बौद्ध धार्मिक तीर्थस्थल मणिचूड

विमला शाश्य

काठमाडौं उपत्यकामा अवस्थित चार योगिनी देवीहरु गुह्येश्वरी(नैरात्मा योगिनी), फर्पिङ्ग(बज्रयोगिनी), विजेश्वरी(आकाश योगिनी), साँखु(खड्गयोगिनी) जसलाई नेपाल भाषामा म्हासुख्वाः माजु र ह्याउँ ख्वाः माजु अर्थात् पहेंलो वर्णको अनुहार भएको र रातो वर्णको अनुहार भएको देवी भनिन्छ । बौद्ध तन्त्र साहित्यमा षड्योगिनी, अष्ट योगिनी, चतुषष्ठि योगिनी आदि धेरै योगिनीको उल्लेख भएको पाईन्छ । यी योगिनीहरु श्री चक्रसम्वर, हेवज्र, हेरुकादि सम्वरहरुको शक्ति स्वरुपिनीको रुपमा लिइन्छ । बज्रयानी परम्परा अनुसार शुन्यताको प्रतीकको रुपमा खड्ग र कर्ति दायाँ दुई हातले, पात्र र उप्mवःस्वाँ(कमलको फूल) बायाँ दुई हातले समाति नागको गहना, बाघको छालाले बेरिएको, टाउकाको माला, र ३ वटा आँखा, रातो वर्णको अनुहार भएकी देवी खड्गयोगिनी अर्थात् बज्रयोगिनी हुन् ।

 
यी मध्ये साँखुस्थित बज्रयोगिनी मन्दिरको माथिल्लो चोकको पछाडितिरको ढोकाबाहिर देखि मणिचूड डाँडा शुरु हुन्छ । मोटरबाटो नगईकन हिंड्दै जाने छोटो बाटो पनि छ । त्यही बाटो काटेर अर्को डाँडो चढ्ने बितिकै सेतो रंगको तिब्बेतन शैलीको चैत्य देखिन्छ । त्यही चैत्यलाई परिक्रमा गरेर सोझै उकालो लाग्नुपर्छ । साँखु देखि मणिचूड डाँडाको माथि दह पुग्न मोटर बाटो बनिसकेको छ तर बसबाट जानु भन्दा लालीगुँरासले धपक्कै भएको बनै बनको बाटो त्यहाँको रमणीय दृश्य हेर्दै जानुको मज्जा नै छुट्टै हुँदोरहेछ । आधी घण्टाको उकालो लागेर फर्केर हेर्दा तल साँखु बजार अनि दायाँतिर बौद्ध स्तुप तथा त्यस वरिपरिको गुम्बाहरु, नेपालकै एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल तथा स्वयम्भू डाँडा स्पष्टरुपमा देखियो भने मनोहरा नदीको बायाँतिर भक्तपुरको दृश्य महामञ्जुश्रीको डाँडा छर्लंगै देखिएकोले रोमान्चित बनाएको थियो । साँच्चै नेपालको हरेक ठाउँ रमणीय देखिंदा आफु नेपालमा जन्मेकोमा भाग्यमानी ठान्छु । किनकि यस्तै दृश्य हेर्न पर्यटकहरु विश्वका कुना काप्चादेखि नेपाल भ्रमण गर्न आउँछन् ।

 
मणिचूड दह पुग्न अघिको खुल्ला चौर
उकालो चढ्दै जाँदा बाटोमा नागार्जुन राष्ट्रिय निकुञ्जको अफिस पनि देखा पर्यो बाटोमा आयोजकले दिएको फलपूmल खाँदै उकालो चढ्दै जाँदा थकानको अनुभव नै भएन । रातभरि र विहानसम्म सिमसिम परिरहेको पानी उकालो चढ्न थालेपछि रोकिएको थियो । घाम लागेको भए उकालो चढ्न पनि मुश्किल पथ्र्यो भनेर भगवानलाई धन्यवाद दिंदै उकालो चढ्दै गयौं । अलि अगाडि झण्डै एक घण्टा उकालो चढिसकेपछि मणिचूड स्कूल देखियो जसले गर्दा मनमा अब चाहिं गन्तव्य नजिक भएको थाहा पाई मनमनै दंग पर्दै अलि छिटो छिटो खुट्टा चाल्न थाल्यौं बाटोमा लालीगुँरास ढकमक्क फुलेको रुख देख्यो कि फूल टिप्न प्रयास गथ्र्यौं तर धेरै असफल किनकि लालीगुँरास भीरपखेरामा फुल्ने राष्ट्रिय पूmल जसको बनावट बेग्लै रहेको तथा यसको रंग पनि अति राम्रो तथा उपयोगी पूmल पनि हो । यो पूmल सेतो, प्याजी आदि रंगमा पनि पाइन्छ तर रातो रंगको लालीगुँरास नै हाम्रो राष्ट्रिय पूmल हो । लालीगुराँसको वैज्ञानिक नाम चाहिं चजयमयमभलमचयल बचदयचभगm हो । घाँटी दुखेको अवस्थामा यो फूलको पता तातो पानी उमालेर पिएमा निको हुन्छ त्यसै गरि माछाको काँडा घाँटीमा अड्केको बेला पनि यो पूmलको पात खाएमा ठीक हुन्छ । सुन्दरता मात्र होइन औषधीको रुपमा पनि लालीगुँरास फूललाई लिन सकिन्छ त्यसैले जे पर्ला पर्ला भनी एउटा रुख चढेर सकुन्जेल पूmल टिपें । हाईकिङ्गमा आएका प्राय मानिसहरुको हातमा पूmलको गुच्छा देखें । कसैले भगवानलाई चढाए त कसैले घरमा लिएर आए हामी पनि एक झोला लिएर आयौं ।
करीब डेढ घण्टाको उकालो चढी सकेपछि खुल्ला चौर आइपुग्यो त्यहाँ गणेशको मूर्ति एउटा पनि थियो त्यहीं लस्करै बसेर फोटो खिच्यौं । अलि अगाडि गए पछि मान्छेको कोलाहल सुन्यौं ल अब त साँच्चै पुग्यौं भनेर मन हतार भयो पाईला अलि छिटो छिटो सार्यौं नभन्दै एक मिनेटको जंगलको बाटो पन्छयाउँदै जाँदा आँखा अगाडि दह देख्यो । ल बल्ल पुग्यो भन्दै आनन्दको सास फेरें । दहको उत्तर तर्फ बोधिसत्वलाई दुई जनाले करौंतिले टाउकोमा रेटेर मणि निकाल्न लागेको प्रस्तरको मूर्ति रहेछ । मूर्तिको तलतिर नेपाल भाषाको प्रचलित लिपिले लेखेको शिलापत्र देखें तर यो मूर्ति हेर्दा त्यति धेरै पुरानो जस्तो लागेन । एकजना तामाङ केटाले भन्दै थियो कि यो मणिचूडको मुख्य ठाउँ जहाँ टाउकोको मणि निकालेको बेला रगत आएको ठाउँ अन्तै छ यो ठाउँ चाहिं शिर हो रे । त्यही केटाको भनाई अनुसार दहको उत्तर तिर नै दायाँतिर पहिला मञ्जुश्रीको मूर्ति थियो रे अहिले उक्त सानो मन्दिरमा शिव पार्वतीको मूर्ति राखेको छ । दहको पश्चिम भागमा पुरानो अशोक चैत्य रहेको छ । यस ठाउँ पुग्दा साँच्चै नै शान्त लागेको थियो किनकि जंगलको बीचमा रहेको यो दहको आफ्नै महत्व छ ।

 
मणिचूड दह
त्यहाँ आएका मानिसहरु मध्ये कोही यो दह सात पटक घुम्नु पर्छ भन्दै सात पटक परिक्रमा गर्दै थिए भने कोही दहको पानी जलको रुपमा सानो सिसीमा राख्दै थिए त कोही दहमा एकपटक खुट्टा डुबाउनु पर्छ भन्दै भित्र गएका थिए । दहमा आईरहेको पानी अलि माथि सानो धाराबाट आइरहेको र धेरै चिसो थियो म पनि पानी अलिकति लिएर हातमुख धोएं । सात पटक घुम्नुपर्छ भनेको दह एक पटक फन्को मारें । पश्चिमतिर एउटा शिवलिंग पनि रहेछ त्यसको अगाडि सानो ढुंगाको साँढेको मूर्ति(पशुपतिनाथको बाहन) रहेछ जसलाई उचालेर युवाहरु खेलिरहेको थियो । उनीहरु त्यो मूर्तिलाई उचाल्न सकेमा आप्mनो मनको ईच्छा पूरा हुने भन्दै पालै पालो उचालिरहेका थिए ।

मणिचूड दह नजिकको चैत्य

मणिचूड दहको उत्तरमा रहेको शिलापत्र र मूर्ति
मणिचूड पर्वत बौद्ध धर्म अनुसार पवित्र स्थल भएर पनि त्यस ठाउँको त्यति प्रचार प्रसार नभएको देखिन्छ किनकि पहिला पहिला हरेक वर्ष विक्रम सम्वत् फेरिने दिनमा राती त्यो ठाउँमा जाने गर्दथ्यो राती जाँदा त्यस ठाउँ कस्तो थियो भनेर अन्दाज गर्नै गा=हो हुन्थ्यो । स्थानीय मानिसको भनाई अनुसार त्यो दिन हामी पाँच वटा बस आएको सुनेर आज त पाटनबाट धेरै मानिसहरु आएका रहेछन भनेर उनीहरुले भनेकाले अरु बेला यस ठाउँ प्राय सुनसान रहने अन्दाज लगाउन सकिन्छ । यस ठाउँमा तामाङहरुको बसोबास रहको पाइन्छ मानेडाँडा भन्ने ठाउँमा सबै तामाङहरु रहेका थिए ।

 
यस ठाउँको धार्मिक महत्व रहनुमा, गौतम बुद्ध पहिला वोधिसत्व मणिचूड राजा भएर जन्म लिएको बेलामा आप्mनो शिरको मणि दान गरेको घटना संग सम्बन्धीत छ । पहिला साकेत भन्ने देशमा साकेत राजाले राज्य गरेको बेला उनको रानी कान्तीमतीको गर्भबाट मणिचूड राजकुमारको जन्म भएको थियो । उनी गर्भमा रहेको बेला देखि नै रानीलाई धार्मिक कार्यमा अभिरुचि बढ्दै गएको थियो । राजकुमारको जन्महुँदा नै उनको शिरमा मणि थियो जुन सूर्यको रश्मी समान जाज्वल्यमान थियो । उक्त मणिको लक्षण भनेको रोगीहरुलाई मणिको जल पिलाएमा रोग निको हुने, आँखा नदेख्नेलाई मणि छुआईदिएमा आँखा देख्ने, दुर्भिक्ष भएमा मणिजल छर्किदिएमा सुभिक्ष हुने थियो ।

 
बाल्यकाल विद्या अध्ययन गरी पारंगत भएपछि राजाले राज्य सुम्पेर तपोवन तिर लाग्नुभयो । मणिचूड राजा यौवन अवस्थामा प्रवेश गरेपछि एक जना ऋषिको धर्मपुत्री पद्मावतीसंग विवाह भयो र पद्मोत्तर नामका राजकुमार पनि जन्मियो । एकदिन पूर्णिमाको दिन मन्त्रीहरु सबैलाई बोलाएर धर्मको विषयमा छलफल भयो । यही समयमा चारैदिशाका राजाहरु धृतराष्ट्र, विरुधक, विरुपाक्ष, वैसवन यी चार दिग्पाल राजाहरु मस्त्र्य मण्डल घुम्दै साकेत देश आइपुग्यो । त्यसबेला मणिचूड राजाले दानधर्म गरिरहेको कुरा इन्द्रकहाँ पुर्याइयो ।


मणिचूड राजालाई दान धर्म गर्न यति लालायित भयो कि उनले दानशाला बनाउन लगाएर जस जसले जे जे माग्यो त्यही त्यही दान दिएर आप्mनो ईच्छा पूरागर्दै रह्यो यो दान कर्म गरेको उनले स्वर्ग जान नभई आप्mनो सम्यक सम्बोधि लाभ गर्ने इच्छाले मात्र थियो । दान दिने क्रममा पाँच जना ब्राम्हणहरुले मागे जति धन दिएर पठाए त्यसै गरि आपूm संग भएका हात्ती, घोडा सबै दान दिए त्यति मात्र होइन आप्mनो पत्नी छोरालाई दान दिए । यसरी दान धर्म गरेकोेले ईन्द्रको आसन तात्यो र ऊ राक्षसको भेषमा आएर मांसाहारी भोजनको माग गरे । राजाले आप्mनो घाँटी रेट्न तरबार उठाएका मात्र थिए पृथ्वी कम्पन भयो । त्यसै गरि अयोध्यामा दुर्भिक्ष भएर असंख्य जनताको मृत्यु भएको अवस्थामा दुर्खेसह राजाले के उपाय छ भनी बुभ्mदा मणिचूड राजाको मणि ल्याई मणि भएको पानी छर्किदिएमा सुभिक्ष हुने सम्भव देखि पाँच जना पुरोहितलाई हिमालय गई मणिचूडको शिरमा रहेको मणि ल्याउन आज्ञा भए । सोही आज्ञा अनुसार उनीहरु, मणिचूड हिमालय तपस्या छोडी हालको मणिचूडमा आइरहेको थाहा पाएर त्यहीं आए र सबै कुरा बताए । राजाले आप्mनो शिरको मणि दान दिने वचन दिनुभयो । ब्राम्हणहरुले शस्त्रले प्रहार गरेर मणि निकाल्ने प्रयास गरे । शिरमा रहेको मणि जरा समेत उखेल्न खोजेको थियो तर निकाल्न सकिरहेको थिएन फेरि करौंतीले रेट्यो । राजालाई असह्य वेदना भयो । रगतको खोला बगेर रोहिणी नदीमा मिल्न गयो । ब्राम्हणहरुले धेरै मेहेनत पछि मणि निकालेर राजाको हातमा राखीदियो । राजा अत्यन्त खुशी भई ब्राम्हणहरुलाई सो मणि दान दियो त्यसैबेला पृथ्वी कम्प भयो । मणिचूड राजाले शिर रेटेर मणि दान दिएकोले देवगणहरु जम्मा भई विभिन्न प्रकारका पूmलले पूजा गरे । यसरी मणिचूड राजाले आप्mनो दान पारमिता पूरा गर्न शिरको मणि दान दिएको स्थान भएकोले यस ठाउँ बौद्ध धर्मावलम्बीहरुको पवित्र स्थल बन्न पुगेको हो । अहिले यो ठाउँ बौद्ध धर्मावलम्बीहरु मात्र होइन अन्य मानिसहरु पनि यस ठाउँमा आउने गर्दछन् । मणिचूड राजाले शिर रेट्न लगाएर मणि निकाल्न लगाएको स्थान मणिचूड डाँडा बाट झण्डै डेढ घण्टा तल झर्नु पर्ने रहेछ त्यस स्थानमा पनि एउटा शिलालेख र पानी जमेको ठाउँ छ । यसै गरि जनै पूर्णिमाको दिन डाँडा माथिको मणिचूड दहमा मेला लाग्ने गर्दछ । यस्तो धार्मिक, रमणीय पवित्र स्थललाई पर्यटकीय हिसाबले विकास गर्न सकेको खण्डमा अझ यस स्थानको महत्व बढ्ने देखिन्छ साथै स्थानीय बासिन्दाले पनि रोजगारको अवसर पाउने देखिन्छ ।
मणिचूड डाँडा पुग्दा बिहान बादलले ढाकेको आकाश केही समयका लागि सफा भएको थियो आधा घण्टा जति थकाई मारी हामी सीधै तल ओरालो लाग्यौं । अघि उकालो चढ्ने बेला तीन घण्टा लागेको बाटो अब डेढ घण्टामै तल बज्रयोगिनी मन्दिरमा आईपुग्यौं । बिहान खाजा नखाएकाले भोक पनि बेस्सरी लागिसकेको थियो । आयोजकले खानाको व्यवस्था गरेको थियो, दिउँसो साढे तीन बजेतिर खाना खाई हामी पहिलो बसबाट नै साँखुबाट विदा भयौं बाटोमा आउँदा आउँदै फेरि मुसलधारे पानी पर्यो । मनमनै सोचें आज चाहिं मौसमले साथ दिएकैे हो ।

सन्दर्भ ः
१. बोधिरत्न बज्राचार्य, मणिचूड जातक, धमकिर्ति बौद्ध अध्ययन गोष्ठी, काठमाडौं, वि.सं.२०३६(दोस्रो संस्करण) ।
२. वर्ण बज्र बज्राचार्य, मणिशैल महावदान, ने.सं. १०८३ ।
३. सक्वया वज्रयोगिनी विशेषांक,पलेस्वाँ, अंक १७, लोटस रिसर्च सेन्टर, ललितपुर, ने.सं. ११२० ।