दर्शन के हो ?

चित्र शाक्य

दर्शन के हो? कै निरन्तरता…..

हामीले छलफल गर्यौं, सत्यको प्रकाश बिज्ञानले गरेको छ र बुद्धको सबै शिक्षा सत्य तथ्यमा नै आधारित छ। त्यसैले बुद्धशिक्षा बिज्ञान सम्मत पनि छ। यो हामीले त भन्यौं, तर बैज्ञानिकहरू तथा बैज्ञानिक प्रक्रिया बारे सोच्नेहरू के भन्छन्? त्यो हामीले जान्नु आवश्यक छ । अनि मात्र हाम्रो दावी ठीक ठहरिन्छ। हेरौं विश्व प्रसिद्ध बिज्ञानको क्षेत्रमा निकै उचाईको स्थान ओगट्ने बैज्ञानिक Albert Einstein, बैज्ञानिक विचारक Bertrand Russel एवं एक धार्मिक विचारका महिलाको निम्न भनाईहरू:-


1) ) The religion of the future will be a cosmic religion. It should transcend personal God and avoid dogma and theology. Covering both the natural and the spiritual, it should be based on a religious sense arising from the experience of all things natural and spiritual as a meaningful unity. Buddhism answers this description. If there is any religion that could cope with modern scientific needs it would be Buddhism. (Albert Einstein)


Anata Liou, Former Christian, now a Buddhist ले पनि यसलाई पूर्ण समर्थन गर्नु भएको छ।


2) ” Among the founders of all religions in this world, I respect only one man — the Buddha. The main reason was that the Buddha did not make statements regarding the origin of the world. The Buddha was the only teacher who realised the true nature of the world.” (Bertrand Russell)

नेपालमा जन्मेका बुद्धले कति विस्तारित ज्ञान संसारलाई बाँड्नु भएको रहेछ त? के यो कुरा बुझेर पनि सिर्फ स्वार्थवश नभएको कुरा बनाएर, ईतिहासलाई तोडमरोड गरेर बुद्धलाई आफ्नो देशको नागरिक हो भनाउने जस्तो कुरा प्रचारमा ल्याउनु कति जायज छ? उत्खननबाट स्थापित ऐतिहासिक तथ्यहरू फेला नपरेको भए संयुक्त राष्ट्रसंघले बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भन्दैनथ्यो। ( क्रमशः)