कोरियामा बुद्धधर्मको विकास

कोरियाको एउटा अचम्मको कुरा यो छ कि लामो समयको गृहकलह र विदेशीको हस्तक्षेपको बावजूद पनि यहाँका जनताहरूले राष्ट्रीयता र सांस्कृतिक पहिचानलाई जोगाई राख्यो र मानव ईतिहासमा महत्वपूर्ण र विशेषरुपले योगदान दियो। यो योगदान बुद्धधर्मको विकास र प्रचार प्रसार गर्नमा भन्दा अरूमा आजभोली स्पष्टरूपमा देखिन्छ। चीन र जापानसंग भयानक आक्रमणकारी खालको सम्बन्ध भएपनि कोरियाले बुद्धधर्म चीनबाट जापानमा र आफ्नै मुलुकमा ल्याएर आफ्नै खालको बुद्धधर्मको विकास गर्‍यो। कोरियाका ती दुई शक्तिशाली मुलुकहरूसंग नचाहेको सम्बन्ध कायम नै थियो।
पश्चिममा चीन, पूर्वमा जापान, र उत्तरमा मन्चूरिया र मङ्गोल यसरी तीनतिरबाट घेरिएको कोरियाले आफ्नो विशेष ऐतिहासिक, परम्परा र साँस्कृतिक पहिचानका साथ आफ्नो विकास गर्‍यो।अझै पनि कोरियाको जरो ईतिहासको गहिराईमा बढिरहेको छ। कोरिया प्रायद्विपमा ई.पू. चौथो हजारवर्षदेखि वस्तीबसेको थियो।कोरियामा काँसको प्रयोग धेरै ढीलो ई.पू. दोस्रो हजार वर्षमा भयो, फलामको स्थानीय उत्पादन ई.पू. ३००वर्ष अगाडि देखि शुरू भयो। यो टेक्नोलोजी चीनबाट ई पू (४५३-२२१) मा खतरनाक युद्धकालीन अवस्थामा शरणार्थीहरूले भित्र्याएका थिए। त्यसबेला देखि चीनको प्रभाव कोरियामा लगातार बढदै गयो, शरणार्थिहरूबाट, सैनिक छिटपुट घटनाबाट र कूटनैतिक सम्बन्धबाट। ई पू दोश्रो हजारवर्षमा चीनको हानवंश उत्तरपूर्वी चीनको मुटुभूमी माथि र कोरियाको प्रायद्विपमा समेत विजय गर्न अगाडि बढ्यो। ती क्षेत्रका विभिन्न जातीय मानिसहरू जसमा मङ्गोल, मन्चूरियन र कोरियनहरू समेत थिए, उनीहरूले चीन साम्राज्यको सुरक्षा, र एकतालाई समय समयमा खलबलाउने गरेर त्रस्त बनाई राखेको थियो खास गरी सीमा ईलाकामा। यी बर्बर जातीहरू माथि विजय हासील गर्न ई पू दोश्रो शताब्दिमा सफल भयो। त्यसले यस्तो परिणाम ल्यायो कि कोरिया प्रायद्विपमा चार चिनीयाँ प्रशासकीय विभागहरू स्थापना भए जसलाई “कमाण्डरीज” भनिन्थ्यो जसद्वारा त्यस प्रायद्विप माथि शासन गर्दथ्यो।
यी चिनीयाँ “कमाण्डरीज” हरुले कोरिया प्रायद्विपमा नियन्त्रण गर्न र आक्रामक शक्तिहरूको व्यवस्थापनको विकास गर्ने काममा लागे। तर यो चिनीयाँ प्रविधि र राज्यमा शासन गर्ने तरिकाको उल्टो प्रभाव पर्यो्। कोरियाका जङ्गली जातीहरुले हतियार बनाउन मात्र सिकेनन्, केन्द्रिकृत शासन प्रणाली र कूटनितिको फाईदा बारे पनि थाहा पाए खास गरेर संयुक्त सैनिक व्यवस्थाबाट, जसमा कोरियन सैनिकहरु पनि थिए। छिटै तिनीहरुले ती जानकारीहरूको उपयोग आफ्ना चिनीयाँ अफिसरहरूलाई निकाल्नमा उपयोग गर्न थाले। कोरियामा आक्रमण गरेर चिनीयाहरूले सामान्यरुपले एकिकरण गर्न र एउटा प्रविधिको गतिलाई तयार पार्न कि ती बर्बर जातीले सयौं वर्ष युद्ध गरे पनि स्वतन्त्र हुन नसक्ने संयन्त्रको विकास गर्न थालेका थिए।
पहिलो नयाँ कोरियाको बनेको मजबूत राज्य गोगुर्यो थियो जुन ईस्वीको पहिलो शताब्दीको शुरूमा भएको थियो।त्यसै बेला मध्य एशियाबाट चीनमा बुद्धधर्म परिचित हुन थालिएको थियो। लगभग २५० वर्ष पछि दोश्रो कोरियन राज्य “बायक्जे” त्यस प्रायद्विपको दक्षिण-पश्चिम तिर स्थापना भयो। ३५० सम्ममा तेश्रो त्यस प्रायद्विपको दक्षिण-पूर्वमा “शिल्ला” राज्यको उदय भयो। यो “तीन राज्यको” ढाँचा कोरियन ईतिहासमा एउटा यस्तो अवधिको समय भयो कि यी तिन राज्यहरू आपसमा झगडा गरेर सिमाना मिच्ने आदि काम गर्न नपाउने शर्तमा गोगुर्यो, बायक्जे र शील्ला बिच सम्झौता भएको थियो। ती बिच पछि फेरी मिलाउन गाह्रो हुने गरी स-साना कोरियन जङ्गली जातिहरूले झगडा उठाउन थाल्यो। त्यसमा मौका ढुकीरहेका चिनीयाँ र जापानीहरू पनि विभिन्न ठाउँबाट संलग्न भए। यो त्यस बेलाको कुरा थियो जब चीनबाट बुद्धधर्म कोरियामा ल्याईएर कोरियाबाट जापानमा जाँदै थियो। यस्तै संक्रमणकालिन परिस्थितिबाट कोरियाको राष्ट्रीयताको पहिचान बलियो हुँदै जाँदै थियो।

तीन राज्यकालमा बुद्धधर्म कस्तो थियो?
गोगुर्‍योले पहिलो महसूस गरेको कुरा हो चीनले आफ्नो सीमा हदभन्दा बढी बढायो ईस्वी सन् १२ मा।त्यसैले अब उनीहरूले सेनाको लागी अरू मानिस पठाउने छैन। उनीहरूले अरू आदिवासिहरूलाई पनि आफ्नो मतमा ल्यायो। हानवंश कमजोर हुँदै गएकोले ईस्वी २०० सम्ममा गोगुर्योर एक राजनैतिक हैसियत राख्नेा भईसकेको थियो। चीन ती राज्यमा टुक्रिए पछि हानवंश झनै कमजोर भयो।चीनको ३ राज्य (२२०-२६५ईस्वी) र कोरियाको तीनराज्य (२००-६६८) मा भ्रम हुनु हुँदैन। उत्तर-दक्षिण चीनको विभाजन हुँदा सम्मभमा गोगुर्‍यो)ले कोरिया प्रायद्विपको आधाभागमा बलियो कब्जा जमाई सकेको थियो।
गोगुर्‍यो साईज र शक्तिमा ठूलो हुँदै गए पछि चीनले सैनिक परिचालनको सट्टा कूतनैतिक पहलद्वारा काम गर्न थाल्यो। चीनले गोगुर्‍योका राजा सोसुरिम(३७१-८४) कहाँ एक प्रतिनिधि मण्डल पठायो। त्यस प्रतिनिधि मण्डलमा एक चीनको सरकारी मान्यता प्राप्त आधिकारिक बौद्ध भिक्षु सुन्डो पनि थियो। राजाले त्यस भिक्षुलाई दरबारमा बसेर पर्खिनुको सट्टा नगरको ढोकासम्म स्वागत गर्न आए।उहाँले गोगुर्‍योका राजालाई बौद्ध मूर्तिहरु र बौद्ध ग्रन्थहरू भेटीमा दियो। यसरी ईस्वी ३७२ मा कोरियामा बुद्धधर्मको प्रवेश भयो। राजाले भेंट स्विकार गरे। एक हुङगुक नामको गुम्बा त्यस भिक्षुको लागी बनाईदियो। यो नै कोरियामा बनेको पहिलो बौद्ध गुम्बा थियो।
कोरियामा बुद्धधर्म प्रवेश हुनुको अर्को ईतिहास छ, उत्तरी चिनबाट अडो नामको भिक्षु गोगुर्‍यो मा ३८३ मा आए। अडो आमाको दयाले पाँच वर्ष कै उमेरमा भिक्षु भएको गोगुर्‍योको नजिकको क्षेत्रका थिए। सोह्रवर्षका उमेरमा चीनमा बुद्धधर्मको अध्ययन गर्न गएका थिए।तिन वर्ष पछि फर्के। राजा सोसुरिमले उहाँलाई पनि हङबोक् नामको गुम्बा बनाईदियो, जुन कोरियाको दोश्रो बौद्ध निर्माण हो।यसले यो देखाउँछ कि अडोको आमा बौद्ध थियो, कोरियामा भिक्षु सुन्डो आउनु भन्दा पहिले नै बुद्धधर्म विद्यमान थियो। त्यसैले राजा सोसुरिमले ३७२ मा सुन्डो भिक्षुलाई नगरको द्वारसम्म लिन गएको थियो। अर्को उदाहरण – कोरियन भिक्षुहरूको जीवनी “हेडोङ्ग कोसुङ्ग चोङ” अनुसार प्रख्यात दक्षिण चीनका भिक्षु झी डुङ जसको निधन ३६६ वरिपरी भयो, उनले गोगुर्‍योका भिक्षु माङम्योङ्गको साथमा एउटा पत्र लिएर कोरिया आएको थियो। यसले पनि ३७२ भन्दा धेरै अगाडि कोरियामा बुद्धधर्म थियो।

कोरियामा बुद्धधर्म ३७२ भन्दा पहिले नै पुगेको हुन सक्ने चर्चा:-

कोरियामा बुद्धधर्म कोरियामा ईतिहासमा भनिएको भन्दा पहिल्यै देखि भएको ठोस प्रमाण मध्य चौथो शताब्दी तिरको प्योङयाङमा रहेको नगाडिएको चिहान छ, जसमा सिलिङ्गमा बौद्ध डिजाईनको कला कुँडिएको छ। केहि कोरियन विद्वानहरूले त्यो भन्दा पुरानो मिति वताउँछन्। कोरियनहरु मध्य एशियाका प्राचिन विना घरका घुमन्ते नोमाडहरूसंग जातिगत र साँस्कृतिकरुपमा मिल्दोजुल्दो भएकोले ती नोमाडहरु कै सम्पर्कबाट मध्य एशिया बाट चीनमा बुद्धधर्म जाँदा कोरियामा पनि पुग्यो। तर यो नसुल्झिएको रहस्य नै रहेको छ। मध्य चौथो शताब्दी मैं कोरियामा बुद्धधर्म पुगेको नै प्रमाणित हुन्छ।पहिला उत्तरी कोरिया गोगुर्यो मा पुग्यो र त्यहाँबाट कोरियाको अरू भागमा गयो।
चली आएको भनाई अनुसार बुद्धधर्म स्वतन्त्ररुपले ब्याक्चेमा आयो। लगभग ३५० तिर ब्याक्चे गोगुर्यो संग आक्रमक थियो। पछि ३८४ मा पनि भयो। भारतीय भिक्षु मालानन्द दक्षिण चीनबाट आयो भनिन्छ।ब्याक्चेको राजाले पनि भिक्षुलाई नगरको ढोकासम्मा स्वागत गर्न गयो। ३८५ मा राजाले उनको लागी एक गुम्बा बनायो र उनको मानार्थ १० जना भिक्षुहरूलाई दीक्षा दिलायो। यो धूमधामको आगत भिक्षुको स्वागतले त्यही तथ्य देखाउँछ कि त्यहाँ बुद्धधर्म पहिले नै परिचित थियो।
शिल्लामा बुद्धधर्मको प्रवेश ती दुई राज्यमा भन्दा भिन्दै थियो। शिल्ला पछि स्थापित भएको राज्य हो।त्यहाँका राजा नाय्मूल (३५६-४०२) थिए। शिल्लाा निर्वासित विद्रोहीहरूबाट बसेको राज्य भएकोले त्यहाँ बुद्धधर्म आक्रमणकारी शैली मैं आएको देखिन्छ।पाँचौं शताब्दीमा शिल्लामा भिक्षुहरू आउन थालेको हो। यिनीहरूमा पहिलो भिक्षु मुखोजालाई भयावह वातावरण मैं स्वागत गरिएको थियो। उनलाई एक गृहस्थ बौद्ध मोरेयको घरमा खतरापूर्ण अवस्थामा नै राखिएको थियो। मोरेयले भनेका थिए कि त्यस भन्दा अगाडी आएका दुईजना भिक्षुहरूलाई शिल्लामा शहिद बनाई दिएका थिए। मुखोजाले कुनै किसिमले राजा नूल्ची (४१७-४५८) को छोरीलाई एक भयंकर रोगबाट वचाई दिएर राजाको समर्थन प्राप्त गरेका थिए। मुखोजाले चीनबाट एक उत्सवको लागी ल्याएको धूपमा रहस्यमय वस्तु राखेर बनेको औषधिबाट रोग निको पार्न सफल भएका थिए।
नूल्ची पछि शिल्लाको राजालाई बौद्ध उपाधिले सम्मान गर्ने चलन चल्यो। यसले कोरियन राजाहरु बौद्ध नबने पनि बुद्धधर्म प्रति श्रद्धा राख्ने हुन गए। यो उपाधि महत्वपूर्ण बन्न गयो, किनभने शिल्लामा बुद्धधर्म व्यापकरुपमा र उत्साहजनक रूपले अंगिकार गरिसकेको थिएन। यसले यो देखाउँछ कि शिल्लामा प्रजाहरूले खुल्ला हृदयले बुद्धधर्म मान्न थाल्नु भन्दा अगाडी राजपरिवारले अपनाएका थिए। परम्परागत ईतिहासले भन्छ कि त्यस शहिदभूमीमा बुद्धधर्मप्रति लोकप्रियता एक ईचादोन नामको अदालतका अफिसर जसले राजा पोफुङ्ग जसको राजकीय उपाधि थियो “धम्मको सक्रिय अधिष्ठाता” को अन्तर्गत रहेर काम गरेका थिए। परम्परागत श्रोत अनुसार ईचादोनले राजासंग बौद्ध विरूद्धको अदालती नियन्त्रण सम्बन्धि कानूनलाई छिपाई दियो र बौद्धगुम्बा बनाउन स्विकृति दिलाएको भन्ने् आरोप लाग्यो। त्यसले राजालाई या त अधिकार विहिन बनाउने भयो या ईचादोनलाई वचाउन असक्षम हुने भयो। यसरी ईचादोनलाई मारियो। यो भनाई छ कि ईचादोनको रगत दुध जस्तै सेतो बग्यो, उसको टाउको हावामा उड्यो र पर्वतको टुप्पामा विलय भयो। यस घटनाले बौद्धहरू प्रति अभियोग लगाउने सम्बन्धमा पुर्विचार गर्न करै लाग्यो।
एउटा भरपर्दो सूत्र अनुसार राजा पोफुङ्ग आफैले तायवाङ्ग ह्युङ्गन्यून गुम्बा बनाउने आदेश दियो। त्यो गुम्बाको जग खन्दा पुरानो गुम्बाको जग फेला पर्यो । यो कुरा शंकास्पद छ, तर यदि सत्य भए शिल्लामा बुद्धधर्म पहिले देखि नै आएको थियो भन्ने‍ सावित हुन्छ। ५४० मा राजा पोफुङ्गले गद्दी छोडेर त्यस नयाँ गुम्बामा भिक्षु बनेर बसे।रानी पनि अर्को गुम्बामा भिक्षुनी भएर बसिन्। यो रेकर्डले कोरिया प्रायद्विपमा पहिलो पाली भिक्षुनी भएको देखाउँछ। पोफुङ्गका उत्तराधिकारी चिङ्गहुङ्ग (५४०-७६) सात वर्षको उमेरमा गद्दीमा बसे र उनी बुद्धधर्मको र सीमा रक्षा विस्तारका प्रवर्द्धक थिए। राजा चिङ्गहुङ्गले सैनिक परिचालन र कूतनैतिक उपचारबाट शिल्ला अन्तर्गत कोरियाको एकिकरण गरी विशाल कोरियाको स्थापना गरे।

तीन राज्यकालमा कोरियामा बुद्धधर्मको कुन सम्प्रदाय भित्रियो भन्ने कुनै प्रमाण भेटिन्न। कोरियामा त्यहि सम्प्रदाय आयो जुन चीनमा स्थापित भयो। तर यो चाहिं स्पष्ट छ कि पहिला विरामी निको पार्ने, र दिन दशा फाल्ने आदि तान्त्रिक शक्तिको काम नै भित्रियो। कोरियामा पहिला बुद्धधर्म सम्बन्धि सिद्धान्तहरू भन्दा पहिला यिनै तुनामुनाहरु व्यवहारमा आए।कोरियामा शक्तिमान श्रामणेरवाद नै पहिला व्यवहारमा आए।
चीनमा झैं कोरियामा पनि बुद्धधर्म पहिला शासकहरूले माने त्यसपछि प्रजाहरूले माने।चीनको पहिलेको धर्म त्यहाँका निरंकुश तन्त्रको नियन्त्रणमा रहेथ्यो, कारण पहिले भएको धर्म छोडदा आफ्नो व्यक्तिगत स्वार्थमा धक्का पर्थ्यो। त्यस्तै कोरियामा पनि शुरूमा निरंकुशहरुको नियन्त्रणमा खुम्चिन पुग्यो। कोरियामा बुद्धधर्म आउनु भन्दा पहिलेको धर्मको कमजोर संगठन थियो, अशिक्षित र विश्व विचारमा आधारित थिएन, केवल सामान्य श्रमणवादि थियो।कोरियामा चीनमा झै शासकको उत्तराधिकारिहरू विशिष्ट थिएनन्,अरू सामान्य प्रजा भन्दा धेरै फरक थिएन, कम विकसित थियो। शासकको वरिपरि बस्ने भारदारहरू शासकसित धेरै नजिक र ईमान्दार भक्त थिए। कोरियाका राजाका मन्त्रीहरू बर्बर जातीहरूको मुखियाको भन्दा बढी हैसियत थिएन।
चिनको उत्तर दक्षिण विभाजनको बेला कोरियाको सम्बन्ध उत्तर चीनका बर्बर मानिएका शासकहरुसंग थियो।उत्तरी चिनका शासकहरूले बुद्धधर्मलाई राज्यसंचालनको लागी सैद्धान्तिक सिमेन्ट कै रुपमा लिएको थियो।त्यसैले प्रगतिशील कोरियनहरूले चीनको कन्फ्यूसियस र ताओलाई नहेरीकन बुद्धधर्मलाइ आवश्यक धार्मिक अंगको रुपमा स्तरयुक्त शासन र कूटनितिको लागी देख्यो।यी सबै कारणले कोरियनहरूले आफ्ना जातिका मुखियालाई पनि नटेरी बुद्धधर्मलाई अंगाल्यो।
कोरियाका तीन राज्यहरू प्रत्येकले चिनको संस्कृति र शासनको ढाँचालाइ अपनायो। शिल्लाले शक्तिशाली राजा चिङहुङ्गको अनुशरण गर्दै लडाईँ र कूटनिति दुबैमा ठूलो सफलता पायो।ती दुबै क्षेत्रमा बुद्धधर्मले ठूलो महत्वपूर्ण भूमिका खेल्यो।चिङहुङ्गले आफ्नो शासनको अन्तिमकालमा ५७२ मा एक “पालग्वाङहु” उत्सवको आयोजना गर्यो।, जसमा युद्धमा मरेका सैनिकहरूको शान्तिकामना गरिएको थियो।गोगुर्योु र बायक्चेको खर्चमा शिल्लाको सिमाना बढाउन त्यो युद्ध लडिएको थियो।अर्को पालग्वाङहु र अर्को अझै ठूलो “बायक्च्वा काङ्गहोइ” उत्सवहरुको आयोजना पनि भयो।त्यसले शिल्ला का राजालाई आशिष वा शुभ मङ्गल होस र शिल्लाको रक्षा होस भन्ने कामना गरेको थियो।
एउटा रोचक कुरा सातौं शताब्दीमा एक बौद्धभिक्षु चाजाङ्गले ह्वाङ्गयोङ्ग गुम्बा नजिक एक प्यागोडा बनाएमा शील्लाको रक्षा हुन्छ र तीन राज्यको एकतालाई पनि सम्बर्द्धन गर्छ भन्ने सुझाव दिए। यो बौद्ध भविष्यवाणी कोरियाको एकिकरण र राष्ट्रीयत्वको निमित्त स्पष्ट मार्गदर्शन भयो।”ह्वाङ्गयोङ्ग” वा “पहेंलो ड्रागन” गुम्बा आफै यसरी निर्माण हुन गयो कि राजा चिङहुङ्गले दरबार बनाउन लागेको जग्गामा पहेंलो ड्रागन देख्यो र दरबार बनाउने काम रोकेर “पहेंलो ड्रागन” गुम्बा बनाउन आदेश दियो।योजना बदलेर पहेंलो ड्रागन गुम्बा बनायो।
राष्ट्रलाई परिभाषित गर्ने र त्यसलाई साकार पार्ने काममा बुद्धधर्मले उत्सवहरू र निर्माण योजनाको कामहरू गरेको बाट स्पष्ट भूमिका देखिन्छ। ती उत्सव र निर्माणको कामले बुद्धधर्मलाई गौरवान्वित बनायो। यसलाई शिल्लाको लागी फायदा हुने सोचियो। यसले कोहि कोरियन पनि कम्तीमा पनि आंशिक बुद्धिस्ट नबनी देशभक्त नबन्ने भयो। युद्धको बेला पनि कसैले बौद्ध निर्माण योजनाको विरोध गर्न सकेन। किनभने सबैले देशभक्तित्व प्रदर्शन गर्नु थियो।यसले कोरियामा विशेष गरेर शिल्ला मा यस्तो वातावरण बन्यो कि जसबाट सबै जनताहरूले बुद्धधर्म माने।यो अभ्यासले सबै समूहका मानिसहरुले आ-आफ्नो समूहको प्रमुखलाई मात्र मान्नुको सट्टा राजालाई समेत मान्न थाले। यसरी राष्ट्रीयताको सम्बर्द्धन हुन थाल्यो।बुद्धधर्म राष्ट्रीय श्रामणिज्म भयो। यसरी बुद्धधर्म प्रकृति भन्दा माथिको सुरक्षाको श्रोत र प्राचीन जातीय समूह(clan) लाई लाभ पुर्याोउने श्रमणवादी हुन पुग्यो।
यी सबैको साथसाथै बुद्धधर्म शिल्लामा राष्ट्रीय पहिचान र सैनिक सफलताको द्योतक मानियो। राष्ट्रीयताको बोध गराउन सफल हुनु जस्तो अरू कुनै सफलता हुँदैन। त्यसैले बुद्धधर्मले यसका शिक्षा र सिद्धान्तहरूको बोध हुनु अगाडि नै कोरियामा लोकप्रियता प्राप्त गर्‍यो।
शिल्लाले कोरिया प्रायद्विपमा सफलता पाएको लडाईको क्षेत्रमा मात्र होइन, कूटनैतिक माध्यमले पनि हो।परम्परागत अभीलेख अनुसार राजा चिङहुङ्गले चीनका दुईवटा प्रतिनिधि मण्डललाई स्वागत गर्‍यो।पहिलोले बौद्धभिक्षुका चीवरवस्त्रहरू ल्याए र दोश्रोले सातसय बौद्धग्रन्थहरू ल्याए, जुन त्यसबेलाको अमूल्य कोष थियो।ती दुबै प्रतिनिधि मण्डलहरू शिल्ला कै भिक्षुहरूको साथमा आएका थिए, शिल्लाका ती भिक्षुहरु चीनमा कूटनैतिक सम्बन्ध राख्न र धार्मिक कामले पनि गएका थिए।सैनिक उच्चताको साथै चीनसंगको यस्तो कूटनैतिक सम्बन्धले शिल्लालाई गोगुर्‍यो र बायक्चे माथि विजयको रोव जमाउन सक्ने अवस्था सिर्जना भयो।

राजा चिङहुङ्गको उत्तराधिकारिले ३ वर्षमात्र शासन गर्न पायो, त्यसपछि राजा चिङप्योङ्ग(५७९-६३२) गद्दी आरोहण भयो।उनले सुईवंशकालमा चीनको एकीकरण(५८९-६१८) र ताङ्गवंशको गौरवशाली उत्थान(६१८-९०७) देख्यो।उनकै पालामा ५८९मा भिक्षु वोङ्गवाङ्ग चीन तर्फ रवाना भयो। यो यात्राले कोरियाको बुद्धधर्ममा नयाँ मोडको शुरूवात गर्‍यो।वोङ्गवाङ्ग भन्दा अगाडि चीनमा र भारत मैं पनि कोरियाका भिक्षुहरूले यात्रा र बुद्धधर्मको अध्ययन गरिसकेका थिए।५५४ मा उईसिन भारतबाट र ५६५ मा ह्योङ्वाङ्ग चीनबाट बायक्चेमा झी यीका गुरू हुई सीबाट अध्ययन गरीफर्केका थिए।स्मरण रहोस् झी यीले चीनमा बुद्धधर्मको तियन ताई सम्प्रदायको स्थापना गरेका थिए।यसरी कोरियामा बुद्धको उपदेशको ज्ञान प्रचारित भईसकेको थियो।तर ती भिक्षुहरू मध्य वोङ्गवाङ्ग विशेष प्रभावशाली थिए।
चीनमा वोङ्गवाङ्गले निर्वाणको वारेमा र प्रज्ञापारमिता सूत्रको अध्ययन तीयन ताई सम्प्रदायमा गरेका थिए। उनी फर्केपछि ५९९ मा सरकारी अड्डामा प्रभाव पार्न थाले। ६०८ मा चिनको सूईवंश कहाँ राज्यको दूत बनेर गए।वोङ्गवाङ्गको व्यक्तित्व र प्रतिष्ठा यति उच्च थियो कि ६३१ मा उनको लाशलाई राजा चिङप्योङ्ग आफैले उठाएर चित्तामा राखेका थिए। ६३२ मा राजा चीङप्योङ्गको पनि निधन भयो।वोङ्गवाङ्गको प्रतिष्ठाको कारण भारत र चीनमा कोरियाबाट अध्ययन गर्न जाने र चीन र भारतबाट आउने बौद्ध भिक्षुहरूको बाढी नै चल्यो।
वोङ्गवाङ्ग र राजा चिङप्योङ्गको निधन पछि शिल्ला मा बुद्धधर्मको विकासमा तिनजना भिक्षुहरू चाजाङ्ग(६०८-६८६), वोनह्यो(६१७-६८७) र उईसाङ्ग(६२५-७०२) को भूमिका महत्वपूर्ण रह्यो।यी तीन समकालीन भिक्षुहरूको जिवनकाल स्मरणयोग्य रह्यो जुन अवधिमा शिल्लास कोरिया प्रायद्वीपमा हावी हुने शक्ति भएको राज्यको रुपमा उदय भयो र चीनबाट पूर्णरुपमा स्वतन्त्र भयो।
भिक्षु चाजाङ्ग उनको सांसारिक सुखको त्याग गरेर भिक्षु जिवन अपनाउनुमा र बुद्धधर्ममा बौद्धिक र चारित्रिक अनुशासन कायम गराउन दिनु भएको देनको लागी महत्वपूर्ण व्यक्ति मानिन्छ। उहाँ शिल्लािको राजकीय खानदानमा जन्मिनु भएको र समाजमा उहाँको सर्वोच्च सम्मान थियो र पनि कलिलै उमेरमा एकान्त जिवन जिउनु भयो र वचपन पनि अति सम्मानजनक थियो। उनलाई ध्यान छोडेर राजकाजमा सहयोग गर अन्यथा देश निकाला गरिनेछ भन्ने राजाबाट धम्की दिईएको थियो भनिन्छ। ६३६ मा चाजाङ्गले चीनको यात्रा गर्‍यो जहाँ उनले ऊ ताई शानको पवित्र पर्वतमा मञ्जूश्रीको दर्शन पाएको थियो पनि भनिन्छ। बादशाह ताई जोङ्गले चाजाङ्गलाई निमण्त्रणा गरेर एक राजधानीको ठूलो गुम्बामा बस्न आग्रह गरिएको थियो, तर उहाँले पहाडको एउटा सानो झुपडीमा बस्नको लागी छान्नु भयो।धेरै शिष्यहरू शिक्षा पाउन उहाँकहाँ पुगे त्यसबेलासम्म कि जब महारानी सोन्डोकले बादशाहलाई उहाँ भिक्षुलाई शिल्लापमा फर्काईदिनुहुन निवेदन गर्नु भयो।चाजाङ्गले आफ्नो प्रभावलाई बुद्धधर्मलाई निम्न चार बूँदामा सुधार गर्ने योजना बनाउनु भयो।
१) बौद्धग्रन्थहरू जुन गुम्बामा बृद्धि भईरहेको छ, भिक्षुहरूले त्यसको अध्ययन गर्नु पर्ने।
२) बुद्धोपदेश सम्बन्धि परीक्षा गुम्बामा अर्धवार्षिक रुपमा हुनुपर्ने।
३) एउटै मात्र दीक्षा वा उपसम्पदा दिने केन्द्र हुनुपर्ने जहाँबाट कसैलाई संघबाट निकाल्ने आदि सजाय गर्ने काम पनि हुनेछ।
४) एउटा सरकारी कर्मचारीतन्त्रको निर्माण गर्ने जसले बौद्ध गुम्बाहरू र त्यसको जग्गा र सम्पत्तिको देखरेख, सुरक्षा गर्नेछ।
नं. ३ को बूँदाको कारणले चाजाङ्ग बुद्धधर्मको विनय स्कूलसंग सम्बन्धित देखिन्छ, जुन चीनमा विकास गरिएको थियो र यो गुम्बाको अनुशासन र यसको कडाईका साथ पालना गर्नेसंग सम्बन्धित छ।
(ऊईसाङ्ग र वोनह्योको भोली) तलका ३ फोटोहरू चाजाङ्ग, ऊईसाङ्ग र वोनवाङ्गका हुन्।

६) ऊईसाङ्ग :-
ऊईसाङ्गलाई हुआ यान बुद्धधर्मको गुरू एवं बौद्ध मन्दिर र गुम्बा बनाउने कामको महान प्रवर्द्धक मानिन्छ। उहाँ ६४८-४९ मा पहिलो पाली वोनह्योसंग चीन जान खोज्दा विफल भएको थियो।तर उहाँ ६५० मा सफल हुनु भयो।एक समय उहाँले चीनमा हुआ यान सम्प्रदायका दोश्रो र तेश्रो मुखिया(Patriarch) झी यान र फा जाङ्गसंग अध्ययन गर्नु भएको थियो।फा जाङ्ग ऊईसाङ्गका नजिकका साथि बनेका थिए। ऊईसाङ्ग शिल्ला फर्के पछि पनि फा जाङ्गसंग सम्पर्क कायम नै गरिराखेका थिए। उहाँहरू बिच सम्पर्क भएको एउटा पत्र अझै पनि विद्यमान छ। ६७० मा ऊईसाङ्गको शिल्लामा नाटकीय फिर्ती यसरी भएथ्यो, ऊईसाङ्गले ताङ्गको शिल्लामा हमला गर्ने योजना भएको हल्ला सुन्यो र आफ्ना राजालाई खबर गर्न हतारिएर गयो। यो ईमान्दारिता र साहसपूर्ण कामको कारणले र उहाँको अत्यन्त उच्च विद्वताले उहाँलाई दशवटा गुम्बाहरू बनाउन अनुमति दियो र उहाँलाई ईतिहासमा सबैभन्दा ठूलो धार्मिक भवनहरू बनाउने ठेक्दार बनाई दिएर कदर गर्‍यो।
वोनह्यो :-
चाजाङ्ग र ऊईसाङ्गको ठूलो महत्वलाई वोनह्योले आर्जन गरेको शक्ति, व्यक्तित्व र उहाँले कोरियाको बुद्धधर्ममा पारेको लामो समयसम्मको प्रभावले दुबैलाई ओझेलमा पार्छ।वोनह्योले ३२ वर्षको उमेर मैं ऊईसाङ्गसंग चीनको असफल यात्राको समयमा ज्ञान प्राप्त गर्नु भएको थियो भनिन्छ। एकदिन उनीहरुको यात्रामा बिच बाटोमा रात परेको बेला भयंकर आँधि आयो, त्यसैले उनीहरू एउटा ओढारमा बस्न गयो। आधारातमा निद्राबाट ब्युँझदा वोनह्योलाई ज्यादै तिर्खा लाग्यो। अँध्यारोमा छामछाम छुमछुम गर्दै पानी खोज्दै जाँदा एक वटुको पानी भेट्टायो। खुशी भएर त्यो पानी पियो। पानी मीठो लाग्यो र त्यसको प्रशंसा गर्‍यो। भोलीपल्ट विहान उज्यालो हुँदा उनीहरुले देख्यो कि उनीहरू त एउटा खुल्ला चिहानमा सुतेको रहेछ। वोनह्योले पिएको पानी मुर्दाको खप्परबाट झर्न लागेको श्रीपेचमा वर्षाको पानी जम्मा भएको चाहिं रहेछ।यो अनुभवले वोनह्योको मनमा एक स्पष्ट महसूस भयो कि सबै मान्यता र मन पर्नु नपर्नु, हुन्छ हुँदैन भन्ने सबै मनको कुरा मात्र रहेछ।यो महसूसलाई वोनह्योले ज्ञानप्राप्ति सम्झ्यो र ग्रन्थहरूको पढाईले केही फाईदा नहुने देखेर शिल्ला फर्क्यो।
वोनह्योको बाँकि जिवन जुन राम्रोसंग परख गरिएको थियो, उहाँको ज्ञानप्राप्तिको कथाको कारणले मार्गमा अग्रगामी, भावात्मक समृद्धिले परिपूर्ण व्यक्तित्वको थियो।वोनह्योले धेरै समय विभिन्न ठाउँ डुलेर, सबै विभिन्न खालका मानिसका समूहलाई बुद्धधर्मको शिक्षा दिएर व्यतित गरे।उहाँले आफ्नो शिक्षणमा आफैले रचेका गीतहरू गाउन लगाउँनु हुन्थ्यो।आफैले वासुरी बजाउनु हुन्थ्यो वा भुइँमा ढोल बजाए झैं ताल दिने गर्नु हुन्थ्यो।पछि उसले रक्सी र मासु पसलहरू प्रशस्त खोल्न दियो, आफ्नो पछिल्लो जिवन एक राजकुमारीसंग यौन लिलामा वितायो। ती राजकुमारीबाट उनलाई एक पुत्र लाभ भयो जसको नाम सोलचोङ्ग हो र उनी शिल्लाकालका एक ठूला विद्वान थिए भन्ने कथा समेत जोडिएको पाइन्छ। उनको पछिल्लो जिवन ऐश आराम र विलासपूर्ण रहेको, जुन धर्मानुकुल नरहेको देखिन्छ।
यस अतिरिक्त वोनह्यो बौद्धग्रन्थहरूको पोख्त र प्रभावकारी टिपण्णीकार एवं समालोचक हुनुहुन्थ्यो। २० अथवा सो भन्दा बढी कृतिहरूमा ५ वटा ठूला कृतिहरू कमल, निर्वाण, रत्‍न सूत्र, महायानमा विश्वासको अभ्यूदय, र सर्वसाधारणका लागी एउटा सानो किताब (Hand Book of Buddhism) थिए। वोनह्योका सबै कृतिहरू, बुद्धका उपदेशहरूमा भएका समान खालका कुराहरू र त्यसका विभिन्न् धारहरू जुन उहाँले कोरियामा बौद्धहरू सम्प्रदायहरुमा विभाजित हुनु भन्दा अगाडि नै पनि अनुभव गर्नु भएको थियो, त्यसमा आधारित थिए।वोनह्योका सैद्धान्तिक स्थिति प्रभावकारी नै थिए तापनि अन्तिम अवस्था ६८६को क्रियाकलापले कोरियामा बुद्धधर्मका विशेष सम्प्रदायहरू छुट्टै पहिचान लिएर देखा पर्न थालेको जनाउँछ। भवतु सब्ब मंगलं।

साभार भगवान बुद्धकाे मार्ग फेसबुक पेज