मैत्री भावना

भिक्षु बाेधिज्ञान

मैत्री भावनाको अभ्यास गरी शरीर र मन शान्त पारौं ।

मैत्री भावनालाई प्रभावकारी बनाउन (अभिमान हटाउन क्षमा माग्नुपर्छ)
१) आफूबाट जानी नजानीकन कसैप्रति (व्यक्ति,संघ,संस्था) भएको गल्ती, कमीकमजोरीमा क्षमा मागी भविष्यमा त्यस्तो गल्ती गर्ने छैन भनेर सतर्क हुने कोशिस गर्नुपर्छ । यदि व्यक्ति नजिक छ भने नजिकै गएर तथा व्यक्ति टाढा छ भने मनमनै त्यसरी क्षमा माग्ने गर्नुपर्छ । क्षमा माग्दा आफूमा भएको अभिमान हटी मैत्री भावना गर्न सजिलो हुन्छ।
क्षमा प्रार्थना गर्ने तरीका ः

कसैले शरीर, वचन, मनले आफूप्रति कुनै अपराध तथा गल्ती गरेको छ भने मेलै क्षमा दिइरहेको छु भनेर करूणा चित्तलाई वृद्धि गर्ने । (मैत्रीभावना गर्नु अघि)

मैले थाहा भएर वा थाहा नपाएर कसैप्रति शरीर, वचन, मनले गल्ती गरेको छ भने म हृदयदेखि नै क्षमा माग्न चाहन्छु र भविष्यमा त्यस्तो गल्ती नदोह¥याउन कोशिस गर्छु । व्यवहारमा सतर्कता अपनाएर अकुशलबाट टाढा रही कुशल कर्ममा मन लगाउने छु ।
……………………

मैत्री वृद्धि गर्नकाे लागि कसैले गरेको गल्तीलाई क्षमा दिन सक्नुपर्छ ।
कसैले शरीर, वचन, मनले आफूप्रति कुनै अपराध तथा गल्ती गरेको छ भने मेलै क्षमा दिइरहेको छु भनेर करूणा चित्तलाई वृद्धि गर्ने । (मैत्रीभावना गर्नु अघि)

(आफूमा पहिला सहनशक्ति कमजोर भएर आफूलाई र अरूलाई पनि हानी पुग्ने किसिमले व्यवहार भएकोलाई मुल्यांकन गर्नुकोसाथै सहनशीलताको महत्व बुझी ) ( अकुशल कर्मबाट अलग हुनुकोसाथै कुशल धर्म सम्पादन गरेको अवस्थामा मात्र मैत्रीकामना गरेजस्तो सुख शान्तिको वातावरण तयार भएर आउँछ । )
====================

मैत्री भावना गर्ने तरीका

क) सर्वप्रथम (आफूूलाई सम्झेर) म क्लेश शत्रुभय, अकुशल शत्रुभय तथा पुदगल शत्रुभय नभएको होऊँ । बिघ्नबाधा नभएको होऊँ । निरोगी होऊँ । सुखी होऊँ । निर्दोषपूूर्वक निर्बिघ्नरूपले जीवनयापन गर्न सकुं ।

ख) अनन्त गुणवान् आमाबुबा सहित परिवारका सबै सदस्यहरू

ग) अनन्त गुणवान् श्रद्धेय गुरूवर भन्ते सहित विहार परिवार (सबै भन्ते, श्रामणेर, अनागारिका, चतुप्रत्यय दाताहरू), सहयोगी मित्रहरू

घ) ३१ भूूवनका सत्व प्राणीहरू सबै क्लेश शत्रु, अकुशल शत्रुभय तथा पुदगल शत्रुभय नभएका होऊन् । बिघ्नबाधा नभएका होऊन् । निरोगी होऊन् । सुखी होऊन् । निर्दोषपूूर्वक, निर्बिघ्नरूपले सबैले आ—आफ्नो जीवनयापन गर्न सकूून् ।

(हामीहरु यात्राको क्रममा बस, हवाइजहाज आदिमा हुँदा चालक, सहचालक, ड्राइभर, कण्डक्टर, सहित सबै यात्रुहरु, आफू जुन ठाउँमा गइरहेको छु र जुन ठाउँमा जानलागिहेको छु, त्यस क्षेत्रका दृष्य अदृष्य सबै सत्व प्राणीहरुप्रति पनि उद्देश्य राखेर)

( धम्मपदका गाथाहरू ३, ४, ५, १३४, २२३, २४५, ३००, ३५७, ३६८, ३७९, ४०६, मेत्त सुत्त, महापरित्राणको मेत्तानिशंस सुत्त, विशुद्धिमार्ग, ब्रह्मविहार निर्देश, पेज— २४१ देखि २६० बाट पनि मैत्रीभावना अभ्यास गर्ने विधि र फाइदा थाहापाउन सकिन्छ ।)