बुद्ध धर्म प्रचारमा विहारको शुरुवात र विकास

विमला शाक्य

बुद्धको समयमा भिक्षु भिक्षुणीहरु बस्ने भनेको विहारमै थियो । बुद्धधर्मको प्रचारप्रसारमा विहारहरुको आफ्नै महत्व र स्थान छ । यहाँ बुद्धको समयदेखि भिक्षुहरु बस्ने स्थानको विकास कसरी भयो र यसको के महत्व छ भनेर संक्षिप्तमा जानकारी दिने प्रयास गरिएको छ ।

 
बुद्धधर्म प्रचार प्रसारमा भिक्षुहरु हेमन्त, ग्रीष्म र वर्षा त्रतुमा पनि विचरण गर्दथे । त्यो देखी अरु व्यक्तिहरुले भिक्षुहरुलाई “वर्षाको समयमा पनि चंक्रमण गरी घाँस नष्ट पार्दछन् अरु तिर्थंकरहरु जसलाई धर्मको राम्ररी व्याख्या गर्न आउँदैन उनीहरुपनि वर्षा समयमा एक स्थानमा रहन्छन तर शाक्यपुत्रीय श्रमण विचरण गरी हिंडछन्” भनी गिज्याउँथे । यसबाट प्रारम्भिक कालमा बुद्धले आफ्ना शिष्यहरुलाई वर्षाको समयमा पनि कुनै स्थानमा बस्न अनुमति दिनुभएको थिएन भन्ने स्पष्ट हुन्छ ।यसरी अरुहरुले आलोचना गरेको सुनेर बुद्धले आफ्ना भिक्षुहरुलाई वर्षाको समयमा कतै नगइकन एक ठाउँमा बस्नको लागि आज्ञा भयो यसरी वर्षायाममा एक ठाउँमा बस्नको लागि भिक्षुहरुलाई विहारको आवश्यकता भयो तर त्यस समय विहार निर्माण भएको थिएन त्यसैले भिक्षुहरु जंगलमा रुखको फेदीमा वृक्षवाटिका, शमशानमा , चाटी धान थुपार्ने ठाउँ आश्रय लिई बस्न थालेको पाईन्छ । यसरी विभिन्न स्थानमा भिक्षुहरु बसेको देखेर अरु व्यक्तिहरुले “शाक्यपुत्रहरु कसरी यस्ता स्थानहरु (रुखको फेदीमा वृक्षवाटिका, शमशानमा , चाटी धान थुपार्ने ठाउँ) मा वर्षावास बस्न सकेको” भनी गिज्याउँथे । त्यो देखि बुद्धले त्यस्ता स्थानहरुमा नबसीकन छुटै स्थानमा बस्ने अनुमति दिएका थिए । बुद्धले दिनुभएको अनुमति अनुसार भिक्षुहरु वर्षाको समयमा बस्नको लागि मात्र प्रयोग गर्दथ्यो पछि भिक्षुहरु त्यस स्थान छोडी अन्यत्रै स्थानमा जाने गर्दथे । यस प्रकारको स्थानलाई आश्रय स्थान भनेको पाईन्छ । आपूm बस्ने स्थानहरु प्रिमार्जित गर्ने क्रममा भिक्षुहरुले जंगलको घाँसको र माटोको आवास बनाएको पाईन्छ । एक समयमा बुद्ध राजगृहस्थित गृद्धकूट पर्वतमा बस्नुहुँदा भिक्षुहरु क्रषिगिरी पर्वतमा तृणकुटी बनाएका थिए । त्यसबेला आयुष्मान धनीय कुम्भकार पुत्र पनि त्यही तृण कुटीमा बर्षावास बसेका थिए । तीन महिना पछि वर्षावास सकाएर तृणकुटीहरु बिगारी तृण र काठहरु सच्याइ जनपद चारिकार्थ गएका थिए ।

 
भिक्षुहरुले वर्षावासको लागि माटोको कुटी बनाएको विवरण बौद्ध ग्रन्थहरुमा उल्लेख भएको पाईन्छ । आयुष्मान धनीय कुम्भकारले माटो मुछी माटोकै कुटी बनाइ घाँस,काठ र गुँइटाहरु जम्मा गरि पोलेका थिए । जुन कुटी अभिरुप दर्शनीय प्रासादिक इन्द्रगोपक जस्तै रक्तवर्ण थियो । यस बाहेक धनीय कुम्भकारले काठको आवास पनि बनाएको कुरा उल्लेख छ । यस प्रकार भिक्षुहरु वर्षा घाम, पानीबाट बच्नको लागि आपैंmले बनाइएका स्थानलाई आश्रय स्थानको रुपमा लिन सकिन्छ ।

 
चूल्लवग्ग अनुसार शुरुमा विहार झारपातको गारो लगाएर कुटी जस्तो बनाइएको हुन्थ्यो । यस्ता विहारहरुमा ढोका खुल्ला हुने भएकाले सर्पहरु भित्र छिर्ने भएपछि ढोका मा खापा राख्न बुद्धले अनुमति दिनुभयो । शुरुमा खापामा प्वाल बनाएर धागो छालाको डोरीबाट तान्ने गरी बनाइयो धागो र छाला मुसाले खान थालेपछि बुद्धले चुकुल राख्ने पनि अनुमति दिनुभयो पछि कोठाहरु सुरक्षित होस् भनेर ढोकामा ताल्चा लगाउन पनि स्वीकृत दिनुभयो विहारका कोठाहरु जाडोमा जाडो र गर्मीमा गर्मी हुने भएकोले एक प्रकारको रुखबाट निस्कने झोल गम जस्तो माटोसँग मिसाएर गारोमा लगाउन थालियो । कोठा अँध्यारो र जीवजन्तुहरु छिर्न सक्ने भएकाले झ्यालमा कपडाको पर्दा राख्न अनुमति दिइयो ।झ्यालहरुबाट पनि लोखर्के तथा अन्य जीवजन्तु छिर्ने भएकाले भ्mयालमा चौकोस राख्ने अनुमति दिइयो ।

 
शुरुमा विहार जमीन सरह नै भएकोले पानी भित्र पस्न थाल्यो र भुईं पनि चिसो हुने भएकोले विहारलाई जमिनभन्दा केही अग्लो बनाउन थालियो जमिनभन्दा अग्लो बनाउन माटोको प्रयोग गरिएकाले भासिन थालेपछि माटोको सट्टा ढुंगा र ईंटाको प्रयोग गर्न अनुमति दिनुभयो त्यसपछि कोठाको भुँइ र गारोमा पनि इँटा र ढुंगाको प्रयोग गर्न अनुमति दिनुभयो ।

 

एवम् रितले बुद्धकालमा विहारहरुको विकास भयो र यो नै बुद्ध शिक्षा प्रदान गर्ने तथा भिक्षु भिक्षुणीहरु बसोबास गर्ने प्रमुख स्थलको रुपमा विकास भयो ।

 
बौद्ध मठ तथा विहार केवल आध्यात्मिक संस्कृतिको रक्षा गृह नभई विद्याको केन्द्र बन्दैगयो । फाहियान तथा व्हेनसांग(युआन च्वांग) जहाँ आप्mनो यात्रा विवरणमा कैयन विहारमा गएको वर्णन छ, त्यसमा लेखेका छन् कि अमुक अमुक मठ वा विहारमा फलाना फलाना भिक्षुले अमुक विशिष्ट ग्रन्थ रचना गरेका थिए । यो यसकुराको संकेत हो कि विहारको स्वरुपमा नयाँ मोड विकास भयो । यो घटना ईसा प्रथम शताव्दी वा त्योभन्दा केही समय पहिलाको हो ।

 
यहाँ रहनुहुने विद्यार्थीहरु मठ वा विहारका विरक्त जीवनको नियम पालन गर्नुपथ्र्यो। चिनियाँ यात्रीहरुको वर्णनबाट थाहा हुन्छ कि यी विद्यालयहरुको संख्या सीमित थिएन तर केही अदीक्षित बौद्ध विद्या जिज्ञासु,बुद्धेतर मुमुक्षहरु त्यहाँ प्रवेश गर्न सकिन्थ्यो । उनीहरुलाई मानव वा ब्राम्हचारी भनिन्थ्यो । एक मठमा रहन वा सिक्नका साथै लाभको लागि पैसा दिन आवश्यक थिएन ।

 
राजाहरु तथा जनसाधारणहरु आध्यात्मिक कर्तव्य अनुसार यी विहारहरुलाई अनुदान दिइन्थ्यो । जो राजा बौद्ध धर्मको विकास चाहन्थ्यो उनी एक गाउँ वा गाउँको सबै लगानी अनुदानको रुपमा विहारलाई दिने गथ्र्यो । विहारको जमीन तथा भवन कुनै व्यापारी वा साधारण धनी दाताको दानको रुपमा थियो । यसप्रकार कैयन विहार तथा भिक्षुगृह समृद्ध हुन्थ्यो, त्यसको सुन्दर भवन र सभागृह बन्यो। त्यसमा अन्न भण्डार तथा धेरै स्थावर सम्पत्ति जम्मा हुनगयो ।

 
फाहियानको वर्णन गरे अनुसार राजा तथा श्रेष्ठीहरुले भिक्षुहरुको लागि जुन विहार बनाइदिन्थे त्यहाँ खेत, घर, बगैंचा, फलपूmलको बगैंचा पशु इत्यादि त्यस विहारको नजिक बस्ने जनताको सहयोगमा दान दिइन्थ्यो
जब कोही राजा एक भिक्षु संघलाई कोही दान दिन्थ्यो उनी आप्mनो पकरी फुकालेर आदर व्यक्त गर्दथ्यो आप्mनो आफन्तहरु तथा मन्त्रीहरु साथमा लिएर भिक्षुहरुलाई आवश्यक वस्तुहरु दिइन्थ्यो ताकि केही कमी नहोस् । केही विहार ७ औं शताव्दीको अन्तमा त्यहाँ आउनुभयो तब उनले त्यसको निन्दा गर्दै लेखे कि “यो मठको लागि उचित होइन कि त्यहाँ आवश्यकता भन्दा बढी धन द्रव्य होस्, अन्न भण्डारमा विग्रेको अन्नहोस् धेरै संख्यामा स्त्री पुरुष नोकर चाकर तथा पैसा जम्मा होस् कि कोषमा त्यसको उपयोग नै नहोस्।”

 
चिनियाँ यात्री फाहियान पाँचौं शताव्दीको पूर्वाद्धमा पाटलीपुत्रका दुई वटा विहारमा जानुभएको थियो । यी दुईवटा विहार त्यसबेला बनिरहेका अरु विहारहरुको नमूना थियो । त्यसमा विशाल तथा सुन्दर महायानी विहार र अर्को हीनयान विहार थियो । दुइटै विहारमा गरी सातसय भिक्षु बस्नुहुन्थ्यो। यी दुई विहारको बारेमा उहाँ लेख्नुहुन्छ “त्यहाँको आचार व्यवहारको नियम र विद्यार्थीहरुको व्यवस्था देख्न योग्य थियो । सबै ठाउँबाट राम्रो र योग्य श्रमण विद्यार्थी तथा सत्य जिज्ञासु त्यहाँ आउँथ्यो ।

 
यी विहारहरुको शिक्षा पद्धतिले फाहियानलाई पनि आकर्षित गरेको थियो जवकि उनी धार्मिक तिर्थयात्री थिए । त्यसपछि भारतमा विद्याप्रेमी तथा विव्दान युआन च्वांग आउनुभयो । यी दुई शताव्दी बिच विहारका शिक्षण पक्ष धेरै विकसित भईसकेको थियो । देशका विभिन्न भागबाट विव्दानहरु पुस्तक लेख्न, अध्ययन गर्न सिक्नको लागि आउने गथ्र्यो । यी विद्यापीठहरुको किर्ति टाढाका बौद्ध देशहरुमा पनि फैलिएको थियो । यही कारणले विव्दान तिर्थयात्री, विशेष गरी चीनका विव्दान तिर्थयात्रीहरु आर्कषित थिए । उनीहरुले प्रत्यक्षरुपमा महाविहारको अध्ययन गरी वृतान्त लेखेका हुन्थे। यी विहारहरु भारतको यस्तो केन्द्रमा थियो जसले अरु देशमा बौद्ध धर्म संस्कृति र ज्ञान फैलाउन एक ज्योतिको रुपमा थियो । यी तथ्यहरुलाई मनन गरेमा आजको दिनमा भिक्षु गुरुमांहरु बस्ने विहारहरुको महत्व र त्यसको गरिमालाई बुझ्न सकिन्छ ।

याे लेख  विभिन्न पुस्तक तथा पत्रपत्रिकामा प्रकािशत जानकारीको अाधारमा तयार पारिएकाे हाे ।

लेखिका लुम्बिनी बौद्ध विश्वविद्यालय थेरवाद बुद्धिस्ट एकेदमीबाट स्नातकोत्तर हुनुहुन्छ ।