत्वमा एक कमिटी बनाइयो जसको सदस्य यसका आन्दोलक धम्मपाललाई पनि बनाइयो ।

 
प्रायः सँधै सेतो लुगा मात्र लगाउन मन पराउने धर्मपाल ढाई वर्षको लागि बौद्ध भिक्षुहरुको चीवर धारण किया गरे अनि ज्ञढघघमा उनले उपसम्पदा लिएर भिक्षु बने।

 

 

उनले जीवन भर भारतमा बुद्धधर्मको ज्ञान प्रकाश गर्ने काम गरे । उनको निधन सन् १९३३ अप्रिल २९का दिनमा भयो । भनेका थिए कि यदि उनलाई मिल्यो भने भारतमा जन्म लिएर महाबोधि मन्दिरको र समस्त बुद्ध धर्मकै पुनरुत्थनमा सहयोग गरौला ।

 

 

साँच्चै उनले भने जस्तो उनको निधनको धेरै वर्ष पछि मात्र बुद्धधर्मको महत्वपूर्ण तीर्थस्थल महाबोधी मन्दिर मुक्त भयो र यहीँबाट भारतमा बुद्धधर्मको प्रचारप्रसार एवं लुप्त भइसकेको बुद्धधर्मको महत्वलाई भारतीय नागरीकहरु बिच नै परिचित गराउने कामले नयाँ युगबोध पायो । यसैको फलस्वरुप आज भारतमा पनि बौद्धहरको जनसंख्या बढ्दैछ अनि भारतीयहरुले पनि बुद्धधर्मको महानतासँग परिचित हुने मौका पाउँदैछन् ।