दर्शन के हो?

चित्र शाक्य

मैले गएको शनिवार जितापुर गन्धकुटी विहार खोकनामा धर्मचर्चा कार्यक्रममा सद्धर्मको व्याख्या गर्ने क्रममा निम्न उदाहरण दिएको थिएँ। कसैलाई साँझको अस्ताउँदो सूर्यलाई हेरेर सूर्य अस्ताए पछि अँध्यारो हुन्छ र अब यो डुबेको सूर्य फेरी उदाउला कि नउदाउला? भन्ने संशय भएमा उसलाई निम्न २ तरिकाले वताउन सकिन्छ।

 
१) उहिले पनि सूर्य अस्ताएर अँध्यारो भएको थियो र भोलीपल्ट उदायो, त्यस्तै क्रममा अस्ति पनि सूर्य उदायो र अस्तायो, हिजो पनि र आज पनि सूर्य उदाएर अस्तायो। त्यसैले भोली पनि सूर्य उदाउँछ र अस्ताउँछ पनि।

 
२) हातले पृथ्वी यस्तो गोलो छ भन्ने देखाउँदै वा एउटा ग्लोब लिएर पृथ्वी यस्तो गोलो छ र आफ्नो अक्ष (Axis) मा यसरी पूर्वतर्फबाट घुम्दै गरेको छ भनेर वताउन सकिन्छ। एउटा वत्ती राखेर ग्लोबको उज्यालो भाग र अँध्यारो भागलाई दिन र रात भनेर बुझाउन सकिन्छ।अब नक्सामा नेपालमा औंला राखेर उज्यालो तिर पारेर नेपालमा दिन भएको र अर्को तर्फ रात भएको देखाउन सकिन्छ।अब नेपालमा औंला राखेरै पूर्वतर्फ घुमेको देखाउँदै अँध्यारो तर्फ पुग्न लागेको देखाएर साँझ परेर सूर्य डुब्न लागेको देखाउन सकिन्छ।ग्लोबलाई अझै घुमाएर रात परेको देखाउँदै फेरी उज्यालोमा आएको देखाएर विहान सूर्य उदाएको देखाउन सकिन्छ। यसरी उसले भोली पनि सूर्य उदाउँछ भन्ने बुझ्दछ।

 
त्यसपछि मैले बुद्धको शिक्षा १ नं को जस्तो छ कि २ नं को जस्तो? भन्ने् प्रश्न गर्दा श्रोताहरू मध्यबाट २ नं को जस्तो भन्ने उत्तर आयो। मलाई खुशी लाग्यो, उहाँहरूले बुद्धशिक्षालाई राम्रोसंग बुझेको पाउँदा।

 
माथिको दुईवटामा पहिलोले भोली पनि सूर्य उदाउँछ भन्ने् उसलाई विश्वास मात्र दिलाउँछ। त्यसमा विश्वास गर्नु बाहेक अरू केही हुँदैन। दोश्रोले दिन र रात हुने प्रक्रियाको बोध गराउने भएकोले आज डुबेको सूर्य आफ्नो मेरूदण्डमा घुम्दै गरेको पृथ्वी अँध्यारोबाट गुज्रँदै फेरी उज्यालोमा आउँछ र सूर्य उदाएको देखिन्छ भनेर आफै बुझ्छ, उसलाई त्यसमा विश्वास गर्नुको आवश्यक्ता नै हुँदैन। प्रत्यक्ष नै देख्दछ।

 
पहिलो विधि दार्शनिक विधि हो, दोश्रो विधि साक्षात्कारको विधि हो।थेरवादको शिक्षा साक्षात्कारको विधिमा आधारित छ।अब ज्ञानको क्षेत्रको विस्तार गर्ने भन्दै विद्वानहरू दर्शनको आधार लिएर कल्पनाको उडान भर्ने गर्छन्।यसरी नै हो विभिन्न सम्प्रदायको निर्माण हुन गएको।

 
माथिको १नं को विधिलाई व्यवहारको भाषामा Deductive Method भनिन्छ भने २नं को विधिलाई Inductive Method भनिन्छ। अहिलेका सारा बिज्ञानका अनुसन्धानहरू Inductive Method बाट हुन्छ।३०० वर्ष भन्दा अगाडिसम्म deductive Method लाई अपनाइन्थ्यो।Aristotle द्वारा स्थापित तथ्यहरू सबै deductive Method मा थियो।तिनै तथ्यहरू चर्चले मानेर ठूला ठूला जघन्य अपराधहरू पनि गरे।Deductive Method बाट स्थापित तथ्यहरुले धेरै धोका खाएपछि Inductive method मा गएको हो।Sicily का Archimedes सम्म पनि deductive method अपनाउने गर्थ्यो।उनले बनाएको ढुङ्गा वर्षाउने डुङ्गाले मौकामा काम नदिएर विस्फोट हुँदा युद्धमा मामूली सिपाहीबाट उनी मारिए।Aristotle का भनाईहरू कति झूठ ठहरिए।त्यसलाई विस्थापित गर्न कति बैज्ञानिकहरुले दु:ख सहनु पर्योा।उनले सबै दर्शनकै आधारमा मिथ्या तथ्यहरू वताउँदै गए।

 
हामीले अहिले देखे सुनेका कतिपय तथ्यहरू राम्रो निरीक्षणको अभावमा झूठा भए पनि सत्य देखिन्छन्।जस्तो कि २+२= ५ भनेर देखाउन सकिन्छ। यो असत्य हो तर identities मा मिलेको देखाउन सकिन्छ।उदाहरण:-
Prove that 2+2= 5
Take -20 = -20
Or 16 – 36 = 25 – 45

( कृपया तल ^2 लाई घात(power) बुझ्नु होला।)

Or 4^2- 2.4.9/2 +( 〖9/2)〗^2 = 5^ 2- 2.5.9/2 + ( 〖9/2)〗2 ( adding bothside ( 〖9/2)〗^(2 ))
Or 〖 (4 – 9/2)〗^2 = 〖 (5- 9/2)〗^2 ( squaring both side)
Or 4 – 9/2 = 5- 9/2 ( adding 9/2 both side)
Or 4 = 5
Or 2 + 2 = 5 Proved.

अब यसलाई कसले झूठल्याउन सक्छ? तर के २+२= ५ हुन्छ? कदापि मान्न सकिन्न।
दर्शनमा यस्तै परिणामहरू आउने गर्छन्। तथ्य स्थापना त कुनै किसिमले गरिएला, तर त्यो सत्य सावित गर्न नसकिने हुन्छ।उदाहरणको लागी ईश्वरीय सत्ताको धारणा तार्किक रूपले ठीक देखाउन सकिएला तर सत्य सिद्ध गर्ने उपाय छैन। मात्र मान्यताको आधार हुन्छ। मान्यता मान्यता नै हो सत्य होइन।( बाँकी भोलि। यसलाई टुक्रा टुक्रा गरी दिइने छ।)

माथि equation मा ^2 लाई Power बुझिदिनु होला।