बुद्धकालिन महत्वपूर्ण घटनाहरु

जीवन कुमार शाक्य

हात्तीको सेवा

हात्तीको जस्तो पशुले भगवान बुद्धको अनुपम सेवा गरेर पुण्य आर्जन गरेको एक आश्चर्यजनक घटना छ ।

त्यस बखत भगवान श्रावस्तिकव जेतवन बिहारमा बसिरहनुभएकोथियो । एकपटक घासिताराम बिहारमा भिक्षुहरु आपसमा झगडा भयो भगवानले मिलाउन खोज्दा पनि तिनिहरु मिलेनन् । भगवान तीन महिनाको लागि एकान्तवासको लागि पारिलेय्यक नजिकको बनमा जानुभयो । त्यहाँ एउटा हात्तीले भगवानको सेवा टहल गरे ठाउंको सरसफाई गर्ने पानी छर्किने तथा भोजनको लागि फलफूलको व्यवस्था गर्ने भिक्षाटनमा जाँदा बिभिन्न स्थानमा आवश्यक सेवा गर्यो ।

भिक्षुहरु भगवानको दर्शन सेवा गर्न नपाएकोमा गृहस्थहरुले भिक्षुहरुलाई भोजनदान दिन छाडेकाथिए । भिक्षुहरुलाई पनि आपत पर्यो आआफ्नो भूल स्विकार गरेर मिलेर बस्न थाले । गृहस्त दाताहरु र भिक्षुहरुको आग्रह स्विकार गरी आनन्द स्थवीर पाँचसय भिक्षुहरु सहित भगवानलाई बोलाउन पारिलेय्यक बन गए । आनन्दको कुरा सुनि हात्तीलाई बनमै छोडेर भगवान जानुभयो।  भगवानसितको बिछोड सहन नसकेरहात्तीको मृत्यु भयो । भगवानको अनुपम सेवा ले गर्दा त्रायश्त्रिंशत् देवलोकमा जन्मन पुग्यो अनि तिनको नाम पारिय्यलक देवपुत्र रहनगयो ।

बाँदरको दान सेवा

 भगवान पारिय्यलेकमा बास बसिरहनुभएकोबखतमा हात्तीले भगवानको सेवा गरिरहेको देखेर बाँदर जस्तो चञ्चलको मनमा पनि भगवानको सेवा  गर्ने भावना जाग्यो र भगवानलाई मद्यरीको महको चाका ल्याएर चढाए । भगवानले चाकामा माहुरीको फूल देखेर भुईंमा राख्नुभयो । बाँदरले त्यो देखेर भगवानले किन मह खानुभएन भनेर चाकाहेर्यो मौरीको फुल झिकेर फेरि चढाए भगवानले खानुभयो । यो देखेर बाँदर खुशिले प्रफुल्ल भएर हांगाबाट हाँगा यताउति  उफ्रिंदा हाँगाबाट खसेर मर्छ । भगवान प्रति चित्त प्रशन्न भएको प्रतापले तत्कालै त्रायश्त्रिंशत् लोकमा जन्म भयो । बाँदरको कूशल कर्मले उद्दार भयो ।

कन्थक घोडाको सदगति

भगवान बुद्ध राजकुमार सिद्धार्थ हुंदा राजकुमारको घोडा कन्थक घोडाको पनि त्यहि दिन जन्म भएको थियो । राजकुमार सिद्धार्थले राजमहल सुखसुयल छोडेर अनुत्तर सम्यकसम्बोधीको खवजीको लागि गृहत्याग गर्नेबेला सँधै राजकुमारलाई देख्दा हिनहिनाउने कन्थक घोडा कुनै आवाज नगरि राजकुमारलाई कपिलवस्तु पार गरेकोथियो साथै सारथी छन्दक पनि सेवामा पछिपछि गएको थियो । कन्थक घोडाले राजकुमार सिद्धार्थ प्रति अतिनै स्नेह थियो । गृहत्याग गर्दा सिद्धार्थले घोडाको पिठ्यूँमा बसेर भनेकाथिए “हे! सौम्य मलाई लैजाउ उत्तम सम्बोधि प्राप्त गरि मैले लोकबासीहरुलाई पार तार्नेछु” । कन्थकले सिद्धार्थको यो महान बाणी सुनेर निकै प्रशन्न भएकोथियो । राजकुमारले घर फर्केर जाउ भनेर पिठ थपथपाएकाथिए । राजकुमार सित बिछोडले पिडाले उस्को मृत्युभयो र त्रायश्त्रिंशत देवलोकमा अति प्रभावशाली देवपुत्र भएर जन्मयो उस्को नामपनि कन्थक देवपुत्रनै थियो ।

आफ्ना सुगतिको लागि शास्ता प्रति कृतज्ञ भएको कन्थकदेवपुत्र एकपटक बुद्धकहाँ गएर को उपदेश सुनी स्रोतापन्न भएकोथियो । अनि बुद्धलाई वन्दना गरी देवलोकमै फर्केर गएकोथियो ।

3 years ago/Wednesday, November 22nd, 2017/