आंखाले देख्दैन

भिक्षु प्राणपुत्र
नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स– नमस्कार उहां भगवान सम्यक सम्बुदुधलाई । याद गर्नु होस यो पालि वाक्यमा तस्स अकारान्त छ, यसको दायां बायां ओकारान्त छ (जस्तै– नमो, भगवतो, अरहतो) । यदि कसैले यो तस्स लाई गल्तीले तस्सो पाठ पनि गर्दछन । यसरी कि तस्सलाई पञ्चस्कन्ध वा अनात्म अनुसार कसरी तस्सो पाठ गर्दछ ? यसको एक उदाहरण–

यो वाक्यलाई पुन: पाठ गर्नु पर्दा तस्स शब्द देख्नु चक्खु विञ्ञाण हो । तर पहिलेको संखारले तस् पाठ गर्नासाथ तस् को पछि सो आउँछ भनी सम्झना भएर आउनेछ । यसलाई तस्सो को सम्झनालाई जान्नु मनो विञ्ञाण हो । यसैलाई सञ्ञाक्खन्धले त्यसलाई सो भन्नु पर्ने पहिचान गर्छ । सो को अभ्यास वा बानी परेकोले सो सम्झिनासाथ सुख वेदना हुन्छ । फल स्वरूप सो उच्चारण गर्ने ईच्छा उत्पन्न हुन्छ । यसैको लागि काय विञ्ञत्ति र वची विञ्ञत्ति रूप उत्पन्न भई सो पाठ वा उच्चारण गर्छ । यसरी सो उच्चारण गर्नमा एक पञ्चक्खन्धले काम गर्छ ।

यो प्रकृया सम्झना गरेर उच्चारण गर्दा मात्र सो को उच्चारण हुने होइन । किताब हेरेर पढेको भए पनि सञ्ञाक्खन्धको कारणले उसले तस्सो नै सम्झिन्छ र तस्सो नै पढछ । यसैले भनिएको हो आँखा देख्नको लागि द्वार वा माध्यम मात्र हो ।
व्यबहारिक अर्थमा आँखाले देख्ने, कानले सुन्ने आदि भन्ने गरिन्छ । तर परमार्थमा न आँखाले देख्छ न कानले सुन्छ । देख्ने कार्यमा निम्न आधारहरू तयार हुन्ुपर्छ । जस्तै–
चक्खु विञ्ञान– चक्खु पसाद– रूप आलम्बन

रूप आलम्बन आँखा (चक्खु पसाद) मा ठक्कर खाएको समयमा आँखामा कुनै आलम्बनले ठक्कर दियो वा केही स्पर्श भयो भनी जानकारी गर्ने काम चक्खु विञ्ञाण (देख्ने चित्त) ले गर्दछ । यसैलाई देखिएको वा देख्ने कार्य भएको भनिन्छ । यसरी नै अन्य सुन्ने, सँुघ्ने, स्वाद लिने, स्पर्श गर्ने र विचार गर्ने कार्यमा पनि थाहा पाउनुपर्छ ।

(आंखा आदि) प्रसाद मा (दृश्य आदि) आलम्बन ठक्कर खाएको समयमा केही गरी सम्बन्धित (देख्ने सुन्ने चित्त) विञ्ञाण उत्पन्न गर्न नसकिएमा वा अन्य विञ्ञाण उत्पन्न भएको क्षणमा देख्ने सुन्ने आदि कार्य हुंदैन । देख्ने सुन्ने कार्यमा विञ्ञाण हुनु अनिवार्य छ । आँखा आदि पसादहरू आलम्बन ग्रहण गर्ने एक माध्यम हो । जबसम्म पसादले ग्रहण गरिएका आलम्बनलाई विञ्ञानले स्वीकार गर्दैन तबसम्म ती आलम्बनको कुनै पहिचान वा मूल्य हुंदैन ।

अझ पञ्चक्खन्धको आधारमा भन्ने हो भने पसादले ग्रहण गरेको आलम्बनलाई विञ्ञानले स्वीकार गरे तापनि त्यस आलम्बनलाई पहिचान गर्ने काम सञ्ञाक्खन्धको भएकोले, माथि तस्सो को उदाहरणमा बताए झैं, सञ्ञाक्खन्धले गल्ती पहिचान गरेमा वर्तमान आलम्बनको पहिचान पनि गल्ती हुन पुग्छ । यही कारणले गल्ती संखार भएको मानिसले सहीदेखे पनि गल्ती उच्चारण गर्छ भने सही संखार भएको व्यक्तिले गल्तीदेखे पनि सही नै उच्चारण गर्दछ ।

नमो तस्स भगवतो भनी अभ्यास भै सकेको लागि नमो तस्सो भगवतो भनेर लेखेर पढन दिएमा उसले आँखाले हेर्दै नमो तस्स भगवतो नै पढनेछ । यसले के प्रमाण दिन्छ भने पाठकले के पढछ ? भन्ने विषयको निर्णय देखिएका अक्षरमा भर नपरेर उसमा ती विषयको कस्तो संखार परेको छ त्यसमा भरपर्छ । यही कुराको National Geographic channel पुष्टि गर्दै भनेको छ– ‘गल्ती हिज्जे भएको देखे तापनि मानिसले सही नै पढने हुन्छ । साधारण मानिसलाई अभ्यस्त विषयमा गल्ती लेखेर दिएकोमा केही फरक पर्दैन ।’

यसप्रकार पञ्चस्कन्धको आपसी तालमेलले कर्म गर्ने हुनाले यहां भित्रबाट गरी दिने कुनै आत्मा हुदैन न बाहिरबाट गरी दिने कुनै इश्वर नै हुन्छ । यसैले यीनिहरू कार्य कारणमा आधारित हुने हुनाले प्रतीत्य समुत्पन्न हुन । म, मेरो मेरो आत्माको विषय होइनन् ।

(अनात्म, अनात्मा क्रमश: १०)