चैत्य : बौद्ध बाङ्मयमा

भिक्षु सुदर्शन (चैत्य–पूजा — ३)

बौद्ध बाङ्मयमा एकातिर इमानदार अन्वेषकलाई धैरै विषयवस्तु छ भने अर्कोतिर धेरै बुद्धप्रति काव्यात्मक श्रद्धाले भरिपूर्ण अभिव्यक्ति छ ।

 
श्रद्धाविभोर भएर आफुलाई टोलाएर हेरिरहेका वक्किल स्थविरलाई बुद्धले भन्नुभयो, “तिमीले के हेरिरहको मोघपुरुष । मेरो पेटमा पनि तिम्रो पेटमा जस्तै गुहु, पिसाब अदि अशुचिले भरिएको छ । तिमीले धर्मलाइै देख, धर्मलाई हेर ।”
यता फेरि पाली र संस्कृतिमा प्राचीन बौद्ध बाङ्मयमा पूज ागर्नलाई चैत्य समेत धेरै पहिलेदेखि बनाइदियो । बुद्ध बनिदिन स्वर्गमा गएन देवताहरुले गरेको प्रार्थना, जन्मको समयमा पूजा–विवरण, सिद्धार्थले अनेमा नदी किनारमा काटेको कपाल इन्द्रले स्वर्गमा लगेको इत्यादि केही प्रसंग यसका लागि नमूना हुन् ।

 

 

यी दुबै बाङमयहरुको आआफ्नो समयमा धेरै नै उन्नति भयो । फेरि गहिले प्रतीकवादको बोझ दर्शनले थेग्न सकेन, यो आफै बुद्धको मौलिक सत्यमा विल्पववाद सिद्ध भएर गयो । एकतिर यस्तोसम्म भन्न पुगे, “बुद्ध वा बुद्धत्व प्राप्तिको विषय होइन । व तथ्यता, अचल हो । यहाँ बुद्ध भनेको पहिले भएको थिएन, अहिले भइरहेको पनि छैन र पछि हुनेछ भन्ने पनि होइन ।” फेरि अर्कोतिर बुद्धवादको प्राचीनता सिद्ध गर्न ध्यानी बुद्धहरु बनाइए । पञ्चतत्वमये बुद्ध धारक, पालक व अधिनायक बुद्धको सृष्टि भयो ।
चैत्य :  चार प्रकारका
यस पुस्तिकाको उद्देश्य बौद्ध दर्शन वा संस्कृतिको ऐतिहासिक समीक्षा होइन । ऐतिहासिक ढंगले चैत्य सम्बन्धी सजिलो किसिमले ज्ञान दिने नै यसको उद्देश्य हो । चैत्यको जुन चारवटा विभाग छन्, फेरि भनौं भने त्यसमा नै सही र सजिलो चैत्यको विवेचन पनि छ ।
१. शारीरिक चैत्य,
२. परिभोग चैत्य
३. धर्म चैत्य र
४. उद्देश्य चैत्य (निमित्त चैत्य)

शारीरिक चैत्य
तथागतको कपाल आदि शारीरिक वस्तु तथागतको अनुपादिशेष महारिनिर्वाण पछिका अवशेष अस्ति राखेर बनाएको स्मारक नै बौद्ध शारीरिक चैत्य हो । यसको पहिलो प्र्रसंग बुद्ध जीवनीमा खोज्दा बुद्धत्व प्राप्तिको केही समय पछि नै भेटिन्छ । बुद्धले धर्मचक्र पर्वतनका पाइला चाल्नु अगावै बुद्धत्व प्राप्तिस्थान उरुवेलामा दुईजना व्यापारीहरु आए । यिनीहरु बुद्ध र धर्मको शरणमा आएका द्वैवाचिक उपासक तपस्सु र भल्लुक थिए । यिनीहरुले बुद्धलाई खानेकुरा दान दिइसकेपछि बुद्धसँग सम्झनाको चिनो मागे । बुद्धले टाउकोमा छापेर सातवटा कपाल उनीहरुलाई दिनुभयो । तर यस बारे पछि बुद्धले आफ्नो कपाल वा नङ आदि केही दिएको उल्लेख नभएकोले अझ बुद्धको सम्पूर्ण जीवनीले देखाएको संघवाद हो होइन भनेर विचार गर्न बाध्य बनाएको छ । त्यसैले यसको महत्व तथागतको ऐतिहासिक यात्रा क्रमको पद–चिन्ह नहेरी श्रद्धावश आफ्नो आफ्नो देशमा बुद्धलाई ल्याएको मात्र भनेर मैले लिएको छु । श्रीलंकाले बुद्धलाई आफ्नो देशमा धेरै पटक भित्र्याएका थिए, त्यसतै भोटमा बुद्धले कपाल खसाल्नुभयो । अझ नेपालले त बुद्धले चैत्य समेत पूजा गर्नुभयो भने ।

 

त्यसैले चैत्यको सम्बन्धमा साँच्चै राम्रोसँग बुझ्न महापरिनिर्वाण सूत्र एकपल्ट हेरौं, जुन उत्तरीय र दक्षिणीय प्राचीन एवं प्रामाणिक बौद्ध बाङ्मयमा समाविष्ट छ ।
आनन्दले सोधे, “भगवान्, तथागतको निर्वाण पश्चात् शरीरलाई के गरौं ?”
बुद्धले भन्नुभयो, “आनन्द, तथागतको शरीर पूजामा तिमीले पीर नलेऊ । आनन्द, तिमिले साँच्चैको कामकुरामा प्रयत्न गर । साँच्चै काम लाग्ने उद्योग गर । सँच्चै महत्वपूर्ण भएकोमा आप्रमादी, उद्योगी र आत्मसंयमी भएर जीवन बिताऊ । आनन्द, क्षत्रिय पण्डितहरु, ब्राम्हण पण्डितहरु, गृहपति पण्डितहरु छन्, जो तथागतप्रति अत्यन्त प्रसन्न छन् । उनीहरुले नै तथागतको शरीरको पूजा गर्ने छ ।”

 
यस प्रसंगभित्र तथागत आफ्नो महापरिनिर्वाण अगाडि कसरी पूजा गराए, पछि जनश्रद्धा जता जानसक्छ फेरि भिक्षुहरु यसमा कसरी सतर्क हुनुपर्छ भनेर देखाउनुभएको कुरा स्पष्ट छ ।

 

 

बुद्धको महापरिनिर्वाण पछाडि कपडा र कपासको पत्रले बेरेर बास्नायुक्त तेलले भिजाएर अग्नि संस्कार भयो । अनि अस्ति मानाला भरेर द्रोणले आठ भागर गरे । यी आठ भाग लिनेहरु हुन् — राजगृह, वैशाली, कपिलवस्तु, अल्लकप्पक, रामगाम, वेठदीप, पावा र कुसिनारा । अनि पिप्पलीवासीहरुले मात्र कोइला र खरानी सोरेर लगे । यही बास्तवमा बौद्ध चैत्य वा चीभाःको प्रारम्भ हो । अनि अशोकले यी चैत्यहरुमा राखिएका अस्तिहरुलाई निकालेर व्यापक रुपमा चैत्य बनाई त्यसमा प्रणिधान गरे । कतिपय तथागतका अवशेष अस्ति टाढा टाढासम्म पुगे । बरु लंकामा स्वयम् अशोकका छोरा र छोरी धर्मदूतको रुपमा गएकाले त्यहाँ धेरै अस्तिधातु पुगेकोमा आश्चर्य मान्नु पर्दैन । ऐतिहासिक यात्रा विवरणण भएको बुद्धको दन्त धातु मध्ये एउटा पनि श्रीलंकामै रहनपुग्यो । अर्को एउटा दन्त धाधु भने तक्षशीलाबाट चीनसम्म पुग्यो ।

 

अनि फेरि श्रीलंकाको माध्यमबाट नेपालमा भएको अस्तिधातु आनन्दकुटी (चैत्यभित्र), गणमहाविहारमा स्वयम्भु विश्वशान्ति गुम्बा र लुम्बिनीमा पनि प्राप्त भयो ।
क्रमशः
लेखकको नेपालभाषामा लेखिएको पुस्तक चैत्यपूजा (विसं २०३७)बाट राजेन मानन्धरद्वारा अनुदित ।
०००