बुद्धधर्म अनुसार स्त्रीप्रति पुरूषकाे कर्तव्य

भिक्षु बाेधिज्ञान
पति (लोग्ने भइरहेकोले पश्चिमदिशा समानी आफ्नी पत्नी प्रति पाँच प्रकारले उचित व्यवहार गर्नुपर्दछ ।
(१) पतिले पत्नीसित अपमान गर्नु हुन्न, आफ्नो पत्नीलाई सम्बोधन गर्दा असभ्य अर्थात् हेलाको वचन प्रयोग गर्नु हुन्न । प्रेमपूर्वक ‘देवी’ वा ‘प्रिये’ वा ‘आमित्नी’ भनेर बोलाउनु पर्दछ । अर्थात् जसरी बोलाउँदा पत्नीको ह्दयरूपी पोखरीमा स्नेहरूपी कमल फुल्दछ, त्यस्तै किसिमले बोलाउनु पर्दछ ।
(२) पतिले पत्नीको अपमान गर्नु हुन्न । आफ्नी पत्नी भयो भन्दैमा नराम्रो वचनले गाली गर्नु हुन्न । आफ्नी पत्नीलाई दुःख सुखको एकमात्र मित्र सम्झी व्यवहार गर्नु पर्दछ । आफ्नी अर्धांगिनी सम्झी केवल पत्नीले गर्न योग्य काम मात्रै सम्झनु ठूलो भूल हो । पत्नीले यसमा ठूलो अपमान सम्झन्छ ।
(३) आफ्नी पत्नी बाहेक अरू स्त्रीजन गमन गर्नु हुन्न । सत्य पुरूष अर्थात् सज्जन पतिले आफ्नी स्त्री बाहेक अरू स्त्रीको कल्पनासम्म पनि गर्दैन । आफ्नी स्त्रीलाई ‘आत्मिनी’ सम्झी धर्मपालन गरेर बस्नु पर्दछ ।
(४) पत्नीको जिम्मामा पतिले घरको धनसम्पत्ति आदि जम्मै छोडिदिनु पर्दछ । यहाँ धन सम्पत्ति आदि ऐश्वर्यको अर्थ साधारण लोकले लाउने अर्थ होइन । कुलीन स्त्रीजातिलाई घरको धन सम्पत्ति जम्मै जिम्मा दिई नाना प्रकारका गहना तथा राम्रा राम्रा लुगा आदि दिई ऐश आराममा राखिछोडे पनि भान्छाको अधिकार नदिएसम्म सन्तुष्ट हुँदैनन् । त्यसकारण स्त्रीलाई सन्तुष्ट पार्न भान्छाकै सम्पूर्ण अधिकार दिनुपर्दछ । भान्छाको अधिकार दिनु नै ऐश्वर्य दिनु हो । यस प्रकारले पतिले आºनी पत्नीलाई घरको ऐश्वर्यको जिम्मालाई दिनुपर्दछ ।
(५) गहना तथा वस्त्रादि दिनु पर्दछ, तर आफ्नो शक्ति अनुसार मात्रै । पतिले आºनी पत्नीलाई आºनो कमाइ अनुसार गहना तथा वस्त्र दिएन भने पत्नीले गृह लक्ष्मी भएर गर्नुपर्ने काममा शिथिलता ल्याउँछे । तर, दिनु पर्दछ भनेर आफ्नो शक्तिले नभ्याउने गरी ऋणै लाग्ने गरी दिनु उचित होइन । (बरू पतिलाई ऋण लागेको छ भने पत्नीले आफ्नो माइतीबाटै दिएको गहना भएपनि बेचेर पतिलाई ऋणबाट मुक्त गरिदिनु पर्दछ ।) आफ्नो स्तर तथा कमाइलाई नसुहाउने गरी गहना लाएर हिंड्नु पनि योग्य छैन । अर्काको देखासिखी गर्नु हुन्न । आफ्नो नोक्सान नहुने गरी तथा गृहस्थाश्रम चिरस्थायी हुने गरी पत्नीलाई लगाउन लाउन दिनुपर्दछ ।
 
गृहपतिपुत्र † यी पाँच प्रकारले पश्चिमदिशा समानकी पत्नीप्रति पुरूषले योग्य व्यवहार गर्नुपर्दछ ।
श्राेत : गृही विनय (लेखक भिक्षु अमृतानन्द )
3 years ago/Thursday, October 19th, 2017/