शाक्यमुनी बुद्धको धर्मचक्र प्रवर्तन

जीवन कुमार शाक्य

कपिलवस्तुका शाक्य राजा शुद्धोधनको जेठी रानी महामायाबाट बैशाख पूर्णीमा जन्मेका बच्चा जन्मने बित्तिकै ओलोकिक तरिकाले सात पाईला हिंडेका थिए । जन्मेको सातौं दिनमा महामायाको मृत्यु पछि सानीआमा प्रजापती गौतमीले आफ्नो दुध ख्वाई हुर्काईन् । देवदहका डण्डपाणीकि छोरी यशोधरासित बिहे हुने संयोग जुड्यो । राजपाठको कुनै मायाँमा नपरि बैराग्यता छाएपछि मानव कल्याणको लागि २९ बर्षको उमेर गृहत्याग गरे ।

जन्म जन्मान्तर सम्म दशपारमिता पार गरिसकेपछि राजकुमार सिद्धार्थ ६ बर्ष कठोर तप र अभ्यास स्वनुभुतिबाट ३५ बर्षको उमेरमा बैशाख पूर्णीमाको दिनमा सम्यक सम्बुद्ध हुनुभएपछि ७ दिन सम्म आफूलाई बुद्धत्व प्राप्त हुन्जेल सहयोग गर्ने सेवा गर्ने सबैलाई अन्तरमा करुणाको साथमा कृतज्ञताको भाव जाग्यो र सम्झि सम्झि गुण स्मरण गरेर मङ्गल कामना गर्नुभयो ।

त्यसपछि अब यो धर्म कसबाट आरम्भ गरु पहिला कस्लाई बाँडु को हुन योग्य पात्र ?  भनेर बोधिचित्त व्दारा हेर्नुभयो । गृहत्याग पछि आचार्य आलारकालाम र उद्दकरामपुत्त बाट सातौं र आठौं ध्यान सिकेका थिए । पहिला त यि दुबै योग्यछन तर दुबै दिवंगत भैसकेछन् । सातौं र आठौं ध्यानको समापत्तिको साधक हुनाले अरुप ब्रम्हलोकमा पुगिसकेकाछन् भनेर देख्नुभयो र तर अरुप भएकाले विपश्यना सिक्न असमर्थ हुने भएकाले अरुतिर करुणाको साथमा बोधिचित्त व्दारा हेरे  ।कौण्डण्य, भद्दीय,वप्प, महानाम र अश्वजित  यनिनहरुले ६ बर्ष सम्म सेवा गरेर धेरै सहयोग गरेर साथ छोडेर गएपनि योग्यपात्र हुन अवश्य सद्धर्मलाई राम्ररी बुझेर धारण गरेर मुक्त हुन सक्छन् तिनैबाट आरम्भ गर्नु उचित हुन्छ भन्ने सम्झि बोधिनेत्र व्दारा हेरेर बाणारसीको नजिक ऋषीपतन मृगदायमा छन् भन्ने देखेर भगवान उरुवेला बोधगया पुगे ।

पाँचै जनाले भगवान आफै तिर आईरहेको देखेर मनमा पूर्वाग्रहले ग्रस्तथियो र सोंच्यो उ !पथभ्रष्ट योगी आईरहेकोछ ।उपवास त्यागेर खान पिउन थाले दुर्बल चित्त को छ । कष्ट सहन नसकेर तपश्यम त्यागे यस्ता कसरी सम्यक सम्बुद्ध होलान् हामी तिर आईरहेकाछन् कुनै सम्मान गर्ने होईन न त कुनै बस्ने आसन नै दिने हो । तर ईक्ष्वाकु क्षत्रीय वंशमा जन्मेकाले आसनको त अधिकारी छ आसन राखि दिन्छु मनलागे बस्ला वा नबस्ला ।

भगवान नजिक पुग्दा नपुग्दै तिनिहरुको मन मैत्री र करुणाकव तरङ्गले उठेर अभिवादन गरेर चिवर पात्र समातेर सम्मान गरे । पाँचैजनाको मन अझै स्यानै छ भन्ने सोंचेर आयुष्मान भनेर सम्बोधन गरे तर भगवानले तिनिहरुको भूल सुधार गर्दै भन्नुभयो तथागतलाई नाम पुकारेर अथवा आयुष्मान भनेर पुकारनु हुंदैन । ति अब अमृतदर्शी सम्यक सम्बुद्ध भैसके । हेर मैले यस भन्दा अघि कहिल्यै सम्यक सम्बुद्ध भउको दावी गरिन । अब भए तब मात्रै भन्दैछु । यो सुनेर कौण्डण्यले सोंचे साँच्चै उस्ले झूठो बोलिरहेकोछैन ।

राजमहलमा राजकुमार छँदा पनि कहिल्यै झूठो कुरा नगरेर सत्यवादी भएको चर्चित नै थिए हुन सक्छ सम्यक सम्बुद्ध नै भैसके कि भनेर भगवानको देदिव्यमान अनुहारमा हेरे वहाँमा छाएको करुणा मैत्रीको आभा देखेर विश्वस्त भए । सबै लक्षणहरुबाट विश्स्त भएपछि उपदेश सुन्ने मनस्थिति तयार भयो । तैपनि अन्य चार जनामा अझै शंका त बाँकिनै थियो धर्म ग्रहण गर्ने योग्य भैसकेको थिएन । भगवानको उपदेश पाँचैले सुने सुन्न त तर कौडिण्यलाई तत्काले लाभ भयो । कौडण्यलाई धर्म देशना सुन्दा सुन्दै आफ्नो भित्र अन्तरमनमा उदय व्ययको सत्यको सत्य अनुभव गर्न थाल्यो र पूर्वजन्मको संचित पुण्यपारमिताहरुको कारण सबै सत्य धर्म ज्ञातभयो । विपश्यना गर्दा गर्दै त्यसको सबै निरोध भयो । नाम रुप आधारित छवटै ईन्द्रीयहरुले साक्षिभावले हेर्दा हेर्दै निरुद्ध भयो । ईन्द्रीयहरुको परमसत्य पहिलोपटक साक्षात्कार भयो र कौडण्य धन्य भए ।

बाँकि चारजना स्रोतापन्न हुन सकेन तैपनि बिचिकित्सा समाप्तभयो । सद्धर्मप्रति प्रकृतिको सत्यता प्रति श्रद्धा जागृत भयो आस्था जाग्यो र तिनिहरु पनि आफ्नो पूरानो संग्रहित पारमिताहरुको आधारमा मुक्तिको मार्गमा अघि बढन योग्य भए । अर्को दिन भगवानले विपश्यनाको मार्गदर्शन दिएर वप्प स्थवीरलाई स्रोतापन्न अवस्थामा पुग्न सहयोग गरे तेश्रो दिन भद्दीयलाई चौथो दिन महानामलाई र पाँचौं दिन अश्वजितलाई स्रोतापन्न  भए र अर्को धर्मोपदेश “अनात्म लक्षण सुत्र”को देशना दिनुभयो जसलाई सुनेर पाँचैजनाको विपश्यना गहीरोमा जाग्यो र सबै सकदागामी र अनागामी अवस्थाबाट भएर नित्तान्त विमुक्त भए । यि पंचवर्गीय भिक्षु अरहंत भए । के थियो सम्यक सम्बुद्धको प्रथम उपदेश जस्ले  लोकचक्रमा पिस्दै मानिसहरुमा धर्मचक्र जगाउन शुभारम्भ गरीयो र त्यसैले धर्मचक्र प्रवर्तन सुत्र भनीयो ।

भवतु सब्ब मङ्गलम् ।