सुखावतीव्यूह सूत्रको केही अंश

१. भूमिका

सुखावतीव्यूह सूत्रका दुइवटा संस्करणहरु छन्: वृहत सुखावतीव्यूह सूत्र तथा
संक्षैप्त सुखावतीव्यूह सूत्र । समस्त नेपाली पठक वर्गको हितलाई ध्यानमा राखी
प्रस्तुत सुखावतीको नेपली अनुवाद् नागर्जुन बौध्द अध्ययन संस्थान कै नेपाल बौध्द
अनुवाद परियोजनाद्वारा गरिएको हो । सुखावतीको नामैले अत्युत्तम सुख र आनन्दको भूवन
भन्ने अर्थ दिन्छ ।

चीन र जापनमा प्रचलित पुरे लन्द् (सुद्द क्षेत्र) सम्प्रदायहरुको मत अनुसार यो ग्रन्थ कयौं पवित्र
सूत्रहरुमध्ये एक हो । अ मिताभ बुद्धको नाम जप गर्नु भनेकै सुखावती बुध्दक्षेत्रमा जन्म लिने माध्यम
हो जुन चीनिया तथा जापानी बौद्धहरुका माझ अति नै लोकपृय छ ।

वैशाली नगरमा भगवान बुद्धले आफ्नो अठहतर वर्षको उमेरमा समन्तभद्र बोधिसत्व चर्या रच्नुभएको थियो
भन्ने भनाई छ । उनासी वर्षमा उहँले त्रायतृंस देवभूवनमा मातालाई धर्मोपदेश दिन जानुभएको थियो ।
र पृथ्वीमा अवतरण गरिसक्नुभएपछि, आफ्नो परिनिर्वाणपूर्व उहांले दुइवटा सूत्रहरु क्रमश: निर्वाण सूत्र
तथा सुखावतीव्यूह सूत्रहरु मात्र प्रकाशमा ल्याउनुभयो ।

सन् २५२ तिर आचर्य संघवर्मन चीनमा गैइ वृहत सुखावतीव्यूह सूत्रलाई दुई भागहरुमा अनुवाद गर्नुभएको
थियो भन्ने भनाई छ ।
प्रस्तुत ग्रन्थ ती दुईमध्ये पहिलो तथा सबैभन्दा वृहत मानिन्छ ।

सन् ४०० तिर आचर्य कुमारजीव चीनबाट भारतबर्ष आउनु भै त्यही एकै सस्करणमा संक्षिप्त
सुखावतीव्यूह सूत्रको अनुवाद निकाल्नुभयो ।

२. संस्करणहरु
………………..

सुखावतीव्यूह सूत्र
विस्तरमातृका
————————–

बुद्ध, धर्म र संघलाई बन्दना । समस्त बुद्ध र बोधिसत्वहरुलाई नमस्कार । दशैदिशाका लोकधातुहरुमा
रहनुभएका सबै बुद्ध, बोधिसत्व र आर्यश्रावक प्रत्येकबुद्धहरुलाई नमस्कार । अ्इताभ तथागतलाई नमस्कार ।
अचिन्त्य गुण सम्पन्न तथागतहरुलाई नमस्कार ।

मैले यस्तो सुनेको छु । एक समय भगवान बुद्ध राजगृहको गन्धकूट पर्वतमा बत्तीसहजार अर्हत्, आस्रव क्षीण
भैसकेक, क्लेशरहित, आफ्नो भार विसाइ सकेका, सम्यक ग्नानले चित्तलाई विमुक्त पारिसकेका, अन्वेषण युक्त चित्त भएका,
भवसंयोजन क्षीण भैसकेका, इच्छित वस्तु प्राप्त गरि सकेका, उत्तम प्रकारको आत्मसंयम प्राप्त गरि सकेका
प्रग्नाग्नानले विमुक्त भैसकेका, महानायक, षडभिग्न ग्नान हासिल गरि सकेका, इन्दृयहरुलाई वशमा पारिसकेका’
आठ प्रकारका विमोक्ष ध्यान गरि सकेका, बल प्राप्त गरि सकेक, ग्नानमा निपुण भएका, महाष्रावक साथ
विराजमान हुनुहुन्थ्यो ।

ती महाषावकहरु हुन् । अग्नातकौडिण्य, अश्वजित्, बाष्प, महानाम, भद्रजित्, यशोदेव, विमल, सुबाहु, पूर्ण मैत्रायणीपुत्र, उरुबिल्व काश्यप,
नदीकाश्यप, गयाकाश्यप, महाकाश्यप, शारिपुत्र, महामौदगल्यायन, महाकौष्ठिल्य, महाकफिल, महाचुन्द, अनिरुद्द, नन्दिक,
कम्पिल, सूभूति, रेवत, खदिरवनिक, वकुल, स्वागत, अ्ओघराज, पारायणिक, पत्क, चुल्लपत्क, नन्द राहुल,
आयुष्मान आनन्द । यि सबै भिक्क्षुहरु र अन्य महाष्रावक भिक्षुहरु सबै ग्नानमा निपुण थिए । केवल आयुष्मान आनन्दले
अझै शैक्ष मार्गमा उत्रन बाकि थियो । यि सबै भिक्षुहरु तथ मैत्रेयद्वारा नेतृत्व गरिएका अनेकाअर्य बोधिसत्वहरु
संगै भगवान बुद्ध विराजमान हुनुहुन्थ्यो ।

यसपछि आयुष्मान आनन्द भिक्षु आफ्नो आसनबाट उठेरचिवर वस्त्रको एक भाग दाहिने कांधमा राखि
घुंडाले पृथ्वीमा तेकी भगवान बुद्धलाई प्रणाम गरेर यस्तो भन्नु भयो –

हे भगवान्! तपाईक इन्दृयहरु अति शौम्य देखिन्छन्, तपाइका छविवर्ण परिसुध्द छ, अनुहारको वर्ण स्वच्छ
छ र सुन जस्तै पहेलो छ । जसरी शरद ऋतुको बादल स्वच्छ र परिशुद्ध हुन्छ, सफा र पहेलो वर्ण झैं झल्कन्छ
त्यसरी नै भगवानका इन्दृयहरु शौम्य देखिन्छन्, मुखको वर्ण पनि शुद्ध देखिन्छ । छवि वर्ण स्वच्छ र सुवर्ण वर्ण
देखिन्छ । हे भगवान्! जसरी जाम्वु नदीबाट ल्याएका सुनका असर्फी सिपालु शिल्पकार अथवा उसका शिष्यले आगोको मुस्लो झैं राम्रोसंग  मिलाएको सेतो फीका वस्त्रमा राखदा अति शुद्ध र पहेंलो देखिन्छ । त्यसरी नै भगवान् बुद्धका इन्दृयहरु प्रसन्न
देखिन्चन्, मुखका वर्ण परिशुद्ध देखिन्छन्, छविवर्ण स्वच्चा तथा सुवर्णमयी देखिन्छ, हे भगवान् फेरि आज भन्दा पहिले
तथागतको इन्दृयहरु यसरी शौम्य देखिएको मैले निश्चय नै जानेको छैन, मुखका वर्ण परिशुद्ध भएको तथा
छविवर्ण स्वच्छ र पहेंलो रंगको भएको कहिल्यै देखेको छैन । हे भगवान् मलाई यस्तो लागेको छ । बुद्ध आज तथागतको
भूमिमा विहार गर्नुभएको छ । तथागत फेरि फेरि जिनभूमिमा विहार गर्नुभएको छ । सर्वग्नताको भूमिमा विहार
गर्नु भएको छ । महानागको भूमिमा विहार गर्नु भएको छ । तथागत पुन: अतित, वर्तमान तथा अनागतकालका अर्हत सम्यक सम्बुद्ध तथागतहरुलाई  संस्मरण गर्नुहुन्छ ।

आनदबाटयस्ता उद्गारहरु प्रकट भैसकेपछि भगवान बुद्धले आयुष्मान् आनदलाई यस्तो भन्नु भयो – साधु साधु हे आनन्द, इमिले ठीक भन्यौ ।
के यी कुराहरु बारे तिमिलाई देवताहरुले सल्लाह दिनु भएको थियो कि भगवान बुद्धहरुले? अथवा यो सबै तिम्रा मीमांसा ग्नानद्वारा जानेकाहौ?
यी शब्दहरु बोलिए पश्चात आयुष्मान् आनन्दले भगवान् बुद्धलाई भन्नु भयो :- हे भगवान्, न त मैले यी कुराहरु देवताहरुको सल्लाह ले जानेको हुँ न त
भगवान बुद्धहरुको अनुभावबाट नै, मेरो आफ्नै मीमांश ग्नान द्वारा नै मैले बुद्ध आज तथागतको भूमिमा विहार गर्नुभएको छ, सर्वग्नताको भूमिमा विहार गर्नु भएको छ, महानागको भूमिमा विहार गर्नु भएको छ वा भूतवर्तमान तथा अनागतकालका अर्हत सम्यक सम्बुद्ध तथागत हरुलाई संस्मरण गर्नु भएको छ भन्ने कुरा जानेको हुं ।
त्यसपछि भगवान् बुध्दले आयुष्मान् आनन्दलाई भन्नु भयो – साधु साधु आनन्द, तिम्रो प्रश्न अत्युत्तम छ, तिम्रो मीमांश ग्नान राम्रो छ, तिम्रो
ग्नान अति राम्रो छ । हे आनन्द! बहुजनको हितका लागि तिमि जन्मेका हौ । बहुजनको सुखको लागि, लोकहरु माथि अनुकम्पा राखी धेरै प्राणीहरुको हितको लागी धेरै देव तथा  मनुष्यको कल्याणको लागि जुन कुरा तिमीले तथागतसंग सोध्न उपयुत्त ठान्दछौ त्यही सोध्नु ।

यसरी हे आनद! भगवान तथागतहरु र अर्हत् सम्यक्सम्बुद्धहरु समक्ष कल्पना नै गर्न नसकिने असंख्य तथा अप्रमाण ग्नानदर्शन
प्रस्तुत गरुन्, तर तथागतको ग्नान अगाडि त्यो फिका नै पर्छ । के कारणले त्यस्तो हुन्छ? हे आनन्द !अवरोधविहिन बहेकोले तथागतको हेतुग्नानदर्शन अप्रतिहत छ ।

श्रोत अज्ञात । महाकाल ब्लगस्पटमा भेटिएकाे ।
जनकारहरुले यसबारेमा जानकारी  दिनुभएमा कृतज्ञहुने थियाैं ।