बुद्धको तुलनात्मक अध्ययन

चित्र शाक्य

बुद्धको तुलनात्मक अध्ययन:- (एक ईतिहासकारको विश्लेषणमा)
” Buddhism-A History” का लेखक Noble Rose Reat लेख्नु हुन्छ, ” In terms of influence upon human history, the Buddha can be compared with only two historical individuals: Jesus and Muhammad, the founders of Christianity and Islam. As with Jesus and Muhammad, little is known of the early life of the Buddha, but in his later years as a teacher he stands out as one the first figure ever to be recorded in history as a real, recognizable human personality rather than as a two-dimensional character in a mythologized narrative.”

 


बुद्धलाई ऐतिहासिक मानव व्यक्तित्वकारूपमा दुईजना व्यक्तित्वहरू, जेजस् र महम्मदसंग दाँज्न सकिन्छ। जेजस् र महम्मदको झैं बुद्धको वाल्यकालको बारेमा थोरै मात्र जान्न सकिन्छ, तर पछि गुरूका रूपमा उहाँ ईतिहासमा सत्य र यथार्थरूपमा अभिलेख गरिएका र चिनिएका मानव व्यक्तित्वमा पहिलो हुनुहुन्छ। 

 


मैले भन्ने त गरेको छु कि बुद्धको शिक्षा दर्शनमा आधारित होइन। त्यो त सत्य र यथार्थमा आधारित हुन्। संसारमा प्रचलित अन्य सम्प्रदायहरूको शिक्षा दर्शनमा आधारित हो। त्यसैले बुद्धको शिक्षा अरू धर्म सम्प्रदायको शिक्षा भन्दा भिन्दै छ। उदाहरणको लागी अरू सम्प्रदाय परमेश्वर, अल्लाह, ईश्वर सबैका कर्ता धर्तालाई मान्छन्। सबै उनकै निगाहबाट हुन्छ भन्छन् तर बुद्ध आफ्नो मालिक आफै हो, अरू कोहि छैन, आफ्नो वर्तमानको जिम्मेैदार आफै हो भन्नुहुन्छ। ईश्वरीयसत्तालाई मान्‍नेहरू मात्र होइन, नमान्‍ने सम्प्रदाय “जैन सम्प्रदाय” को व्याख्या पनि दर्शन मैं आधारित छ।

 

उनीहरू अर्को जन्ममा बन्‍नु पर्ने सम्भावित प्राणीको जिवन यसै जिवनमा जिएर समापन गर्नु पर्छ भनेर कुक्कुर, गोही, माछा आदि स्थलमा, जलमा बसेर भोग्ने र त्यसबाट मुक्त भएको मान्छ। उनीहरूलाई यो थाहा हुँदैन कि उनीहरूलाई कुक्कुरको जन्म लिनु पर्छ वा पर्दैन  तर हुनुपर्ने हुन्छ भनेर मानेर कुक्कुर भूमिकामा बस्छन्। यस्तै अरू पनि हुन्छन्। बुद्धले आफूले जे देख्‍नु भयो वा साक्षात्कार गर्नु भयो, जे अनुभव गर्नु भयो त्यहि उपदेश दिनु भयो। अरू सबै परमेश्वर, अल्लाह, ईश्वर सर्वशक्तिमान छन्, सबै उसैबाट रक्षित हुन्छन्, उसको ईच्छा विना संसारमा एउटा पत्ता पनि हिल्दैन, त्यसैले उसकै शरणमा जाउ भन्छन्, शास्त्रमा लेखिएको, गुरूले भनेको अक्षरश: पालन गर, कुनै शंका, प्रश्न चिन्ह नउठाऊ भन्छ भने बुद्ध भन्नु हुन्छ, “मैले भन्यो भन्दैमा त्यसलाई सत्य मानी नहाल। आफूले त्यसमा सोच, चिन्तन गर, अनुभूतिको स्तरमा उतार, अरू पनि मेरा उपदेशहरूसंग मिल्छ भने मात्र त्यसलाई अपनाउ भन्नु हुन्छ। आफूले भनेको कुरालाई केलाएर, राम्रोसंग जाँचेर ठीक ठहरिए मात्र स्विकार गर भन्ने पारदर्शी, स्पष्ट वक्ता, डरबाट मुक्त, आफू र आफ्नो ज्ञान प्रति स्पष्ट, त्यसैले आफूप्रति आश्वस्त गुरू बुद्ध नै हुनुहुन्छ।

 

अरू सबै आफूमा कुनै अभावको महसूस हुनाले अरूमा बन्धनको डोरो डाल्न खोज्छ। बुद्धका शिष्यहरू नै हुन् जसले म सबै बन्धनबाट मुक्त भएँ, जिवनमरणबाट छुटकारा पाईसकें भन्ने अनुभूतिको स्तरमा जान्न सक्छ। निर्वाण मुक्ति कुनै दार्शनिक उहापोह होइन, सत्य र यथार्थ हो। मुक्त भएर प्राणी बस्न जाने कुनै ठाउँ छैन। उ मुक्त भईसक्यो, उसलाई अव वासस्थानको आवश्यक्ता छैन। कसैको शरणको आवश्यक्ता छैन। त्यसैले उ वास्तव मैं मुक्त भईसक्यो।