बुद्ध र नालागिरी हात्ती

प्रस्तुति : जीवन कुमार शाक्य
बुद्धको मामाको छोरा भाई देवदत्त सँधै स्यानै देखि बुद्धलाई बेईज्जत गर्न मै लागिरहन्थ्यो, तर उ जहिले पनि तर्कले हार्थ्यो।
एकपटक बुद्ध जब कपिलवस्तु पुग्नुभयो त अनेक कुलीन शाक्यवंशी राजकुमार उहाँको अनुयायी बने। देवदत्त पनि उनि मध्य एक थिए ।
केहि समय पछि देवदत्तले पनि केहि जादु शक्तिहरु प्राप्त गर्यो र एकपटक उस्को प्रदर्शन मगधको भावी सम्राट अजातशत्रु समक्ष गर्यो । त्यहाँ उ एक बालकको रुपमा प्रकट भयो जस्ले साँपको न्यारीमुसा बाँधेको थियो । तब देखि अजातशत्रु उसलाई परम आदरको दृष्टिले हेर्थ्यो ।


केहि दिनपछि देवदत्त मगधबाट फर्केर जब संघमा फर्केर आयो तब उस्ले स्वयंलाई बुद्ध भन्दा श्रेष्ठ घोषित गर्यो र संघको नेतृत्व गर्न चाह्यो । भिक्षुहरुले बुद्ध सित विमुख गर्नको लागि उसले यो भने कि बुद्ध त बूढ़ो भैसक्यो र बिन्ठो भएकोछ । तर भिक्षुहरुले जब उसको कुनै कुरा सुनेन तब उ बुद्ध र संघ दुबै बिभेद ल्याउन थाल्यो । त्यो जे गर्दा पनि नसकेर उ निरास भएर मगध फर्क्यो र अजात शत्रुलाई महाराज बिम्बिसारको हत्या गरेर राज्य हातमा लिने प्रेरणा दियो । बिम्बिसार र बुद्धको बिचमा राम्रो सम्बन्ध थियो । सुरुमा बिम्बिसारलाई मार्न सफल भएन ।त्यसैले उस्ले सोह्र धुनर्धारिहरुलाई बुद्ध मार्न पठायो । तर बुद्धको प्रभावले सबैजना अनुयायी भए । रीसले केहि नपाएर देवदत्तले बुद्ध माथि ग्रीधकूट पर्वतको टुप्पाबाट एक चट्टान खसाल्यो जुन खसेर अर्को चट्टानमा अर्को पहाड उत्पन्न भएर बिचैमा रोकियो ।


देवदत्तको क्रोधको सीमा रहेन। उस्ले एक दिन मगध राजको अस्तबलमा गएर एक विशाल हात्ती नालागिरीलाई जाँड खुवाएर बुद्धको आगमनको मार्गमा पठाईदियो । नालगिरीको आगमनले बाटोमा हलचल मच्चीयो मान्छेहरु भागाभाग भयो । त्यहि बेला बुद्ध पनि त्यहि बाटोबाट निस्कनुभयो । त्यहि बेला एक आत्तिएकि महिला आफ्नो बच्चालाई हात्तीको अगाडी छोडेर भागि । जसै नालगिरि हात्तीले बच्चालाई कुल्चन खुट्टा उठायो त्यहि बेला बुद्ध उस्को अगाडी उभिनुभयो । उहाँले करुणा पुर्वक हात्तीको सिर थपथपाउनुभयो । बुद्धको करुणाको बर्षाले र स्पर्शले नालागिरि हात्ती वहाँको अगाडी घुँडा टेकेर बसेर सुँडले अभिवादन गर्दै भगवानको पाउमा छोयो ।


नालागिरि हात्तीको यस घटनाबाट देवदत्त मगधमा साह्रै अप्रिय भयो र त्यहाँबाट तुरुन्तै नगर छोड़ेर भागे ।
भवतु सब्ब मङ्गलम्