वुद्ध मार्गी अर्थशास्त्रका केही पक्ष

 ई. एफ. शूमाकर

१। उत्पादन, उपभोग र धन-दौलतको विकास गर्ने ज्ञानलाई अर्थशास्त्र भनिन्छ । दुःख अन्त्य गर्न वुद्ध प्रतिपादित ‘आर्य अष्टाङ्गी मार्ग’ को एउटा बुँदा  – ‘सही किसिमको जीवन यापन गर्ने’ छ । वुद्ध मार्गी अर्थशास्त्रको जग यही हो । सबैले मानेको ‘मानव श्रम नै उत्पादन र धन-दौलतको स्रोत’ हो । यसलाई हेर्ने दृष्टिकोण (Perception) फरक-फरक वर्गको फरक-फरक हुन्छ । जस्तैः सस्तोमा “श्रम” किन्न सके “नाफा” हुन्छ भन्ने उद्योगको मालिकको धारणा र चाहना हुन्छ । तर, मजदुर को – ज्याला जसले धेरै दिन्छ उसैलाई श्रम बेच्ने दृष्टिकोण र चाहना हुन्छ । श्रमजिवीहरूको यही चाहनाले गर्दा नै आज नेपालका श्रजिवीहरू नेपाल बाहिरका मुलुकहरूमा र अझ कोरिया, जापान तिर आफ्नो श्रम बेच्न जाने गरेको हो । नत्र नेपालमा पनि थोर-बहुत त कमाइराखेकै हुन् ।

 

२। पाश्चात्य मुलुकको औद्योगिक क्रान्ति र प्रविधीको विकासले मेसिनहरूले काम गरिदिएपछि छोटो समयमा धेरै ‘उत्पादन’ गर्न संभव भयो र उनले छिट्टै धन-दौलत कमाउँन सकेको हो । वुद्ध मार्गीहरू यही उत्पादन कार्य सम्पदान गर्न तीन कुरालाई महत्व दिन्छन् – १) मानिसमा कमाउँने शीपको विकास गर्नु; २) मानिसमा निहित अहंकारमाथि विजय हासिल गर्न समुहिक काममा सहभागी हुने वातावरण मिलाईदिनु; र, ३) मानव अस्तित्व कायम राख्न आवश्यक उत्पादन गर्ने र सेवाहरूको विकास  गर्नु  । उल्लेखित तेस्रो बुँदालाई गलत किसिमले ‘असिमित उत्पादन गर्ने’ तथा ‘असिमित सेवाहरु’को व्यवस्था गर्ने भनेर पनि बुझ्ने गरिन्छ तर तेसो होइन । यहीँनिर वुद्धले भनेको ‘सम्यक(Balance)’को कुरा आउँछ  । ‘काम’ र ‘आराम’ दुबैमा सन्तुलन कायम गर्नु पर्ने हुन्छ । किनभने ‘काम’ र ‘आराम’ दुबै एकार्काका परिपुरक हुन् । चाहिँदो ‘आराम’ पुगेको शरिरले मात्र उत्पादनशील भएर ‘काम’ गर्न सक्छ ।

 

३। वुद्ध मार्गी अर्थशास्त्रले (घर बाहिर गएर गर्ने कामको हकमा) सकेसम्म ‘सबैलाई रोजगारी दिने’ भन्नेमा जोड दिन्छ । एउटै मानिसले २-३ ठाउँमा काम गर्नु भनेको अरूको काम पाउँने अवसर खोस्नु हो । एउटै परिवारको मानिस २-३ जनाले रोजगारी पाउँनु तर कुनै परिवारको एउटैले पनि रोजगारी नपाउँनु भनेको आर्थिक स्रोतको वितरण प्रणालीमा असन्तुलन हो ।  यो पनि एक किसिमको सामाजिक, राजनैतिक रुपमा अपराध हो, अनैतिक काम हो । किनभने यस किसिमको आर्थिक प्रणाली अपराध र अशान्तीको आधार हुन पुग्छ ।

 

४। वुद्ध मार्गी अर्थशास्त्र अनुसार – महिलाहरुको हकमा, वच्चा पाएपछि, घर बाहिर गर्ने काम गर्दा वच्चालाई उचित किसिमले हुर्काउँने र वच्चाहरूलाई असल, सभ्य र सक्षम नागरिक बनाउँने गंभीर ईन्जिनिरिङबाट चुक्नु हो । यसो गरेमा उदंण्ड, अनुशासनहीन बालबालिकाले र कालान्तरमा खराब मानिसले समाज र देश भरिनेछ । आमाले बाहिर काम गरेर केही पैसा त भित्र्याउँछिन् होला तर समाज र मुलुकको निम्ती “खराब” नागरिक उत्पादन गरेर ठूलो ‘ड्यामेज’ गर्ने काम भएको हुन्छ । यो कुरा आधुनिक पुँजीवादी अर्थशास्त्रीहरुले स्वीकार्दैनन् । तथापी कैयौँले वुद्धिमान बा-आमाले एउटा वच्चा पाउँने निर्णय भनेको २० वर्षे प्रोजेक्ट थाल्नु हो भनेर वच्चा पाएपछि काम नगरेको देखिएकोछ । यसो गरेर उनले वच्चालाई भावनात्मक, मनोवैज्ञानिक रुपमा र क्षणक्षणमा जीवन-शीप (Life skill) सिकाउँने आधारभूत तर महत्वपूर्ण काम आमाले गरिदिन्छिन् ।

 

५। भौतिकवादी-पुँजीवादी अर्थशास्त्रीहरूको ध्यान धेरैभन्दा धेरै “उत्पादन गर्ने”मा हुन्छ भने वुद्धमार्गीहरूको ध्यान यो सान्सारिक जीवनका दुःखहरूबाट ‘निर्वाण प्राप्त गर्ने’मा हुन्छ । ‘धेरै उत्पादन गर्नु र धेरै धन-दौलत कमाउँनु’ले त झन धेरै…झन धेरै…अझै धेरै… भन्ने असिमित चाहना र लोभको कुचक्रमा मानिसलाई धकेल्छ जहाँ हमेसा “धन-दौलत”सँगै द्वन्द, तनाव, पिरलो, डर, त्रास, असुरक्षा आदि पनि नत्थि भएर आएका हुन्छन् र ‘शान्ति’, ‘खुशी’ र ‘आनन्द’ बिहिन तर टनाटन पैसा भएको मानिस भइन्छ ।  यसको मतलब भौतिक सुविधाहरू चाहिन्न भन्ने होइन बरु ‘पुग्दो भन्दा अधिक र असिमित’ चाहनाले आफुलाई शान्ति नदिने र अरुको भाग सबै आफैले खोस्ने काम गरिन्छ । जसले ‘हुने मानिस’ र ‘नहुने मानिस’ सृजना गरिदिन्छ र यो नै समाज व्यवस्थापनको समतामुलक-सन्तुलन भंग गरेर प्रकारान्तरले अशान्ति तथा द्वन्द र अशान्तिको स्रोत हुन पुग्छ ।

 

६। उल्लेखित पृष्ठभूमिका आधारमा उत्पादन प्रकृयाको यान्तृकिकरणलाई वुद्ध मार्गीहरूले दुई पक्षमा ध्यन दिएर गर्नु उपयक्त हुन्छ भनि ठान्छन् – १) एक कसिमका यान्त्रृतिकिकरण जसले मानिसको शीप, क्षमतालाई उजागर गर्न सघाउ पुर्‍याउँछ; २) अर्को थरिको यान्त्रृकिकरण जसले मानिसलाई दाशका रुपमा परिणत गरिदिन्छ । जस्तैः क) कार्पेट बुन्ने लूममा केही यन्त्रको अंश र परम्परागत कार्यशैली सहित मानिस पनि संलग्न हुन्छ तर बिजुलीले चल्ने कार्पेट बुन्ने यान्त्रिक लूममा मानिसले गर्ने धेरै काम मेसिनले नै गरिदिन्छ र मानिस एउटा मेसिनको सहयोगीका रुपमा मात्र संलग्न हुन्छ । ख) मानिसलाई “औजार”हरूले उसको काम गर्ने प्रकृयामा सजिलो पारिदिन्छ भने “मेशिन”हरूले मानिसलाई “मेशिनकै मामुली सहयोगी” बनाई दिन्छ । अर्थात “औजार”ले मानिसलाई ’साम्यर्थ्यवान’ बनाउँछ भने “मेशिन”ले मानिसलाई ‘विचरो सहयोगी’ बनाईदिन्छ । प्राकृतिक वातावरणमा समेत यसले ठूलो असर पार्छ । पाश्चात्य मुलुकहरु औजार त्यागेर विसाल मेशिनहरू बनाएर धेरैभन्दा धेरै कमाउँन लाग्दा नै आज अनेक पर्यावरणीय समस्याहरू उब्जिएर अनेक स्वास्थ्य समस्याहरू सृजना भइरहेको देखिएकैछ । यसरी हेर्दा पाश्चात्य अर्थशास्त्रले ‘मानिस’लाई भन्दा ‘उत्पादन’ या ‘माल’लाई महत्वपूर्ण मान्छ । तेस्तै मानिसको ‘सृजनशीलता’, ‘रचनात्मकता’लाई भन्दा बढीभन्दा बढी ‘उपभोग’ हुनुलाई महत्व दिन्छ । जसलाई अचेल ‘उपभोगवादी समाज’ समेत भन्ने गरेको सुनिन्छ । यसरी श्रमीकभन्दा उत्पादन र मानिसभन्दा ‘सहायक-मानिस’ हुँदै गएर मानिसले त कुनै दिन पापीको रुप लिनेजस्तो र मेशिनको पुजा हुने अवस्था पो आउलाजस्तो छ ।

 

७। माथिका कुराहरू हर्दा वुद्ध मार्गी अर्थशास्त्रले ‘मध्य मार्गी’ बाटो लिन्छ जसमा मानिसलाई केन्द्रविन्दुमा राखेर आधुनिकिकरण या औजारीकरण गर्दै चाहिएको भौतिक सुबिधाहरूको विकास गर्नु पर्छ भनि ठान्छ ।  वुद्ध मार्गी अर्थशास्त्र भौतिक सुविधा, बैभव-सम्पतीको पुरै विरोधी होइन । अर्थात, के बुझ्नु पर्दछ भने वुद्ध मार्गको ‘निर्वाण’ प्राप्त गर्ने पथमा सम्पती समस्याको रुपमा आउँने होइन बरू सम्पतीप्रतिको लोभ, लालच र आशक्तीले मानिसलाई ‘निर्वाण’तिर जानै नसक्ने बनाईदिन्छ । आनन्द, मोजमज्जा पनि समस्या होईन बरु यिनिहरूप्रतिको (नभइनहुने) आशक्ती नै समस्या हो । किनभने आशक्ती भए ती कुरा नपाउँदा मानिस ‘दुखी’ भइ त हाल्छ । सम्पती, धन-दौलत छ तर मानिसमा लोभ, लालच, आशक्ती, घमण्ड, अहंकार छैन भने उ सम्यक अवस्थामा रहेर हरेक कार्यहरू संतुलित र न्यायसंगत किसिमले संपादन गर्दछ र ‘निर्वाण’तिर अघि बढछ । अर्थात, वुद्ध मार्गी अर्थ शास्त्रले सरल जीवन जिउने, आफुसँग जे छ त्यसमै सन्तुष्ट हुने गरे मनमा ‘शान्ति’ले बास गर्छ र शान्त मनले मात्र असल काम गर्न सक्छ, अशान्त मन, रिसाईरहेको मन या तनावमा भएको मनले सर्वप्रथम आफैलाई र ढीलो-चाँडो समाजलाई हानी पुग्ने काम गर्ने खतरा सँधै रहिरहन्छ । अनेक किसिमका सामाजिक अपराध र आतंकवादको मूल जरा नै यही हो ।

 

८। पुँजीवादी अर्थ शास्त्रीहरुको निम्ती ‘सरल जीवन, जे छ त्यसैमा सन्तुष्ट हुने र शान्तिको निम्ती अर्थतन्त्र’ भन्ने कुरा बुझ्नै मुस्किल हुन्छ । किनभने उनले त ‘थोरै मात्र खर्च गर्ने भन्दा धेरै खर्च गर्नेको जीवनको गुणस्तर उच्च हुन्छ’ भन्ने स्तरीकरण तोक्ने सूचकांक नै स्थापित गरेकाछन् । जसलाई वुद्ध मार्गले स्वीकार गर्दैन । उद्देश्य त थोरै खर्च गरेर चाहेकोजस्तो सन्तुष्टी र आनन्द पाउँनु पर्छ भन्ने हो ।

 

९। आधुनिक पुँजीवादी अर्थतन्त्रले आफ्ना सारा गतिबिधीलाई बढी भन्दा बढी “खपत” गर्ने-गराउँने र कमाउँने कुरालाई नै उन्नती प्रगतीको केन्द्रबिन्दुमा राख्छ । यसकै निम्ती (बढी) उत्पादनका साधनहरू (जमीन, श्रम र पुँजी) लाई साधन (Means) का रुपमा लिन्छ । यसरी हेर्दा वुद्ध मार्गी अर्ततन्त्रले उत्पादित वस्तुहरूको खपत मानिसको सन्तुष्टी हो भन्ने मानेर यसैलाई केन्द्रविन्दुमा राख्छ भने पुँजीवादी अर्थतन्त्रले मानिसको मानसिक सन्तुष्टीको केही वास्ता गर्दैन बरु अनेक किसिमका Stress, depression खपेर भएपनि ‘उत्पादन बढाउँने – खपत बाढाउँने – बेसी भन्दा बेसी कमाउँने’ कामलाई नै विकास र उन्नती हो भन्ने ठान्छ । यही कारणले पुँजीवादी मुलुकहरूमा (जस्तैः अमेरिकामा) मानसिहरू पैसा त कमाउँछन् तर सँधै तनावमा हुन्छन् । अमेरिकाको जीवन चक्रलाई एकजना अमेरिकी (मैले नाम बिर्सेँ, अनुवादक) कविले चित्रण गरेका थिए –

 

उठ, मुख धोउ

ब्रेकफाष्ट खाउ र काममा जाउ

लन्च ब्रेकमा हतार हातर

घर, गाडीको मोरगेज तिर

काम पछि फर्केर आउ

कोकमा रक्सी र स्न्याक्स खाउ

खाना खाएर सेक्स गर र सुत

फेरि विहान उठ, मुख धोउ, र

काममा जाउ…..’अमेरिका जिन्दावाद!

अमेरिका – महान देश भन ।

(यो कविताले चित्रण गरेको जस्तो जीवनामा त जीवनको गुणात्कम पक्ष नै छैन । यस किसिमको गुणवत्ता बिहिन जीवनमा सुख, शान्ति र आनन्द कहाँ छ र?)

 

१०। सरल र हिंसारहित जीवनका वीच पनि नजिकको संबन्ध हुन्छ । उत्पादनको अधिकतम खपतको सट्टा तुलनात्मक रुपले कम उपभोग गरेर पनि हामी सन्तुष्टी हासिल गर्न सक्छौँ । परिणामस्वरुप यसबाट तनाव घटाएर तुलनात्मक रुपमा शान्त जीवन जिउँन समेत सक्छौँ । यसको निम्ती ‘आपराधी मनलाई रोक्नु तालिम दिनु पर्छ र मनलाटई असल काम गर्ने विशेष मन मनाएर काम थाल्नु पर्छ’ । यो संभव छ । उदाहरणको रुपमा – ‘सरल गाउँले जीवन यापन गर्नेहरूभन्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको ठूलो ठूलो व्यापार व्यवसाय गर्नेहरू धेरै आपराधिक गतिबिधीमा संलग्न भएको र मानसिक तनावमा बिँचरहेको त देखिएकैछ ।‘

 

११। उल्लेखित कुरालाई ध्यानमा राखेर स्थानिय स्तरमा हुने उत्पादनहरू (जस्तैः नेपालको प्रकृतिले गर्दा गाउँ-गाउँमा २ देखि साढे दुइसय किसिमका उत्पादन हुन्छन्) आफ्नो गाउँठाउँलाई पुग्ने गरी उत्पादन आफैले गर्ने गरे अरु मुलुकको आयातमा परनिर्भर हुनै पर्दैन, कुनै विदेशीको हेपिलो कुरा सुन्नै पर्दैन । यसो गरे आफ्नै ठाउँमा कर्म गरेर सुख-शान्तिसँग बाँच्न पाइने भयो भन्ने कुरालाई बुद्ध मार्गी अर्थतन्त्रले बोल्छ । विदेशबाट खाद्यान्न सामग्री आयात गर्नु पर्ने वाद्यता त यूरोपका मुलुकहरुलाई थियो । किनभने उनको मुलुकमा ५-६ किसिमको उत्पादन मात्र हुन्छ । धेरै कुरा विदेशबाट आयात नगरि हुन्न ।

 

१२। अर्को झस्काउँने पक्ष हेरौँ – पुँजीवादी अर्थशास्त्रले प्राकृतिक स्रोतहरूको ‘सक्दो दोहन गर्ने र कमाउँने’ कुरामा जोड दिन्छ भने वुद्ध मार्गी अर्थशास्त्रले संतुलित किसिमले प्राकृतिक वस्तुहरूको दोहन गरेर हाम्रा सन्तान-दर-सन्तानको निम्ती पनि उपयोगी धर्ती छोडेर जानु पर्छ भन्ने कुरामा जोड दिन्छ । प्रकृतिलाई पुनरजीवन दिन जहाँ पनि (आफ्नो घर-बरण्डामा, बैठक कोठामा, कार्यालय कक्षमा, दोकानमा, फ्याक्ट्री वरिपरी, गाउँहरूका छेउछाउ, बाटाका दाँया-बाँया, पानीका मुहानतिर, खोलाखोल्सीतिर, आदि) ठूला-साना फलफुलका रुख-विरुवाहरू रोप्ने, हुर्काउँने र फल्न फुल्न सघाउँने काम पनि गर्नु पर्छ । यसो गर्दा आफ्नै निम्ती प्राण वायु अक्सिजन प्राप्त हुन्छ, आफ्नो वरिपरिको वातावरणलाई सुद्धता पनि प्रदान गरिन्छ र चराचुरुंगी तथा कीटपतंगलाई खाना र वासस्थान दिने कल्याणकारी काम गरिन्छ । अर्थात, सबै प्राणी, बोट विरुवा, कीटपतंग, आदिसँग मानिस सन्तुलित किसिमले जिउँन पाईन्छ र वुद्धले भने जस्तै ‘सही किसिमले जीवन यापन’ गरिन्छ । जसले शान्ति हासिल गर्ने गराउँने काममा मद्दत गर्छ ।

 

नोटः नेपालीहरूको विकासको सिलिङ के हो? के नेपालले जापानलाई, अमेरिकालाई, चीनलाई जित्न विकास गर्ने हो? यो होइन र संभव पनि छैन । नेपालको विकासको सिलिङ – ‘सबैलाई खान, लाउँन, वालबालिका पढाउँन र विरामी परे औषधी गर्न’ पुग्ने अवस्था सृजना गर्नु हो । यसैलाई ध्यानमा राखेर नेपालको राजनीतिक प्रणाली, अर्थिक प्रणाली, नीति तथा योजना र सम्यक तथा परस्पर सम्मान गर्ने सामाजिक सँस्कार-सँस्कृतिको प्रवर्धन गर्न सके र कसैलाई पनि कसैले अपहेलना गरेको अनुभव गर्नु नपर्ने अवस्था सृजना गर्न सके पुग्छ । यस्तो अवस्था सृजना गर्नको निम्ती कस्तो अर्थतन्त्र अपनाउँने? भन्ने किसिमको रणनैतिक अवधारणा तैयार गर्न वौद्ध मार्गी अर्थतन्त्रले पनि सघाउ पुर्‍याउँनेछ । परन्तुमा, समावेशी अर्थतन्त्र (Inclusive Economics) ले मात्र समाजमा शान्ति स्थापना गर्न मद्दत गर्ने छ । ‘जसको शक्ती उसकै भक्ती’ भन्ने अवधारणामा आधारित पुँजीवादी अर्थतन्त्रले मुलुकका १%लाई त धनी बनाउँछ होला तर ९९%लाई गरीब बनाउँने र चारतिर द्वन्द र अशान्ति सृजना गर्ने पक्काछ । यस कुरामा पनि संघीय, प्रान्तीय र स्थानीय स्तरको आर्थिक उन्नतीको योजना तर्जुमा गर्दा सबैको ध्यान जाओस् ।

(Small is Beautiful, Chapter 4 को सारांश अनुवादः विक्रम सुब्बा)

साभार इसमता डटकम

4 years ago/Tuesday, July 4th, 2017/