श्रीपञ्चमी अथवा मन्जुश्री जयन्ती ?

रत्नकाजी वज्राचार्य

विपस्वी बुद्ध गौतम बुद्ध भन्दा धेरै काल पहिले यो धर्तिमा उपस्थित हुनुभएको थियो।बुद्ध सासन अनुसार विपस्वी बुद्ध पछि ५ वटा बुद्धहरु यो पृथ्वीमा आएपछि मात्र भगवान गौतम बुद्ध देखिएका हुन्। उनै विपश्भि वा विपस्वी बुद्धले रोप्नु भएको कमलको विउबाट दिब्य कमलको फूल हालको स्वयम्भुमा फुलेपछि उक्त फुलमा स्वत: पञ्चबुद्दको ज्योतिर्रुप देखिएको थियो।यसै कारण त्यस स्थानलाई स्वयम्भु भनिन्छ। स्वयम्भू धर्मधातु चैत्यको निर्माण गर्दा उनै पाँच बुद्धका मुर्तीहरु स्थापित गरिएको छ।

ज्योतिर्रुप देखिएको खबर विश्वका बौद्धहरु माझ फैलियो। बोधिसत्व महामन्जुश्री जो महाचिनमा विराजमान थिए यो खबरले उत्साहित भै आफ्ना पाँच हजार अनुयायीहरु अनि मोक्क्षदा र वरदा सहित महाचिनबाट प्रस्थान गरे। मणिचुर ,नाला झोर आदी स्थानमा वास बस्दै माघ शुक्ल पञ्चमीको दिन हालको काठमाडौं उपत्यकामा आइपुगेका थिए र यसै दिनलाई श्रीपंञ्चमी भनिन्छ।

आफै उत्पन्न भएको पञ्चबुद्दको ज्योतिर्रुपको दर्शन पश्चात मन्जुश्रीले यस दिब्य स्थानमा मानव वस्ती बसाउने उदेश्यका साथ विशाल दहको पानी बाहिर पठाउन आफ्नो दिब्य तरवारले उपत्यका भित्र तिन स्थानमा जहाँ चट्टान थियो त्याहाँ प्रहार गरे। पहिलो गोकर्णमा दोस्रो हालको गुहेश्वरी जाने बाटोको हनुमान घाटमा र तेस्रो चोभारमा । काटिएको चट्टानी बाटो हुँदै दहको पानी बगेर गै जमिन देखिन थालेपछि दहमा बस्ने जलचरहरुको उद्दार गर्न हालको तौदह पनि खड्गकै प्रहारबाट निर्माण गरी त्याहाँ नै सम्पुर्ण जलचर सहित कर्कोट नागलाई स्थानान्तरण गरे।

तत पश्चात उनका अनुयायीहरुको साथ लिई मन्जुपत्तन सहरको निर्माण गरी काठमाडौँ उपत्यकामा पहिलो मानव वस्ती बसाले । मन्जुश्री बोधिसत्वलाई बिध्या वा ज्ञान, धन र श्वास्थका लागि नेपाल लगायत जापान चिन आदि बौद्ध धर्मावलम्बीहरुको देशमा विभिन्न नाममा पुज्ने गरिन्छ। उपत्यकामा मानव वस्ती बसाएर प्रत्येक बर्ष श्रीपंञ्चमी कै दिनमा फर्किने वाचा गर्दै मन्जुश्री महाचिन फर्किए।

उनै महामन्जुश्रीको सम्मानमा स्वयम्भूको पश्चिम तर्फको सानो थुम्कामा मन्जुश्री चैत्यको निर्माण गरे। प्रत्येक बर्ष मन्जुश्री उक्त स्थानमा आउने र बोधिसत्वको करुणा प्राप्त हुने हुँदा श्रीपंञ्चमीको दिन उक्त स्थानमा गै मन्जुश्रीको दर्शन गर्ने प्रचलन आज सम्म पनि कायम नै छ।

श्रीपंञ्चमीको दिन स्वयम्भु स्थित मन्जुश्री पहाडमा अवस्थित मन्जुश्री चैत्यको दर्शन गर्नाले मुर्ख बिद्वान हुने ,कंगाल धनी हुने र महारोगी समेत निरोगी हुन्छ भन्ने विश्वास गरिन्छ। बौद्ध धर्म यथार्थबादमा आधारित भएको हुँदा आशिर्वाद भन्दा पनि करुणामय बोधिसत्वबाट मार्गदर्शन पाईने अभिलाशा राखेका हुन्छन्।

दुखको कुरा हाल उक्त मन्जुश्री चैत्यलाई हिन्दु अतिक्रमणबाट बचाउन नसक्ने अवस्था आएको छ। हिन्दु देवी शरस्वतीको ‘श ‘समेत नरहेको उक्त स्थानलाई हाल आएर स्वयम्भूको शरस्वती मन्दिर भनेर राष्ट्रिय स्तरका टेलिभिजन देखि दैनिक पत्रिकाहरुमा प्रकाशित गरिन्छ। त्यति मात्र होइन शरस्वती हिल,शरस्वती क्लब भनेर लेखिएको बोर्डहरु त्यस स्थानमा झुन्डिएको पाईन्छ अझ हेर्ने हो भने हाल निर्माण भएका ढुंगाका सिंडिहरुका दाताले आफ्नो नाम लेखाएको शिलापत्रमा समेत शरस्वती स्थान भनेर उल्लेख गरेको पाइन्छ।

यस्तो अफवाह, झुठ वा अतिक्रमणलाई रमिते बनेर स्वागत गरिरहेको स्वयम्भु बिकास समितिका पदाधिकारीहरुलाई कस्तो धन्यवाद दिने हो कुन्नि? निकम्मा र हिन्दु दास मानसिकताबाट ग्रसित स्वयम्भु बिकास समितिका अज्ञानिहरुले भविष्यमा स्वयम्भु धर्म धातु चैत्यलाई समेत हरिको मन्दिर हो भनेर स्वीकार गर्न के वेर। किन कि बोधिसत्व मन्जुश्रीको बौद्ध चैत्यलाई शरस्वती मन्दिर भन्दा समेत मौन ब्रत धारणा गर्नेहरूले जे पनि स्विकार्दै थपडी बजाउनु गार्हो नमान्न सक्छन्।

हिन्दुहरुले गोकर्णको’ बज्रसत्व ‘मन्दिरलाई गोकर्नेश्वर महादेव मन्दिर , प्रज्ञापारमिताको मन्दिरलाई’ गुहेश्वरी मन्दिर। बिजयश्वरीलाई सोभाभगवती ,लेले मन्जुश्री कुण्डलाई शरस्वती कुण्ड ,बाह्र बर्षिय ललितपुरको गोदावरी ‘बसुन्धरा’ मेलालाई सिंहअस्त शिव जात्रा भनि पहिले नै आफ्नो बनाइसकेका छन्। हलेसी पद्मसंभव गुफालाई हलेसी महादेव गुफा बनाइसके।

त्याहाँ कति सम्म झुठको प्रचार गरेका छन् भने हलेसी गुफामा बसेर बोधिसत्व पद्मसंभवले शिवको तपस्या गरेर सिद्दी पाएका रे। ति हास्यास्पद फटाहाहरुलाई के थाहा रहेनछ भने बौद्ध धर्ममा थ्यान कुनै पनि ईश्वरको गरिदैन। विपस्याना ध्यान अर्थात् आफ्नै अन्तर्दृष्टि गरिन्छ।

नेपालको अन्य स्थानहरुमा कुन कुन विद्यालयमा कुन उद्देश्यले कस्को मन्दिर विध्याकी देवीको नाममा स्थापना गरे त्यसतर्फ मैले खासै ध्यान दिन चाहिन तर काठमाडौँ उपत्यकाका संपुर्ण निजी वा सरकारी विद्यालयहरुमा आज सम्म एउटा पनि मन्जुश्रीको मन्दिर स्थापना गरिएको मैले देखेको छैन। काठमाडौं उपत्यकाको संस्थापक तथा ईष्ट गुरु मन्जुश्रीलाई गुमराहमा पारिएको छ। झुठले सदैव निरन्तरता पाउँदै कालान्तरमा सत्य उजागर भएरै जान्छ।
मन्जुश्रीयं महाविरं खड्ग पुस्तक धारनं
सर्बविध्या गुण पारनं महागुरुए नमांमेहं।
भवतु सब्ब मंगलम।

भिक्षु प्राणपुत्रकाे फेसबुकबाट साभार गरिएकाे