विवाद लुम्बिनी होइन कपिलवस्तुको
पदम श्रेष्ठ
वैशाख २७ गते भगवान् बुद्धको जन्म, सम्बोधि, महापरिनिर्वाणको दिन बुद्ध जयन्ती मनाइरहादा जताततै बुद्धको जन्मस्थल लुम्बिनी भएको तथ्यलाई जोडतोडले सार्वजनिक गरिरहेको देखिन्थ्यो र सुनिन्थ्यो । सीमाविद् बुद्धिनारायण श्रेष्ठ र सञ्चारकर्मी रवि लामिछानेको अभियानपछि बुद्धको जन्म नेपालको लुम्बिनी भन्ने सन्देश नेपाल सरकारले नगद र भिजिटिङ कार्डमा समेत लेख्न थालेको छ । बुद्ध जन्मभूमिबारे सबैभन्दा किचलो उठाउने राष्ट्र हिन्दूस्थानका प्रधानमन्त्री नरेन्द्र मोदीले समेत भगवान् बुद्धको जन्म एक, दुई, तीन नेपालमा भएको हो भनी तथ्य सार्वजनिक गरिसकेको अवस्था हो अहिले । किचलो उठाउने राष्ट्रले त्यो भन्नुमा कुनै दया, माया र आदर्शको कुरो भने होइन । अनेक दुस्प्रयासपछि विश्वव्यापी प्रमाणले नेपालको लुम्बिनी प्रमाणित गरेपछि बाध्यताको अभिव्यक्ति थियो त्यो ।
यसरी भगवान् बुद्धको जन्मस्थल नेपालको लुम्बिनी भएको तथ्यलाई विश्वव्यापी रुपमा प्रमाणित गर्न मायादेवी मन्दिरसागैको अशोक स्तम्भको देन अतुलनीय रहेको छ । जुन स्तम्भमा लेखिएको छ :
देवान पियेन पिय दसिन ला जिन वीस तिवसामि सितेन
अतन आगाच महियिते हिद बुद्धे जाते शाक्य मुनीति
शिला बिगडी मिचा कालापति सिलाथभे च उस पापिते
हिद भगवं जातेति लुं मिनी गामे उवालिके कटे अठ भागियेच
अर्थात् देवताका प्रियदर्शी राजाले राज्याभिषेकको २० वर्षपछि आफैं सवारी भई पूजा गरे ।
जहाा शाक्यमुनि बुद्ध जन्मेका थिए । त्यहाा पत्थरको एउटा प्रतीक स्तम्भ र प्रतीक चिह्न स्थापना गरियो ।
त्यसैले लुम्बिनी गाउाका लागि कर हटाई राजाको हक गाउालेलाई प्रदान गरियो ।
ई.पू. २४५ मा सम्राट अशोकद्वारा भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा खडा गरिएको अशोक स्तम्भमा यही उल्लेख छ । यही अशोक स्तम्भ र मायादेवी मन्दिरको गर्भगृह उत्खनन हुादा भेटिएको प्रतीक शिला (माइन स्टोन) नै विश्वसामु भगवान् बुद्ध जन्मेको स्थान प्रमाणित गर्न सहज बन्यो ।
तर वर्तमानमा हिन्दूस्थानले भगवान् बुद्ध जन्मिएको नेपालको लुम्बिनी नै हो तर राजदरबार नेपालको तिलौराकोट कपिलवस्तु नभई हिन्दूस्थानी भूमिमा अवस्थित पिप्रहवाको राजदरबारचाहिा वास्तविक कपिलवस्तु भएको भन्दै भ्रमको खेती गरिरहेका छन् । नेपाल सरकारले पनि बुद्ध जन्मस्थल लुम्बिनी, राजदरबार तिलौराकोट कपिलवस्तु, भगवान् बुद्धको अस्तु रहेको पवित्रस्थल रामग्रामलगायत बुद्धसम्बन्धी ५६ वटाभन्दा बढी सम्पदास्थललाई संयुक्त गुरुयोजनाअनुरुप पर्यटकीय धार्मिक सम्पदास्थलका रुपमा उत्थान गर्न छोडे । कर्मकाण्डी शैलीमा बुद्ध जयन्ती मनाए जस्तो गरी झारा टार्ने मात्र कार्य गर्दै आइरहेको स्थानीयकै आरोप छ ।
तिलौराकोट कपिलवस्तु नै राजा शुद्धोधनको राजदरबार भएको तथ्यलाई प्रमाणित त गर्नैपर्छ, गरिादै पनि छ । तर, लुम्बिनीलाई प्रमाणित गर्न पनि थुप्रै बुद्ध आस्थाकामीहरुको योगदान रहेको छ ।
सन् १८९६ सम्म भगवान् बुद्धको जन्मस्थलबारे कसैलाई कुनै जानकारी थिएन । खड्ग शमशेरको कानमा कुनै ढुंगोको लाठो जस्तो जमिनमाथि ठडिएको छ भन्ने कुरा परेपछि उनी स्वयम् लुम्बिनी पुगी उत्खनन गर्न लगाए । त्यसको अभिलेख उतार गरी जर्मनका डा. फुरर हुल्टसद्वारा त्यसको पाठ ठम्याएर पढेपछि लुम्बिनी बुद्धको जन्मस्थल हो भन्ने खुलासा हुनपुग्यो ।
सन् १९९५ (२०५२) मा लुम्बिनी विकास कोष, पुरातत्व विभाग र जापान बौद्ध संघको संयुक्त तत्वावधानमा भएको उत्खननले मायादेवी मन्दिरको गर्भमा प्रतीक शिला फेलापारेपछि लुम्बिनी बुद्धस्थलबारे विशेष गरी भारतीयले उठाउादै आएको विवादले निकास पायो ।
पालीभाषा ब्राह्मी लिपिमा उल्लेखित अशोक स्तम्भका कारण आज लुम्बिनी,
क्रिश्चियनको जेरूसेलम,
मुस्लिमको मक्का–मदिना,
वैदिकको चारधाम (काशी, जगन्नाथ, बद्री, केदार) भनिए झैं
विश्वका शान्तिकामी बौद्ध धर्मावलम्बीकालागि प्रख्यात पवित्रस्थल बन्न पुग्यो ।
लुम्बिनी अञ्चलको रूपन्देही जिल्लामा अवस्थित बुद्ध जन्मस्थल लुम्बिनीमा सन् १९७८ मा प्रो. केन्जो टाागेद्वारा तयार गरिएको ११ सय ५० बिघा क्षेत्रफलभित्र गुरूयोजना फैलिएको छ ।
गुरूयोजनाको दक्षिण पुरातात्विक संरक्षित क्षेत्र:
जहाा पवित्र मायादेवी मन्दिर ऐतिहासिक प्रमाण अशोक स्तम्भ र भग्नावशेष छन् ।
बीचमा सेन्टर क्यारल :
लुम्बिनीको बीचमा एक माइल क्षेत्रमा सेन्टर क्यारल (विशाल पानीको नहर) निर्माण गरी डुंगामार्फत मायादेवी मन्दिर पुग्ने व्यवस्था प्रो. टाागेको गुरूयोजना हो ।
मोनास्ट्री जोन अर्थात् अन्तर्राष्ट्रिय विहार :
त्यसैगरी, लुम्बिनीको पश्चिम एक माइल क्षेत्र मोनास्ट्री जोन अर्थात् अन्तर्राष्ट्रिय विहार बौद्धस्तूप निर्माण गरिएको छ ।
जहाा विश्वकै दोस्रो अग्लो एक सय ५६ फिट उचाई भएको विश्वशान्ति स्तूप दुई करोड डलर खर्च गरी जापान निप्योनजान निहोजीले निर्माण गराएको हो ।
सोही स्तूप निर्माणका क्रममा भिक्षु नावातामेको हत्यासमेत भएको थियो । मोनास्ट्री जोन परिसरमा जापान, नेपाल, दक्षिण कोरिया, चीन, भारत, भियतनाम, श्रीलंका, म्यान्मार, थाइल्यान्डलगायत विश्वका २९ देशका गुम्बा विहार निर्माण भइसकेका छन् । शान्ति दीप, बौद्ध पुस्तकालय, संग्रहालय, सिमसार क्षेत्र, लुम्बिनी विश्वविद्यालय र होटल यस मोनास्ट्री जोनभित्र रहेका छन् । गुरूयोजना कार्यान्वयन गर्न चार अर्बको अनुमानित बजेट लाग्ने बताइन्छ ।
सन् १९६७ जनवरीमा संयुक्त राष्ट्रसंघका महासचिव स्व. उथान्तले मानव मात्रको पवित्रस्थल लुम्बिनी भ्रमण गर्नुअघि त्यति चर्चामा थिएन । जब उनले बुद्ध जयन्तीका दिन विश्वभरि बिदा र गुरूयोजना तयारीको घोषणा गरेपछि लुम्बिनीबारे चर्चा चलेको बताइन्छ । यस महाअभियानका लागि दरबारसाग नजिक रहनुभएका स्वर्गीय लोकदर्शन बज्राचार्य, बौद्ध विद्वान् प्रा. स्व.आशाराम शाक्यलगायतको अतुलनीय योगदान रहेको चर्चा अहिले पनि गरिन्छ ।
काठमाडौंबाट २ सय ७२ किमी दक्षिण तराईमा अवस्थित लुम्बिनी १४औं शताब्दीसम्म तीर्थस्थलकै रूपमा रहेको कुरा सन् १८९६ मा सुदूरपश्चिम खस बौद्ध नागराज ऋपु मल्ल, ई.सं. ४०३ मा चिनिया यात्री फाइयान, ई.सं. ६३५ मा हुएन सांगले लुम्बिनीको यात्रा गरी यात्रा विवरण लेख्नुले प्रमाणित गर्दछ ।
तिलौराकोट कपिलवस्तु
नौ कोटको संयोजन नुवाकोट भनिएझैं भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी, क्रकुच्छन्द बुद्धको जन्मस्थल गोटिहवा, कनकमुनि बुद्धको जन्मस्थल निग्लीहवा तीन स्थानमा गाडेका तीनवटा अशोक स्तम्भलाई तिलौराकोट र तिलौराकोटको बीच क्षेत्रमा भगवान् बुद्धका पिता राजा शुद्धोधनको शाक्य गणराज्य कपिलवस्तु रहेको छ ।
हाल १६००/१०० फिटको क्षेत्रफलमा फैलिएको कपिलवस्तु लुम्बिनीबाट झन्डै २७ किमी पश्चिम वाणगंगा नदी पूर्वी किनारमा रहेको छ । स्वयम् बुद्धले ३० वर्ष बिताएको कपिलवस्तु राजदरबारमा अशोक आठौं शताब्दी अगाडिसम्मका १३ विभिन्न भग्नावशेष फेलापरेका छन् । उत्तर–दक्षिण १७०० फिट र पूर्व–पश्चिम १३०० फिट लम्बाइ र चौडाइ रहेको दरबारवरिपरि पर्खाल र २२ फिट जति चौडाइ सुरक्षा नहरका अवशेष रहेका छन् ।
गौतम बुद्धले दरबार त्याग गर्दाको पूर्वीद्वार ईशाको सातौंदेखि चौथो शताब्दीसम्मका पुरातात्विक पैसा, भांडाकुंडा, खेलौना, गहनाजस्ता अवशेष राखिएको संग्रहालय कपिलवस्तुमा छ । प्राकृतिक भूबनावट, वाणगंगा नदी, कपिलवस्तुबाट हिमाल देख्न सक्ने प्राकृतिक प्रमाण छंदाछंदै पनि भारतले भगवान् बुद्धको जन्मस्थल त नेपाल नै हो तर कपिलवस्तु राजदरबार भने तिलौराकोट नभई पेपेले उत्खनन गरेको स्थान पिप्रहवा हो भन्दै विश्वव्यापी प्रचारमा जुटेको लुम्बिनी कपिलवस्तु बचाउ अभियानका अध्यक्ष नारायणप्रसाद पौडेल बताउनुहुन्छ । लुम्बिनी सागसागै कपिलवस्तु र भगवान् बुद्धसाग सम्बन्धित ५६ भन्दा बढी सम्पदास्थलबारे विकास प्रचारप्रसार नगरिएको परिणाम भारतले नक्कली कपिलवस्तु खडा गर्न सकेको दाबी अध्यक्ष पौडेलको छ । तर, पुरातत्वविद् भिक्षु सुदर्शन महास्थवीर, राजा शुद्धोधनको राजदरबार तिलौराकोट नै रहेको प्रमाणित निम्नलिखित तथ्यका साथ गर्नुभएको छ ।
क्र.सं. नेपालको तिलौराकोट कपिलवस्तु
१.तिलौराकोट उत्खननमा दरबारको चारैतिर पर्खाल, शत्रु प्रवेश नगराउन खाइ नहर निर्माणको भग्नावशेष फेलापरेको छ ।
२.बुद्धत्व ग्रहण गर्न दरबार छाडेर महानिभिष्क्रमणद्वारा पूर्वी र पश्चिमद्वार फेलापरेको छ ।
३. दरबारका कोठा छुट्टाछुट्टै आकारका ठूला छन् ।
४. नेपालको कपिलवस्तु तिलौराकोटबाट हिमाल देखिन्छ । भगवान् बुद्धले श्रावस्तीका राजालाई आफ्नो परिचय दिादा मेरो देश हिमालको सागै रहेको छ भनी परिचय दिएका थिए ।
५. त्रिपिटकमा उल्लेख भएको भागिरथी गंगा अर्थात् वाणगंगा नदी तिलौराकोट दरबार कपिलवस्तु नजिकबाट बगेको छ ।
६. यहाा प्राचीन मुद्राको थुप्रो एकै ठाउामा गाढधनका रूपमा भेटिएको छ । जुन शाक्य राज्यलाई विरूद्धकले ध्वस्त गर्न थालेपछि मुद्रा गाढेर दरबारिया शाक्य भागेको प्रमाण हो ।
क्र.सं. भारतको कपिलवस्तु पिप्रहवा
१. कुनै व्यवस्था छैन ।
२. दरबार प्रमाणित गर्ने कुनै ठूलो द्वार छैन ।
३. श्रावस्ती, कुशिनगर र लुम्बिनीमा जस्तै स–साना उत्राउत्रै समान अकृतिका ध्यान गर्न बनाइएका कोठा मात्र छन् ।
४. पिप्रहवाबाट हिमाल देखिादैन किनकि नक्कली कपिलवस्तु नेपालको सिमानाबाट निकै तल छ ।
५. भारतल्ले नक्कली नदीको निर्माण साइफनका रूपमा गरेको छ ।
६. पिप्रहवामा गाडधन मुद्रा केही पनि भेटिएको छैन । किनकि प्राचीनकालमा भिक्षुले विहारमा पैसा राख्ने प्रचलन थिएन र अहिले पनि छैन, त्यसैले पिप्रहवामा गाढधन रहने कुरै हुादैन ।
लुम्बिनी–कपिलवस्तुका साथसाथै बुद्धले राजपाठ त्यागेर हिाड्नुअघि बालक, वृद्ध, रोगी र मृतक देखेको ठाउा डेरवा, बुद्धत्व प्राप्तपछि पिता शुद्धोधनको निम्तामा पहिलोपल्ट पितालाई भेटेको ठाउा समयमाई मन्दिर सिद्धार्थ नगर र देवदत्तले हाासको सम्बन्धमा झगडा गरेको र सुनुवाइ भएको न्यायालय कुडान, बुद्धले बाण हानी जमिनमुनिको पानी निकालेको कुवा ‘सरकुप’ गौतम बुद्धको मावली यशोधराको माइती देवदह, भगवान् बुद्धको अस्तु रहेको स्तूप, रामग्रामलगायत बुद्धसाग सम्बन्धित ५६ भन्दा बढी स्थलको संयुक्त रूपले विकास र प्रचार हुन नसके पनि यातायात चल्ने चक्रपथ निर्माण गरिनुपर्दछ । यसरी भ्रामक षड्यन्त्रविरुद्ध प्रमाणसहित प्रतिवाद र संयुक्त परियोजनाअनुरुपको निर्माण विकास गर्दै अगाडि बढ्ने हो भने लुम्बिनीमा जस्तै यहााबाट पनि पाखा लगाउन प्रमाणसहित सकिने निश्चित छ ।
साभार स्वाभिमान मासिक