बुद्धका जीवनी तथा उपदेशहरू

बिजु सुवेदी “विजय”

हाम्रो देश नेपालको सिद्धार्थनगर कपिलवस्तुका शाक्यवंशका राजा शुद्धोदन र मायादेवीको छोरा सिद्धार्थको जन्म ई.पू ५६३ बैशाख पूर्णिमाको दिन लुम्बिनीमा भएको थियो । छोरा जन्मनुभन्दा अगाडि उहाँको आमाले विचित्रको सपना देख्नुभएको थियो । पिता शुद्धोदनले आठजना उत्कृष्ट भविष्यवक्ताहरूसँग यसको अर्थ सोध्दा सबैले मायादेवीबाट एक अद्भूत पुत्ररत्न प्राप्त हुनेछ भनेर भनेका थिए । यदि घरमा बस्यो भने चक्रवर्ती सम्राट बत्रेछ र यदि गृहत्याग गरेमा संन्यासी बत्रेछ र आफ्नो ज्ञानको प्रकाशले समस्त विश्वलाई आलोकित गर्नेछ भनेका थिए ।

बुद्धको वास्तबिक नाम सिद्धार्थ गौतम हो ।  उहाँको माता मायादेवीको उहाँ जन्मेको ७ दिनपछि निधन भएको थियो । उहाँको पालनपोषण शुद्धोदनको दोस्रो रानी महाप्रजावतीले गर्नुभएको थियो । शिशुको नाम सिद्धार्थ राखियो यसको अर्थ हो “यो जुन सिद्ध प्राप्तिका लागि जन्मेको हो ।” । जन्मोत्सव समारोहमा साधु , द्रष्टा आसितले आफु बसेको पहाडको निवासबाट यो बच्चा या त एउटा महान् राजा या त पवित्र व्यक्ति बत्रेछ भनेर घोषणा गरेका थिए । शुद्धोदनले पाँचौ दिनमा एउटा नामाकरण समारोह गर्नुभएको थियो र आठजना उत्कृष्ट विद्वान व्राम्हणहरूलाई बालकको भविष्य हेरेर बताउन आग्रह गर्नुभएको थियो । सबैले एउटै भविष्यवाणी गरेर यो बच्चा या त एउटा महान् राजा बत्रेछ या त पवित्र व्यक्ति बत्रेछ भनेका थिए ।

शुद्धोदनले सिद्धार्थलाई चक्रवर्ती सम्राट बनाउन चाहन्थे , उहाँमा क्षेत्रियोचित गुण उत्पत्र गराउनका लागि समुचित शिक्षाको प्रबन्ध गर्नुभयो तर सिद्धार्थ भने कुनै न कुनै चिन्तामा डुबेको देखिनुहुन्थ्यो । अन्तमा पिताले उहाँलाई विवाह बन्धनमा बाँधिदिनुभयो ।

सिद्धार्थका पिता शाक्यवंशका राजा थिए । सिद्धार्थका माता मायादेवी कोलिबंशका थिए । ऋषिहरूले पनि सिद्धार्थ या त महान् राजा या त महान् साधु बत्रेछ भनेका थिए । यो भविष्यवाणीलाई सुनेर राजा शुद्धोदनले आफ्नो सामथ्र्यले भ्याएसम्म सिद्धार्थको दुःख हटाउने कोशिश गर्नुभएको थियो । एकदिन रथमा जब सिद्धार्थ शहर भ्रमणका लागि निस्किरहनु भएको थियो त उहाँले मार्गमा जे पनि देख्नुभयो त्यसले उहाँको जीवनको दिशा नै बदलिदियो ।फेरि उक्त २९ वर्षको उमेरमा सिद्धार्थको दृष्टि चार दृष्यहरूमा  पर्यो । एक बृद्ध विकलाङ्ग व्यक्ति , एक रोगी , एउटा मुर्झिएको पार्थिव शरीर । यी तीन दृष्यहरू देखेर सिद्धार्थले यो जाने कि सबैको जन्म हुन्छ , सबै बृद्ध हुन्छन् , सबैलाई रोग हुन्छ र एकदिन सबैको मृत्यु हुन्छ । उहाँले आफ्नो धनवान जीवन , आफ्नो पत्नी , आफ्नो पुत्र एवम् राजपाट सबै छोडेर एउटा साधुको जीवन अपनाउनुभयो ता कि उहाँले जन्म , बुढ्यौली , दुःख , रोग र मृत्युका बारेमा कुनै उत्तर खोज्न सकोस् ।

उहाँले यी दृष्यहरूलाई देखेर संसारबाट अरु झनै विरक्त तथा उदासिन हुनुभएको थियो । तर एक अन्य अवसरमा एकजना प्रशत्रचित्त संन्यासीलाई देख्नुभयो । उक्त संन्यासीको चेहरामा शान्ति र तेजको अपूर्व चमक विराजमान थियो । सिद्धार्थ उक्त दृष्यलाई देखेर अत्यधिक प्रवाहित हुनुभयो ।

सिद्धार्थको मनमा निवृत्तमार्गको  प्रति सारता तथा निवृत्तमर्णको तर्फ संतोषको भावना उत्पत्र भयो । जीवनको यो सत्य सिद्धार्थको जीवनको दर्शन बनिदियो ।

उहाँको २५ वर्षको उमेरमा राजकुमारी यशोधरासँग बिवाह भएको थियो । विवाहको दसवर्षपछि सिद्धार्थलाई पुत्ररत्न प्राप्त भएको थियो । पुत्रजन्मको समाचार पाउनासाथै सिद्धार्थको मुखबाट अनायास “राहु” भत्रे शब्द निस्क्यो अर्थात बन्धन । सिद्धार्थले पुत्रको नाम राहुल राख्नुभयो । यसभन्दा पहिले कि सांसारिक बन्धनले सिद्धार्थलाई छित्रभित्र गरोस् सिद्धार्थले सांसारिक बन्धनलाई नै छित्रभित्र गर्न प्रारम्भ गर्न शुरु गर्नुभयो र गृहत्याग गर्ने निश्चय गर्नुभयो । एउटा महान रातमा २९ वर्षको युवक सिद्धार्थ ज्ञानको प्रकाश तृप्त गर्नका लागि घरबाट बाहिर निक्लनुभयो । केही विद्वानहरूको मत छ कि यज्ञमा भइरहेको हिँसाका कारण सिद्धार्थले गृहत्याग गरेका थिए । केही अरु विद्वानका अनुसार सिद्धार्थ गौतमले अरुको दुःखलाई सहन गर्न नसकेर घर छोडेका थिए ।

गृहत्याग गरिसकेपछि सिद्धार्थ ज्ञानको खोजमा हिँड्न थाल्नुभयो । सिद्धार्थले दुईजना व्राम्हणसँग आफ्नो प्रश्नको उत्तर खोज्न शुरु गर्नुभयो । ध्यानमा लाग्न जानिसकेपछि पनि उहाँलाई यी प्रश्नको उत्तर प्राप्त भएन । फेरि उहाँले तपस्या गर्नुमै धेरै समय लगाउनुभयो  फेरि पनि उहाँलाई उत्तर प्राप्त भएन । फेरि उहाँले साथीहरू जम्मा गरेर अझै झनै कठोर तपस्या गर्न लाग्नुभयो ।

विंविसार , उद्रक , आलार , कालाम नामका स्थानहरूमा साङ्ख्योपदेशमा रहेर साधना गर्दा–गर्दै सिद्धार्थ उरुवेलाको रमणीय वनस्थलीमा पुग्नुभयो । त्यहाँ सिद्धार्थले कौडिल्य आदि पाँच साधकहरू भेट्नुभयोे । त्यहाँ सिद्धार्थले ज्ञान प्राप्तिका लागि फेरि घोर साधना प्रारम्भ गर्नुभयो । यस्तो गर्दै–गर्दै ६ वर्षपछि भोकका कारण करिव–करिव मर्ने अवस्थामा पुगेपछि उत्तर प्राप्त नगरी अरु केही गर्ने बारे सोच्न थाल्नुभयो । त्यो समय सिद्धार्थलाई आपूmलाई पहिले घटेको एउटा घटना सम्झनुभयो कि जब सिद्धार्थका पिताले खेत मिलाइरहनुभएको थियो त्यो समय उहाँ एक किसिमको आनन्दित किसिमले ध्यानमा बस्नुभएको थियो र उहाँलाई यस्तो महसूस भएको थियो कि समयस्थित भइसकेको छ ।

धेरै पटक असफल भइसकेपछि गयाको नजिक एक वटवृक्षको मुनि आसन लगाएर बस्नुभयो र निश्चय गर्नुभयो  कि प्राणै निक्लेर गएपनि म तबसम्म समाधिमै बस्छु , जबसम्म ज्ञान प्राप्त  नगरुँ । सात दिन र सात रात वितेपछि कठोर तपस्या छोडेर उहाँले आर्य अष्टाङ्गमार्ग खोजेर पत्ता लगाउनुभयो । जसलाई मध्यममार्ग सम्यकमार्गका रूपमा पनि लिइन्छ । किनकी यो मार्ग तपस्या र असंयम दुइटैको पराकाष्ठाको बीचको मार्ग हो । आफ्नो शरीरमा केही शक्ति प्राप्तिका लागि उहाँले एक व्राम्हणीसँग केही खीर लिनुभएको थियो । सत्यलाई नजानी उठ्नेछैन भनेर उहाँ त्यो पिपलको वृक्ष –( जुन अहिले वोधिवृक्ष भनेर भनिन्छ ) को मुनि बस्नुभयो । उहाँ रातभर त्यही वृक्ष मुनि बसिरहनुभएको थियो र विहान उहाँलाई ज्ञान प्राप्त भइसकेको थियो । उहाँको अविजया नष्ट भइसकेको थियो र उहाँलाई निर्वाण यानेकी बोधि प्राप्त भयो । उक्त समयमा उहाँ ३५ वर्षको हुनुहुन्थ्यो र उहाँ बुद्ध बत्रुभयो । ध्यानावस्थामा बोधि प्राप्त भएपछि काशीको नजिक सारनाथमा आफ्ना पूर्वकालका पाँचजना साथीहरूलाई उपदेश दिनुभएर आफ्नो शिष्य बनाउनुभयो र प्रथम पाँच शिष्यहरू बनाउनु भयो तथा पहिलो प्रवचन दिनुभयो । बौद्ध परम्परामा यो उपदेश “धर्मचक्र प्रवर्तन” नामले प्रख्यात छ ।  उहाँले पहिलो धर्मोपदेश वाराणसी नजिक सारनाथमा दिनुभएको थियो जुन उहाँले आफ्नो पहिलो मित्रलाई दिनुभएको  थियो । उहाँले पनि वोधि प्राप्त गर्यो फेरि गौतमबुद्धले उनलाई पनि प्रचारका लागि पठाउनुभएको थियो । सम्यक मार्ग भएकोले त्यसैले बुद्धका उपदेशहरूमा धेरै वैज्ञानिकता पाइन्छ ।

कठोर तपस्याको आठौं दिन बैशाख पूर्णिमाका दिन उहाँलाई ज्ञान प्राप्त भयो र त्यसैवेला देखि तथागत हुनुभएको थियो । जुन वृक्षको मुनि उहाँलाई ज्ञान प्राप्त भयो आज पनि त्यो वृक्ष “वोधिवृक्ष”को नामले प्रख्यात छ । ज्ञान प्राप्त गरिसकेपछि तपस्सु तथा कल्लिक नामका दुईजना शुद्र उहाँकहाँ आए । महात्मा बुद्धले उनीहरूलाई ज्ञान दिनुभयो र बुद्धधर्मको प्रथम अनुयायी बनाउनुभएको थियो ।

बौद्धगयापछि उहाँ सारनाथ जानुभयो ।धर्मचक्रको प्रवचनमा महात्मा बुद्धले भनेका छन् दुई अतीबाट बच्नु आवश्यक छ । बुद्ध धेरै समयसम्म काशीमा धर्मप्रवर्तक हुनुभयो । त्रिपिटक तथा जातकले काशीको तत्कालीन राजनैतिक महत्व पनि सहजै कल्पना गर्न सकिन्छ । प्राचीन बौद्धग्रन्थमा बुद्धकालमा – ( ई. पू. पाँचौ शताब्दी अगाडि ) काशीको गणना चम्पा , राजगृह , श्रावस्ती , साकेत एवम् कौशाम्बी जस्ता प्रसिद्ध नगरहरूमध्ये एक थियो ।

१) कामसुखमा अधिक लिप्त हुनु तथा
२) शरीरबाट कठोर साधना गर्नु ।
यी दुई अतीलाई छोडेर मैले मध्यममार्ग सम्यकमार्ग खोजेको छु । यसको सेवन गर्नुपर्दछ ।—( विनय पिटक १,१०) यही “धर्मचक्र प्रवर्तन”को रूपमा पहिलो उपदेश थियो । आफ्ना पाँच अनुयायीहरूका साथ उहाँ वाराणसी पुग्नुभयो । र पूर्णरूपमा “धर्मचक्र प्रवर्तन”का लागि जुट्नुभयो । त्यसबेलासम्म नेपाल लगायत उत्तर भारतभरि उहाँको नाम प्रख्यात भैसकेको थियो र थुप्रै अनुयायीहरू भैसकेका थिए । केही समयपछि राजा शुद्धोदनले बुद्धलाई हेर्नलाई कपिलबस्तु बोलाउन खोज्नुभयो तर जो पनि उहाँलाई बोलाउन आउँथ्यो ऊ स्वयम् बुद्धको उपदेश सुनेर अनुयायी बन्दथ्यो ।

बुद्धका उपदेशका सार यसप्रकारका छन्
१) बुद्धका अनुसार धम्म यो हो —
—    जीवनलाई पवित्र बनाइ राख्नु
—    जीवनमा पूर्णता प्राप्त गर्नु
—    निर्वाण प्राप्त गर्नु
—    तृष्णालाई त्याग गर्नु
—    यो मान्नु कि सबै संस्कार अनित्य छन्
—    कर्मलाई मानवको नैतिक सँस्थानको आधार मात्रु
२) बुद्धका अनुसार यो अधम्म हो —
—    परा–प्रकृतिमा विश्वास गर्नु
—    ईश्वरमा विश्वास गर्नु
—    आत्मामा विश्वास गर्नु
—    यज्ञमा विश्वास गर्नु
—    कल्पना आधारित विश्वास मात्रु
—    धर्मको पुस्तकको वाचन मात्र गर्नु
—    धर्मका पुस्तकहरूलाई गल्तीमा परेको मान्नु
३) बुद्धका अनुसार सद्धम्म यो हो —
क)  जुन धम्म प्रज्ञालाई बृद्धि गर्दछ ।
—    जुन धम्मले सबैका लागि ज्ञानको द्वार खोल्दछ ।
—    जुन धम्म यो बताओस् कि केवल विद्वान हुनु पर्याप्त छैन ।
—    जुन धम्म यो बताओस् कि प्रज्ञा प्राप्त गर्न आवश्यक छ ।
ख)  जुन धम्म मैत्री बृद्धि गर्दछ
—    जुन धम्म यो बताओस् कि प्रज्ञा पनि पर्याप्त छैन , यसका लागि शील पनि अनिवार्य छ ।
—    जुन धम्म यो बताओस् कि प्रज्ञा र शीलका साथ–साथ करुणा हुनु पनि अनिवार्य छ ।
—    जुन धम्म यो बताओस् कि करुणाभन्दा पनि बढी मैत्री आवश्यक छ ।
ग)  जुन धम्म सबै प्रकारका सामाजिक भेदभावलाई हटाउँदछ ।
—    जुन धम्म मानिस र मानिस बीचका सबै पर्खाल ढलाउँदछ ।
—    जुन धम्म भन्दछ कि मानिसको मूल्याङ्कन उसको जन्मको आधारमा होइन कि कर्मको आधारमा हुन्छ ।
—    जुन धम्म मानिस–मानिस बीच समानताको भाव वृद्धि गर्दछ ।

यी उपदेशहरूलाई बुद्धका शिष्यहरूले घुमी–घुमी प्रचार गर्दथे । बुद्धको धर्मको बुद्धको जीवनकालमा धेरै प्रचार भएको थियो किनकी त्यस समयमा कर्मकाण्डको प्रभाव धेरै थियो र पशुको हत्या धेरै सँख्यामा भइरहेको थियो । बुद्धले त्यस निरर्थक हत्यालाई रोक्न तथा जीवमात्रमा दया गर्ने उपदेश दिनुभयो । ४४ वर्षसम्म प्रायः विहार तथा काशीको नजिकको प्रान्तमा धर्म प्रचार गरिसकेपछि अन्तिम समयमा कुशीनगरमा एउटा वनमा शालको वृक्षको मुनि बृद्धावस्थामा ई. पू. ४८३ बैशाख पूर्णिमाका दिन ८० वर्षको उमेरमा उहाँले देहोत्सर्ग ( महापरिनिर्वाण ) गर्नुभयो अर्थात शरीरांत भयो ।

मृत्युभन्दा अगाडि उहाँले कुशीनगरको परिव्राजक सुभद्रलाई आफ्नो अन्तिम उपदेश दिनुभएको थियो । उहाँको मुखबाट निस्केको अन्तिम शब्द थियो “हे भिक्षुहरू ! यो समय आज तिमीहरूसँग यत्तिनै भन्दछु कि जतिपनि संस्कारहरू छन् सबै नाशवान हुनेछन् , प्रमाद रहित भएर कल्याण गर । ” यो उहाँको अन्तिम वचन हो ।

तत्पश्चात भगवान बुद्ध कुशीनगरमा त्यहाँका मल्लहरूको शालवन उपवनको दुईटा शालवृक्ष्।को बीचमा उत्तरतर्फ सिरान राख्नुभई दाहिनेतिरबाट सिंहश्यय गरी दायाँखुट्टामाथि बायाँखुट्टा राखी स्मृतिसम्प्रजन्य भई लेट्नुभयो । तदन्तर भगवान वुद्ध प्रथमध्यानमा समाधिस्थ भए । त्यसपछि क्रमैसित द्वितीयध्यानमा , तृतीयध्यानमा तथा चतुर्थध्यानमा लीन भए । चतुर्थध्यानपछि क्रमशः आकाशानन्त्यायतन , विज्ञानन्त्यायतन , आकिञ्चनयायतन , नैवसंज्ञानासंज्ञायतन नामक अरूपी ध्यानमा बस्नुभयो । त्यसपछि निरोधसमापत्तिमा बस्नुभयो । ततपश्चात फेरि क्रमैसित प्रथमध्यानमा ओर्लनुभयो । पुनः प्रथमध्यानबाटै क्रमैसित चतुर्थध्यानसम्म पुगी त्यहीँबाट उहाँको महापरिनिर्वाण भयो । त्यतिबेला उहाँ अस्सी वर्षको हुनुहुन्थ्यो ।
सन्दर्भ पुस्तकहरू ः—
१) महान सल्लेख सूत्रोपदेश — अग्गमहापण्डित महोपकारक महास्थविर महाशी सयादा ( नेवारी )
२) Buddhism of Wisdom & Faith— “Tam” Dharma Master of Taiwan Thich-Thien   ( अङ्ग्रेजी)
३) आधुनिक विज्ञानको दृष्टिमा बुद्धधर्म — ज्ञानज्योति कंशाकार र लक्ष्मीप्रभा कंशाकार ( नेपाली )
४)उत्तर प्रदेशमे बौद्धधर्मके विकास — दत्त नलिनाक्षी ( हिन्दी )
५) सम्यक संस्कार — भिक्षु सम्यक सम्बोधि प्रौणपुत्र ( नेवारी )
६) बुद्ध र उहाँको शिक्षा — महेन्द्र कुमार शाक्य
७) गौतम बुद्ध — वसन्त महर्जन

८) बुद्धको आत्मकथा – बसन्त महर्जन

९) शाक्य— प्रणयपासा
१०) बुद्ध र बुद्धवाद — अग्गमहापण्डित महोपकारक महास्थविर महाशी सयादा ( नेपाली )
११) बुद्ध सम्बन्धि बिभित्र पत्र–पत्रिकाहरूमा प्रकाशित लेखहरू

साभार लेखककाे ब्लगबाट