आधुनिक भिक्षु जीवन, आदर्श र यथार्थता
जनक
हरेक मानिसको जीवनमा आर्दश र यथार्थबीच द्वन्द हुने गर्दछ । आर्दशको पहिचान अलग्गै हुन्छ भने यथार्थको पहिचान अलग्गै हुन्छ । मानिसलाई थप उन्नतिका निम्ति आदर्शले महत्वपुर्ण भूमिका खेल्दछ भने यथार्थता मानिसको हरदम नजिक रहन्छ । त्यसको पहिचान जसले गर्न सक्दैन, उसको जीवन उँभो लाग्ला भनी कल्पना सम्म पनि गर्न सकिन्न । त्यसैले र्सवप्रथम मानिसहरुले र्सवप्रथम आफ्नो यथार्थता पहिचान गर्नु अत्यन्त आवश्यक छ । यथार्थतालाई बोध गरी आदर्शलाई पहिल्याउन सकेमा मानिसले सफलताको शिखर चुम्ने गर्दछ तर मानिसहरु भुलेर यी दुवैलाई एउटै रुपमा लिने गर्दछ र चुक्ने गर्दछन् । भिक्षु जीवन पनि यस विषयबाट अलग्ग रहन सक्दैन । समय, परिस्थिति र वातावरणलाई नजरअन्दाज गर्दै भिक्षु जीवनको यथार्थतालाई ख्याल गर्नु अत्यन्त आवश्यक छ ।
“संसारभयं इक्खति’ती भिक्खु” अर्थात् संसारको भयदुःखबाट पार गरेर जाने व्यक्तिलाई नै भिक्षु भनिन्छ । अनेक प्रकारले मानिसहरुले आफ्नो जीवन जिउने निर्ण्र्ाालिएको हुन्छ, त्यो हुनु पनि पर्दछ र एक जो संसारका अनेक स्वभावलाई देखेर त्यसबाट पार तर्ने हिसाबमा आफ्नो जीवनको सारत्व प्राप्त गर्नका लागि भिक्षु जीवन धारण गर्दछन् । यसरी भिक्षु जीवनको ब्याख्या भगवान बुद्ध गर्नुहुन्छ भने उहाँले भिक्षुहरुलाई “परपटिबद्धा मे जीविकाति अभिण्हं पच्चवेक्खितब्बं” अर्थात् “मेरो यो जीवन अरुमा निर्भर छ भन्ने कुरो जहिल्यै नि मनमा राख्नुपर्छ” भनी आज्ञा हुनुभइ एक भिक्षु जीवनका लागि चाहिने मार्गनिर्देशन ब्यक्त गर्नुभयो । यसबाट स्पष्ट हुन्छ कि भिक्षु जीवन कम सजिलो छैन । आफ्नै सहपाठीका कुरा अनुसार उमेर पुगेपछि अभिभावकसँग खर्च माग्नु भनेको लाजमर्दाे कुरा भएको अनुभव सुनाउँदा अझ यो भिक्षु जीवन त भगवान् बुद्धकै भाषामा अरुमा निर्भर रहने यो जीवन भन्दा कति कष्टकर जीवन होला – अनुमान गर्नसक्नुहुन्छ ।
सायद अरुकै निर्भरमै बाँच्ने भएकाले भिक्षुको जीवनलाई निजीव जीवनको रुपमा लिइन्न र सदा र्सार्वजनिक चर्चाको बिषय बन्ने गर्दछ । प्रायः त अझ एउटा झीनो मसिनो दोषलाई पनि नकारात्मक रुपले हेरिने, चर्चाको विषय बन्ने तथा निन्दाको पात्र बनाइने यो एक समाजकै एक दुषित अंगको रुपमा रहेको छ । एउटा सानो दोषले उसको सब योगदानलाई बिर्सने गर्दछन् । मेरै एक सहोदर भन्ते, आफु शील नियममा कटिबद्ध भई बस्न नसकेको भन्दै चीवर छाडेर जाने निधो गरेका थिए । यसै सवालमा एक उपासिकाले उनीलाई सम्झाउने क्रममा शीलनियम भन्दा पनि कसैले यो चीवरवस्त्र देख्दा मात्र पनि श्रद्धाले विभोर भई पुण्य गराउने अवसर दिईरहेका हुन्छौ भन्ने भावका साथ यी कुराहरु व्यक्त गर्दा उनीले त्यागी जीवनलाई नत्याग्ने निर्णय गरेका थिए । मेरै गुरु भिक्षु बोधिज्ञान भन्नुहुन्छ, एक बृद्ध उमेरमा भिक्षु हुँदा पनि उसबाट कुनै विहारमा हुने विहारको सुरक्षा, दैनिक पूजापाठमा सजिलो हुने जस्ता विभिन्न सकारात्मक पक्षहरु रहने गर्दछ । यो नजरबाट हामीले हेर्ने कहिले —
बच्चामा श्रद्धेय अश्वघोष भन्तेको कृति “भिक्षु जीवन” मा उल्लेखित एक कथा अध्ययन गरेको थिएँ । हालसम्म पनि त्यो कथा झलझली याद आउँछ । उहाँले उल्लेख गर्नुभएको उक्त कथा यसप्रकार रहेको छ । एक भिक्षु, जो जहिले नि ८४ ब्यञ्जनयुक्त राजकिय भोजन सेवन गर्नुहुन्थ्यो । एक दिन त्यस्तै एउटा तिथी परेकाले उनीले बिना मासुको भोजन सेवन गर्नर्ुपर्ने बाध्यात्मक अवस्था आइपर्याे । उनीले त्यस भोजन ग्रहण नै गर्न सकेनन् । त्यस भिक्षुले अरु केही नलागे पछि विहारमा कोही नभएको अवस्था पारी विहारको परिसरमा भएको पोखरीमा माछा मार्न थाल्यो, आफ्नो भोजनका निम्ति । सामान भुलेका एक राजकर्मचारी सामान लिन आउने क्रममा उनीले यस घटना देखें । अत्यन्त श्रद्धा बिगारी राजाकहाँ आई सबै कुरा बृत्तान्त सुनाउँदा, ती राजाले ती भिक्षुप्रति श्रद्धा नब्रि्रेको कुरा ब्यक्त गर्दै त्यस भिक्षु तिमीलाई देखेर लजाएर भाग्नु भनेकै उसमा नराम्रो कामप्रति “हिरीओतप्प” अर्थात लाज र भय छ । त्यसैले अझै पनि त्यो भिक्षु शीलवान नै छ । खै ! हामीमा यत्तिको सकारात्मकता कहिले पलाउने हो –
“अत्तानं उपमं कत्वा” यी बाक्यांश जहिले नि भगवान बुद्धले प्रयोग गर्नुहुन्छ । कसैप्रति प्रतिक्रिया गर्दा आफुलाई त्यस स्थानमा राखी विचार गर्नु आवश्यक छ । आलोचना गर्न अगाडि यदि उहाँहरुको स्थानमा म अथवा मेरा छोराछोरी भइदिएको भए के हुन्थ्यो होला – भनी विचार गर्नु आवश्यक छ । समय र परिस्थितिलाई नजरअन्दाज गरी उसको ब्यवहारिक जीवनलाई विश्लेषण गर्नु आजको आवश्यकता हो । नजिकबाट भिक्षु जीवनलाई नियाल्ने प्रयास गर्नु आजको आवश्यकता हो । भिक्षु भएर यस्तो गर्याे र उस्तो गर्याे भनी निन्दा चर्चा गर्नु यो एउटा लौकिक नियम नै भइसकेको छ । हो, कसैलाई दोष देखाइदिनु कल्याणमित्रको गुण हो तर यसमा आफ्नो धरातललाई ख्याल गरी व्यवहारिक भई कसैको रचनात्मक ढंगबाट विश्लेषण हुनु जरुरी छ । एक भिक्षुकै सबालमा उसले दैनिक जीवनमा कम संर्घष्ा चाँहि गरेको होइन । यस पंक्तिकारलाई समेत क्याम्पस जाँदा अनेक लाज लागेकै हो । कागहरुको बीचमा एक बकुल्लो सरी कक्षा कोठामा चुपचाप एक कोनामा छुट्टै बसी अध्ययन गर्नुपर्दाको अवस्था सम्झदाँ दर्दनाक लागेर आउँछ । सहपाठी साथीहरुले तालुचिन्ते भनेर जिस्काउनु, कतिपटक त तिब्बतियन लामा सम्झेर जेलमा थुन्न लग्नु आदि ।
म श्रामणेर बनेको मेरा छिमेकी भाउजुको मार्गनिर्देशनले गर्दा हुँ । मलाई श्रामणेर बन्नका लागि सोध्दा केबल केश काटेर तक्लु बन्नु पर्ने भन्ने कुराले मलाई श्रामणेर बन्नका लागि २ दिन अलमलमा पारेको थियो । हाल २१औं शताब्दिको जमाना सूचना र प्रविधिको युगको रुपमा परिभाषित गरिन्छ । दैनिक अनेक फेशनका सामग्रीहरु सञ्चारमाध्यम मार्फत छाइरहेका हुन्छन् । यस्तो युगमा २६०० वर्षपूरानो फेशन लगाउँदा जो कोहीलाई पनि अप्ठ्यारो हुँदो हो । त्यसमा पनि आधुनिक भए, लुगा, जुत्ता र ब्याग मात्र त केही नौलो बोकिन्छ तर त्यही पनि देखिदैन । यसरी भिक्षुहरुले यी यावत कुराहरुलाई तिलाञ्जली दिई आफ्नो यही त्यागी जीवन बिताईरहेको हुन्छ । यसलाई हामीले कम आँक्नु हाम्रो मुर्खता रहनेछन् । कलकलाउँदो उमेरमा भिक्षु, श्रामणेर तथा गुरुमाँ भएकालाई आफ्नो बैशका केटाकेटी बाइकमा च्यापेर बसी डेटिङ गएको देख्दा काउकुटी नलाग्दो हो – यी यावत कुराहरुलाई ख्याल गरी उहाँले गर्नु भएको त्यागलाई पनि हामीले सत्कार गर्नर्ैपर्दछ ।
हाम्रा अग्रज गुरुहरु अथाह परिश्रम गरी थेरवाद बुद्धशासन स्थापना गरेर जानुभयो । उहाँहरुको योगदान कदापि बिर्सन सकिन्न । हामी हालका भिक्षुहरु उहाँहरुकै आदर्शलाई लिएर अगाडि बढ्नर्ुपर्दछ तर हालको अवस्थाको यथार्थतालाई ख्याल गर्नु आवश्यक हुन्छ । बुद्धशासन चार रथको पांग्रा रुपी भिक्षु, गुरुमाँ, उपासक र उपासिका मिलेर नै अगाडि बढ्ने हुन्छ । यसका लागि आपसी समझदारी बढाउनु आवश्यक छ । यसले मात्र बुद्धशासनको अभिबृद्धि र विकास हुन्छ ।