आइन्स्टाइन भन्दै थिए …

योगराज दहाल

त्यो दिन छिटै आउनेछ
मानिस सुखले मुस्कुराउनेछ
बुद्ध शिक्षालाई बिश्वले गाउनेछ
प्रज्ञाको ज्योतिले अन्धकार भगाउनेछ …

प्रयास गरौं त्यो दिन ल्याउन
सत्यको उद्घोषले जन चेतना जगाउन
मैत्री , करुणा , मुदिताले हृदय सजाउन …

सजग बने छिटो आउँछ त्यो दिन
सजिलो हुन्छ अकुशलको तिर्न ऋण
प्रगतिका पाइला अघि बढ्नेछन् छिन छिन …

अबेर गरे सूर्य अस्ताउनेछ
अहंकारले कति युद्ध जन्माउनेछ
मान्छेको दुर्लभ चोला बिनष्ट भैजानेछ …

सद्धर्म श्रवण , सत्पुरुष संसेवन
धर्मानुधर्म प्रतिसरण , योनिसमनसिकार
यी लक्षण हुन् आर्य मार्गका प्रथम चरण ….