बुद्धलाई ‘तथागत’ भनेर किन भनिन्छ?

buddhism_big_buddha

सुरशा

भगवान बुद्धलाई सम्बोधन गरिदा वा बोलिदा विशेषण प्रयोग गर्दा प्रायः  “तथागत” भनेर प्रचलनमा आउने शब्दद्वारा संबोधन गरिन्छ। यसो भन्नुमा निम्न ८ वटा कारणहरु छन् :-

(१) तथा + आगत:- बिगतका बुद्धहरुले जस्तै विभिन्न पारामिता ( गुणधर्म पुर्ण गरी ) पुरागरी बुद्धत्त्व प्राप्त गर्नुभएको भएर।

(२) तथा + गत :- जसरी बिगतका बुद्धहरुले गरेर गए, त्यसलाई नै अनुकरण गरी धम्मको बिस्लेषणद्वारा आफ्नो मनमा संका – उपसंकालाई ठाँउ नदिई प्रज्ञाको बलद्वारा अज्ञानतालाई पन्छाएको भएर ।

(३) तथ्य ( सत्य ) बाट परिपुर्ण :- चतुर्महाभुत, आकास, बिज्ञान ( मन ), रुप, वेदना ( सम्वेदना ) संज्ञा, तर्क, बिचार, प्रीति, सुख र बिमुक्तिको यथार्थ स्वाभवबारे पुर्णत जानकार भएर ।

(४) तथ्य-धम्म :- चतु आर्यसत्यका विशिष्ट ज्ञाता र प्रतित्यसमुत्पाद ( कार्यकारण सिद्धान्त ) का पनि ज्ञान भएको भएर ।

(५) तथ्यदर्शी :- सम्पुर्ण भौतिक तथा बैचारिक क्षेत्रलाई अनुभुत गर्नुभएको भएर ।

(६) तथ्य प्रदर्शक :- बुद्धत्व प्राप्त पछी देखि आफ्नो परिनिर्बाण समयसम्म पनि धर्म प्रचार गर्नेकार्य अन्तर्गत कामबासनाको निर्मुल, घृणा, देष र भ्रान्तिरुपी मोहको निर्मुल गर्न सक्ने तथ्यमाथी प्रकाश पार्नुभएकाे भएर ।

(७) तथाकारी :- उहाँले जे जत्ती गर्नुभयो कर्म र बचनबाट सत्यपुर्ण, तथ्यपुर्ण नै गर्नुभएकाे भएर ।

(८) अद्वितीय :-  उहाँ एक अतुलनीय र उच्च ब्याक्तित्त्व / शिल, समाधी, प्रज्ञा र बिमुक्ती द्वारा समस्त लोकमाथी बिजयी सम्राटको पनि सम्राट भएर ।

3 years ago/Wednesday, November 15th, 2017/