विश्व सम्पदा अजन्ताका बौद्ध गुफा घुम्दा

विमला शाक्य
थेरवाद बुद्धिष्ट एकेडेमीमा बुद्धधर्ममा एम ए दोस्रो तहमा अध्ययन गरेको समयमा छ वटा विषयहरुमध्ये बुद्धिष्ट आर्ट एण्ड आर्किटेक्चर विषय पनि पढ्नुपर्ने थियो । आफुलाई यस विषयमा अलि बढी नै रुचि थियो किनकि सानैदेखि कलाकारको घरमा हुर्केको भएर मूर्तिकला कस्तो हुनुपर्छ भन्ने कुरामा थोरबहुत ज्ञान थियो । यस विषयमा बुद्धकालमा कलाको विकासक्रम देखि लिएर बुद्धकालपछि बौद्धकलाको विकास त्यसैगरि भारत लगायत दक्षिण एशियाली बौद्ध मुलुक म्यानमार, थाईलैण्ड, श्रीलंका तथा नेपालमा पनि बौद्धकलाको शुरुवात कसरी कहिले भयो भन्ने विषयमा अध्ययन गर्ने क्रममा हाम्रो कलेजका संयोजक एवं गुरु शिक्षक महेन्द्ररत्न शाक्यले भारतमा बौद्धकलाको शुरुवात र विकासक्रमको बारेमा जानकारी दिनुभएको थियो । यसै क्रममा भारतको महाराष्टÈको औरंगाबाद जिल्लामा रहेको विश्व प्रसिद्ध अजन्ता एलोरा गुफाको बारेमा जानकारी दिनुहुँदा मेरो मन साह्ै चन्चल भएको थियो कि त्यस ठाउँ कहिले प्रत्यक्ष आप्mनो आँखाले अवलोकन गरौं, अझ बढी जानकारी लिऔं । मलाई मात्र होइन मेरा सहपाठीहरुलाई पनि मेरो जस्तै चाहना थियो त्यस ठाउँमा घुम्ने । यसै खुल्दुलीलाई मेटाउन जाडो यामको दुई हप्ताको बिदाको समयमा शैक्षिक भ्रमण लाने कुरा उठ्यो । यसबेला प्राय साथीहरुले अजन्ताको भ्रमण गर्ने कुरा उठाउनुभयो । कलेजबाट अजन्ता एलोरा लाने निश्चित भयो ।
भारतको दक्षिणमा पर्ने महाराष्ट्र राज्यको औरंगाबाद जिल्लामा रहेको विश्वप्रसिद्ध अजन्ता एलोरा गुफा हेर्न हामी सन् २०१४ जनवरी ११ का दिन लुम्बिनी भैरहवा हुँदै गोरखपुर रेलवे स्टेशन पुग्यौं । त्यहाँबाट झण्डै २८ घण्टाको रेलयात्रा पछि हामी जलगाउँ स्टेशन ओर्लियौं र त्यहाँबाट बस चढी अजन्ता नजिकैको महाराष्टÈ पर्यटन निगमको गेष्ट हाउसमा करीब २र३ घण्टाको लागि आराम गर्यौं किनकि त्यहाँ पुग्दा रातीको ३ बजिसकेको थियो । विहान हामी चिया नास्ता खाई एकछिन त्यहीं वरिपरि घुमघाम गरी विहानको खाना खाई हामी अजन्ता गुफा हेर्न त्यस ठाउँ पुग्यौं ।
अजन्ता गुफाको परिसरमा टिकट काउण्टर अगाडि ठूलो बोर्ड राखिएको थियो जसमा केहि निर्देशनहरु राखिएका थिए । अगाडि पार्क बनाइएको थियो जहाँ अजन्ता गुफा घुमेर एकछिन थकाई मार्दा आनन्द आउँथ्यो । त्यसै पार्कलाई दायाँतिर पार्दै सयौं खुड्किलाहरु चढ्दै गयौं। जति जति खुड्किलाहरु चढ्दै गयौं सिंगो पहाडी चट्टानलाई ताछेर बनाइएका श्रृंखलाबद्ध रहेको अजन्ताका गुफाहरु टाढैबाट देखिन थाल्यो । उजाड देखिने पहाडमा अजन्ताका झण्डै ३० वटा गुफाहरु लहरै थियो । ती सबै गुफाहरुले बौद्धकलाको प्रतिनिधित्व गरीरहेको थियो त्यसैले त सन् १८१९मा पत्ता लागेको यस अजन्ता गुफाले भारतलाई संसारभर चिनाउन मद्दत गरेको छ । बौद्धकला संस्कृतिले भरिपूर्ण यस गुफा २०० द्यऋ देखि ६५० ब्म् सम्म सातवाहन कालदेखि काकाटका कालसम्म बनेका थिए । बेलायती अफिसर जोन स्मिथ शिकार खेल्न जाने क्रमका पारिपट्टीको पहाडबाट अजन्ताका गुफा देखेका थिए र उनले महाराष्टÈको प्रशासनलाई खवर गरेका थिए । त्यसबेलादेखि अहिलेसम्म अजन्ताको कला र आर्किटेक्चरले संसारभरका कला पारखीहरुलाई मन्त्रमुग्ध पारेको छ ।
अजन्तामा रहेका ३० वटा गुफाहरुमध्ये ५ वटा गुफा चैत्य रहेका छन भने बाँकी २५ वटा विहार गुफाहरु ८,९,१०,१२,१३ र ३० हिनयान (थेरवाद) गुफाहरु हुन् भने बाँकी गुफाहरु महायान गुफाहरु हुन् । यी दुई थरीका गुफाहरुमा यो कुरा भिन्नता छ कि हिनयान गुफाहरुमा बुद्धको प्रतिकका रुपमा चैत्य, वोधिवृक्ष, पाऊ, वा धर्मचक्र रहेको छ भने महायान गुफाहरुमा बुद्ध प्रतिमा नै राखिएका छन् ।
यहाँ बुद्ध र वोधिसत्वहरुका भव्य मूर्तिहरु, भित्ते चित्रहरु, सिलिङ्ग चित्रहरु प्रवेशव्दार तर्पmका बाहिरी मोहदाहरु झ्याल ढोका र बाहिरी मोहदामा कुँदिएका मूर्तिहरु बुट्टेदार खम्बाहरु भिक्षुहरुको आवास विहारहरु र चैत्य गृहहरु यहाँका मुख्य आकर्षक कलाकृतिहरु हुन् । भित्ते चित्रहरुमा विभिन्न जातक कथाहरु र बुद्धजीवनीका विविध पक्षहरु चित्रित हुनु यहाँका गुफाहरुका आर्कषण हुन् ।
कलाकारले यी गुफाहरुमा कुँदिएका मूर्तिहरु केवल घन र छिनाको प्रयोगले मात्र बनाएका हुन् भन्दा अचम्म लाग्छ किनकि विशाल मूर्तिहरु त्यसका साथै आर्कषक बुट्टाहरु ढुंगामा कुँदिएको देख्दा अचम्मित हुन्छौं । हुनत नेपालमा पनि ठूलठूला प्रस्तरका मूर्तिहरु छन् तर त्यहाँ गुफाभित्र बडेमानका मूर्तिहरु देख्दा र ती मूर्तिहरु कुँद्नका लागि बाहिर ऐना राखी त्यसको उज्यालोको भरमा बनाएको भनेर एक जना गाइडले जानकारी दिंदा ती महान कलाकारहरुको दक्षता अनि लगनशीलता प्रष्ट हुन्छ । मूर्तिकला मात्र होइन यहाँका भित्ताहरुमा कोरिएका चित्रहरुले पनि जो कोही मानिस मोहित हुन्छन् । यहाँका भित्तेचित्रहरु विश्व प्रसिद्ध छन् । भित्ते चित्र कोर्न अघि भित्तामा माटो, गोबर र भुस मिसाएर लेप लगाई त्यसमाथि चित्रहरु कोरी पछि रंग भरेका छन् । यहाँका भित्ते चित्रहरुलाई पनि दुई किसिममा विभाजन गरिएको पाईन्छ भित्ते चित्र र सिलिङ्ग चित्र । सिलिङ्ग चित्रहरुमा प्रकृतिलाई बढी महत्व दिएको पाईन्छ जस्तो पूmलहरु, लहराहरु, चराहरु, जनावरहरु आदिका चित्रहरु कोरिएको पाईन्छ भने भित्ते चित्रहरुमा बुद्ध र वोधिसत्व, बुद्ध जीवनी, जातक कथाहरुलाई चित्र मार्पmत उजागर गरेको पाईन्छ ।
अव म क्रमशः अजन्तामा रहेका ३० वटा गुफाहरुको बारेमा सविस्तार जानकारी दिन चाहन्छु । अजन्ताका गुफाहरु अवलोकन गर्ने क्रममा सवभन्दा पहिला जुत्ता खोलेर लाईन लागी गुफा नं १ देखि क्रमशः २,३,४ हुँदै २६ सम्म गयौं ती गुफाहरु हेर्न झण्डै ४ घण्टा लागेको थियो ।
श्रृंखलाबद्धरुपमा रहेको अजन्ता गुफा

गुफा नं १ः गुफा अवलोकन गर्ने क्रममा अजन्ताको पहिलो एवं सर्वोकृष्ट गुफा नं १मा प्रवेश गर्यौं । गुफा अलि अँध्यारो भएकोले भित्र छिर्ने बित्तिकै अँध्यारोले केही देख्न सकेन टर्चको सहायताले केही मधुरो उज्यालोमा त्यहाँका भित्ताहरुमा आँखा दौडाएँ । किताबमा पढेको कुरालाई आप्mनै आँखा अगाडि प्रत्यक्ष देख्न पाउँदा एकदम रोमान्चित र उत्सुकता जागेको थियो । यस गुफाको मुख्य आकर्षण भनेको कमलको पूmल समातिरहेको पद्मपाणी वोधिसत्व र बज्रपाणी वोधिसत्वको भित्ते चित्र थियो जुन संसारभर प्रख्यात छन् । ढोकाभित्र छिर्ने वित्तिकै दाँया बाँया यी दुई चित्रले कलापारखीलाई न्यानो स्वागत गरिरहेको थियो । यसबाहेक यस गुफाको भित्तामा कोरिएको सिवि जातक, शंखपाल जातक, महाजनक जातक, चम्पेय जातकमा आधारित चित्रकलाले वोधिसत्वको पूर्व जन्मका कथाहरुलाई सजीव पार्दछ ।सिवि जातकमा वोधिसत्व सिवि राजा भई जन्म हुँदा बाजले परेवालाई मार्न खोज्दा परेवालाई बचाउन आप्mनो शरीरको मासु परेवा बराबर काटेर तराजुमा जोख्दै गरेको चित्रले वोधिसत्वको दान पारमितालाई छर्लङ्ग पार्छ । त्यस्तै शंखपाल जातकमा आधारित चित्रकलामा वोधिसत्व शंखपाल नागराजाको रुपमा जन्म भएको थियो । उनलाई मानिसहरुको समूहले घिसार्दै ल्याएको र एक जना अलार नामका गृहस्थीले बचाएको थियो । उक्त चित्रमा अलार तपस्वी बनेको शंखपालको यातना र नागराजाको उपदेश दिइरहेको चित्र कोरिएको छ ।
त्यसैगरि वोधिसत्व महाजनको रुपमा जन्म हुँदा सांसारिक सुखभोग त्याग गरी प्रवजित जीवन अंगालेको चित्रित गरेको छ । बज्रपाणी वोधिसत्वको चित्र संगै चम्पेय जातकको आधारमा चित्रहरु कोरिएका छन् । यतिमात्र होइन सिलिङ्गमा पुष्पलता पशुपंक्षीहरुको चित्र सुन्दररुपले कोरिएका छन् जुन गुफाको भित्ताहरुमा एउटा पनि ठाउँ खाली छैन जहाँ चित्रहरु नकोरिएका हुन् ।
गुफा नं २ः पहिलो भव्य गुफा हेरिसकेपछि हामी गुफा नं २ मा प्रवेश गर्यौं यहाँ पनि त्यस्तै गरी चित्रहरु कोरिएका थिए तर गुफा नं १ भन्दा भिन्न । ६ औं शताब्दीमा निर्माण गरिएको यस गुफामा मध्य भागमा बुद्ध प्रतिमा कुँदिएको छ ।
यस गुफामा बुद्धको विभिन्न मुद्राको मूर्तिहरु पाईन्छ जसलाई mष्चबअभि या कचबखबकतष् (तजयगकबलम द्यगमजबक) भनेर उपनाम दिइएको छ । यस गुफाको भित्तामा बुद्ध जन्म लुम्बिनीलाई चित्रण गरिएको छ । मायादेवीले स्वप्न देखेको सेतो हात्ती, तुषित भुवन, ब्राम्हणहरुले मायादेवीको स्वप्नबारे बताइरहेको आदि चित्रहरु सजीवरुपमा कोरिएका छन् । मायादेवी एउटा रुखको हाँगालाई आधार लिएर उभिरहेको नवजात वोधिसत्वलाई ईन्द्रले दुवै हातले उठाइरहेको चित्र यस गुफाका मुख्य चित्रकला हुन् । त्यसैगरि यस गुफाको भित्तामा पनि हारती र कुवेरको चित्र कोरिएका छन् जुन महायान धर्मका यक्षनी र धनको देवता हुन् । यस बाहेक हंस जातक, विदुर जातक, तथा रुरु जातकको चित्रण सुन्दरढंगले प्रस्तुत गरिएका छन् ।
गुफा नं ४ः अजन्तामा रहेका गुफाहरु मध्ये आकारमा ठूलो मानिन्छ जसलाई २८ वटा खम्बाहरुले आधार दिइरहेको छ । जुन खम्बाहरुमा आकर्षक बुट्टाहरु कुँदिएका छन् । विच भागको माथि सिलिङ्ग अधुरो अवस्थामा छोडिएको छ यस गुफाको मुख्य भागमा पद्मासनमा आसिन बुद्ध मूर्ति रहेको छ । गुफाको मध्य भागमा प्रवेशव्दार रहेको छ भने प्रवेशव्दारमा व्दारपाल, उडिरहेको आकृति रुख समातिरहेका बालिकाहरु साथै बुद्धको र पुष्पहार लिइरहेका गण वा वामनको चित्रहरु कोरिएका छन् । वोधिसत्व अवलोकितेश्वरको मूर्ति राखिएको छ त्यससँगै सिंह, नाग, हात्ती, आगो यक्षनी आदिको मूर्तिहरु रहेका छन् ।
गुफा नं ६ः दुई तल्लाको यस गुफाको प्रवेशव्दार कलात्मक रहेको छ । भुईंतल्लामा १६ वटा अष्टकोणाकार खम्बा रहेको छ भने बुद्धको प्रतिमाको साथमा अरु उभिएको बुद्ध मूर्तिहरु छन् । माथिल्लो तल्लामा केवल एउटा कलात्मक चित्र कोरिएको छ ।
गुफा नं ७ः यो गुफा अरु गुफाभन्दा अलग छ किनकि आयताकार यस गुफामा कोठाहरु नभई दुईवटा सानो सानो मण्डप रहेको छ । यहाँ रहेको बुद्धको प्रतिमा पछाडि प्रभामण्डल पनि रहेको छ । जसले श्रावस्तीको प्रभामण्डललाई प्रस्तुत गरेको छ ।
गुफा नं ९ः अर्धगोलाकार स्तूपको आकारमा निर्माण गरिएको यस गुफामा २३ वटा खम्बाहरु रहेको छ भने विचमा स्तूप रहेको छ जसले यो गुफा हिनयान गुफा भनेर सजिलै चिनाउँछ । यस गुफाको सिलिङ्गमा चित्रकलाले सजिएको छ जसमा बुद्धको चित्रहरु विभिन्न मुद्रामा कोरिएका छन् ती चित्रहरु गन्धार कला शैलीबाट प्रेरित भएको देखिन्छ ।
गुफा नं १०ः यो गुफा एउटा पुरानो हिनयान गुफा हो जुन सन् १८१९ मा व्रिटिस सिपाही जोन स्मिथले पहिलो पटक देखेको गुफा हो । यसकारणले गर्दा पनि अजन्ताका अरु गुफाहरु भन्दा यो महत्वपूर्ण रहेको छ । यो गुफाको अगाडिको भाग ४५ फिट अग्लो छ भने भित्र ३९ वटा खम्बाहरुले गुफालाई आधार दिएका छन् । यस गुफा, गुफा नं ९ संग मिल्दोजुल्दो छ तर यसको विच भागमा ठूलो स्तूप रहेको छ । दायाँ भित्तामा जातक कथा चित्रित गरिएकाृ छ भने चित्रमा एकजना राजा आप्mना सैनिकहरु नर्तकहरुका साथ वोधिवृक्ष एवं स्तूप पूजा गरिरहेको देखिन्छ ।
गुफा नं ११ः अजन्ता गुफा पत्ता लागेको गुफा नं १० उत्खनन् पछि दोस्रो चरणमा उत्खनन् गरिएको मानिएको यस गुफाको सिलिङ्गमा रुख, सुन्दर पशुपंक्षीको चित्र तथा रेखागणितीय आकृतिहरु चित्रित गरिएको छ भने चारकुने यस गुफालाई चार वटा खम्बाले आधार दिएको छ र मध्य भागमा बुद्धको प्रतिमा रहेको छ ।
गुफा नं १३ः यस गुफा उत्खननको पहिलो चरणमा नै पत्ता लागेको यस गुफामा सात वटा कोठा रहेका छन् जहाँ ढुंगाको शैय्या बनाइएका छन् । यी गुफा विहार पानी पर्ने मौसममा भिक्षुहरु बस्नको लागि प्रयोग गरिएको मानिन्छ ।
गुफा नं १४ः यो गुफा, गुफा नं १३ को माथिल्लो अग्लो भागमा रहेको छ । अपूर्ण अवस्थामा रहेको गुफाबाट यस गुफामा जानुपर्छ । मध्य भागमा प्रवेशव्दार छ । अजन्तामा रहेका महायान गुफाहरु मध्ये यो पनि एउटा हो ।
गुफा नं १५ः दुईवटा बाटो भएको यस महायानी गुफामा स्तूप रहेको छ जसको तल्लो भागमा सर्पाकार आकारको छत भएको र माथिको भागमा चैत्यका आकृतिहरु रहेका छन् । यसका साथै परेवाका जोडी कुँदिएको छ भने कोठाको पछाडि भागमा सिंहासनमा बसिरहेको बुद्ध प्रतिमा छ ।
गुफा नं १६ः अजन्तामा रहेका गुफाहरुमध्ये सर्वोकृष्ट गुफाहरुमा यो गुफा पनि पर्छ । यस गुफामा वाकाटका राजा हरिसेनको मंत्री वराहदेवको दान शिलालेख छ जसमा राजा हरिसेनले यो गुफा भिक्षुहरुलाई दान दिएको भनी उल्लेख गरेको छ । यस गुफाको हल २० वटा खम्बाहरुले आधार दिएको छ । जसमा युगल जोडी, अप्सरा र वाद्यवादकहरुका सुन्दर आकृतिहरु कुँदिएका छन् । उपदेश दिइरहेको मुद्रामा रहेको बुद्धको प्रतिमालाई परिक्रमा गर्न मिल्ने गरि बनाइएको छ भने यसको बायाँतिर बुद्धको दिदी नन्दा, मृत्यु शैय्यामा लेटीरहेको चित्र रहेको छ यसकारण यो गुफा “तजभ मथष्लन उचष्लअभकक” को नामले विश्व प्रख्यात छ ।
यस चित्रको दायाँ ढोकातिर सिद्धार्थ राजकुमार धनुष चलाइरहेको चित्र कोरिएको छ । यसैगरि जातक कथाका दृश्यहरु पनि चित्रित गरिएको पाईन्छ जसमध्ये एउटामा वोधिसत्व एक हात्ती एवं निर्णायकका रुपमा दुईजना स्त्रीहरु एक जना बच्चालाई आप्mनो बच्चा भनी दावी गर्दै झगडा गरिरहेको बेला निर्णायक भूमिका खेलेको दृष्य अंकित छ ।
गुफा नं १७ ः अजन्ताका गुफाहरुमा रहेका भित्ते चित्रहरु मध्ये बढी सुरक्षित अवस्थामा रहेको गुफा यो पनि हो । यस गुफाको प्रवेशव्दार माथि सप्त बुद्धहरु विपश्वी, सिखी, विश्वभू, क्रकुच्छन्द, कनकमुनि, काश्यप, शाक्यमुनि र मैत्रेय वोधिसत्व (भविष्यको बुद्ध) का चित्रहरु कोरिएका छन् भने मुख्य व्दारको वायाँ छद्दन्त जातक चित्रित छ । यस जातकमा काशीराजाकी रानीले दन्तको लागि शिकारीव्दारा वोधिसत्व छद्दन्त हात्तीलाई मार्न लगाए । कोमल हृदय भएको हात्तीलाई शिकारीले बाणले हानेर मार्न लगाए । शिकारीले वोधिसत्वलाई अभिवादन गरी क्षमा मागी दन्त निकालेर राजधानी फर्के । यो हृदयविदारक दृष्य हेर्न नसकी अन्तमा रानीले प्राण त्याग गरिन् । यसै चित्रको अगाडि महाकपि जातकको चित्र कोरिएको छ जसमा वोधिसत्व महाकपि बाँदर भई जन्म लिएको बेला आप्mना साथीहरुलाई बचाउन आप्mनो प्राण त्याग गरेका थिए । यस जातकमा वोधिसत्व आप्mना बाँदर साथीहरुसंग आँप खान नदी पारी गएका थिए यसैबेला काशीका राजा ब्रम्हदत्तले उनलाई घेरेर मार्न लागेको थाहा पाए । त्यसकारण उसले आप्mनो साथीहरुलाई नदी पार गराएर बचाए अन्तमा देवदत्त (बाँदर रुप) ले उसको पेटमा जोडले टेकी नदीपार गरे जसले गर्दा वोधिसत्वको मृत्यु भयो । यो दृष्य देखी राजाले नोकरलाई वोधिसत्व बाँदरको शरीर कम्बलले लपेटी लिन लगायो । यस्तै अर्को जातक वेस्सन्तरको पनि सुन्दर चित्रहरु कोरिएका छन् । राजा वेस्सन्तर दानी भएकाले उनलाई राजाले देश निकाला गरिदिए । देश निकाला गरेपछि उनी जंगलमा गए जहाँ उनले धेरै दुःख कष्ट भोग्नुपर्यो। आप्mना प्राण भन्दा प्यारा छोरछोरी र स्त्रीलाई समेत एकजना बूढो भेषमा आएका ईन्द्रलाई दान गर्नुपर्यो । पछि उनले वोधिसत्वलाई नै फिर्ता गरिदिए । अर्को जातक निग्रोध मृगको जातकलाई पनि अजन्ताका भित्तामा सुन्दरढंगले कोरिएको छ । निग्रोध जातकमा वोधिसत्व निग्रोध मृगको रुपमा जन्म भएको थियो भने यस जातकमा उनले गर्भिणी मृगको ज्यान बचाउन आप्mनो ज्यान दाउमा राखेको थियो । अभयदान प्राप्त निग्रोध मृग सहित राजाले सबै मृगहरुलाई अभयदान दिएको थियो । यसै गरि यस गुफामा श्रावस्तीमा तिर्थंकरहरुलाई देखाउनुभएको बुद्धको चमत्कार तथा त्रयतिंस देवलोकबाट आप्mना आमा मायादेवीलाई उपदेश गरी संकाश्य नगरमा ओर्लेको दृष्य पनि चित्रण गरिएको छ ।बायाँ ढोकातिर आठ वटा मानिसको जोडीलाई फरक फरक ढंगले उनीहरुको जीवन चक्र प्रस्तुत गरिएको छ ।
गुफा नं १९ः अजन्ताका सर्वोकृष्ट गुफाहरु मध्ये यो एउटा पनि हो । यस गुफामा एकदम कलात्मक ढंगले चैत्य निर्माण गरिएको छ जसमा माथिदेखि तलसम्म बुद्धमूर्ति कुँदिएको देख्न सकिन्छ भने तीनवटा ढुंगाका े छत्रले माथिबाट चैत्यलाई ओत दिएको छ । बुद्धको मूर्ति, घोडा चढेका, उडिरहेका सुन्दर आकृति कुँदिएको खम्बाहरुले यस गुफालाई सजाइएको छ ।
गुफा नं २०ः यस गुफा भित्र सानो बौद्ध मन्दिर रहेको छ जसको भित्र सुन्दर तरीकाले नक्सांकन गरिएको छ । गुफा भित्र कुनै पनि खम्बाहरु छैन तर भित्र बनेका कोठाहरुमा मन्दिरको माथि रहेको शिखर संग मिल्दो जुल्दो कला निर्माण गरिएको छ ।
गुफा नं २१ः आंशिक रुपमा मात्र पूर्ण अवस्थामा रहेको यस गुफा सुन्दर कलात्मक खम्बाहरुले सजिएको छ । बायाँ ढोकानिर भगवान बुद्ध जनसमुदायलाई उपदेश दिइरहेको भव्य चित्र रहेको छ । त्यसैगरि हारती देवीको चित्र र त्यसको दायाँतिर उनको सेवक र बायाँतिर नागराजाको दरबार चित्रित गरिएको छ ।
गुफा नं २२ः उचाईंमा बनाइएको यस गुफामा चारवटा अपूर्ण कोठाहरु रहेका छन् । वेदिकाको दायाँ ढोकातिर मैत्रेय वोधिसत्वका साथ वोधिवृक्षको मुनि सातजना बौद्ध उपासकहरुको चित्र कोरिएको छ ।
गुफा नं २६ः यस गुफाको चैत्य कक्षको भित्री भागमा धेरै शोभायमान बुद्ध प्रतिमाहरु रहेका छन् । मुख्य स्तूपको बिचमा बसिरहेको विशाल बुद्ध मूर्ति रहेको छ । यस गुफाको मुख्य आकर्षण भनेको एउटा मार विजय चित्र र अर्को बुद्धको महापरिनिर्वाण मूर्ति हो । वोधिसत्व बुद्धत्व प्राप्तिका लागि बोधिवृक्ष मुनि ध्यान गरिरहेको अवस्थामा मारका सेनाहरु आई ध्यान विथोल्ने प्रयास गरेका थिए तर उनीहरुले वोधिसत्वलाई केहि बाधा पुर्याउन सकेन अन्तमा मारले आफ्ना तीनजना अति सुन्दरी छोरीहरुलाई पठाई वोधिसत्वलाई बाधा पुर्याउन पठाए । उनीहरुले आपूmले सकुन्जेल वोधिसत्वको अगाडि अनेक तरहले नाजगान गरे तैपनि उनीहरुले केही गर्न सकेन यही कुरालाई यस गुफाको भित्तामा चित्रण गरिएको छ । मार पुत्रीहरुलाई अति सुन्दर मुखाकृतिका साथ उनीहरुलाई नृत्यागंनाको रुपमा प्रस्तुत गरिएको छ ।
यस गुफाको अर्को आकर्षण भनेको बुद्धको सिंहशैय्यामा महापरिनिर्वाण भएको मूर्ति रहेको छ जुन ३२ हात लामो छ । यसै मूर्तिको तल बुद्धका शिष्यहरु भावविव्हल मुद्रामा रहेका छन् भने माथि देवलोकबाट देवताहरुले पुष्प गुच्छा चढाइरहेको कलाकृति रहेको छ ।
गुफा नं २७ः गुफा नं २६ संग जोडिएको यस गुफामा वेदी र एउटा उपकक्ष पनि रहेको छ जसको अगाडिको भाग हुँदै नाग राजा र छेपुको माथि युगल जोडी सौम्य मुद्रामा र एक स्त्री एउटा पंक्षीलाई हातमा लिई रहेको चित्र छ । वेदीमा उपदेश दिइरहेको मुद्रामा बुद्धको मूर्ति रहेको छ ।
यी गुफाहरु बाहेका गुफा नं ३,५,८,२३,२५,२८ र २९ अपूर्ण अवस्थामा रहेको पाईन्छ । अजन्ताका गुफाहरुलाई दुई चरणमा विभाजन गरी उत्खनन् गरेको पाईन्छ । पहिलो चरणमा ई.पू. २ शताव्दीदेखि ई.पू. १ शताव्दी सम्म क्रमश ९ र १० चैत्य गुफा त्यसैगरि गुफा नं १२ र १३ बौद्ध विहार दोस्रो चरणमा ५औं शताव्दीदेखि ६ औं शताव्दीसम्म गुफा नं १९,२६ र २९ चैत्य गुफाहरु तथा गुफा नं १ देखि ७, ११, १४ र १८ त्यसैगरि बौद्ध गुफा २० देखि २५, २७ र २८ उत्खनन् गरेको मानिन्छ ।
अजन्ताका गुफाहरु धक मानुन्जेल अवलोकन गर्दै साँझको ५ बजेको पत्तै भएन घुम्दा घुम्दै सबै साथीहरुलाई थकाई पनि लागिसकेको थियो भने खानेकुरा केही लग्न नपाईने भएकोले भोक पनि लागिसकेकोले फर्केर पार्कमा केही वेर आराम गर्यौ र गेष्ट हाउसमा फर्कियौं ।
सन्दर्भ ग्रन्थहरुः
१. उपाध्याय, बासुदेव, प्राचीन भारतीय स्तूप, गुहा एवं मन्दिर, पटना ः बिहार हिंदी ग्रन्थ अकादमी, १९७२ ।
२  Mrs. Aswani Heera Nand,colorful Ajanta & Ellora A world heritage,Shri Nath Book Stall.