निर्वाणको सुख

निर्वाणको सुख अरू साधारण सांसारिक सुखबाट अलग हुन्छ। निर्वाणिक सुख न त बासी हुन्छ न त एकोहोरो वा उराठ लाग्दो हुन्छ।यो एउटा यस्तो सुख हो, जुन कहिल्यै ओइलाउँदैन, र बढ्ने, घट्ने वा अस्थिर वा चलायमान हुँदैन। यो सुख, दु:खको महसूस र खुशीले उछिलिने संवेगलाई कमजोर गरी आएको (वुपसमसुख) हुन्छ जुन अस्थायि सांसारिक सुख जस्तो हुँदैन। सांसारिक सुख केहि ईच्छाको पूर्तिको परिणाम हुन्छ (वेदयित)।
“बहुवेदनीय सूत्त”मा बुद्धले सुखलाई १० तहमा गणना गर्नु भएको छ। मोटामोटी भौतिक सुख जुन चेतनाहरूको रमाइलो उत्तेजनाको परिणाम स्वरूप हुने सुख देखि शुरू गर्नु भएको छ। नैतिक धरातलको उचाई पछि उचाईमा पुग्दै गए पछि सुखको स्वभाव पवित्र र उच्च, अचम्म लाग्दो र शब्दले वर्णन गर्नै नसक्ने हुँदै जान्छ।यस्तो हुन्छ कि संसारले यस्तो सुख विरलै जान्दछ। प्रथम ध्यानमा एक साधकले पञ्च ईन्द्रियलाई छिचोलेर गएको सुखको अनुभव गर्छ, जुन पाँच ईन्द्रीयहरू देखि पूरै स्वतन्त्र हुन्छ। यो सुख पाँच ईन्द्रीयहरूको सुखको चाहनालाई रोक्दै अनुभव गरिन्छन्। चतुर्थ ध्यानमा यस्तो सुखलाई पनि नकार्छ, त्यसमा कुनै फाईदा वा उपलब्धिमूलक देख्दैन र उपेक्षालाई सुख मान्न थाल्छ।

 
बुद्ध भन्नु हुन्छ, “हे आनन्द ! ईन्द्रीय अंगहरू नै पाँच बन्धन हुन्।कुन पाँच? आँखाबाट जानिने वस्तु (रूप), मन पर्ने, सुन्दर, मोहित बनाउने, मनपराएर मूर्ख बनाउने, त्यसैको प्यासी बनाउने, आशक्तिको धुलो उडाउने हुन्छ।यस्तै गरी कानले शब्द सुनेर, नाकले गन्ध थाहा पाएर, जीब्रोले स्वाद लिएर, शरीरले स्पर्श गरेर, मनपर्ने, सुन्दर, मोहित पार्ने, पागल सरि भुतुक्कै हुने, त्यसैको प्यासी बनाउने, र आशक्तिको धुलो उडाउने हुन्छ।हे आनन्द ! यी पाँच ईन्द्रिय बन्धन हुन्। ती पाँच ईन्द्रीयहरूबाट प्राप्त हुने जुनसुकै सुखलाई पनि ईन्द्रिय सुख भनिन्छ।
कसैले त्यो सुख नै सर्वोत्तम सुख हो भन्छ भने म स्विकार्दिन, किनभने त्यो भन्दा ठूलो सुख अरू छन्।
त्यो अरू कुन हो त? यहाँ भिक्षुहरू ईन्द्रिय सुखको चाहानाबाट अलग बस्छन्, अनैतिक अवस्थाबाट टाढा, प्रारम्भिक र एकान्तवासबाट उत्पन्न स्थिरता, ‘प्रथम ध्यान’ को खुशी र सुखमा प्रसन्न रहन्छ। यो सुख बढी उच्च र अचम्म लाग्ने हुन्छ।

 
कसैले यो नै सर्वोत्तम सुख हो भनेर भन्यो भने म स्विकार गर्दिन। किनभने यो भन्दा ठूलो सुख अरू छन्।
हे भिक्षुहरू ! अझै प्रारम्भिक स्थिरताका उपयोगहरूसाथ मनमा शान्ति वर्तदै, एकाग्र, एक विन्दूमा स्थिर रहेर
त्यो प्रारम्भिक स्थिरतालाई पनि छोडेर एकाग्रताको कारण द्वितीय ध्यानबाट प्राप्त खुशी र सुखमा रहन्छ। यो सुख माथि उल्ले्ख गरिएको सुख भन्दा उच्च र अचम्म् लाग्दो हुन्छ।
अझै पनि कसैले यो नै सर्वोत्तम सुख हो भन्यो भने म स्विकार्दिन। किनभने यो भन्दा उच्च र अचम्म लाग्ने सुख अर्को छ।
हे भिक्षु ! त्यो खुशीलाई हटाएर, निर्मल र शान्त स्मृतिपूर्वक, र पूरै होसमा, शरीरमा अनुभव गरेर जस्तो कि आर्यहरूले भन्छन्, “समता र स्मृतिपूर्वक प्राप्त भएको वरदानजन्य सुख” अनुभव गरेर बस्छ। यसरी ‘तृतीय ध्यान’ को सुखमा रहन्छ।
अझै कसैले यो ने सर्वोत्तम सुख हो भनेमा म होइन भन्छु। किनभने यो भन्दा उच्च शान्तिदायि सुख हुन्छन्।
यहाँ एउटा भिक्षुले रमाईलो र पीडालाई त्यागेर खुशी र शोकलाई पछाडी छोडेर, दु:खरहित, रमाईलोपन रहित, पूर्ण समता र स्मृतिमा रहेर चतुर्थ ध्यानको सुखमा रहन्छ। यो अर्को सुख हो जुन बढी उच्च र अचम्म लाग्ने छ।

भगवान बुद्ध को मार्गको फेसबुक पेजबाट प्राप्त