बुद्ध–पूजा : चैत्य–पूजा

भिक्षु सुदर्शन
बुद्ध–पूजा भन्नु नै चैत्य–पूजा हो । किनभने बुद्ध–पूज ागर्नलाई नै चैत्यको सृष्टि भयो । अनि बुद्धकाु पूजा गर्नु भनेको नै तथागतको गुणानुस्मरण गर्नु हो । गुणनुस्मरणले हाम्रो मन निर्मल हुन्छ, हामीलाई राम्रो काम गर्न प्रोत्साहित गर्छ ।

 
स्तूप र चैत्य
स्तूपलाई पहिले थुप भनिन्थ्यो । अनि चैत्यलाई चेतिय भनिन्थ्यो । फेरि यी थूप र चेतिय दुबै नै पूज्य स्मारक हुन् । अर्थमा पनि दुबै स्मारकका बिच केही केही भिन्नता छ ।

 
थूप : स्तूप
पूजनीय पवित्र व्यक्तिहरुको अवशेष राखेर ढिस्कोको आकारमा माटोको बनाइएको स्मारलार्य थुबे वा थूप भनिन्छ । महापरिनिर्वाण सूत्र दीघ निकायमा चौबाटोमा यसता थूप चक्रवर्तीराजाको बनाएर स्थापना गरिने उल्लेख भएको छ । भगवान बुद्धले तथागतको थूप पनि यसरी चौबाटो (चल्तिको ठाउँ)मा राख्न आज्ञा गर्नुभयो । महापरिनिर्वाण सूत्र अनुसार थूप अर्हत् सम्यक् सम्बुद्धको, प्रत्येक बुद्धको, तथागतका श्रावकहरुको र चक्रवर्ती राजाको अवशेष राखेर अथवा स्मारक जस्तो बनाउन सकिन्छ ।

 
प्राचीन स्तूप
थूप माटोको हुने वर्णन अमरकोषमा पनि छ । अनि थूपको गजूर हुने कुरा विनयाको भोजन सम्बन्धी वर्णन ( न थूपकतो ओच्छित्वा पिण्डयातो भुञ्जितब्बो)बाट स्पष्ट हुन्छ । यस्तो पहिलो थूप भगवान बुद्धको पवित्र अस्तिधातु राखेर बनाएको आठवठा थूप हुन् भने आजोभोलि यी थूपहरु यिनै हुन् भनेर पहिचान गर्न समेत कठिन भइरहेको छ । यसपछि देखिएका प्राचीन थूपहरु साँची भरहुत थूप वा धम्मिक थूप हुन् ।

 

 

मज्झिम निकायमा उल्ले भएकको काश्यपबुद्धको थूप कहाँ हो आजसम्म पत्ता लागेको छैन । भगबान बुद्धको महापरिनिर्वाण पछि आठ भाग अस्तिधातु राखेर बनाएका थूपहरु मध्ये हाम्रो देशभित्र पर्ने कपिलवस्तु तथा रामग्रामका थूप पनि यहीँ यो नै भनेर भन्न पुरातात्विक उत्खनन् गर्नेकाम बाँकी नै छ । तर पनि परासीको सँगै रहेको थूप रामग्राम थूप हुनुपर्छ भन्ने विद्वानहरुको विचार रहेको छ ।

 

 

त्यस्तै कपिलवस्तु जिल्लाको निग्लीहवामा देवताहरको मनपर्ने राजा अशोकले एउटा शिलास्तम्भ राखेको भेटिएको छ । त्यसमा राजा अशोकले अभिलेख उत्कीर्ण गराएका थिए, “देवताहरुलाई मनपर्ने राजा प्रियदर्शीले आफ्नो अभिषेकको बीस वर्ष पुगेको अवसरमा कोनागमन बुद्धको थूवे थूप दोश्रोपटक बनाए । अथवा पहिले भएको थूपलाई ढाोर दोब्बर बनाए ।” तर दुःखको कुरा, यस्तो अभिलेख प्राप्त भएर पनि अहिलेसम्म यो थूप खोजेर देखाइदिन सकेको भए अतीत बुद्धप्रति गौरव राख्ने नेपाली बौद्ध संस्कृतिको एक अद्वितीय नमूना नै प्रस्तुत गर्न सक्ने थियौं ।

 
यतातिर फेरि, हाम्रो अगाडि नै भएको थूप (थूर)का बारेमा पनि हामीले पूर्ण अन्वेषण गर्न सकेका छैनौं । पाटनका चारवटा थूर प्राचीन थूपको लक्षण र शैलीमा पूर्ण छन् । राजा अशोकले स्थापित गर्नुभएको यी थूर भनेको पहिलेदेखि रहेको बौद्ध विश्वास छ । तर यस बारेमा पनि पूरा अन्वेषण गरेर यथार्थ ऐतिहासिक तथ्यहरु पुरातात्विक प्रमाणहरु अझ हामीले आगाडि राख्न आवश्यक छ ।

 

 

पाटनमा भएका चारवटा थूरजस्तै शैलीका थूपहरु जहाँपनि प्राचीन कालदेखिका छन् । श्रीलंकाको थूपाराम, बर्माको स्वेडगौं, थाइल्याण्डको नगरपडम थूप यस्तै नै शैलीका प्राचीन थूप वा स्तूपहरु हुन् ।

 
क्रमशः
लेखकको नेपालभाषामा लेखिएको पुस्तक चैत्यपूजा (विसं २०३७)बाट राजेन मानन्धरद्वारा अनुदित ।