भारतमा बुद्धधर्मको विकास

चित्र शाक्य

यस लेखमा जे लेखिन्छ, त्यो “Buddhism – A History का लेखक Noble Ross Reat का अभिव्यक्तिहरू नै हुन्। त्यसैले कुनै प्रकारले पनि यस लेखबाट मलाई कुनै आक्षेप नलागोस्। मैले हालसम्म लेखेकोमा कुनै प्रमाणिक ग्रन्थबाट बाहेक अरूबाट लिएको छैन। म आफैलाई बौद्ध भन्न रूचाउन्न। हामी कोहि पनि बौद्ध, हिन्दू, ईसाइ या मुस्लीम हुनुपर्दैन।सत्यको पक्षधर हुने हो। मैले हिन्दूधर्मको बारे पनि लेखेजत्ति या त हिन्दूग्रन्थबाट या त हिन्दू सन्तहले प्रवचनमा वताउनु भएको कुराहरू हुन्छन् । किनकि असत्य र अप्रमाणित कुराले कसैलाई पनि हित गर्दैन। त्यस्तै गरी यो लेखमा पनि पुस्तकमा लेखिए अनुसार राखेको छु। पढेर काम लाग्ने भए लिने, आफ्नो ज्ञानको भण्डार भर्ने, काम लाग्ने जस्तो नभए छोडिदिने । आफू स्वतन्त्र छ ।

 
लेखक Noble Ross Reat लेख्नु् हुन्छ, यस अघि क्राइस्ट भन्दा लगभग ५०० वर्ष भन्दा अघि देखि सम्राट अशोकको पाला जुन क्राइस्ट भन्दा लगभग २५० वर्ष अघिसम्मको थियो, भारतको बुद्धशिक्षाको विकासको विवेचना गरियो। अब सम्राट अशोकको पालादेखि भारतमा विकास भएको बुद्धशिक्षा यसको लोप हुँदा सम्मको जुन लगभग ई.सं. १२०० सम्मको अवधि हुन्छ, त्यसको व्याख्या हुनेछ। यहि क्राईस्ट पूर्व २५० – इ.सं.१२०० सम्मसमा अनेक जटीलताहरूबाट गुज्रँदै भारतमा हिन्दूधर्मको विकास भएको छ।यसरी बुद्धशिक्षा र हिन्दूधर्म नजिकमा साथ साथ जस्तोमा विकास भएको थियो।त्यसैले बुद्धशिक्षाको बारेमा लेख्दा हिन्दूधर्मको पनि कुरा आउँछ र तिनीहरूमा एकको अर्को प्रति परेको प्रभावको बारेमा पनि कुरा आउँछ।

 
अक्सर मानिस भन्दछन्, हिन्दूधर्म बुद्धधर्म भन्दा पुरानो हो र बुद्धशिक्षा हिन्दूधर्मबाट फस्टाएको हो। विद्वानहरू पनि बुद्धशिक्षामा भक्ति (महायानमा) हिन्दूधर्मबाट आयातित हुन् भन्छन् । यसको तथ्यचाहिं फेला परेको छैन । हिन्दूधर्ममा आवश्यक लेखन र सिद्धान्तको प्रतिपादन भागवद गीताको रचना नहुँदासम्म पूरा हुन सकेको थिएन। भागवद् गीता सम्भवत: ईसापूर्व २०० देखि ई.सं. २०० भित्र लेखिएको हो । यो स्पष्ट छ कि हिन्दूधर्म यसको सिद्धान्त वा दर्शन, ग्रन्थको आधार तयार हुनु भन्दा अगावै आएको थियो भन्नु गलत हो । जस्तो भागवद् गीताले भक्ति – एक अप्राकृतिक वा प्रकृति भन्दा माथिको कुनै रक्षक तत्व स्थापित गर्यो्, त्यसै समयमा महायान बुद्धशिक्षाले पनि आफ्नो ग्रन्थमा ईतिहासको त्यहि कालखण्डमा भक्तिको स्थापना गर्‍यो। बुद्धशिक्षाले हिन्दूधर्मबाट भक्ति भित्र्याएको भन्ने कुनै प्रमाण छैन।

 

ईसापूर्व २५० – ई.सं. २५० को अवधिमा हिन्दू र महायान बुद्धशिक्षाको मौलिक ग्रन्थहरू तयार हुँदै थियो, त्यसबेला भारत बौद्ध देश थियो। प्राय: प्रभावशाली शासकहरूले बुद्धधर्मलाई आफ्नो राज्यको धर्म बनाएको थियो। यस अवधिको अन्तिम तेश्रोकालमा भारतमा राजनैतिक शक्तिका रूपमा बौद्धहरू मात्र थिएनन्, तर विदेशी धर्म परिवर्तन गराउनेहरूले बाहिरबाट प्रभावित बनाउँदै ल्याएका थिए, सम्भवत: भक्ति पनि, बुद्धधर्म (यसलाई अब देखि बुद्धधर्म भनिने छ) र हिन्दूधर्म दुबैमा। यस पछि भारतमा हामीले आजभोली देख्ने गरेको बुद्धधर्म र हिन्दूधर्म साथ साथै विकास हुँदै गयो। ती दुबैले एकले अर्कोलाइ प्रभाव पार्‍यो वा एउटा अर्कोबाट आएको भन्ने ठाउँ छैन।

 

बुद्धधर्म र हिन्दूधर्म दुबै व्यापक भारतीय धर्मको विश्वविचारको निर्माण वैदिक र योगिक परम्पराबाट आएको हो भन्ने प्रमाण पनि छैन। भारतको मूल हिन्दूधर्मबाट वैदिक र योगिक हिन्दू धर्म छुट्ट्याउन यो थाहा पाए पुग्छ कि वैदिक र योगिक हिन्दूधर्म यूरोपबाट भित्रिएका ईन्डो-यूरोपियनहरूले ल्याएका हुन् र यसलाई “ब्राम्हणवाद” भनिन्छ। पूर्ववैदिक र योगिक भारतीय हिन्दूधर्म त जैन र आजिवक धर्म हुन्। (यो जैन र आजिवकहरूको उल्लेख त्रिपिटकको सुत्तपिटकको दिघनिकायमा प्रशस्त पाइन्छ)। ईन्डो-यूरोपियन ब्रम्हणवादको विशेषता भनेको जातीयवाद र रितीरिवाजहरू हुन्। वर्तमान भारतीय हिन्दूधर्ममा जातिवाद र कुरितीहरू विद्यमान छन्, तर त्यसमा मूल भारतीय हिन्दूधर्मका वा पूर्व वैदिक योगिक धर्मका मूलभूत कुराहरू पनि मिसिएका छन्। विशेषरूपमा यो मिश्रित धर्ममा संलग्न् गरिएको भनेको पुनर्जन्मको अवधारणा हो। बुद्धधर्मले योगिक धर्मदेखि विलकूल बाहिर आफ्नो जग बसाल्यो भने यसमा पनि महायानमा वैदिकमा आधारित तत्वहरू घुसेको पाईयो। स्पष्ट रूपमा धर्मकाय-बुद्धलाई लिन सकिन्छ, जसले बौद्ध भक्तिवादको दार्शनिक औचित्य सिद्ध गर्छ।

 

ऋग्वेद र प्रारम्भिक उपनिषदहरू हिन्दूधर्ममा आए, जसले शाश्वत तत्व(ईश्वर)को अवधारणा भारतीय धर्ममा ल्यायो। तर व्यवस्थितरूपले शाश्वत तत्वको व्याख्या ई.सं २०० तिर महायानमा नागार्जुनको शून्यताको व्याख्याले दियो। ६००वर्षपछि शंकराचार्यले हिन्दू शाश्वत तत्वको व्यवस्थित व्याख्या दियो। तब बुद्धधर्म र हिन्दूधर्म पनि न त ईन्डो-यूरोपियन न त योगिक हुन गयो।तर भारतीय हिन्दूधर्ममा एघारौं शताब्दिमा रामानुज र तेह्रौं शताब्दिमा माधवले लेखेका पुस्तकहरूले मात्र पूरा भक्तिवादको व्याख्या भयो।
यो समयसम्ममा महायान बुद्धधर्म भारतमा पूरा विकसित भईसकेको थियो। हजार वर्षसम्म पूर्णरुले परिपक्व भयो, पूरै भारतमा फूल्यो, मुर्झायो र विलायो र पूर्वी एशियाभर फैलियो।भवतु सब्ब मंगलं।