श्रीलंकामा बुद्धधर्म

– दिवंगत भिक्षु सुदर्शन महास्थविर ( नेपालभाषामा सम्पादन)
– धर्मरत्न शाक्य, त्रिशुलि (नेपाली अनुवाद)

नेपालबाट सिधा दक्षिणतर्फ झण्डै आँपजस्तो आकारको समुद्रको बीचमा एउटा द्वीप भेटिन्छ । यही श्रीलंका हो । अनि यो देशको इतिहासले जुन एक धर्मलाई अभिन्न अंग बनाइएको छ त्यो बुद्धधर्म हो । किनभने लंकाको इतिहासको आधारशीला नै बुद्धधर्म हो भनी बौद्धहरुले त्यति नै श्रीलंका बारेमा थाहा छ जति रामायण पढ्नेलाई श्रीलंका रावणको देश भनी थाहा छ ।

श्रीलंकाको इतिहास पढ्दा बुद्धधर्मले कति समाजसेवा र देशसेवा गरेको छ भन्ने एउटा प्रकाशमय प्रमाण हाम्रा अगाडी आउँछ । त्यसकारण हामी विचार गर्छौं कि त्यहाँ बुद्धधर्म कहिलेदेखि प्रवेश भयो र बुद्धधर्म कसरी प्रवेश भयो अनि यसले के कति सेवा ग¥यो ।

देवानापियतिस्स (२४७–२०७ ई.पू.) का राज्यकालमा सम्राट अशोकका पुत्र अर्हत महेन्द्र महास्थविर धर्मदूतको रुपमा जानु भएर श्रीलंकामा बुद्धधर्मको जग स्थापना गर्नुभयो । यतिमात्र होइन महेन्द्र महास्थविरले धर्मको साथै उच्च बौद्धसंस्कृति पनि यहाँ ल्याएर प्रयोग गर्नुभयो । जुनबेला महास्थविर श्रीलंकामा पुग्नुभएको थियो त्यतिबेला श्रीलंकामा जनता सभ्य भएको थिएन । यो कुरा तिनीहरुको इतिहासले राम्रोसँग बताएको छ ।

त्यसकारण सिंहलजाती भनिकन टाउको उठाउन सक्नु र अन्तरराष्ट्रिय जगतमा ख्याति प्राप्त गर्न सक्नु नै बौद्धधर्म प्रवेश भएकोले हो । महेन्द्र महास्थविर आदि प्रमुख भिक्षुहरुले मार्ग निर्देशन गरिदिनु भएकोले सिंहली साहित्य, कला, शिल्पको उन्नति भयो, गृहनिर्माण र नगर निर्माणको विकास भयो, सच्चरित्रता र सुस्वास्थ्यको महŒव जान्यो, आर्थिक र राजनैतिक सबलता उच्च भयो । त्यसैले महेन्द्र महास्थविरको समयदेखि नै सिंहली जाती र बुद्धधर्मको सम्बन्ध नङ र मासु झैँ भयो । यो सम्बन्ध यति एकज्यू भएर गयो जसबाट बुद्धधर्मको सेवा बुद्धधर्म नै सिंहल जातीय देन जस्तै भयो । यहाँको सिंहल जातीय धर्म त्यसबेलादेखि आजसम्म बुद्धधर्म भयो । अर्को शब्दले भन्ने हो भने श्रीलंकामा बुद्धधर्म प्रवेश भएको तेश्रो शताब्दी ईस्वीपूर्वदेखि हो । फेरि यो राज्यको पतन दशौं शताब्दीमा भयो । यो समयभित्र सिंहल सिंहासनको नित्यानुकूल अधिकार बौद्धहरुबाहेक अरुमा परेको छैन भन्ने सिंहल जनताको विश्वास छ ।

 

बुद्धधर्म रक्षा गर्न भिक्षुसंघले राज्यशक्ति सम्म हस्तगत गरेको कुरा राजा महेन्द्रको शीलालेखमा अंकित भइराखेको छ । श्रीलंकामा राज्याभिषेकको निम्ति भिक्षुसंघको वचन आवश्यक पर्छ भन्ने कुरा त्यो शीलालेखले प्रमाणित गर्छ । नवौं शताब्दीमा राज्याभिषेक त्यसकै एउटा धार्मिक कार्यक्रमको रुपमा महाविहारमा भिक्षुहरुको सन्मुख सुसम्पन्न हुन्छ भन्ने कुरा महावंशमा राम्रोसँग उल्लेख गरेको छ ।
श्रीलंकामा बुद्धधर्मलाई मात्र स्थान छ । त्यसकारण चोल केरल आदिका राजाहरुलाई श्रीलंका राज्यमा अधिकार छैन भनी कीर्तिनिस्संक मल्ल (११८७ – ११९६ ई.पू.) राजाले स्थापना गरेको शीलालेखमा उल्लेख छ । सिंहल जाती र बुद्धधर्मको बीचमा बलियो सम्बन्ध छ । बुद्धधर्म नरहे सिंहल जाती बिनाधर्मको जाती हुन्छ । अर्को तरिकाले भन्ने हो भने बुद्धधर्मको विरोध वा अवरोध सिंहल जातीको विरोध वा अवरोध हो । अझ श्रीलंकाका बौद्धहरुको यस्तो गर्व छ कि तिनीहरुको लंकालोक बुद्धधर्मको केन्द्रस्थल हो । पवित्र बुद्धधर्म पनि श्रीलंकामा मात्र छ । किनभने जुन वृक्षमुनि बज्रासन गरी सिद्धार्थ कुमारले बुद्धत्व प्राप्त गर्नुभयो सोही बोधिवृक्षको हाँगा सम्राट अशोककी छोरी संघमित्राले ल्याउनु भएको पनि अहिलेसम्म यहीँ नै सुरक्षित भैरहेको छ । भगवानको दन्तधातु, पात्रधातु र केशधातु आदि धेरै मूलमूल पवित्र धार्मिक वस्तुहरु पनि श्रीलंकामा सुरक्षित भइराखेको छ । बुद्धधर्मको इतिहासमा ठूलो मूल्य राख्ने एक महŒवपूर्ण ऐतिहासिक घटना श्रीलंकामा भयो । जुन हामीले पनि सम्झी राख्न योग्य छ । किनभने यो श्रीलंकाको निम्ति मात्र होइन सम्पूर्ण बौद्धजगतको निम्ति नै उत्तिकै लाभदायक भएको छ ।

 

बुद्धसम्बत् ५०० मा राजा बलगवाको राज्यकालमा श्रीलंकामा ठूलो दुर्भिक्ष भयो । त्यतिबेला यिनी दूरदर्शी राजाले भविष्यमा बुद्धधर्म चिरस्थाइ होस् भन्ने भावनाले मातल प्रान्तको आलोक विहारमा ५०० भिक्षुहरु भेला गरी चाहिँदो बन्दोबस्त गरी बुद्धको समयदेखि वाचन मार्गबाट मात्र आइरहेको अर्थात् एकले अर्कोलाई सिकाइ सुनी कण्ठपारी राखेको त्रिपिटकलाई ग्रन्थको रुपमा ल्याउन संगायन ग¥यो । त्यतिबेला दुर्भिक्ष र नाना प्रकारको आपत्ति खपेर बुद्धवचन वा बुद्धधर्म वाचन मार्गबाट मात्र सुरक्षित गर्न कठिन र हुन नसकिने, एक प्रकारले ठूलो अनुभव भयो । यसबाट नै बुद्धवचन त्रिपिटक ग्रन्थको रुपमा लेख्ने जुन कार्य श्रीलंकामा हुनगयो त्यो बौद्ध इतिहासमा एउटा निश्चय नै महŒवपूर्ण घटना हो । यदि त्यतिबेला बुद्धवचन त्रिपिटक ग्रन्थको रुपमा लिपिबद्ध नभएको भए आज न प्रमाणित बौद्ध साहित्य यसरी रहन्छ न बौद्ध संस्कृति र सभ्यता नै हाम्रो अगाडी होला ।

 

श्रीलंकामा त्रिपिटक लिपिबद्ध भएपछि त्यहाँ त्यसको मात्रै सरलसँग अनुशरण हुँदै आजसम्म पनि अनुशरण भइरहेको छ भन्नुमा इतिहासप्रति उपेक्षा गर्नुजस्तो हुन्छ । बल्कि यो स्वीकार्य छ कि लिपिबद्ध त्रिपिटक र यसको अनुकरण शक्तिले गर्दा यहाँ अन्यान्य बौद्ध निकायभेद आएर पनि जरा गाड्न सकिएन । अनि बज्रयानले श्रीलंकामा प्रवेश गरे पनि यसले भारतमा जस्तै बुद्धधर्म आफुसँगै लोप गरिदिन सकेन ।
त्रिपिटक लिपिबद्ध गर्ने पुण्य कार्यमा प्रमुख सहयोगी राजा वट्टगामणीले भिक्षु तिस्सलाई अभयगिरि विहार एउटा प्रदान गरेको थियो । परन्तु यही भिक्षु महाविहारबाट बाहिर निस्कन प¥यो । भिक्षु तिस्सका शिष्य महदेलियाले वज्जिपुत्त सम्प्रदायका आचार्य धर्मरुचिका नाममा नयाँ निकाय स्थापना ग¥यो । फेरि यसैमा सागलीय निकाय पनि भयो । अझ वैपुल्यवादी भिक्षु संघमित्रले श्रीलंकामा राजपुत्रहरुलाई आकर्षित गरी यसको प्रचार पनि गरे । परन्तु यी सबै निकाय र सम्प्रदाय त्रिपिटक लिपिबद्ध भएको परम्पराको अगाडी धेरै सयमसम्म टिक्न सकेन । ५९८ ई. सम्ममा सबै निकाय र सम्प्रदायहरु फेरि महाविहार निकायमा नै अन्तर्निहित भयो । यता यही शदीमा पाँचौं शदीका आचार्य बुद्धघोषले लंकाको पुरानो अट्ठकथालाई पालिमा ल्याउने भएपछि पुराना धर्मग्रन्थको आधारमा साहित्य सिर्जना पनि भएको थियो । जुन काम महान पराक्रमबाहु (११६४ ई.) को समयसम्म राम्रैसँग चल्दै गयो । यसबीचमा ८१९ ई. तिर बज्रयानले श्रीलंकामा पसेर केहि स्तूप बनाए पनि त्यो स्थायी भएर रहन सकेन ।

 

श्रीलंकामा बुद्धधर्म र भिक्षुसंघ प्रगति र जागृतिको निम्ति भारप्रद भएन, यो जहिले पनि प्रेरक भई रह्यो । राजनैतिक कारणको अस्तव्यस्तताले भिक्षु परम्परामा लुप्तभाव ल्याएको खण्डमा पनि त्यसैले बारम्बार फेरि जनभावना र जनप्रेमको तीव्रता ल्याई संघको श्रीवृद्धि ग¥यो । १२६६ ई. मा चोलदेशबाट श्रीलंकामा फेरि भिक्षुहरु ल्याएको र १४६४ ई. मा बर्मीराजा धर्मचेतिको आग्रह स्वरुप बर्मिज श्रद्धालुहरु श्रीलंकामा उपसम्पदा दिएर पुनः त्यहाँ भिक्षु परम्परा स्थापना गर्न सहायता गरेको नमूना हो ।

 

बुद्धधर्मको श्रद्धामा र विश्वासमा एकताबद्ध जनभावना श्रीलंकाको राष्ट्रिय बल हो । त्यसकारण सौ¥हौं शदीमा पोर्टुगीजहरुले राज्यशक्ति मात्र लिएर पुगेन श्रीलंकाको राष्ट्रिय शक्तिसमेत म्हास्न भिक्षुहरुलाई मार्ने, धर्मग्रन्थ जलाउने बलात् व्यवहार गरे । परिणामतः तिनीहरुको स्थान एक शदी भित्रै श्रीलंकामा हरण भयो । त्यो ठाउँ डचहरुले लिए । फेरि डचहरुकै मुखबाट बौद्धसंघको वर्णन सुन्न पाइयो । फेरि बौद्ध परम्परा गाँस्न बलियो पार्न थाइलैण्डमा आग्रह ग¥यो । बौद्ध जनभावनाको बलले जन्मले शैव धर्मावलम्बी भएर पनि बौद्ध हुन जाने कीर्ति श्रीराजसिंह र डचहरुले युवक शरणंकर श्रामणेरको आग्रह उपेक्षा गर्न सकेन । थाइलैण्ड यात्रार्थ जहाज दिनु प¥यो । राजदूत पठाउन प¥यो । १७५६ ई. आषाढ पूर्णिमाको दिन काण्डी नगरमा शरणंकरसहित श्रीलंकाका श्रद्धालुहरु फेरि उपसम्पन्न भयो । यस्तै नै श्रीलंकाको अस्तित्व बुद्धधर्म बिना असम्भव भएको श्रीलंकाको वास्तविक अवस्थामा लाभ गर्ने अनेक तरिका जान्न सक्ने साम्राज्यवादले पनि यसलाई भित्री हृदयले नभए पनि बाहिरबाट गौरव राख्नु प¥यो । श्रीलंकामा सम्पूर्ण आफ्नो आधिपत्य जमाएर पनि ब्रिटिस शासनले जनताहरुलाई तिनीहरुको धर्म पूजा पद्धति र आचार्य एवं पूजास्थानको अधिकार सूरक्षा गरिदिन्छु भन्नु प¥यो ।

 

श्रीलंकाको जीवन नै बौद्ध जीवन हो । अनि लंकाको इतिहास नै बौद्ध सभ्यता र संस्कृतिको इतिहास हो । बौद्ध जीवन श्रीलंकाको राष्ट्रिय जीवन र आदर्शको एक अभिन्न अंग हो । यहाँ पहिले बालकहरु भिक्षुहरुकहाँ शिक्षा लिन पठाउँछ, अनि मात्र स्कूलमा पठाउने गर्छ । गृहस्थिहरुले जुनसुकै ठूलो काम गर्न पनि आफ्ना परम हितैषी भिक्षुहरुको वचन लिएर मात्र गर्छन् । भिक्षुहरुले पनि सधैंभरि तिनीहरुको जीवन सुखशान्तिको निम्ति मद्दत गर्छन्, आशिष दिन्छन् । अझ देशको शैक्षिक सांस्कृतिक र आर्थिकको साथै सबै क्षेत्रमा बौद्ध भिक्षुहरुले जहिले पनि सहयोग दिइरहन्छ । त्यसकारण श्रीलंकाको इतिहासमा भिक्षुहरुको ठूलो देन छ । यहाँको सभ्यता र संस्कृतिको रक्षा भएको नै भिक्षुहरुको तर्फबाट हो । बुद्धधर्मको उन्नति मात्र होइन सिंहली साहित्य र कलाको उन्नति अनि प्रगतिमा भिक्षुहरुको जुन हात थियो त्यो निकै महŒवपूर्ण छ ।
श्रीलंका अंग्रेज साम्राज्यको अधीनमा पर्दा बुद्धधर्मले त्यति नै क्षति खप्नु प¥यो जति श्रीलंकाको जनजीवनले । बौद्ध साहित्यसँगै सिंहली साहित्यको उन्नतिमा मात्र गति अवरोध भएको होइन निकै हानी पनि ग¥यो । यो समयमा भिक्षुहरुले आफ्नो प्राण उत्सर्ग गरेर बुद्धधर्म र सिंहलि जनजीवनको रक्षा गरेको कुरा इतिहासले बताउँछ । श्रीलंकाको स्वतन्त्र संग्राममा भिक्षुहरुले जुन मद्दत ग¥यो त्यो श्रीलंकाको इतिहासले कहिल्यै बिर्सन सक्दैन, त्यतिबेला सक्रिय भाग लिने ज्ञात भिक्षुहरुमध्ये दिक्कदुवे, श्रीसुमंगल, रत्नगाले, धर्मालोक, अनागारिक धर्मपाल, वालपोल राहुल आदि स्मरणीय छन् ।

 

भिक्षुहरुले स्थापना गरेको बौद्ध विद्यालयहरुमा विद्योदय र विद्यालंकार आज विश्वविद्यालयको रुप लिइसकेको छ । आज यी विश्वविद्यालयले श्रीलंकाको शैक्षिकको साथै सांस्कृतिक र राजनैतिक क्षेत्रमा जुन काम गरिरहेको छ त्यो अतुल्य छ । फेरि यी विश्वविद्यालयका उपकुलपति आज पनि भिक्षुहरु नै छन् ।
यसरी सयौं विद्यालय खुलाएर निःशुल्क शिक्षा दिन त भिक्षुहरुले शिक्षा विकास गरेर आएको योगदान नै भयो । यसको अतिरिक्त श्रीलंकाको जनजीवनमा र देशको आर्थिक, राजनैतिक तथा सांस्कृतिक क्षेत्रमा जुन इतिहाससँगै सम्बन्ध राख्दै भिक्षुहरुले योगदान दिँदै आएको छ त्यो आफ्नै ढंगको महŒवपूर्ण कार्य हो । यसरी श्रीलंकाको बुद्धधर्मको इतिहासमा आफ्नै किसिमको विशेषताले हुर्केको अस्तित्व छ, अस्तु ।

4 years ago/Friday, June 9th, 2017/