भिक्षु जीवनमा वर्षावास

मुनीन्द्ररत्न वज्राचार्य

बुद्धभूमि नेपालमा बुद्ध शासनमा प्रवजित हुन भिक्षुहरू भिक्षुसङ्घमा आबद्ध भइरहेको हुन्छन् ।  बुद्ध धर्मको सुचित विकास र त्यसलाई विधि व्यवहारमा समेत लान बुद्धको मूलभूत सिद्धान्तअन्तर्गत बौद्ध आचरणमा आसिन भइरहँदा गर्नुपर्ने कर्तव्य र अनुशासनलाई बौद्ध धर्ममा सम्यक संस्कृति भनिन्छ ।  बौद्ध संस्कृतिमा आषाढ पूर्णिमाको छुट्टै महŒव हुन्छ ।  यस पवित्र दिनमा सिद्धार्थ गौतमबाट महाभिनिष्क्रमण आफू बसेको शाही दरबार छाडी गृह त्याग गर्नुभयो ।  यस्तै बुद्धत्व प्राप्त गरी सर्वप्रथम वाराणसीमा ऋषि पतन मृग दावन सारनाथ भन्ने स्थानमा धर्म चक्र प्रवर्तन भनी उपदेश दिनुभएको थियो ।  यसै दिनलाई भिक्षुहरू आ–आफ्नो बिहारमा तीन महिनासम्म वर्षावास अधिस्थान बस्ने मिलाइ दिएको छ ।

 

भिक्षु जीवनमा वर्षावासको निकै महत्व छ ।  भगवान् बुद्धले प्रतिपादन गर्नुभएको २२७ नियम विनियममध्ये वर्षावास पनि एक हो ।  प्रत्येक आषाढ महिना पूर्णिमादेखि असोज पूर्णिमा तीन महिनासम्म थेरवाद भिक्षुहरू वर्षावास बस्ने परम्परा छ ।  बौद्ध परिब्र्राजक भिक्षुहरू कतै नगई एकै स्थान वा बिहारमा अधिष्ठान गरी बस्ने परम्परालाई वर्षावासको संज्ञा दिइएको छ ।  यो परम्परा बुद्धकालीन समयदेखि नै चलिआएको छ ।  वर्षावासको महŒवका कारण वर्षाको याममा लगातार वर्षा भइरहँदा झरीले हिलै हिलो भई, यताउता जान कठिन हुने, जताततै हरियो हरियो घाँस पलाएर आउने भएकाले भगवान् बुद्धले भिक्षुहरूलाई एउटै बिहारमा बसी धर्मदेशना गर्न मार्ग दर्शन गर्नुभएको थियो ।  यसरी वर्षावासको अवसरमा धर्मदेशना गर्दा भक्तजनलाई आउन जान सजिलो हुने र धर्म श्रवण ज्ञान लाभ प्राप्त गर्न मौका मिल्ने गरेको छ ।  यस अवसरमा श्रद्धालु भक्तजन उपासक उपासिका पनि दान शील भावना राखी खुसीले भिक्षुहरूलाई स्वागत गर्ने गर्छन् ।  यस अवसरमा उपासक उपासिका नियमित रूपमा बिहार आई पञ्चशीलको ज्ञान लिने, साप्ताहिक उपोसध धर्मपालना गर्ने, ध्यान बस्ने, नियमित दान प्रदान गर्ने अवसर प्राप्त हुने गर्छ ।

 

धेरै कृषि पेसामा लाग्ने उपासक उपासिकालाई आफ्नो खेतबारी सिध्याइ धर्म देशना लिन पाउने अवसर मिल्ने गरेको पाइन्छ ।  यसै अवसरलाई विचार गरी भगवान् बुद्धले त्यस समयमा भिक्षुहरूलाई वर्षावासको विनय बनाई एकै स्थानमा रहन अवसर प्रदान गर्नुभएको बताइन्छ  ।
 

वर्षावासलाई यसरी उल्लेख गरिएको पाइन्छ ।  अनुजामानी भिक्खवे वस्सानेवस्संं उपगन्तुति अर्थात् भिक्षुहरूलाई वर्षा ऋतुमा वर्षावास बस्नका लागि अनुमति दिएको छ ।  वर्षावासका लागि भिक्षुहरूद्वारा म वर्षावास बस्छु भनी प्रतिज्ञा पनि गर्नु आवश्यक छ ।  वर्षावासको आफ्नै नियम छ, जसअनुसार वर्षावास बस्नुअघि भिक्षुहरूको सिमानाभित्र रहेको उपोसधगारमा भिक्षुसङ्घमा भेला हुुनु जरुरी छ ।  यसपछि भिक्षुसङ्घको सङ्घनायक अगाडि आफूले जानी नजानी गरका भूल वा दोषहरू स्वीकार गरी क्षमादान गर्न आह्वान गरिन्छ ।  यस सङ्घकर्मलाई उपोसध कर्म भनिन्छ ।  यस उपोसधपछि आआफ्ना बिहार वा आफूले इच्छा गरेका बिहारमा भिक्षुहरू वर्षावासका लागि प्रस्थान गर्ने गर्छन् ।

 

बिहारमा तीनपल्ट बुद्ध बन्दना गरी वर्षावासका लागि ‘इमस्मिं बिहार इमं तेमासं वस्सं उपेमि’ अर्थात् त्यस बिहारमा तीन महिनासम्म कतै नगई अधिस्थानमा बस्नेछु भनि प्रतिज्ञा गरिन्छ तर समय परिस्थितिले कथंकदाचित वर्षावास बस्दा बिहारमा फर्कन कठिन भएको अवस्थामा उक्त भिक्षुलाई एक हप्ताको लागि बिहार छाड्न सक्ने नियम रहेको छ ।
भिक्षुहरूको वर्षावास आश्विन पूर्णिमामा सकिन्छ ।  वर्षावास बसेको अवसरमा एउटा छुट्टै पवारण भनी कार्यक्रमको व्यवस्था गरिएको हुन्छ ।  यस अवसरमा आफूले भोगेका पीर मर्का कठिनाइ र आफूले गरेका भूल भिक्षुसङ्घ अगाडि आफूभन्दा जेष्ठ भिक्षुहरू सामुन्ने संयमित भई क्षमा याचना गरी पवारण विनय पालन गरिन्छ ।  आफूले गरेको भूलप्रति स्वीकार्न अनुरोध गरेकोले यस अवसरमा आत्मदेशना र पवारण विनय पालन गरिएकोले भिक्षुसङ्घले क्षमा स्वीकार गरिन्छ ।

 
भिक्षुहरूको तीनमहिने वर्षावास अधिष्ठान सकिएको अवसरमा स्थानीय बिहारका उपासक उपासिका खुसीले कठिन उत्सव मान्ने गर्छ ।  उपासक उपासिकाबाट वर्षावास बसेका भिक्षुहरूलाई कठिन चीवर दान (अष्टरन) गर्नेछन् ।  उक्त दिनमा पूजा पाठ, दान गरी भोजनको व्यवस्था गराइन्छ ।  यसरी प्रत्येक वर्ष गरिने वर्षावास तथा कठिन उत्सव मनाउने गरिन्छ ।  यो कठिन उत्सव आश्विन पूर्णिमादेखि कात्तिक पूर्णिमासम्म एउटा बिहारमा एकचोटि मात्र प्रत्येक वर्ष मनाइन्छ ।  यो कठिन उत्सव निकै कठिन भएकोले वा दुर्लभ भएकाले यसलाई कठिन भनेको हो ।  कथिन दानको अवसरमा समस्त बौद्धहरू पूजा पाठ गरी दान शील भावना राखी धर्मश्रवण गरी समस्त भिक्षुगण, अनागरिक र अन्य श्रद्धालु भक्तजनलाई समेत निमन्त्रणा गरी भोजन दान गरी पुण्य लाभ गरिन्छ ।  आजकाल भिक्षुहरूको वार्षिक उत्सव तथा पर्व जस्तै कठिन उत्सव मनाउन सबै थेरवादी बिहारमा होडबाजी चल्ने गरेको छ ।  कठिनोत्सव मान्नु बिहार र भिक्षुहरूका लागि मान प्रतिष्ठा र गर्वको विषय हो ।

 

वास्तवमा वर्षावासको समय भिक्षुहरूले आध्यात्मिक गुणधर्म प्रगुण गरी निर्वाण धर्मलाई साक्षात्कार गर्ने अवसरको रूपमा लिनुपर्छ ।  बुद्धकालीन भिक्षुहरू वर्षावासको समयमा भगवान् बुद्धबाट ध्यान भावना प्रगुण गरी आफूले धेरै लाभ प्राप्त गरको थिए ।  दुई हजार पाँच सय वर्षदेखि गरेर आएको यो भिक्षुहरूको वर्षावास परम्परा अभैmसम्म चल्दै आएको छ ।  यो परम्परा नेपालमा मात्र होइन, विश्वका बौद्ध धर्म मान्ने मुलुक वर्मा, थाइल्यान्ड, श्रीलङ्का, कम्बोडिया, मलेसिया, भारत र बङ्गलादेश पनि वर्षावास मनाउने चलन रहिआएको छ ।  यस अवसरमा विभिन्न बौद्ध मुलुकबाट उपासक उपासिका समेत नेपाल आउने गरेका छन् ।

साभार गोरखापत्र दैनिक