दलाइ लामा र बुद्ध जन्मभूमि नेपाल

भिक्षु प्राणपुत्र

यस विषयमा बुद्ध जन्म वर्ष (सम्वत) २६३०, नेसं ११२७, विसं २०६३ मा प्रकािशत मैले लेखेकाे पुस्तक सम्यक समबुद्रधमा दलाइ लामा र बुद्रध जन्मभूमि बारे यसरी लेखेकाे थिएं । एक जानकारी अहिले सान्दर्भिक हुन अाएकाे छ ।

…………………लुम्बिनी विषयमा भारतीय अतिक्रमण भैरहेकै बेला मायादेविको मन्दिरको उत्खननमा पाइएको चिन्हो ढूंगो (मार्करस्टोन) ले एक पल्ट संसारमा खलबलि नै मच्चायो । अन्तमा विश्वका सम्पूर्ण बौद्ध तथा पुरातात्विक विद्वानहरूले यो मौर्यकालीन मार्कर स्टोन हो र यसले सम्मा सम्बुद्धको जन्मभूमि लुम्बिनी यही नेपालको स्थान हो भनेर प्रमाणित गरी दियो । यसको सरकारी स्तरमा नै तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाबाट घोषणा भयो ।

यसले लुम्बिनी काहाँ छ ? भन्ने समस्याको समाधान गरेकोले भारत अब चुप लाग्छ कि भनेको त त्यसो भएन । सोझै सरकारी स्तरमा भन्न न मिलेर, बेलायतले सिकाएर गएको दासत्व प्रवृतिलाई बिर्सन नसकेर, छिमेकीलाई दास बनाउने धृष्टता उजगार गर्दै दलाइलामाको माध्यमबाट लुम्बिनी नेपालमा छैन भारतमा छ भन्न लगायो । त्यो पनि त्यस बेला जब लुम्बिनीको ऐतिहाक प्रमाणिकताको घोषणा गर्ने प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमण कालमा ।

कस्तो गजब ? एक साधारण हिन्दू वा भारतीयले लुम्बिनी भारतमा छ भन्न सक्छ बुद्ध वा बुद्ध शिक्षाप्रति द्वेष गरेर । तर एक बौद्ध, त्यसमा पनि महायान लामावादको एक शिर्षस्थ धार्मिक पुरुष, अझ अवतारी भएको व्यक्ति दलाइलामाले भारतको एजेण्ट भएर ऐतिहाक प्रमाणलाई झूठो बनाउन खोज्ने हिम्मत कसरी आयो होला ?

शायद तिब्बतमा भएसम्म धार्मिक गुरु नै थियो होला । तर तिब्बतबाट पलायन भएर भारतीय र अमेरिकी शरणमा आएदेखी राजनैतिक दाउपेचमा भुलेर राजनैनिक नेता मात्र भएछ । धर्मको इमान्दारिता त तिब्बतमा नै छोडेर आएछ ।

3 years ago/Thursday, November 23rd, 2017/