चेतिय : चैत्य

(चैत्य–पूजा — २)

भिक्षु सुदर्शन
छानिएर राखिएका पवित्र अस्तिधातु राखेर छानिएर राखिएको माटो तथा ढुंगाबाट बनाइउका पुज्य स्मारक नै चेतिय हुन् । किन भने चेतिय भनेको “चि” धातुबाट बनेको शब्द हो । नराम्रो बानी वा स्वभाव त्याग्न विनम्र तरिकाले पवित्र गुण स्मरण गरेर पूज ागर्ने स्मारक भएकोले पनि यसलाई चेतिय भनिएको हो ।

 

 

भगवान बुद्धको समयमा पनि केही आशा वा संकल्प गर्ने चेतिय स्थानहरु थिए । “वन चेतिय” र “रुक्ख चेतिय” त्यस्ता स्थानहरु हुन् । तर भगवान बुद्धले त्यसरी वन र रुक्ख (रुख) को शरण जानुलाई उत्तम शरण र साँच्चैको शरण भन्नु भएन । यस्तो रुख, वन, पर्वत हादिको शरण गएर कुनै प्रकारको दुखबाट पनि मानिसहरु मुक्त हुन सक्दैन भनेर भभवान बुद्धले आज्ञा गर्नुभएको छ ।

 

 

यस्तो चेतियको स्थानमा भगवान बुद्धले परिनिर्वाण पछि बुद्धको गुणस्मरण गराउने चेतिय बन्न गयो । तेतिय शब्दलाई बौद्धहरुले ग्रहण गरेर लिए । अनि त्यसलाई बौद्ध गुण र शैलीबाट विकार पनि गरे । निधिकण्ड सुत्र, खुठ्ठक पाठकाु अर्थकथामा तीन प्रंकारका चेतिय हुने वर्णन गरिएको छ (चेतियं तिविधं होति परिभोग चेतियं, उद्दिस्सक चेतियं, धातुक चेतियं) । बोधिवृक्ष रुखलाई परिभोग चैत (बोधिरुक्खो परिभोग चेतियं) भनिन्छ । बुद्ध प्रतिमालाई उद्देश्य चैत्य (बुद्ध पतिमा उहिस्सक चेतियं) भनिन्छ । धातु निधान गरेर राखेको चैत्यलाई सधातुक चैत्य (धातु गब्भथूपा सधातुका धातुक चेतिय) भनिन्छ । चैत्यलाई अर्को किसिमबाट विभाजन गर्दा चैत चार प्रकारको हुन्छ । एउटा वृद्धि भउको चैत्य धर्म चैत्य हो ।

 

 

चैत्यका आकार प्रकार
बुद्धको समयमा भएको धार्मिक स्मारक “चेतिय”को आकार प्रकार यस्तो थियो भनेर थाहा पाइँदैन । चैत्यको आकार प्रकारको् बारे पुरानो विवरण पनि स्पष्ट छैन । तैपनि अमरावती स्तूपलाई “महाचैत्य” भनी सम्बोधन गरेकोले केही कुरा स्पष्ट भएको छ । “थुबे” जस्तै अथवा “थूप” “थूर” जस्तै भूमि नै गोलो बनाएर माथि आदरको रुपमा छत्र वा छाता एउटा राख्ने भन्दा फरक किसिमको स्तूपलाई चैत्य भन्ने गर्यो होला । चैत्यमा तह (फः) हुन्छ । अनि फेरि महायानको विकास हुनथालेदेखि गोलाकारको माथि पनि अनेक कलात्मक शैलीका र भाव अभिव्यञ्जनाको विकास भयो । तह भएर पनि त्रयोदश भूवनको विकास भइनसकेको प्राचीन प्रकारको चैत्य यसको प्रमाण हो । यस्तो चैत्य अजन्ता गुफामा छ ।

 
चैत्यमा विशेषतः महाचैत्यमा तहहरु दुई, तीन वा चार तह हुने गर्दछ । अनि त्यस महाचैत्यको तहमा बुद्ध–जीवनी वा जातक घटनाका अनेक चित्रहरु ढुंगामा कुँदेको हुन्छ । यसको सुन्दर नमूता इण्डोनेशियाको बोरोबुदूर महाचैत्य र कम्बोडियाको अंकोरबार हुन् । हाम्रो नेपालमा पनि “किन्नरी जातक” कुँदिएको चैत्यको वर्णन चाबहिलको लिच्छवी कालको अभिलेखबाट थाहा हुन्छ । तर दुःखको कुरा, यस किन्नरी जातकको शिलाचित्र अझै फेला परेको छैन ।

 

 

यस प्रकार बुद्धको समयमा मानिसहरुलाई टेवा दिने चेतिय बुद्धको महापरिनिर्वाणभन्दा पछि बुद्धको गुण स्मरण गराउने, बुद्धको अवशेष पूजा गर्ने, बुद्धको धर्म सम्झने बौद्ध चेतिय भए । अब आज व्यवहारिक रुपमा चैत्य चेतिय भन्नु नै बौद्ध स्मारक बनिसकेको छ ।

 
क्रमशः
लेखकको नेपालभाषामा लेखिएको पुस्तक चैत्यपूजा (विसं २०३७)बाट राजेन मानन्धरद्वारा अनुदित ।

3 years ago/Wednesday, November 1st, 2017/