सम्यक वचन

सम्यक वचन (सम्मा वाचा: Right Speech) तीन शिक्षा मध्ये, शील शिक्षाको पहिलो अंग हो । सम्यक वचनलाई पालिमा “सम्मा वाचा “ भनेर भनिन्छ । शाब्दिक रूपमा सम्मा को अर्थ “सहि, ठिक वा सम्यक” र वाचको अर्थ “वचन वा बोली” हुन्छ, र संयुक्त रूपमा सम्मा वाचा अर्थात “सहि वचन वा ठिक बोली “। तर सम्यक वचनले सामान्य अर्थको सहि बोलीलाई नबुझाई निर्वाण सम्म पुग्नको लागि सहयोगी भुमिका खेल्ने सहि वा उपयुुक्त वचन वा बोलीलाई बुझाउछ।

भनेपछि प्रश्न उठ्छ, कस्तो खालको बोली निवार्णको लागि सहयोगी हुन्छ त ? यसको उत्तर प्राप्त गर्नु भन्दा पहिला यो बुझ्नु आवश्यक छ कि निर्वाण भनेको के हो? छोटोेमा भन्नुपर्दा निवार्ण त्यस्तो अवस्था हो जुन लोभ, दोष र मोहबाट विरत वा मुक्त हुन्छ ।

भनेपछि यदि लोभ, दोष र मोहबाट विरत अवस्था हाम्रो अन्तिम  गन्तव्य हो भने, त्यो अवस्था सम्म पुग्नको लागि, हामी हिड्ने अहिलेको बाटो पनि त्यतै तर्फ उन्मुख हुन जरुरी छ । त्यसैले सम्यक वचनले लोभ, दोष र मोहबाट विरत “सहि प्रकारको  बोली” लाई बुझाउछ । सम्यक वचन अन्तर्गत निम्नलिखित चार प्रकारको बोली पर्दछ ।

”मुसावादा, पिसुणवाचा, फरुसवाचा, सम्फप्पलाप वाचा वेरमणि अयं वुच्चति सम्मा वाचा । ” अर्थात ” झुठो वचन, चुक्ली वचन, कटुवचन र अनर्थक वचन त्याग्नु लाई सम्यक वचन भनिन्छ ।”

१. मुसावाद विरति
मुसावाद विरति भन्नाले “झुटो बोलीबाट विरत वा टाढा रहनु” भन्ने बुझाउछ। झुटो बोलीबाट विरत भन्नाले “भएको कुरा थपघट नगरी, सत्यता नलुक्ने गरि यथार्थ कुरा भन्नु वा बोल्नु” भन्ने बुझिन्छ । जब हामीलाई क्लेशले अन्धो पार्छ, तब हामी भएको कुरा जस्ताको तस्तै नभनी अनावश्यक थपघट गरि बोल्छौ । जसलाई मुसावाद वा झुटो बोली भनेर भनिन्छ । र यस्तो बोली निर्वाणको लागि बाधक हुने भएकोले यस्तो बोलीबाट सदा टाढा रहनु मुसावाद विरति हो ।

२. पिसुणवाचा विरति
चुक्लि, निन्दा

३. फरुसवाचा विरति
फरुसवाचा भन्नाले “कडा रुखो बोली वा अपशब्द” लाई बुझाउछ, फरुसवाचा विरतिले यस्तो बोलीबाट टाढा रहनु भन्ने बुझाउछ । जब हामी अप्रिय व्यक्ति वस्तु वा स्थितिको सामना गर्छौ तब कडा रुखो वा अपशब्द बोल्न सक्ने सम्भावना बढी हुन्छ । फरुसवाचाले आफू र अरु दुवैमा घृणा वा वैरभाव जागृत गराउने र निवार्णको बाटो बन्द गर्ने भएकोले फरुसवाचाबाट विरत रहनु सम्मा वाचा हो ।

४. सम्फप्पलापवाचा विरति
सम्फप्पलापवाचा भन्नाले “अर्थहीन निरर्थक बोली वा कुराकानी”लाई जनाउछ, र सम्फप्पलापवाचा विरतिले यस्तो निरर्थक अर्थहीन कुराकानी गर्नबाट टाढा रहनु भन्ने बुझिन्छ । निरर्थक कुराकानीले एकातिर अमुल्य मानव जीवनको समय खेर फाल्छ भने अर्कोतर्फ धेरै कुरागर्ने बानीको विकास गराउछ, धेरै कुरागर्ने बानीले अनावश्यक कुरा थपघट गरि बोल्ने अर्थात मुसावादको लागि आवश्यक वातावरण तयार गर्दछ, त्यसकारण सम्फप्पलापवाचाले क्लेशको मलजल गर्ने भएकोले सम्फप्पलापवाचा बाट विरत रहनु सम्मा वाचा हो ।

✳ सम्यक वचनले, बोलीको माध्यमबाट आफू र अरुलाई हानि हुने काम वा अकुशल बाट बच्नुलाई बुझाउछ ।

 

jakkles17. wordpress. com बाट