के बुद्ध साच्चै नै विष्णुको नवौं अवतर हुन् त ?

लक्ष्मी तामाङ

हिन्दुस्तानी धर्म ग्रन्थ साथै सो धर्म ग्रन्थमा विश्वास राख्ने आम हिन्दुहरु दाबी गर्ने गर्छन् बुद्ध विष्णुको नवौं अवतार हुन् भनेर । हालै एक धार्मिक संस्थाले आफ्नो फेसबुकमा स्टाटस यस्तो  लेखे “बुद्ध पनि हिन्दु भगवान बिष्णुको ९ औं अवतार भन्ने थाहा छ कि छैन हजुरहरुलाई ?”

भ्रमै भ्रमको संसारमा सत्य, तथ्य र यथार्थ के हो भनी बुझ्नु भन्दा पनि हो मा हो, हा मा हा लगाउने परम्पराम चल्दै आई राखेको छ यो विश्व मानव समाजमा | त्यसमा पनि हिन्दुस्तान र नेपालको कुरै नगरौ बिगतदेखि हालसम्म भ्रमको खेती गर्दै आई रहेका पाउछौ । हाम्रा राजा महाराजाहरुले आम नागरिकहरुलाई बेवकुफ बनाउदै जुन प्रमाणित हुन्छ यी दुवै देशका ऐतिहासिक दस्तावेजहरु केलाएर गम्भीर गहिरो अध्धयन गर्ने हो भने यथार्थ बुझ्न मानवताको लागि कुनै पनि गल्ती नगरी सत्यता खोज्न सकिन्छ | बुद्धले भन्नुभएको थियो “तीन चिजहरु लुकाएर लामो समयसम्म टिक्दैन | ती हुन् चन्द्र, सुर्य र सत्य” | साथै उहाले भन्नु भएको थियो “सत्यताको खोजी गर्दा दुई गल्तीहरु गर्छौ | पहिले सत्य भनेको के हो बुझ्न नचाहने | दोस्रो, सत्यताको गहिराईमा जान नचाहने “| ठ्याक्कै यस्तै गल्तिहरु हामी गर्दै आईरहेका छौ र कवि भूपी शेरचन ज्युले भन्नुभए झैँ “नेपाल हल्लै  हल्लाको देश हो” | हुन पनि हो जस्तै लाग्यो मलाई पनि अज्ञानताले गर्दा सबै आफ्नो कान समात्ने भन्दा पनि हुलले जे भन्यो उतै दौडिने प्रवृति देखेर हामी आम नेपाली नागरिकहरुको ।

यथार्थ कुरा बुझ्दा भ्रम प्रचारकहरुले बुद्धलाई हिन्दुको भगवान बनाएका हुन् हिन्दुस्तानी प्राचीन विद्वान बुद्धिजीवीहरुले उनीहरुको आफ्नो ग्रन्थमा उल्लेख गरेर | त्यसो  त रत्नाकर भन्ने डाकु बल्मिकीले आफ्नो रामायणमा बुद्ध नास्तिक चोर भनेर पनि उल्लेख गरेको छ नि, हौ यो कुराको पनि हेक्का राख्ने गरौ न हौ । अरुले जे जे लेख्ने सोहि विश्वास गर्ने अलि कति पनि मन मस्तिष्क प्रयोग नगरी सोच विचार गर्न के सत्य असत्य हो भन्ने कुरा बुझ्न  मानवताको लागि  |

बुद्ध मुर्ति पुज्ने र माटो र दुंगाको भगवानको विपक्ष हुनु हुन्थ्यो साथै बुद्ध जन्मेको समयमा हिन्दु धर्म भन्ने नै थिएन । ब्राह्मणबाद भन्ने धर्ममा थियो जुन वेदिक धर्मको भ्रष्ट रुप थियो भन्ने प्रमाण त छदैछ नि हौ | सबै प्राचीन हिन्दुस्तानमा बौद्ध दर्शन पालना गर्ने ७०-८०% मानिसहरु थिए तर पनि हिन्दुस्तानी आदि शंकराचार्यले धेरै बौद्ध भिक्षुहरुको कास्मिर लगायत हिन्दुस्तानको विभिन्न ठाउमा बध गरेको प्रमाण त आजै पनि ताजा छ नि हौ |

नेपालमा पनि राणाशासन कालमा किन १३ जना नेवार बौद्ध भिक्षुहरुलाई देश निकाला गरियो त नि हौ यदि बुद्ध साच्चै नै हिन्दु को भगवान नै मान्थे भने हाम्रा कुरा बुझेका शासक शोसक वर्गहरुले नि हौ | ल अब यो एक पटक अध्धयन गर्नुहोस् भ्रमबाट जाग्नुको लागि मानवताको लागि भ्रामिक विश्वास र ज्ञानको पछि लाग्नाको लागि हो |

Professor Lal Mani Joshi, Department of Religious Studies, Punjabi University, Patiala, India in 1970  has set out to reply to certain Indian scholars who have criticised Buddhism, and others who have put forward the theory that Buddhism is simply a form of Hinduism or an offshoot of it. His thesis broadly falls under five heads, namely:

1. The Buddha was not “born a Hindu” because Hinduism in its present form had not emerged at the time of his birth;

2. Before the time of the Buddha the religion of India was Vedic Brāhmaṇism, but that alongside the Vedic tradition there was an ascetic (Śramaṇa) stream of religious thought and practise having its origin in prehistoric times;

3. That it is to this Śramaṇic culture that Buddhism has its closest affinity;

4. That Hinduism grew out of a fusion of Vedic Brāhmaṇism with Buddhism and other Śramaṇic religious trends;

5. That although Buddhism acknowledges an affinity with the Śramaṇic cults, it is nevertheless a unique product of the Buddha’s direct insight.

Dr. Joshi is not the first to have pointed out the more obvious of these facts; but in his essay he has brought to bear on the subject an impressive erudition and has supported his arguments with the result of much painstaking research.

For details please visit at http://www.bps.lk/olib/wh/wh150.pdf

अब यसै सन्दर्भमा बौद्ध दर्शनको विज्ञ के भन्नु हुन्छ सो कुरा पनि बुझ्ने चेष्टा गरौ न त सत्य, तथ्य र यथार्थ बुझ्न मानवताको लागि |
भिक्षु रानु पुलामी मगर लेख्नु हुन्छ, के बुद्ध नवौं अवतार नै हो त ?

हिन्दु विद्धवान, ब्राह्मण पण्डितहरुले धार्मिक कार्यक्रमहरुमा गौतम बुद्धलाई ‘हामीले नवौं अवतारको रुपमा मान्ने गर्दछौं’ भनेर मन्तव्य व्यक्त गरेका धेरै पटक सुनेको छु । यो पंतिकारलाई लाग्यो- “के भगवान बुद्ध साँच्चिकै विष्णु देवताको नवम अवतार नै हो त् ?”

सनातन हिन्दु धर्मावलम्बी र केहि बौद्धहरुले पनि भगवान गौतम बुद्धलाई विष्णुको नवम अवतारको रुपमा मान्दछन्, पूजा श्रद्धा गर्दछन् । पूजा योग्यलाई श्रद्धापूर्वक पूजा गर्नु कुशल नै हो । हिन्दुहरुले ब्रह्मा विष्णु महेश्वर त्रिमुर्ति देवतालाई मुख्य देवताको रुपमा मान्दछन् । त्रिदेवलाई सृष्टिकर्ता, पालक र अमंगल संहारकाको रुपमा मान्दछन् । वैष्णुवहरुले विष्णुलाई सबभन्दा माथि सर्बोच्च आराध्य देवताको रुपमा मान्दछन् । विष्णुको उपासना र आराधनाबाट नै मोक्ष प्राप्त हुन्छन् भन्ने उनीहरुको विश्वास छ । ई.पू. छैठौं र पाँचौ शताब्दीमा यिनीहरु भक्ति मार्गलाई नै मुख्य ठानी, यसैमा लागेको देखिन्छ । ई.पू. दोस्रो शताब्दीदेखि वैष्णव धर्म राम्रो विकास भयो ।
हिन्दु धार्मिक परम्परामा देवताहरुले आवश्यता अनुसार अनेक रुपलिने गर्दछन् भन्ने स्विकारिएको छ ।

– बुद्धको प्रमुख शिक्षाहरुमा अनित्य, दु:ख र अनात्मा पनि एक हो । यस संसार सबै कुरा अनित्य, क्षणभंगुर र नाशवान भएकोले दु:खमय छ । हामीमा अथवा ममा “म”, “मेरो”, “अहं” भन्ने केहि छैन, त्यसैले बुद्ध शिक्षा अनात्मवादी हो । जबकि हिन्दु दर्शन आत्मवादी हो, जुन आत्मालाई हिन्दुहरुले सत्य, शाश्वत, नित्य, अविनाशी भनेर मान्दछन् । यसरी आत्मवादी हिन्दु वैष्णवादीहरुले अनात्मवादी गौतम बुद्धलाइ विष्णु देवताको नवम भनि कसरी स्विकारे, अदभूत एवं रहस्यमय लाग्दछ ।
गीतामा जब संसारमा अधर्मले भरिन्छ र अत्याचार बढ्छ, भगवानको अनेक रुपमा पृथ्वीमा आगमन हुन्छ । फलस्वरूप अन्याय, अत्याचारको अन्त भइ न्याय र सत्यको पुनर्स्थापना हुन्छ भनिएको छ ।

देवता विष्णुले पनि आवश्यकता अनुसार १० अवतार लिने गरेको छ । मत्स्य पुराण, वराह पुराण र वराह पुराणमा पनि निम्न १० अवतार हरुको उल्लेख गरेको छन् –मत्स्य, कूर्म, वराह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्कि । विशेष नवम अवतारको रुपमा भगवान बुद्धलाई स्विकार गरिएको छ । अवतार भन्नाले –“अवतरित हुनु वा तल झर्नु हो” कुनै खास उद्देश्य राखेर पृथ्वी अवतरित हुनुलाई नै अवतार लिनु भनिएको छ ।

 

अब भगवान बुद्ध बारे केहि जानौ । सिद्धार्थ कुमार, नेपालको लुम्बिनीमा २६३८ वर्षघि जन्मनु भएको थियो । ज्ञान वैराग लिएर मनुष्य जीवनमा दु:खबाट मुक्ति पाउने आध्यात्मिक ज्ञानको खोजमा गृह त्यागी हिड्नुभयो । अन्तमा, बुद्धगयामा ध्यान तपस्या गरी मनका प्रज्ञा ज्ञान, बुद्धत्व ज्ञान प्राप्त गरी तथागत सम्यक् सम्बुद्ध हुनुभयो उहाँ अरहत हुनुभयो । अब फेरी बारम्बार जन्म लिनु नपर्ने, सम्पूर्ण दु:खबाट मुक्त हुनुभई, निर्वाण हुनुभयो । अर्थात् तृष्णा रहँदासम्म पुनर्जन्म भइ राख्दछ, तृष्णा लाइ “वान” भनिन्छ । तृष्णा वा वान अलग भएपछि निर्वाण हुन्छ, अर्थात् पुनर्जन्म हुँदैन ।
अव विवेचना गरौं गौतम बुद्ध नवम अवतार हुन सक्दछ कि सक्दैन बुँदागत रुपमा ।

१) गौतम बुद्ध निर्वाणमा पुगिसकेकोले अब अवतारको रुपमा पुन: पृथ्वीमा जन्म लिएर आउने संभव नै छैन | हिन्दु धर्मानुसार मोक्षमा पुग्नु भनेको, मनुष्य लोकबाट स्वर्गलोकमा देवीदेवता आदि भएर जन्मलिने भएकोले, पुण्य सकिएपछि पुन: मनुष्य लोकमा आउनसक्ने अवस्थामा मात्र अवतार संभव छ । यसरि निर्वाण र मोक्ष भिन्नता छ ।

२) गौतम बुद्धको प्रमुख शिक्षा अनित्य, दु:ख र अनात्मा पनि एक हो । यस संसारमा सबै कुरा अनित्य, क्षणभंगुर र नाशवान भएकोले दु:खमय छ । हामीमा अथवा ममा “म”, “मेरो”, “अहं” भन्ने केहि छैन, त्यसैले बुद्धशिक्षा अनात्मावादी हो । जबकि हिन्दुदर्शन आत्मवादी हो, जुन आत्मालाई हिन्दुहरुले सत्य, शाश्वत, नित्य, अविनाशी भनेर मान्दछन् । यसरी आत्मवादी हिन्दु वैष्णवादीहरुले अनात्मवादी गौतम बुद्धलाई विष्णु देवताको नवम अवतार भनि कसरी स्विकारे, अदभूत एवं रहस्यमय लाग्दछ ।

३) गौतम बुद्ध, महावीर जैनका अनुयायीहरुले त्यसबेला चलिरहेको धर्मको नाममा ढोङं प्रवृति, यज्ञ, बलि र रुढिवादी धारणा विरुद्ध अभियान नै चलाएको देखिन्छ । बुद्धका शिक्षाले बुद्धधर्म निरन्तर विकासतिर लम्किरहेको र अर्कोतर्फ वैदिक धर्म रुदिवादिको कारणले लोप होला जस्तो भएको अवस्थामा केहि नयाँ मतहरु देखापरे, जस्ले दुबैमा दुबैमा समन्वयात्मक भावना सिर्जना गर्ने प्रयास गरे । यसरी वैष्णव धर्मको रुपमा प्रादुर्भाव भयो । शायद यसैको परिणाम शतपथ ब्राह्मणले काल्पनिक रुपमा १० अवतार गौतम बुद्धलाई नवम अवतारको रुपमा समावेश गरी व्याख्या गरे होलान् ।

अन्तमा उपरोक्त तथ्यहरुका आधारमा विवेचना गर्दा भगवान गौतम बुद्धलाई जो निर्वाणमा पुगिसकेको छ, विष्णुको अवतार भन्नु बिलकुल गलत, तर्कहीन, कपोलकल्पित र मिथ्या सावित हुन्छ ।

3 years ago/Thursday, December 7th, 2017/