बुद्धधर्म अनुसार पुरूषप्रति स्त्रीको कर्तव्य

भिक्षु बाेधिज्ञान

गृहपतिपुत्र † पूर्वोक्त पाँच प्रकारले योग्य व्यवहार गर्ने पुरूषप्रति पश्चिम दिशा समानकी स्त्रीले निम्न पाँच प्रकारले सेवा गर्दछ :—
(१) गर्नुपर्ने काम तथा समयमा गर्दछे, ढीलो गर्दैन । चूल्हा–चौका अर्थात् भान्छा घरको काम गर्न अल्सी मान्दैन । ‘मेरो धर्म नै यही हो’ भनी पतिको निंति गर्नु पर्ने जम्मै काम ध्यान दिएर गर्दछे ।
(२) इष्टमित्र तथा छरछिमेकीहरूलाई संग्रह गर्दछे । आफ्ना लोग्नेतिरका नाता कुटुम्ब तथा आफ्नै माइतीतिरका नाता कुटुम्बहरूलाई बेला बखतमा निमन्त्रण गरी यथायोग्य उपहार दिन्छ तथा ख्वाउने गर्ने गर्दछे । आगन्तुकहरूको पनि राम्रो आदर सत्कार गर्दछे । स्वामीको इज्जतलाई सकेसम्म बढाउने कोशिश गर्दछे ।

(३) सपनामा पनि पर–पुरूषको कल्पना गर्दिन । गृहस्थाश्रममा रहेकी गृहलक्ष्मीले आफ्नो श्रीमान एकजना बाहेक अन्य पुरूषको आशा गर्दिन । पतिव्रता धर्म पालन गरी अनन्य पुरूष भक्ति गर्दछे । आफ्नो पतिव्रता–धर्मको बलले, बोधिसत्वकी स्त्रीले मार्न लगेको आफ्नो पतिलाई बचाए झै‌ आफ्नो पतिलाई अनेक आपत विपतबाट बचाउँछे ।
(४) पतिले कमाएर ल्याएको धनसम्पत्तिको रक्षा गर्दछे । ‘मेरा श्रीमानले खेती गरी, व्यापार गरी अथवा कुनै शिल्प देखाई रातदिन नभनी पसिना खेती गरी अथवा कुनै शिल्प देखाई रातदिन नभनी पसिना बहाई दुःख कष्ट भोगी कमाएर ल्याएको धन, नचाहिने वाहियात काममा खर्च गर्नु उचित छैन‘ भनी आवश्यक काममा मात्रै उचित रूपले खर्च गर्नु उचित छैन’ भनी आवश्यक काममा मात्र्र उचित रूपले खर्च गर्दछे । खर्च गरी बाँकी रहेका धन राम्ररी संचित गरी राख्दछे ।
(५) गृह विज्ञानमा अर्थात् घरको सफाइ गर्नमा दक्ष हुन्छे, चूल्हाको काममा पोख्त हुन्छे । अल्सी भनेको कति पनि मान्दैन । यस संसारमा अनेक प्रकारका आइमाईहरू छन् । कुनै केटाकेटीदेखि अल्सी भएर कुनै काम–काज नगर्ने किसिमका छन् कुनै आफ्नो रूप देखाई लोग्नेमान्छे नचाउने हुन्छन् कुनै आफ्नो लोग्नेको कमाइ बलिया नभएपनि ‘ऋणै काढेर भएपनि गहना बनाइ देऊ’ भनी रीस देखाई माइती गइरहने हुन्छन्, कुनै चार पा“चजना साथीहरू जम्मा भई चाहिने नचाहिने गफ गरिरहने हुन्छन्, कुनै आफ्नो स्वामीले केही भन्यो कि निहुँ झिकी झगडा गरी बोल्दैै नबोली मुख फुलाएर रहने हुन्छन् । तर शीलवती गृहलक्ष्मी आइमाई माथि भनिएकी स्वास्नीमानिस झै कहिल्यै हुँदैनन् । आफ्नो स्वामीको अनुमति विना माइतसम्म पनि जान्दैनन् । उद्योगी भएर स्वामीको हरेक काममा सहयोग गर्दछन् । स्त्रीले जान्नु पर्ने हरेक शिल्प जानी राख्दछन् । यस प्रकारले गृही–विनय राम्ररी जानेका स्त्री–रत्नहरू भएको घरमा जन्म भएका पुत्रपुत्रीहरू समेत गृृृृही–विनयमा निपुण हुन्छन् ।

गृहपतिपुत्र † पश्चिम दिशा समानका स्त्रीहरूलाई पाँच प्रकारले योग्य व्यवहार गर्ने स्वामीलाई, गृहलक्ष्मी पत्नीले उपरोक्त पाँच प्रकारले सेवा गर्दछन् ।

श्राेत : गृही विनय (लेखक:  भिक्षु अमृतान्द )

(यी व्यवस्थापनका नियमहरुलाई २५०० वर्ष पुरानाे सामाजिक संरचनालाई ध्यानमा राखेर बुझिदिनहुन सादर अनुरोध )

3 years ago/Wednesday, October 18th, 2017/