शाक्यमुनी बुद्ध दार्शनिक होईनन् 

ओशो

बुद्ध पहिला त मान्छे हुन जसले परमात्मा बिना ध्यान गर्ने विधि दिनुभयो। जस्ले परमात्माको मान्यतालाई ध्यानको लागि आवश्यक मान्नुभएन । न केवल परमात्मालाई बरु आत्माको धारणालाई पनि ध्यानको लागि आवश्यक मान्नुभएन । वहाँले भन्नुभयो, ध्यान त स्वास्थ्य हो। तिमी स्वस्थ हुनसक्छौ । त्यसैले भगवानबुद्धलाई मनोचिकित्सकलाई जस्तै हेर्नु  किनभने वहाँ धर्मगुरु होइन धर्मगुरु मान्नाले गडबड भयो वहाँ धर्मगुरु हुँदै होइन ।

 

कतै परमात्माको धारणा बिना कोही धर्म हुनसक्छ ? कतै आत्माको धारणा बिना कोहि धर्म हुनसक्छ? तत्वको बारेमा बुद्धले कुरै गर्नुभएको छैन । वहाँले चार आर्य-सत्यको घोषणा गर्नुभयो : कि मनुष्य दुखी छ। यसमा कुन सन्देह छ? यसको कस्ले विरोध गर्छ? मनुष्य दुखी छ। मनुष्यको दुखको कारण छ। ठीक बुद्ध त्यस्तै बोल्नुहुन्छ जसरी वैज्ञानिक बोल्छन। दुखको कारण छ । किनकि बिना कारण कसरी दुःख हुन्छ? त भगवान बुद्धले भन्नुभएको छ, पहिलो आर्य-सत्य मनुष्य दुखमाछ । दोश्रो आर्य-सत्य दुखको कारणछ तेश्रो’ आर्य-सत्य दुखको कारण मेटाउन सकिन्छ चौथो आर्य-सत्य एक यस्तो पनि अवस्था छ जब दुख नै रहन्न।

बुद्धले यो पनि भन्नुभएन कि त्यहाँ आनन्द होला। किनकि उहाँ भन्नुहुन्छ, व्यर्थको कुरन किन गर्ने ? यति मात्रै भन्नुभयो, त्यहँ दुख हुँदैन । आनन्दलाई तिमीले कसरी बुझ्छौ ? आनन्द तिमीले जानेनौ । त्यो शब्द खोक्रोछ, अर्थहीन छ । तिमीले त्यस्मा जुन पनि अर्थ हाल्छौ, त्यो त्यहि होला जुन तिमीले जानेकाछौ । तिमी आफ्नो सुखलाई आनन्द सम्झलाउ ।

यि जुन बुद्धका वचन छन् , तिनको मनोविज्ञानको आधारशिलाहरु छन्- ‘विषय-रसमा शुभ देख्दै विहार गर्नेहरु, इंद्रियहरुमा असंयत, भोजनमा मात्रा न जान्नेहरु, अल्छि र अनुद्यमी पुरुषलाई मार त्यसै पनि खसाली दिन्छ जस्तै आँधीले दुर्बल रुखलाई ।

मैले सुनेकोछु कि एक जाडोको समयमा बिहान एउटा कुकूर एउटा रुखको तल घाम तापेर आराम गरिरहेकोथियो । त्यहि रुखको माथि बिरालो बस्थ्यो, त्यो पनि बिहान निदाउन थालेको थियो । उ निद्रामा बडो खुशि देखेर कुकूरले सोध्यो के हो स्थिति? तँ त बडो आनन्दमा छस् । त्यो बिरालोले भन्यो कि मैले एक सपना देखेँ, बडो अनौठो सपना, कि पानी परिरहेकोछ, पानी होईन मूसा खसिरहेकोछ । कुकूरले भन्यो, धत् मूला बिरालो ! अनाडी कहीं मूला मूर्ख ! न शास्त्रको ज्ञान, न पुराण पढ़ेको, न इतिहाँसको ज्ञान ! शास्त्रहरुमा कतै यस्तो लेखेको थाहा छैन। हो, बरु केहि पटक पानी पर्दा, हाडहरु अवश्य बर्षेको थियोमूसा त कहिल्यै होईन । तर त्यो कुकूरको शास्त्र हो बिरालोको शास्त्रमा त मूसा बर्षने कुरा लेखेकोछ । किनकि कुकूरलाई हाड चपाउन स्वाद लाग्छ । बिरालो लाई मूसा खानमा रस छ । हाम्रो चलनमा पनि कहीं रसको कारण छ, विषय-वस्तुमा होईन । यो पहिलो विश्लेषण हो ।

मैले पढिरहेको थिएँ, दोश्रो महायुद्धमा एक घटना भयो । बर्माको जंगलहरूमा सिपाहीहरूको एक जत्था, सैनिकहरुको एक जत्था एक महिना देखि युद्धमा जूधिरहेको थियो। ति युवकहरुले कुनै महिलाको अनुहार देखेका थिएनन्। एक दिन दिउँस एक सुगा उड़्यो जोडले भन्दै कि बड़ो सुन्दरी युवती छ, अत्यन्त सुन्दरी युवती छ। सैनिकहरुले आफ्नो हतियार राखिदियो । धेरै दिन भयो आईमाई केटीको अनुहार हेर्न नपाएको । सुगाले वोल्दैछ सबैजना सुगाकै पछि दगुर्दै । छ सुगा भन्दैछ सुन्दरी युवती छ । ती जब पुगे, झाडीमा झाडी फालेर हेर्यो सैनिकहरु त वाल्ल त्यहाँ कुनै केटी आईमाई थिएन । एक मादा सुगा थियो जस्को कुरा गर्दै थियो कराई रहेको थियो ! अब सैनिकहरु विचरा हिस्स कति झोँक चल्यो होला यो मूला सुगाले कस्तो झुक्याएको । सुगाले त आफ्नै सुन्दरी केटीको बारेमा भन्दै थियो नि ।

सुगालाई त पोथी सुगामा छ । तिमीलाई के थाहा पोथी सुगाको रस को बारेमा । त्यो भाले सुगाको धारणामा छ । पुरुषलाई आईमाई केटीमा थाहा हुन्छ जुन रस बाहिर होईन तिम्रो भाव दशामा छ । बिमारी पछि स्वादिष्ट भन्दा स्वादिष्ट भोजनमा स्वाद थाहा हुँदैन । तिम्रो जिभ्रोले स्वाद थाहा पाउन छोडीसक्यो । जब तिमी स्वस्थ हुन्छौ तब पो स्वाद हुन्छ । जब अस्वस्थ हुन्छौ स्वाद हराउँछ ।

जीवनको जुन रस छ, त्यो वस्तुमा र विषयमा होईन त्यो स्वयम् तिमीमा छ । जब सम्म तिमीले त्यस विषयमा हेर्छौ, तब सम्म तिमी गलत मार्गमा हराउँदै हुन्छौ, किनकि तिमी विषयको पछि लाग्छौ ।

संसारमा दुई किसिमको यात्राहरु छन। एक – बाहिरको यात्रा हो। अधिकान्स मान्छेहरु यहि यात्रामा रमाउँछन् किनकि तिनिहरुलाई बाहिर नै रस भएको मान्छन। वास्तवमा बाहिर त रसै हुँदैन । रस त आफैमा छ त्यो अन्तर्यात्रामा हो र जस्ले यो अन्तरयात्रामा रस पाउँछ अन्तर्यात्रा मा जान्छन । यहि अन्तरयात्रालाई भगवान बुद्धले योग भन्नुभएको छ । त्यो अन्तर्यात्रा भनेको विपश्यना साधना हो ।

प्रस्तुतकर्ता  जीवन कुमार शाक्य, सुर्खेत