बुद्ध जन्मभूमिमा बुद्ध शिक्षाबारे बत्तीमुनि अंध्यारो  

भिक्षु प्राणपुत्र
अनित्य संसारमा २६४१ औं लुम्बिनी दिवस, बुद्ध जयन्ती, २५६१ औं बुद्ध जयन्ती पनि समाप्त भयो । तर यसले संकेत गरेको रहस्य–

१.करिब ८० प्रतिशत हिन्दू, जो बुद्धलाई  वैदिक, सनातनी, हिन्दू मान्छ, उनीहरूले यो उत्सव मनाएनन् । बेनीमा, जो नगरपालिका घोषित भइसक्यो, यहां करिब १,००० पनि विहारमा आएनन् । स्वयम्भू, लुम्बिनी जस्तो प्रख्यात स्थलहरूमा चाही धेरै गए होलान् ।

२.जो बुद्धलाई शास्ता, गु्रु मान्नेहरू मध्ये कम्तिमा ७५ प्रतिशतले कृष्णाष्टमी, रामनवमी, नवदुर्गा पूजा जस्तै धूपबत्ती बालेर भक्ति मात्र गरेर उत्सव मनाए । अझ उनीहरू मध्ये पनि धेरै कमले दान दिएर, शील पालन गरेर, ध्यान आदि गरेर, शिक्षा, उपदेश सुनेर उत्सव मनाए ।

३.बुद्धलाई शास्ता, गु्रु मान्नेहरू मध्ये धेरै अर्को लुम्बिनी दिवस, बुद्ध जयन्ती, बैशाख वा बुद्ध पूर्णिमा नआएसम्म ३६४ दिने सुतेर बिताउने छन् ।
४.धेरै कम बौदधहरूले धर्म चक्र प्रवर्तन दिवस, वर्षावास, अहिंसा पर्व, आयुसंस्कार दिवस मनाउेछन् । यसमध्ये धेरै कमले हप्ताको एक दिन हुने बुद्धपूजा (वर्षमा ५२ हप्ता, ५२ वटा बुद्ध पूजा) मा भाग लिने छन् । यसमध्ये धेरै कमले ३६५ दिनसम्म बुद्धशिक्षा अनुसार दान, शील, भावना, वा शील, समाधि, प्रज्ञा आदि बारे जान्ने, आचरण गर्नेछन् ।

यसैले बुद्धको ज्रन्मभूमिमा कसरी बुद्ध शिक्षा प्रचार होस् ? बुद्धलाई ज्ञानको स्तरमा कसरी सम्मान होस् ? ज्ञान वा शिक्षा नै नबुझे पछि बुद्धशिक्षाबाट लाभ गरेर देश कसरी विकशित होस् ?

किनकि हामी धर्मको नाममा शिक्षा, ज्ञान होइन मात्र एक परम्परा, त्यो पनि हिन्दू परम्परा अनुसारको धू्रपबत्ती बाल्नेलाई भक्ति मानेर सीमित भएका छौं । बुद्धशिक्षा अनुसारको ज्ञान लिने, आचरणमा सकेसम्म उतार्नेतिर ध्यान कम छ ।

अर्को कुरा यसपल्ट चाहीं धेरैलाइ चुनाव लाग्यो रे । चुनाव नभए पनि सबै आउदैन थिए । हिन्दूहरूको एक एकादशीको नगिच पर्दा पनि विरोध गरेर चुनाव पछि सार्छ । तर जानी जानी बुद्ध जयन्तीको सेरोफेरोमा चुनाव राखिन्छ । यो शायद तेस्रो पटक हो बुद्ध जयन्ती नगिच चुनाव भएको ।
यसैले भनिन्छ र हो पनि– बुद्ध जन्मभूमिमा बुद्ध शिक्षा बारे बत्ती मुनि अंध्यारो ।

Bhikkhu Praanaputra