निधिकण्ड सुत्त नेपाली अनुवाद सहित

यस सुत्तले सारांशमा सम्पत्ति भनेकाे के हाे र कस्ताे सम्पत्तिले मानव जीवनमा अर्थ राख्छ भन्न् स्पष्ट पार्छ

(१) दृश्यमान सम्पत्ती आवश्यक पर्दा काम आउँछ – यस प्रकार कोही मनुष्य यस्तो भावना गरेर जलाशयको गहिराइमा निधि ( सम्पत्ति ) लाई गाडिदिन्छ ।
(२) राजाद्वारा भौतिक सम्पत्ती हडप्दा या चोरले चोरी गर्ने डरले या ऋणबाट छुटकारा पाउन या महामारीको समय या कुनै बिपत्तिमा यो निधि काम आउँछ – यस्तो भावना मनमा राखेर मनुष्यहरु संसारमा निधि जम्मा गर्दछ ।
(३) यस प्रकार जलाशयको गहिराइमा सुरक्षित हुँदा पनि उक्त भौतिक दृश्यमान निधि सँधै मनुष्यको काममा आउँदैन ।
(४) त्यो दृश्यमान निधि या त त्यस राखिएको स्थानबाट गायब हुन्छ, या राख्नेले भुल्दछ, या त्यसलाई नागले हटाएर लैजान्छ या यक्षले त्यसलाई चोरेर लैजान्छ ।
(५) उक्त दृश्यमान निधिको बिरोधी उत्तराधिकारी उठाएर लैजान्छ या त जुन समय पुण्य क्षय हुन्छ त्यस समय त्यो निधि बिनिस्ट भएर जान्छ ।
(६) दान, सिल, संयम वा दमनले युक्त जो अदृश्य निधि एकत्र ( जम्मा / भेला / सञ्चय ) गर्दछ, त्यही त्यस स्त्री या पुरुषको सुनिहित निधि हो ।
(७) यस प्रकारले चैत्य, संघ, अतिथी, ब्यक्ति, माता-पिता, भाइ तथा ठुला जनको सेवा सत्कार गरेर जो अदृश्य निधि एकत्रित गर्छ त्यही पुण्य कर्मका कर्ता स्त्री या पुरुषको सुनिहित निधि हो ।
(८) यो अदृश्य पुण्य निधि सुरक्षित छ । अजेय छ, साथै जानेवाला छ । प्राणी कालगतीलाई प्राप्त गरेर परलोक जाने समय यसै निधिलाई लिएर जान्छ ।
(९) यो निधि असाधरण छ, चोरले चोर्न सक्दैन । त्यसैले धिर पुरुषहरुले पुण्य कर्म गरेर यस्तो निधिको अधिकारी बन्नु पर्दछ जुन उसको साथै जानेवाला होश ।
(१०) यस्तो अदृश्य पुण्य निधि देव – मनुष्यलाई सबैकुरा दिने हो । मनुष्यहरुले जे जे चाहन्छन्, उनीहरुले यसै निधिबाट प्राप्त गर्नेछन् ।
(११) यश निधिद्वारा सुन्दर वर्ण, मधुर स्वर, राम्रो आकार–प्रकारको शरीर, सुन्दर रुप, अधिपत्य र परिवार यी सबै यस निधिद्वारा नै प्राप्त हुन्छ ।
(१२) यश प्रकारको निधिद्वारा प्रदेश, राज्य, देवत्व, चक्रवती सुख, प्रीय बस्तु दिब्यमा – देवराज – यी सम्पुर्ण यसै निधिद्वारा प्राप्त हुन्छ ।
(१३) यश प्रकारको निधिद्वारा मनुष्य लोकको सम्पत्ती, यश, देवलोकको सुख र निर्बाण सम्पत्ती यी सबै यसै निधिद्वारा प्राप्त हुन्छ ।
(१४) कल्याण मित्रको संगत गर, जो सधैं प्रयत्न गर्दछ उसलाई बिद्या, बिमुक्ती, वसिभाव- यी सबै यसै निधिबाट प्राप्त हुन्छ ।
(१५) प्रतिसम्भिदा, बिमोक्ष, श्रावक पारमी, प्रत्येक बोधी र बुद्धभुमी – यी सम्पुर्ण यसै अदृश्य निधिबाट नै प्राप्त हुन्छ ।
(१६) यश प्रकारको पुण्य सम्पत्ति महान अर्थ सिद्ध गर्ने हुन्छ । त्यसैले पण्डित जन र धिर पुरुषले पुण्यकर्मको प्रशंसा गर्दछन ।