भगवान बुद्धको अस्तु रहेको रामग्राम स्तुप

बैजनाथ चौधरी

ई.पू. छैटौं शताब्दीमा पश्चिम नेपालको तराई भू–भागमा विस्तारित शाक्य र कोलीय राज्यहरू तत्कालीन शक्तिशाली गणराज्य थिए।तत्कालीन अवस्थामा हालको नवलपरासीको उज्जैनी देउरुवा, देवगाव मनरी गाविसको जावालगायत क्षेत्रमा कोलको बाक्लो जंगल रहेको अवस्था थियो। कोलको वृक्ष मनरी गाविसको जावा गाउँको दक्षिणपट्टि रहेको कोटमा प्रशस्तै छ। त्यहींबाट एउटा बिरुवा ल्याएर रामग्राम स्तुपको कम्पाउन्डमा सारिएको छ।

वनारसका राजा राम श्वेत कुष्ठरोगले ग्रसित हुँदा उनी यही कोलको जंगलमा आई बसेका थिए। कोलको रूखको छहारीमुनि बस्ने, कोलको पात पिसेर खाने, कोलको रूखको बोक्रा पिसेर छालामा लेपन गर्ने गर्दा सन्चो भएको भनाइ छ। त्यही बेला दीर्घ–निकायमा कोशलराज ओक्काकले आफ्ना चार छोरा र पाँच छोरीलाई राज्यबाट निर्वासित गर्दा हिमालयको तलपट्टि सालवनमा कमलको तलाउको छेउमा बसोबास गरेको चर्चा थियो। मन्त्रीलाई बुझ्न पठाउँदा उनीहरू (दाजुबहिनी) बिच विवाह गरी बसेको थाहा भयो। सो प्रकरणपछि राजाले उद्गार व्यक्त गर्दा– ‘हे † राजकुमारहरू सक्य छौ, निश्चय सक्य छौ’ भनेकाले कालान्तरमा शाक्य भएको भन्ने भनाइ छ। सो निर्वासित राजकन्यामध्ये प्रिया (अमृता) लाई पनि श्वेत कुष्ठरोगले ग्रसित बनाएपछि उनलाई एकान्त जंगलतिर पाठाइएको थियो। रामको सल्लाहअनुसार प्रियालाई पनि कोलको वृक्षमुनि बस्दा निको भएकाले उनीहरूले विवाह गरी बसोबास गरेको क्षेत्र कालान्तरमा देवदह, रामग्राम, व्याघ्रपुर, व्याघपथ, कोलग्राम वा कोलीय नगर भन्न थालियो।

कोलीय गणराज्यका दुईटा जनपद थिए– रामग्राम र देवदह।

रामग्राम स्तुप भएको क्षेत्र रामग्राम जनपद थियो भने देवदह जनपद हालको बन्जरिया गाविसको पण्डितपुर क्षेत्र नै हो जुन हालैको उत्खननबाट प्रमाणित भएको छ। तिनै कोलीय वंशका राजा अन्जनका दुई छोरी मायादेवी र प्रजापति, दुई छोरा दण्डपाणी र सप्रबुद्ध थिए।

मायादेवी र प्रजापतिको विवाह शाक्यवंशी शुद्धोधनसँग भयो र मायादेवीले गौतम बुद्धलाई जन्म दिइन् र प्रजापतिले मायादेवीको निधनपछि शिद्धार्थ गौतमलाई हुर्काइन्, पालनपोषण गरिन्।

प्रजापतिले भिक्षुणी भएपछि– ‘यो अन्तिम जन्ममा मैले देवदह नगरमा जन्म लिएँ। मेरो बुवा अन्जन शाक्य हुनुहुन्छ र आमा सुलक्षण, पछि म कपिलवस्तुका राजा शुद्धोधनको घरमा गएको थिएँ’ भन्ने उद्गार व्यक्त गरेकी थिइन्।

बुद्धको ८० वर्षको उमेरमा कुशीनगरमा महापरिनिर्वाणपछि रामग्रामका कोलीयहरू कुशीनगर पुगी ‘भगवान् बुद्ध हाम्रै वंशका हुनुहुन्छ, त्यसकारण बुद्धका अवशेषमा हाम्रो पनि अधिकार छ। हामीले पनि अस्तु अवशेष पाउनुपर्छ’ भन्ने दाबी गरे। विवादका बाबजुद पछि आठ भाग लगाइएको अस्तु– मगध, वैशाली, कपिलवस्तु, अल्लकप्प, रामग्राम, वैप्दीप (विष्णु दीप) पावा र कुशीनगरलाई प्रदान गरिएको थियो।

पछि मगधका आजात शत्रुले सबै स्तुपमा रहेको अस्तु संकलन गरी विशाल स्तुप निर्माण गर्ने क्रममा सबै स्थानबाट अस्तु ल्याइएको थियो तर रामग्राममा नागहरूले सुरक्षा गरेको हुनाले लिन सकिएन। सम्राट् अशोकले जम्बुदीपमा ८४ हजार स्तुप निर्माण गर्दा पनि यहाँको अस्तु लान नसकेको हुँदा बौद्ध धर्म र संस्कृतिको दृष्टिले यसको विशेष महŒव छ।

इसाको पाँचौं शताब्दीमा कपिलवस्तु, लुम्बिनी आदि स्थानहरूको भ्रमण गर्ने क्रममा चिनियाँ यात्री फाहियान पनि रामग्राम आएका थिए। उनले रामग्राम नष्ट हुन थालेको, पोखरीमा नागहरू रहेको, लुम्बिनीबाट ५ योजन (३५ माइल) पूर्व रामग्राम (लन–मो) रहेको उल्लेख गरेका छन्। इसाको सातौं शताब्दीमा हुएन–साङले (लान–मा) लुम्बिनीबाट २०० ली ( ३३.५ माइल) पूर्व पर्ने उल्लेख गरेका छन्। यस अवस्थामा इँटाको १ सय फिटको उचाइ र एकजना श्रावणेर मात्र रहेका थिए भन्ने उल्लेख गरेका छन्।

सिद्धार्थ गौतम २९ वर्षको उमेरमा महाभिनिष्क्रमणका क्रममा उनी कपिलवस्तुको पूर्वपट्टि पर्ने अनोमा नदी तटमा पुगी राजश्री बन्न कपाल खौरी सारथि छन्ना र घोडा कन्थकलाई फिर्ता पठाएको ठाउँ वर्तमान त्रिवेणीघाट हो भन्ने पुरातŒवविद् डा. एस. वी देवको धारणा छ।

कतिपयले रामग्रामको बारेमा अन्य स्थानको चर्चा नगरेका होइनन् तर विभिन्न समयका यात्रीको यात्रावृत्तान्त र अनोमा (त्रिवेणी घाट) नदीको नजिकै, गंगा (झरही) को किनारमा अवस्थित तथा चिनियाँ यात्री फाहियान र हुएन–साङले उल्लेख गरेको दुरी, रोहिणी नदीको पूर्वपट्टि पर्ने आदि तथ्यको आधारमा सर्वप्रथम डा. होएले सन् १८९८ मा रामग्राम स्तुप पता लगाए। भारतीय पुरातŒवविद् डा. एस.वी. देवले सन् १९६५ मा रामग्राम स्तुप अवलोकन गरेका थिए।

२०३८ सालमा पुरातŒव विभागले ९ मिटर उचाइ र २९ मिटर व्यास भएको स्तुपलाई सामान्य तारबार मात्र लगाई यो रामग्राम स्तुप हो भन्ने सरकारी हिसाबले संरक्षण गरेको थियो।

सन् १९९७ मा युनेस्को र पुरातŒव विभागको प्रयासमा भू–भौतिक अन्वेषण गर्दा देखिएका चैत्यका खण्डहरू उत्खनन गरिएका छन्। मौर्यकालदेखिका इँटाका विभिन्न खण्डहर, कुषाणकालीन तामाका मुद्रा, खैरो रङका माटाका भाँडावर्तनका टुक्रा, बालाका टुक्रा, माटाका मूर्ति, धातुका रड, बहुमूल्य पत्थर, जनावरका बंगारा, मानव अस्थिपन्जर आदि कला र अस्मिभूत अवशेष उपलब्ध भएका छन्। सन् १९९९ देखि २००२ सम्म रामग्राम स्तुप वरिपरि उत्खनन गरियो।

रामग्राम स्तुप प्रमाणित भएपछि आधुनिक तीर्थयात्री (बुद्ध धर्मावलम्बी)को आगमन हुन थाल्यो। तर, रामग्राम स्तुप पुग्नका लागि बाटो थिएन।

उजैनी गाउँको दक्षिणतिरबाट गाउँ भित्रभित्रै कच्ची बाटोमा चप्पल–जुत्ता हातमा लिएर पाइन्ट र सुरुवाल माथि सारेर एक हुल जापानिज यात्री रामग्राम गएको देखें जतिबेला म नवलपरासीको जिल्ला विकास समितिको सभापति थिएँ। मलाई लाज लाग्यो, जापानका यात्रीहरू रामग्राम स्तुपको दर्शन गर्न लाखौं खर्च गरेर नेपाल आउने गर्छन् र हामी नेपालीहरू रामग्राम स्तुपसम्म सजिलो गरी पुग्न बाटोसम्म बनाउन नसक्ने ? यो त हदै भयो भनेर बाटो निर्माणको पहल मेरो नेतृत्वमा सुरु गरें।

तत्कालीन उजैनी गाविस भवनसम्म जान त बाटो थियो, त्यसपछि रामग्राम स्तुपसम्म पुग्न साझा बाटो थिएन। निजी जग्गा भएका जग्गा धनीहरूले जग्गा नदिईकन बाटो निस्कने उपाय थिएन। पत्ता लगाउँदा जोकवारका बच्चाबाबुको जग्गा सुरुमा पर्दोरहेछ। निजसँग कुरा गर्दा सहमति भयो तर अन्य कोही पनि जग्गा धनीहरूले मान्ने अवस्था रहेन।

सर्वदलीय बैठक बसाली बाटोको आवश्यकता र बाटो निकाल्न प्रशासन नलगाई ननिस्किने निष्कर्ष निकल्यो। जिल्ला प्रशासन कार्यालयलाई शान्ति सुरक्षाका लागि व्यवस्थाको जानकारी गराउँदै बाटो निकाल्ने निर्णय गरियो।

तोरी फुलेको र उखु काट्ने बेला सिँचाइ कार्यालयको गे्रडर मगाई हामी जनप्रतिनिधि र प्रहरीसमेतले नक्सांकन गरेको बाटो निकाल्न सुरु गरियो। त्यति बेला ठुलो संघर्ष गर्नुप¥यो। जग्गा धनीहरू डोजरका अगाडि सुत्थे तर डोजर नरोकिए पछि भाग्थे, यसैगरी बाटो निकालियो र तुरन्तै जिविसबाट खाद्यान्न उपलब्ध गराएर माटो फिँजाउने काम सम्पन्न भयो। त्यसै वर्ष सडक डिभिजन कार्यालय बुटवलले कलभर्टहरू निर्माण र पिच गर्ने काम पनि सम्पन्न ग¥यो । जसले गर्दा आजको अवस्थामा सजिलै रामग्रामसम्म पुग्न सकिने भएको छ।

यस आव (२०७१÷७२) मा नेपाल सरकारको बजेटमा देउरुवामा पक्की पुल बनाउनका लागि सर्वेक्षण तथा डिजाइन इस्टिमेट गर्ने भनेर रातो किताबको भाग २ को पेज नं. ९५६ को सि.नं. ४ मा उल्लेख गरेको छ। रातो किताबको भाग १ मा पेज नं. २७० मा सि.नं. ३३७१२३–४ मा रामग्राम स्तुप देउरुवा, बैकुण्ठापुर हर्कटा सडक नवलपरासी, उल्लेख गरिएको छ। त्यस्तै, पूर्व–पश्चिम राजमार्गमा रहेको ज्यामिरेदेखि रामग्राम पुग्न सोही किताबको पेज नं. ३०९ को सि.नं. ३३७१२३–४ मा बौद्ध परिपथ (रामग्राम, पण्डितपुर, ज्यामिरे– हर्ककटवा) उल्लेख गरिएको छ। यस आवमा प्रर्व–पश्चिम राजमार्गको हर्कटाबाट रामग्राम सडक कालोपत्रे गर्ने कार्यका लागि बहुबर्से ठेक्का भएको छ। आगामी वर्षसम्म रामग्रामसम्म कालोपत्रे सडक निर्माण भइसक्नेछ।

देउरुवामा पक्की पुल बनाएपछि जनुसुकै बेला बौद्ध परिपथमा पर्ने साम्यामाई पोखरी तरंगौली, देवदह (पंडितुर), रामग्राम स्तुप र मामिसवरिया र वर्दगोरियाको भ्रमण गर्न सकिने अवस्था हुन्छ।

नवलपरासीको सदरमुकाम परासी वरपरको विकास गर्न रामग्राम स्तुपसम्म पूर्वाधारको विकास नगरी सम्भव हुँदैन। यति महŒवको स्थान विकसित देशमा भएको हुन्थ्यो भने यसको कारणले हजारौं मानिसले रोजगारी पाइरहेका हुन्थे तर हामी विदेशमा अदक्ष श्रम बेच्न विवश भएका छांै, ठिक ढंगको योजना नभएका कारण। आशा गरौं, समृद्धिको बाटोमा अब हाम्रो मुलुक अगाडि बढ्छ।

साभार राजधानी दैनिक २०१५-०६-२०