बौद्ध धर्मका प्रमुख तीन निकायहरु

बिनेश तामाङ

बौद्ध धर्मका प्रमुख तीन निकायहरुबौद्ध धर्म प्रति गरिने विश्वासको आधारमा बौद्ध धर्मको प्रमुख तीन निकायहरु छन् । यो विश्वास गर्ने आधारमा आधारित छन् ।
क) हिनयान
ख) महायान
ग) बज्रयान

क) हिनयान ः– हिनयान निकाय शाक्यमुनी बुद्ध धर्मसंग सम्बन्धीत् भएतापनि यसले शाक्यमुनी बुद्ध भन्दा पहिलेका अलौकिक बुद्धहरुलाई पनि आधार मानेको हुन्छ । यस निकायका अनुयायीहरुले बुद्धलाई प्रथम गुरुका रुपमा श्रद्धाभावले पुज्दछन् । सबै भन्दा प्राचीन धर्मग्रन्थहरु सुत्तपिटक, अभिधम्मपिटक र विनयपिटकलाई नै प्रमुख आधारको रुपमा मानिन्छ । ती तीनग्रन्थहरुको समिश्रणबाट नै आजका सबै निकायले महत्वपूर्णरुपले लिने धर्मग्रन्थ त्रिपिटक निर्माण गरिएको मानिन्छ ।

सुत्त पिटकः– सुत्तपिटकमा संसारको दुःख बारेमा दार्शनिक विचारको व्याख्या गरिएको छ ।
अभिधम्म पिटकः– मानिसलाई सहि मार्गमा निर्देशन गर्ने शिक्षाको व्याख्या गरिएको हुन्छ ।
विनय पिटकः– भिक्षु, भिक्षुनीहरुको जीवन चर्या वारे नियमावली शिक्षाको व्याख्या गरिएको हुन्छ ।

ख) महायान निकायः–
यो निकायका अनुयायीहरुले पनि संस्कृत भाषामा लेखेका बुद्ध बचन र सिद्धान्तलाई विश्व भरिका बौद्ध मार्गीहरुले आआफ्नो भाषाको लिपिमा अनुवाद गरेका छन् । यस मध्ये सबै भन्दा बढि तिब्बती भाषाको लिपिमा अनुवाद भएको कुरा माथि नै उल्लेख गरिसकेको छु । महायान निकायको प्रथम सिद्धान्तमा अलौकिक बुद्धहरु लगायत वर्तमान शाक्यमुनी गौतम बुद्ध र विविध बोधिसत्वहरुलाई गहिरो अध्ययन र अभ्यास गरी यसको भाव सागरमा दुःख पीडाका रुपमा भौतिक जीवन विताइरहेका जीव प्राणीहरुको उद्धार गर्न सके हरेक मानिस बुद्ध भै सहि मार्गमा निर्वाण प्राप्त गर्न सक्तछ भन्ने विश्वास गरिन्छ ।

महायान बौद्ध धर्म निकायमा तलका दश वटा बोधिसत्व पारमिता बारे ज्ञान हासिल गर्नु अनिवार्य मानिन्छ ।
१. दान पारमिताः– प्रत्येक प्राणीहरुको भलाईका लागि आफूले सक्दो वलिदान गर्नु नै कुशल कर्म र दान पारमिता हो ।
२. शील पारमिताः– अहिंसा परमो धर्मको नियमलाई पालना गर्नु नै शील पारमिता हो ।
३. शान्ती पारमिताः– हरेक प्राणीहरु प्रति आईपरेका दुःख र पीडाहरुलाई सहनशील भै उद्धार गर्नु हो ।
४. वीर्य पारमिताः– सहि मार्गमा आफ्नो चितलाई वशमा राखी वीरताका साथ सबै प्राणीहरुको कल्याणको लागि उद्धार गर्नु नै वीर पारमिता हो ।
५. ध्यान पारमिताः– चञ्चल चित्तलाई एकाग्रता गरि आध्यात्मिक अभ्यास गरि लोकका सम्पूर्ण प्राणीहरुको हीतमा उद्धार कार्य गर्नु नै ध्यान पारमिता हो ।
६. प्रज्ञा पारमिताः– मानिसमा भएको सम्पूर्ण चित्तलाई शुद्धिकरण गरेर प्रज्ञा प्राप्त भै कुशल कर्महरु गर्नको लागि मात्र अघि बढ्नु प्रज्ञा पारमिता हो ।
७. उपाय पारमिताः– आफूले सकेको पुण्य कर्म गरि प्राणीहरुको भलो गर्नु नै उपाय पारमिता हो ।
८. प्रणिधान पारमिताः– सबै प्राणीहरुमा मित्रताको सम्बन्ध कायम राखी बोधी ज्ञानको मार्गमा आफुले आर्जन गरेको कुशल कर्म बारे सबैलाई बोध गराउनु नै प्रणिधान पारमिता हो ।
९. ज्ञान पारमिताः– संसारको दुःख पीडाको बन्धन बाट मुक्त भै सके पछि आफूले अभ्यास गरि प्राप्त गरेको कुशल ज्ञानलाई सर्व प्राणी हितको निम्ति प्रचार गर्नु नै ज्ञान पारमिता हो ।
१०. बल पारमिताः– आफु र सर्वजीव प्राणीहरुका निम्ति सदैव कुशल कर्म गरि बल पारमिताको पालना गर्नु हो ।

ग) बज्रयान निकाय ः–बज्रयान निकायका अनुयायीहरुले पनि अलौकिक बुद्धहरु लगायत वर्तमान शाक्यमुनी गौतम बुद्धलाई लोक कल्याणका लागि अग्रनायकका रुपमा पुजिन्छ । विविध बोधिसत्वहरुलाई प्रतिकात्मक देव देवीका रुपमा मान्दछ । त्यसै कारणले यस निकायका अनुयायीहरुले मुर्ति पुजालाई पनि विशेष ध्यान दिईन्छ । जुन सुकै निकायका भए पनि आखिर बौद्ध धर्म एकै हुन् । विभिन्न सम्प्रदाय परक आ आफ्नो विश्वास गर्ने तरीका मात्रै फरक हुन् । यसमा कुनै अन्योल वा भ्रम नहोला भन्ने आत्मा विश्वास व्यक्त गर्दछु ।

बुद्ध धर्ममा अधारीत चार आर्यसत्यहरुः
१) संसार दुखै दुखले व्याप्त छ ।
२) दुःख हुनको कारण पनि धेरै छन् ।
३) दुःखको अन्त्य पनि हुन सक्छ ।
४) दुःखबाट मुक्त हुनको लागि आध्यात्मिक मार्ग पनि छ ।
तथागत गौतम बुद्धद्वारा ६ बर्षसम्मको कठोर आध्यात्मिक पथको अभ्यासद्वारा बाधिज्ञान प्राप्त गर्नुभई सम्यक सम्बुद्ध हुनुभयो । आर्थात सबै ज्ञानबाट निपूर्ण हुनु भए पछि चेतनशील मानब जातिहरुको मुक्तिका लागि बुद्धले पत्तालगाउनु भएका चार आर्य सत्य यसप्रकार रहेका छन् ः
१. दुःख र पिडाः सवैलाई निम्न कुराहरुले दुःखीत बनाउछ । मानब जन्म लिन पनि दुःख, बुढो हुन दुख, शारिरीक पीडा र मानसीक पिडा हुन पनि दुःख, मरण हुन पनि दुःख हो । चित्तमा धेरै अशान्त हुन पनि दुःख हो । मनले जो ईच्छा गरिन्छ त्यो नपाउनु पनि दुःख नै हो
२. दुःख पाउनको कारणहरुजस्तै लोभ, मोह , राग , ईष्र्या , क्रोध आदि जस्ता कु—भावानालाई निवारण गर्न सके मात्र प्रत्येक मानव जातिले सुखमय जीबन बिताई अन्त्यमा सहि मार्गमा यो भौतिक शरीरको अन्त्य हुने छ । यसको अतिरीक्त, भगवान बुद्धले दुःख आर्यसत्य, दुःख—समुदय आर्य सत्य ,दुःख —निरोध आर्यसत्य र दुःख निरोधगामिनि प्रतिपदा आर्य सत्य के हुन् भन्ने बारेमा प्रकाश पार्नु भए।को छ । दुःखको कारण, दुःको निरोध र दुःखको निरोध प्राप्त गराउने प्रतिपदाहरु यी चारै वाटा जगतका सत्यहरु हुन भनि माथि नै संक्षेपमा बताईएको छ ।
३. दुःखका अन्त्यःअब दुःखको समिक्षा गरौ ।दुःख सबैले भोगेकै छन कसैलाई कुनै कुराको दुःख छ त कसैलाई अर्कै कुराको एउटै ब्यक्तिलाई पनि कहिले कुनै कुराको, कहिले अर्को कुराको दुःख हुन्छ । यदि दुखलाई यथाभूत जान्न थाल्दछ वा जस्तो छ त्यास्तै जान्न थाल्दछ वा प्रज्ञापूर्बक जान्न थाल्दछ आर्यसत्य बन्दछ । तर साक्षी भाबले हेरिन्छ अनि मात्र दु्खको स्वाभाबलाई प्रज्ञापुर्बक जान्न थालिन्छ । उदय हुनु ब्यय हुनु ,उदय हुनु ब्यय हुनु ती सबै अनित्य हो । जब दुःखलाई प्रज्ञापुवर्क अनूभुति गरिदैन तब सम्म दुःखबाट छुटकारा पाईदैन ।
बुद्ध धर्ममा आधारित आष्टाङ्गिक मार्गहरुः१) सम्यक दृष्टी सहि ढंगले बुझ्न सक्नु ।
२) सम्यक् संकल्प नियत राम्रो हुनु ।
३) सम्यक् वचन अरुलाई हितगर्ने बचनको पालन गर्ने ।
४) सम्यक् कर्मन्त अरुलाई हानि हुने काम नगर्नु ।
५) सम्यक्आजिबिका निर्दोषपूर्बक जीबन यापन गर्नु ।
६) सम्यक् ब्यायाम ठीक परिश्रम गर्नु अर्थात अल्छी नबन्नु ।
७) सम्यक स्मृती सचेत र सर्तक भई रहनु ।
८) सम्यक समाधि सहि मार्ग लाई चित्त एकाग्रता गर्नु ।

१) सम्यक् दृष्टि : सम्यक दृष्टी भनेको प्रत्यक्ष अनुभबबाट प्राप्त सम्यक् ज्ञान हो । दुःखको दर्शन गर्दा गर्दै दुःखको दर्शनलाई सम्यक दर्शन बनाउदा बनाउदै जुन ज्ञान जाग्दछ त्यसैलाई सम्यक् ज्ञान भनिन्छ । दुःखको कारण को दर्शन गदागर्दै दर्शन सम्यक् हुन्छ त्यस सम्यक दर्शनबाट जुन ज्ञान जाग्दछ, त्यसैलाई सम्यक ज्ञान भनिन्छ । त्यस्तै निरोध अबस्थालाई साक्षात्कार गर्दागर्दै जुन सम्यक दर्शन बन्दछ र जसबाट जुन ज्ञान जाग्दछ, त्यसैलाई नै सम्यक् ज्ञान भनिन्छ । यथार्थ ज्ञानको बोध हुनु हो । यथार्थ असल के हो ? खराब के हो ? असल मार्गको मूलमार्ग के हो ? खराब कर्मको मूलमार्ग कुन हो ? आदिको ज्ञान जसले राख्दछ ,उसले सम्यक् दृष्टि राख्दछ ।

२) सम्यक् संकल्प : राग र हिंसा प्रति हिंसाबिहिन संकल्प राख्नु मानबिय कर्म हो । साथै आशा आकांक्षा र महत्बकांक्षाहरु सधै माथिल्लो स्तरको हुनु सम्पूर्ण प्राणीका लागि कल्याणकारी कदम हुन्छ । त्यसका लागि चित्तमा जस्तो सुकै संकल्प जागे पनि त्यसलाई जान्नु पर्दछ त्यसलाई हटाउने र पन्छाउने अलिकति पनि प्रयात्न गर्नु हुदैन । यदि कसैले यसो गर्ने उपक्रम गरेमा त्यसलाई सम्यक् संकल्प भनिदैन । जब कलुषित बिचार हरुबाट मन रिक्त हुन्छ अनि सम्यक् संकल्पको उत्पति हुन्छ ।

३) सम्यक् बचन : ठीक बोल्नु, सबैका लागि भलो चिताउनु र उद्धार भावना राख्नु पर्दछ । अर्थात झुटो बोल्नु पोल लगाउनु, नमिठो बचन बोल्नु हुदैन । यसले कसैलाई पनि फाईदा पु¥याउदैन ।यसलाई बुद्धिको स्तरमा मात्र बुझ्ने कामले केहि उपलब्धी हुदैन ।यथार्थमा ए यस्तो पो रहेछ † मैले जे बोलिरहेछु त्यसमा अलिकति पनि अंश छैन भन्ने कुरामा साक्षात्कार गरि जान्न थालेमा मात्र उपलब्धि हुन्छ । त्यस्तै गरि चुक्ली, कटु बचन ,तथा वाहियात फजुल कुराका बारेमा पनि यसरी नै जान्दछ ।

४) सम्यक् कर्मान्त : सधै योेग कर्म गर्नु र आफुले गरेको कार्यबाट अरुहरुको भावना र उनीहरुको अधिकारको हनन नहोस भन्ने ख्याल राख्नु सम्पूर्ण चेतनशील मानबहरुको कर्तब्य हो ।त्यसका लागि तीन कुराको दर्शन गर्नु पर्दछ । मेरो शरीरबाट यस्तो कुनै कर्म भएको छैन , जसबाट अरुको हत्या भएके होस , चोरी भएको होस ,अभिचार होस । यस्तो कर्मबाट मेरो शरीर बिरमण छ , बिरत छ भनेर सत्यको साक्ष्त्कार गर्नु पर्दछ।

५) सम्यक् आजिबीकादैनिक जीवन सञ्चालन गर्नुका लागि प्रत्येक मानब प्राणीहारुले केहि न केहि कार्य गर्नु अपरिहार्य हुन्छ ।यस्तो कार्य गर्र्दा कसैको हानी नोक्सानी नहोस र कसै प्रति अन्याय नहोस भनि ख्याल राख्नु सबै प्राणीहरुका लागि लोक कल्याणकारी मार्ग हो । मिथ्या आजीबिका अन्र्तगत जुन कुरा सम्झाईएको छ त्यसबाट बिरमण हुनु नै सम्यक्आजिबिका हो ।

६) सम्यक् ब्यायाम : इन्द्रीयहरुलाई संयक राख्नु , खराब भावनालाई रोक्नु राम्रो भावनालाई जन्माउने प्रयत्न गर्नु र जन्मीएको राम्रो भावनालाई कायम राखी व्याबहारीक रुपमा दैनिक प्रयोग गर्नु सबैका लागि उत्तम हुन्छ । यति मात्र होइन आफूलाई राग र द्वेषबाट टाढा राख्ने द्रष्टा अथार्त देख्न सक्ने होस । यसरी सम्यक् स्मृति संग सम्प्रज्ञानको सम्पर्क र त्यस्र्तै राग बिहिनीता र द्वेषबिहिनिता संगको सम्पर्क अनिवार्यता हुन्छ ।

७) सम्यक् स्मृती : मनको नियमित जागरुकताद्वारा मनमा उत्पन्न खराब बिचारहरुलाई त्याग्नु पर्दछ । साथै व्याथा बेदना चित्त र मनको माध्यामद्वारा यी भौतिक जीबनमा भईरहने जीबन प्रबाहलाई सरल तरिकाले जीबन यापन गरि होस पुर्याउनु पर्दछ । यति मात्र होईन आफूलाई राग र द्वेषबाट टाढा राख्ने चिन्तनशील होस । यसरी सम्यक् स्मृती सँग सम्प्रज्ञानको सम्पर्क र त्यस्तै राग बिहीनता र द्वेषबिहीनता सँगको सम्पर्क अनिवार्य रुपमा भइरहनु पर्दछ ।

८) सम्यक् समाधि : असल चित्त र मनको एकाग्रता नै समाधि हो । आध्यात्मिक चिन्तन मननद्वारा अभ्यास गरी भावनात्मक रुपमा जन्मिएका राम्रा बिचारहरुलाई प्रत्येक मानव जातिहरुले कुशल कर्म गर्नु प्रयोग गरे सबै प्राणीहरुका लागि मार्ग फलदायी हुनेछ ।

बौद्ध धर्मका प्रमुख मार्ग दर्शनहरुः
१. मनुष्य जीवन पाउनु एक दुलर्भ घट्ना हो ।
२. अहिंसा परमो धर्म नै विश्वशान्तिको आधारभुत मार्गदर्शन हो ।
३. बौद्ध दर्शन भाग्यवादी होईन कर्मवादी हो ।
४. संसारको सृष्टि कुनै ईश्वर बाट नभै प्रकृतिको निरन्तरता हो ।
५. अन्धो भक्त नभै आफ्नै शरण द्धारा बोधीज्ञानको अभ्यास गर ।
६. कसैको आश्वाशन सुनेको भरमा दुःख बाट छुट्कारा पाइदैन ।
७. आफ्नो आचरण परिशुद्ध गर्दै कर्म गरेमा निर्वाण प्राप्त हुन्छ ।
८. अनित्य र परिवर्तनशील जगतमा नित्य वस्तु केहि पनि छैन । मनुष्यको जीवन पनि अनित्य छ ।
९. कुशल कर्म गर्दै जीवन यापन गरेमा त्यो नै मुक्तिको मार्ग बन्ने छ ।
१०. आफ्नै शरणको त्याग तपस्याले मात्रै दुःख बाट मुक्त पाइन्छ ।
यसरी बुद्धले आºनो धर्म दर्शनलाई प्रचार –प्रसार गरी बहुजन हिताय बहुजन सुखाय एक नवीन समाजको संस्थापकको रुपमा सूर्य जस्तै चम्किरहेका छन् । शील, समाधि र प्रज्ञा ज्ञान प्राप्त गर्नका लागि एक योग्य गुरुको निर्देशनबाट आध्यात्मिक ध्यान तपस्याबाट मात्र अनुभब गर्न सकिने छ । गौतम बुद्धको शासनकालदेखि नै बुद्धले वर्णब्यावस्थामा आधारित जातिबाद सामाजिक असामनता आर्थिक उँचनीचका आधारमा गरिने भेदभाव, लैङ्गिक असामनता धार्मिक शोषण एवं सामाजिक शोषण आदि मानबता बिरोधी कर्महरु हुन् भन्नुभएको छ । यो दुर्लभ रुपमा प्राप्त भएको मनुष्य जीवनलाई दमन शोषण रहित स्वतन्त्र मार्गमा जीबन निर्बाह गर्न पाउनु पर्दछ भन्ने गौतम बुद्धको मार्गदर्शनले बोध गराउदछ ।

प्राणी जगतका सबै वस्तुहरु परिवर्तनशील र नाशवान छन् । अतः हामी पनि आजैबाट विकारयूक्त चित्तलाई शुद्ध पारी, दुष्कर्मबाट टाढा रहेर मनुष्य लगायत सम्पूर्ण प्राणी जगतको बाँच्न पाउने अधिकारको रक्षा गर्दै, लोभ, लालच र विलाषीताको सपना बाट मूक्त भै प्राणी जगतका दुःख र पीडाको निराकरणको कारक वनि बुद्धको मध्यमार्गी आदर्शको अनुशरण गर्दै जीवनयापन गर्ने प्रण गरौं । भौतिक विलासिताको पछाडि मात्रै दौडेर अमुल्य जीवनलाई अन्धकारमा नबिताऔं । मध्यमार्गी बौद्ध दर्शनको अवलम्वन गरेर स्वतन्त्र तर कल्याणकारी जिवन यापन गरौं ।

अन्तमा संसारका सवै प्राणी जगतलाई दुःखबाट मुक्त होस भन्दै शुभकामना दिन चाहान्छु ।
जय बुद्ध । थुजे छे ।