श्रद्धेय फ्राख्रु शोभन भिक्षु धम्मपाल महास्थविरको स‌ंक्षिप्त जीवनी

चित्र शाक्य

फाल्गुण २३ गते बुधवार शाक्यसिंह विहार प्रमुख श्रद्धेय फ्राख्रु शोभन भिक्षु धम्मपाल महास्थविरको शवयात्रा विदेशका भिक्षु उपासक उपासिका साथै नेपालका विभिन्न विहार एवं संघसंस्थाका भिक्षु भिक्षुणी उपासक उपासिका एवं लब्धप्रतिष्ठ व्यक्तिहरू सहित भव्य शवयात्रा शाक्यसिंह विहारबाट ललितपुरका प्रमुख नगरहरू हुँदै शंखमूलघाट पुर्‍याई विभिन्न गाथाद्वारा श्रद्धाञ्जली अर्पण गरी दाहसंस्कार सम्पन्न भयो।साथै शाक्यसिंह विहारमा थाईलाण्ड, श्रीलंका एवं बर्माका राजदूतहरू साथै एमालेका वरिष्ठ नेता झलनाथ खनालबाट उहाँको शवमा श्रद्धाञ्जली अर्पण गरिएको थियो।

 


उहाँ भन्तेज्यूको संक्षिप्त जीवनी यस प्रकार छ।
• जन्म:- वि.सं. २०१३ चैत्र ४ गते।
• प्रवजित जीवन:- २०२८ आश्विन ३ गते नेपालका प्रथम महासंघनायक प्रज्ञानन्द महास्थविरको उपाध्यायत्वमा श्रामणेर प्रवज्या ग्रहण । २०३३अषाढ १४ गते थाईलाण्डका का.मु. संघराजा सोमदेच् फ्रा.बुद्धाचानको उपाध्यायत्वमा उपसम्पदा (पूर्ण भिक्षुत्व) ग्रहण।
• शिक्षा:- थाईलाण्डको महामुकुट बौद्ध विश्वविद्यालयबाट शासन-शास्त्र पण्डित (स्नातक) उतिर्ण, त्रि.वि.वि.मा मनोविज्ञानमा स्नातकोत्तर अध्ययन।
• बौद्ध शासनमा भूमिका:- शाक्यसिंह विहारका प्रमुख, शाक्यसिंह विहार पुर्ननिर्माण समितिका अध्यक्ष, प्रज्ञानन्द स्मृति स्वास्थ्य क्लिनिक एवं भिक्षु मृत्युसमस्कार गुठीका धर्मानुशासक साथै परियत्ति तथा प्रौढ शिक्षालय, प्रज्ञानन्द स्मृति ज्ञानमाला भजन आदिमा अभिभावकीय भूमिका, अखिल नेपाल भिक्षु महासंघ कार्यसमितिमा सदस्यको भूमिका, हालै संचालन गरिएको Bodhi TV का संस्थापक अध्यक्ष, ५० जना भन्दा बढी कुलपुत्रपुत्रीहरूलाई प्रवज्या प्रदान, बुद्धगयामा प्रत्येकवर्ष गरिने त्रिपिटक वाचनमा नेपाली प्रतिनिधिको नेतृत्वदायी सहभागिता, नेपाली भिक्षु, अनागारिका तथा उपासक उपासिकाहरुको थाईलाण्डमा स्वास्थ्योपचारमा सहयोगी भूमिका आदिमा सक्रिय रहेर अमूल्य योगदान दिनु भएको थियो ।
• सम्मान एवं उपाधि:- १) थाई सरकारबाट “फ्राखु शोभन” उपाधि।२) Universal Peace Foundation बाट Peace Ambassador, ३) वर्ल्ड बुद्धिष्ट संघ यूथ श्रीलंकाबाट “नोवल बुद्धपुत्त अवार्ड” ४) थाई कम्माधिकार शासनबाट “बुद्धगुण उपकान कञ्चनकिर्तिगुण” उपाधि, ५) वर्ल्ड पीस यूनिभर्सिटीबाट “मानार्थ विद्यावारिधि” ६) धम्मलक्खणशिला फाउण्डेशन थाईबाट “अभिजाति व्यक्ति” उपाधि, ७) WFBY बाट “द वर्ल्ड बुद्धिष्ट आउटस्टान्डिङ्ग लिडर एवार्ड” प्रदान गरिएको थियो।
• प्रकाशित कृति:- नेपालका प्रथम संघमहानायक भिक्षु प्रज्ञानन्द महास्थविरको जीवनीको लेखन, प्रज्ञानन्द महास्थविरको सामूहिक अभिनन्दन, प्रज्ञानन्द स्मृति ग्रन्थ आदिको सम्पादन कार्यहरू सम्पन्‍न गर्नु भएको थियो।अन्य बुद्धपूजा र पाठहरूको अनुवाद गर्नु भएको थियो।
• उहाँले विभिन्न देशको यात्रा गर्नु भएको थियो र उहाँमा विभिन्न भाषाको ज्ञान थियो।